BIZMANDU
www.bizmandu.com

स्वास्थ्यमा एजेण्टको खेल छ, त्यसैले गर्न सकिँदैन, एनएलजी इन्स्योरेन्सका सिइओको अन्तर्वार्ता

२०७१ फागुन १८

स्वास्थ्यमा एजेण्टको खेल छ, त्यसैले गर्न सकिँदैन, एनएलजी इन्स्योरेन्सका सिइओको अन्तर्वार्ता
स्वास्थ्यमा एजेण्टको खेल छ, त्यसैले गर्न सकिँदैन, एनएलजी इन्स्योरेन्सका सिइओको अन्तर्वार्ता

हामीले तेस्रो पक्ष बीमामा कस्तोसम्म देख्यौं भने औलामा चोट लागेको छ तर टाउकोको एमआरआई गरियो । दिनभर आइसीयुमा बसेर युट्युव हेरेको पनि देखियो, यस्ता समाचार आएका पनि छन् । त्यसैले स्वास्थ्यमा पनि ठूलै चलखेल हुन्छ, यो त व्यवसायिकता होइन । यहाँ कमिशन एजेन्टको खेल छ ।

Tata
GBIME
Nepal Life

 
बीमा गरेकै भरले कसैले नाफा कमाउन भने खोज्नु हुँदैन । व्यवसायबाट होइन, बीमाबाट नाफा कमाउने मानिस पनि हामी कहाँ धेरै आउनुहुन्छ । जसले बीमाबाट नाफा कमाउन खोजेको छ त्यसमा छानविन हुन्छ । त्यस्तो अवस्थामा दावी भुक्तानी केही ढीला हुनसक्छ । अर्को बीमा क्षतिपुर्तिको सिद्धान्त अनुसार चल्ने भएको हुँदा, कति क्षति भएको छ हामीले त्यस अनुसार क्षतिपुर्ति दिने हो ।

 
आम मानिसमा निर्जीवन बीमा पुगेको छैन भनेको आंशिक सत्य हो । तर, आम व्यवसायीमा चाही पुगेको छ, गृहस्थसम्म नपुगेको हुनसक्छ । अर्को पक्ष के छ भने नेपालमा पनि व्यवसायलाई सहजीकरण गर्न बीमालाई प्रयोग गरियो । त्यसैले यसको प्रयोगकर्ता पनि व्यवसाय गर्नेहरु नै धेरै हुन्, ग्रामीण क्षेत्रका होइनन् । अझ प्रष्ट गरौं, यसको प्रयोगकर्ता उद्यमी व्यवसायी पहिलो हुन् ।



 
दस वर्ष अघि संयुक्त कम्पनीबाट छुट्टिएर निर्जीवन बीमा व्यवसाय गर्दै आएको एनएलजी इन्स्योरेन्सले लगानीकर्तालाई राम्रो प्रतिफल दिइरहेको छ । तुलनात्मक रुपमा कम्पनीको व्यवस्थापन चुस्त र व्यवस्थित छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय वहादुर शाहलाई नेपाल व्यवस्थापन संघले म्यानेजर अफ दि इयर अवार्ड पनि दियो । बिजमाण्डू सम्पादक सरोज काफ्ले र प्रभात भट्टराईले प्रमुख कार्यकारी अधिकृत शाहलाई सोधे, दावी भुक्तानीमा निर्जीवन बीमा कम्पनीहरु किन विवादमा पर्छन ? 
 
