BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्रीसँग व्यवसायीको भेट, रोजगारी संकटमा परेको भन्दै बजेट ल्याउन सुझाव

२०६९ असोज ११

प्रधानमन्त्रीसँग व्यवसायीको भेट, रोजगारी संकटमा परेको भन्दै बजेट ल्याउन सुझाव
प्रधानमन्त्रीसँग व्यवसायीको भेट, रोजगारी संकटमा परेको भन्दै बजेट ल्याउन सुझाव


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछाने पूर्ण बजेट ल्याउन दबाबमूलक कार्यक्रम ल्याउने लागेको जानकारी दिएका छन् । उनले पूर्ण बजेटको अभावमा विकास निर्माण अघि बढ्न नसकेको बताउँदै बजेट अभावमा निर्माण व्यवसायी संकटमा परेको बताए । राष्ट्रिय व्यवसायिक पहलले बुधवार प्रधानमन्त्री बाबुराम भट्टराईसँगको भेटमा लामिछानले यो जानकारी दिएका हुन् । उनले पूर्ण बजेट आउन नसक्दा विकास निर्माण अवरुद्ध भएर २६ लाख भन्दा बढी मजदुरको रोजीरोटी संकटमा परेको जानकारी दिए ।

भेटमा भट्टराईले आफू अर्थमन्त्री हुँदा व्यवसायीबाट ठूलो सहयोग मिलेको बताउँदै अहिले व्यवसायीहरुसंग सहकार्य गर्ने अझ थप अवसरहरु जुटेको दावी गरे ।
पहलका महासचिव सुरेन्द्रवीर मालाकारले देशमा रहेको अस्थिरताका बारेमा राजनीतिक दलहरुसँग पनि छलफल गर्ने बताए । व्यवसायीले अहिले धेरै समस्याहरुसँग जुध्नुपरेको छ । औद्योगिक सुरक्षा, हत्या हिंसा, चन्दा आंतक लगायतका बारेमा विभिन्न दलका शीर्ष नेताहरुसँग छलफल गर्दै जानेछौ, उनले भने ।  
पहलका कोषाध्यक्ष सुकुन्तलाल हिराचन, नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका निर्वतमान अध्यक्ष सरोज पाण्डे, निजी उच्च माध्यमिक विद्यालय संगठन (हिस्सान) का अध्यक्ष उमेश श्रेष्ठ लगायत नेपालका प्रमुख उद्यमी व्यवसायिहरुले हालै गरेको दक्षिण अफ्रिकी भ्रमणको अनुभव प्रधानमन्त्रीलाई सुनाएका थिए ।

Tata
GBIME
Nepal Life