BIZMANDU
www.bizmandu.com

क्रिस्टल फाइनान्सका सञ्चाललाई बैकिङ कसुर, नारायणी विकास बैंकका अध्यक्षको राहादानी जफत

२०६९ असोज ११

क्रिस्टल फाइनान्सका सञ्चाललाई बैकिङ कसुर, नारायणी विकास बैंकका अध्यक्षको राहादानी जफत
क्रिस्टल फाइनान्सका सञ्चाललाई बैकिङ कसुर, नारायणी विकास बैंकका अध्यक्षको राहादानी जफत


काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिस्टल फाइनानसमा ४४ करोड ६० लाख रुपैयाँ घोटला भएको भन्दै दुई सञ्चालक अञ्जुदेवी श्रेष्ठ र अल्पना श्रेष्ठलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको छ । राष्ट्र बैंकले श्रेष्ठद्वयसहित दिब्यकुमार श्रेष्ठलाई पनि बैंकिङ्ग कसुर लगाउँदै पक्राउ गर्न प्रहरीलाई आग्रह गरेको छ भने उनको राहादानी जफत गर्न समेत प्रहरीलाई पत्र लेखिएको छ । दिब्यकुमार श्रेष्ठ क्रिस्टल फाइनान्सका प्रवद्र्धक हुन भने उनी नारायणी विकास बैंकका अध्यक्ष समेत हुन् ।
क्रिस्टलको सञ्चालक रहेका अञ्जुदेवी र अल्पना श्रेष्ठको आफन्त पर्ने दिब्यकुमारलाई त्यहाँबाट ४४ करोड ६० लाख रुपैयाँ ऋण दिइएको थियो । गैरकानूनी रुपमा ऋण दिएर रकम हिनामिना गरेको आरोपमा राष्ट्र बैंकले तीन जनालाई बैंकिङ कसुर लगाउने निर्णय गरेको हो ।

Tata
GBIME
Nepal Life

क्रिस्टल फाइनान्स निक्षेप फिर्ता गर्न नसक्ने अवस्थामा, सुधार नभए लिक्विडेश

काठमाडौं । वित्तीय स्वास्थ्य विग्रिएपछि नेपाल राष्ट्र बैंकले क्रिस्टल फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको छ । खराव कर्जा वढेको र निक्षेपभन्दा वढी ऋण लगानी गरेका कारण वित्तीय स्वास्थ्य विग्रिएपछि समस्याग्रस्त घोषणा गरिएको हो । फाइनान्सले अब नयाँ निक्षेप लिन र ऋण लगानी गर्न पाउँदैन । आगामी ६ महिनाभित्र कम्पनीमा सुधार नआए फाइनान्सलाई लिक्विडेसन (खारेजी) मा पठाउन राष्ट्र बैंक स्वतन्त्र हुन्छ । फाइनान्ससँग पर्याप्त तरलता नभएका कारण निक्षेपकर्ताको पैसा फिर्ता गर्नसमेत छाडेको थियो ।
गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार, कम्पनीसँग ४९ करोड १३ लाख रुपैयाँ निक्षेप छ । ऋण भने ८६ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको चुक्ता पुँजी नौ करोड ४४ लाख रुपैयाँ छ । थापाथलीमा कर्पोरेट कार्यालय रहेको कम्पनीको कुल ऋणमध्ये १५.८८ प्रतिशत उठ्न नसक्ने अवस्थामा छ । कम्पनी गत वर्ष १५ लाख रुपैयाँ नाफामा थियो ।
कम्पनीले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाव खातामा सार्वजनिक गरेको विवरणभन्दा निकै वढी ऋण समस्यामा रहेको राष्ट्र बैंकले फेला पारेको छ । कम्पनीले देखाएको विवरणमा पुँजी पर्याप्तता अनुपात १६.६८ प्रतिशत छ । जबकी राष्ट्र बैंकले यो अनुपात २ प्रतिशतभन्दा कममा झरेको भेटाएको छ । राष्ट्र बैंकको व्यवस्था अनुसार फाइनान्स कम्पनीले यस्तो अनुपात ११ प्रतिशत कायम गर्नु पर्छ । खराव कर्जा अनुपात ६० प्रतिशतभन्दा वढी छ । खराव कर्जा पनि पाँच प्रतिशतभन्दा कम हुनु पर्छ ।
क्रिस्टल राष्ट्र बैंकबाट सञ्चालन स्वीकृति पाउने ५०औं फाइनान्स कम्पनी हो । कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारणमा छ । दुई महिनाअघि राष्ट्र बैंकले फाइनान्समा विशेष निरिक्षण गरेको थियो । निरिक्षणमा क्षमताभन्दा वढी ऋण प्रवाह गरेको भेटाएको थियो । निरिक्षण टोलीले दिएको वित्तीय प्रतिवेदनपछि बिहीबार साँझ राष्ट्र बैंकले फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको हो । फाइनान्सको सेयर १ वर्षदेखि नेपाल स्टक एक्सचेन्जमा कारोबार भएको छैन । पछिल्लो कारोबार १ सय १७ रुपैयाँमा भएको थियो । नेप्सेमा फाइनान्सको सात लाख कित्ता सेयर सुचीकृत छ ।
यसरी डुब्यो क्रिस्टल
राष्ट्र बैंकका तत्कालिन कार्यकारी निर्देशक राजनसिंह भण्डारीले नियमन विभागमा हुँदा क्रिस्टल फाइनान्सलाई सञ्चालन अनुमति दिलाएका थिए । पछि डेपुटी गभर्नरमा वढुवा नभएपछि राष्ट्र बैंक छाडेर उनले आफू प्रमुख कार्यकारी बनेर सिटिजन्स् बैंक इन्टरनेसनल खोलेका थिए । १५ महिनाअघिसम्म बैंक तथा वित्तीय संस्थाले अर्को वित्तीय संस्थामा पैसा राख्न पाउने व्यवस्था थियो । यही व्यवस्थाको फाइदा उठाउँदै उनले सिटिजन्सको केही रकम क्रिस्टलमा राखेका थिए । उनले यही निक्षेपबाट आफ्ना नातागोता, सिटिजन्सका प्रवद्र्धकलाई ऋण दिलाइदिन्थे ।
डेढ वर्षअघि राष्ट्र बैंकको निर्देशनपछि अर्को वित्तीय संस्थामा राखेको निक्षेप फिर्ता लैजानुपर्ने व्यवस्थापछि सिटिजन्सको पैसा क्रिस्टलबाट झिक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको थियो । क्रिस्टलसँग सिटिजन्सलाई पैसा फिर्ता गर्ने क्षमता नभएपछि फाइनान्सको थापाथलीको घर सिटिजन्स् बैंकले सकारेको थियो । अझै पनि क्रिस्टलबाट सिटिजन्सको पुरै निक्षेप फिर्ता भइसकेको छैन । सिटिजन्सको निक्षेप फिर्ता गर्न फाइनान्सले थापाथलीकै अर्को घर पनि वेच्ने तयारी गरिरहेको छ ।
फाइनान्सबाट गएको सम्पूर्ण ऋणहरु राजनसिंह नजिकका व्याक्तिहरुले पाएको स्रोतले जानकारी दियो । फाइनान्सको ओभरड्राफ्ट ऋण मात्रै १८ करोड ३४ लाख रुपैयाँ छ । अन्य शीर्षकमा  फाइनान्सले २२ करोड ४४ लाख रुपैयाँ र होम÷हाउजिङ ऋणमा ३६ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ । सेयर धितो ऋण दुई करोड ८७ लाख रुपैयाँ छ ।