बीमा भन्नासाथ आम मानिस जीवन बीमा बुझ्छन्, सर्वसाधारणमा निर्जीवन बीमाको पहुँच निकै कम देखिन्छ, निर्जीवनका प्रोडक्टहरु सर्वसाधारणसम्म पुग्ने खालका पनि छैनन्, बनेका योजना पनि लागु भएनन् । निर्जीवन कम्पनीहरुलाई अहिलेकै व्यापार प्रसस्त भएर हो ? 
बीमाको उत्पत्ति नै व्यवसायलाई सहजीकरण गर्ने उद्देश्यले भएको हो । बीमाको इतिहास हेर्ने हो भने सामुद्रिक व्यापारमा जहाज डुब्यो भने त्यसमा भएका र व्यापार गर्नेको जीवन नै अस्तव्यस्त हुने अवस्था थियो । त्यो जोखिमलाई कसरी न्युनीकरण गर्न सकिन्छ भनेर बीमा व्यवसाय सुरु गरिएको हो । अहिले मानिसको दिमागमा बीमा भन्ना साथ जीवन बीमा बुझिने भएतापनि सुरुवात निर्जीवन बीमाबाट भएको हो । 
 
त्यसैले जहाँसम्म आम मानिसमा निर्जीवन बीमा पुगेको छैन भनेको आंशिक सत्य हो । तर, आम व्यवसायीमा चाही पुगेको छ, गृहस्थसम्म नपुगेको हुनसक्छ । अर्को पक्ष के छ भने नेपालमा पनि व्यवसायलाई सहजीकरण गर्न बीमालाई प्रयोग गरियो । त्यसैले यसको प्रयोगकर्ता पनि व्यवसाय गर्नेहरु नै धेरै हुन्, ग्रामीण क्षेत्रका होइनन् । अझ प्रष्ट गरौं, यसको प्रयोगकर्ता उद्यमी व्यवसायी पहिलो हुन् । उनीहरुले प्रयोग गरिरहेका छन् । त्यसबाट तल झरेर माइक्रो इन्स्योरेन्स गर्नेहरुमा पनि बीमा प्रवेश गरिरहेको छ । 
 
उद्योगी व्यवसायीहरु जोखिम कम गर्न बीमामा जान्छन्, तर सर्वसाधारण मानिस वाध्यात्मक अवस्था सिर्जना नहुँदासम्म धेरै कम मात्रै बीमामा गएको देखिन्छ ?
वाध्यात्मक अवस्था त्यतिबेला सिर्जना हुन्छ जहाँ धितो छ, सम्पत्ति छ र त्यो सम्पत्तिमा निहित जोखिमलाई कम गर्नुपर्ने वा सम्पत्ति सुरक्षित गर्नुपर्ने अवस्था आउँछ । त्यस्तो सम्पत्तिमा आफैले सतप्रतिसत लगानी गरेको छ भने उसले महशुस नगर्न पनि सक्छ तर त्यसमा तेस्रो पक्षको पनि संलग्नता छ भने उसले त त्यो जोखिमको सुरक्षण हुनै पर्छ भन्ने माग गर्छ । त्यही मागलाई वाध्यात्मक अवस्था जस्तो देखिएको हो ।

उदाहरणको लागि कसैले बैंकबाट कर्जा लिएको छ भने बैंकलाई सुरक्षण दिनुपर्छ । त्यो सुरक्षण नष्ट भएर कर्जा उठाउन नसक्ने अवस्था आयो भने बैंक पनि डुब्यो । यसको अर्थ त्यो सम्पत्तिमा जसको स्वार्थ रह्यो, त्यसमा उसले सुरक्षण खोज्छ । तेस्रो पक्ष त्यो सम्पत्तिमा संलग्न छैन भने त्यसमा चाँही बुझाउन हामीलाई केही असजिलो भएको छ । 


 

