BIZMANDU
www.bizmandu.com

वैद्य नेतृत्वको माओवादीले भारतीय गाडीलाई नेपाल प्रवेशमा रोक लगाउने

२०६९ असोज ११

वैद्य नेतृत्वको माओवादीले भारतीय गाडीलाई नेपाल प्रवेशमा रोक लगाउने
वैद्य नेतृत्वको माओवादीले भारतीय गाडीलाई नेपाल प्रवेशमा रोक लगाउने

काठमाडौं । वैद्य नेतृत्वको नेकपा –माओवादीले विहिवारदेखि भारतीय नम्बरप्लेटका गाडी चल्नमा रोक लगाएको छ । मंगलवार पार्टी पोलिटव्युरो र बुधवार पदाधिकारी बैठक बसेर भारतीय गाडी नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । –माओवादी प्रवक्ता पम्फा भुषालले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय अर्थतन्त्रको विकासका लागि पार्टीले भारतीय गाडी रोक्ने निर्णय गरेको जानकारी दिइन् ।
पार्टीले नेपाल भित्रिएका भारतीय गाडी फर्कनमा भने कुनै पनि अवरोध नगरिने जानकारी दिएको छ । भारतीय गाडी रोक्ने –माओवादीको निर्णयको अन्य राजनीतिक दल र नागरिक समाजले भने चर्को विरोध गरेको छ ।

Tata
GBIME
Nepal Life