BIZMANDU
www.bizmandu.com

वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा बोलाउन २१५ जनाको हस्ताक्षर

२०६९ असोज १३

वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा बोलाउन २१५ जनाको हस्ताक्षर
वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा बोलाउन २१५ जनाको हस्ताक्षर


काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा बोलाउन शुक्रवार २१५ जनाको हस्ताक्षरसहित निवेदन दर्ता भएको छ । संघका अध्यक्ष बलबहादुर तामाङको काम कारवाहीप्रति असन्तुष्ट पक्षले विशेष साधारणसभाको माग गर्दै आवेदन दिएका हुन् ।
एक साताअघि असन्तुष्ट पक्षको भेलाले संघ अध्यक्ष तामाङले व्यवसायी विरोधी काम गरिरहेको निष्र्कष निकाल्दै अविश्वासको प्रस्ताव ल्याउन साधारणसभा बोलाउने निर्णय गरेको थियो । अध्यक्ष तामाङले आफुखुशी संस्था चलाएको, सरकारी निकायसँग मिलेर व्यवसायी विरुद्ध काम गरेको लगायतका आरोपसहित अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ ।
संघ अध्यक्ष तामाङ भने अविश्वासको प्रस्तावलाई सामना गर्ने पक्षमा छन् । संस्थागत व्यवसायीलाई दीर्घकालिन हित हुने काममा आफु लागेको बताउँदै व्यवसायिक सुधार योजना नरोकिने बताउँदै आएका छन् । ‘संस्थागत व्यवसायीको हितमा काम गर्दै आएको छु । राम्रा व्यवसायीको हितमा काम गरिरहेको छु,’ उनले भन्ने गरेका छन्, ‘नक्क्ली कागज बनाएर व्यवसायीलाई बदनाम गर्नेलाई सहयोग गर्न सक्दिन् ।’ संघ अध्यक्षको कामकारवाही प्रति संघका ८ जना सदस्यलेनै असन्तुष्टी जनाएका छन् ।

Tata
GBIME
Nepal Life