निर्जीवन बीमा कम्पनीले व्यवसायको ठूलो हिस्सा बैंक तथा वित्तीय सस्थाबाट पाउँछन, दृष्/अदृष्य रुपमा बैंक र बीमा कम्पनीको साझेदारी जस्तै देखिन्छ ? बीमा कम्पनीहरु आफै व्यवसाय बढाउने योजनामा भन्दा वित्तीय सस्थासँग साझेदारी गरेर अघि बढ्ने रणनीतिमा लाग्छन् ?
हाम्रो कम्पनीको व्यवसायलाई मात्रै हेर्ने हो भने संख्याका हिसावमा ७० प्रतिसत व्यवसाय आफैले खोजेको र ३० प्रतिसत मात्रै बैंक तथा वित्तीय सस्था वा सस्थागत ग्राहकमार्फत आएको छ । रकमका हिसावले चाँही ५०/५० प्रतिसत जति छ । नेपालमा सवारी दुर्घटना बढेको छ र सवारी साधनको संख्या पनि बढी रहेका छन् । सडकको अवस्था पनि राम्रो छैन । एक लाखको मोटर साइकल चढ्ने व्यक्तिको कारणवस दुर्घटना भयो र अर्को व्यक्तिलाई ठक्कर दिएर उसको मृत्यु भयो भने पाँच लाख क्षतिपुर्ति तिर्नुपर्छ । यदि मोटरसाइकल चालकले बीमा गरेको छैन भने ऊसँग पाँच लाख रकम बचत हुन्छ कि हुदैन, यदि भएन भने अप्रिय घट्ना पनि हुनसक्छ ।

यहाँ पाँच लाखको जोखिम एक हजार प्रिमियम तिरेर अन्यत्र सार्न सकिन्छ । सवारी साधन चलाउने वा यातायात व्यवसायीले यो जोखिमलाई राम्रोसँग बुझ्नु भएको छ । धेरैले सवारी साधनको बृहत र केहीको तेस्रो पक्ष बीमा मात्रै गर्नुभएको छ । यसले पनि निर्जीवन बीमामा एक किसिमको तरंग ल्याएको छ, उछाल ल्याएको छ । हुनत यसलाई वाध्यात्मक अवस्थासँग पनि जोडेर हेर्न पनि सकिन्छ । 
 

तेस्रो पक्षबीमा पनि जति अनुमान गरिएको थियो त्यति कारोबार त हुन सकेन, सडकमा गुड्ने सवारी साधन सबैको तेस्रो पक्ष बीमा भएको छैन ?
यो सत्य हो, हामीले अनुमान गरे अनुसार तेस्रो पक्ष बीमा भएको छैन । दर्ता भएका सवारी साधनको संख्या र हामी इन्स्योरेन्स कम्पनीले गरेको तेस्रो पक्ष बीमाको संख्या हेर्यो भने यहाँ ठूलो ग्याप देखिन्छ । कुनै न कुनै कारणले बीमामा नआएको वा ब्लु बुक नवीकरण गर्न अन्य उपाय प्रयोग गरेको पनि हुनसक्छ । किन यस्तो ग्याप भयो भनेर हामीले हेरेका छैनौं । 
 
प्रिमियम धेरै भएको कारणले पनि तेस्रो पक्ष बीमा कम भएको हुन सक्छ ?
प्रिमियम धेरै छैन । तेस्रो बीमाका लागि मोटरसाइकलको एक हजार रुपैयाँ तिरे पुग्छ । एक हजार रुपैयाँ तिर्नु ठूलो कुरा होइन । त्यसले बीमितलाई ५ लाखसम्मको जोखिमबाट मुक्त गराउँछ, एउटा मोटरसाइकलले एक जनालाई मात्रै हान्छ भन्ने त छैन । अनुमान गर्दा पनि यति ठूलो जोखिम हामी नै देख्छौं, भयावह अवस्था पनि आउन सक्छ । उसले आफ्नो दायित्व पुरा गर्न सकेन भने त समस्या हुन्छ, घर खेत जानसक्छ । 


