अंगद ढकाल/बिजमाण्डू
काठमाडौं । वरुण हाइड्रो पावर कम्पनी र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको साधारण सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
फागुन १७ गतेबाट दुवै कम्पनीले साधारण सेयर जारी गरेका हुन् । बरुणले चार लाख ८६ हजार कित्ता र जनउत्थानले ९० हजार कित्ता साधारण सेयर जारी गरेका हुन् ।
एक सय रुपैयाँमै सेयर पाइने भएकाले लगानीकर्ताहरुको आकर्षण बढेको हो । दोस्रो बजारमा बिक्री गर्दा मूल्यमा गुणात्मक बृद्धि हुने भएकाले पनि लगानीकर्ता साधारण सेयर भर्न लामो लाइन बस्न तयार हुन्छन् ।
बरुण हाइड्रोको सेयर न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म मात्र आवेदन गर्न पाइने व्यवस्था छ । जनउत्थानका लागि न्युनतम १० र बढीमा दुई हजार कित्तासम्म आवेदन भर्न पाइने व्यवस्था छ ।