 
तपाई यस्तो भयावह अवस्था देख्नुहुन्छ, तर निर्जीवन बीमा गर्दा ग्राहकले वाध्यता जस्तो महशुस गर्छन्, पैसा मात्रै तिर्नुपरेको छ जस्तो ठान्छन ?
यहाँ चेतनाको कमी छ । यहाँ एउटा उदाहरण हेरौं, कतिपय स्थानमा एउटा स्तरसम्मको शिक्षालाई अनिवार्य गरिएको छ, घर घरमा गएर वालवालिकालाई विद्यालय पठाउन लगाइएको छ । यस्ता अवस्थामा वालवालिकाका अविभावकले मेरो अधिकार हनन् भयो भन्नु त भएन नि । हो, अहिले तेस्रो पक्ष बीमा पनि यस्तै हो । जोखिम कम गर्न अनिवार्य गरिएको हो, चेतनाको स्तर बढ्दै गएपछि बीमालाई वाध्यताका रुपमा लिइँदैन । 

चेतना फैलाउन कम्पनीहरुले पहल गरिरहेका छन् । बीमा कम्पनीले अवसर देखेपछि व्यवसाय गर्न पुग्छन् । जहाँ बढी व्यवसायको संभावना देख्छन कम्पनीहरु त्यहाँ पुग्छन् । पहिले सहरमा व्यवसाय गरे, त्यसपछि क्षेत्रीय स्तरका सहरमा गए, राजमार्ग छेउछाउमा गए र अब गाउ जानै पर्छ । कम्पनीहरु जहाँ जान्छन्, त्यहाँ बीमाको चेतना बढाउन सहयोग पुग्छ ।

 
तपाईहरुले आफ्नो वार्षिक प्रतिवेदन मै गाउँमा जान नसक्नु चुनौति हो भनेर लेख्नु भएको छ, गाउँ जान नसक्नु भनेको कृषिलाई समेट्न नसक्नु हो, सर्वसाधारणलाई बीमाको दायरामा ल्याउन नसक्नु हो भनेर बुझ्ने होइन र ?
बीमा समितिबाट तपाईले आर्थिक वर्ष २०७०/७१को तथ्यांक लिनुभयो भने नेपालको कुल कृषि बीमाको ४५ प्रतिसत हिस्सा एनएलजी इन्स्योरेन्सले गरेको छ । २०७१ पुस मसान्तसम्मको तथ्यांक हेर्ने हो भने हाम्रो हिस्सा ४८ प्रतिसत पुगेको छ । ग्रामीण अर्थतन्त्र अब तल झर्दैन, माथि नै जान्छ भनेर हामी गाउँ केन्द्रित भएका हौं । हाम्री गाउमै जान्छौं, घनिभुत प्रयास गरिरहेका छौं । हामीले व्यवसायिक पशुपालनमा ठूलो हिस्सामा बीमा गरेका छौं । बीमा गरेपछि किसानहरु व्यवसायिक भएका छन् । हाम्रो फोकस पनि यही क्षेत्रमा छ । 
 
स्वास्थ्य बीमाको योजना आयो, तर बीमा कम्पनीहरु नै यसमा आकर्षित भएनन्, कम्पनीहरुले स्वास्थ्य बीमा गर्न मानेनन्, ग्राहकले म स्वास्थ्य बीमा गराउँछु भन्यो भने कम्पनीहरु मान्दैनन् ?
आजको दिनसम्म प्राथमिक स्वास्थ्य उपचारको जिम्मा सरकारले लिएको छ । भ्याक्सिन लिनु पर्यो, रुघाखोकी लाग्यो भने सरकारी अस्पतालबाट उपचार हुन्छ । तर कोही ग्राहक मलाई यतिले पुग्दैन, छुट्टै स्वास्थ्य बीमा गराउँछु भनेर आउँछन भने हामी बीमा गराउँछौं । मैले केही दिन अघि मात्रै स्वास्थ्य बीमा गराउने एक जना ग्राहकलाई उनकै अफिसमा गएर १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेँ । स्वास्थ्य बीमामा यो ठूलो रकम हो । जो सस्थाहरुमा काम गर्छन, जहाँ सामाजिक सौदावाजीमा औषधी उपचार खर्चलाई अनिवार्य गरिएको छ, त्यस्ता सस्थाले जोखिम हस्तान्तरणका लागि बीमा गराएका छन्, पोलिसी लिएका छन् । गैरसरकारी सस्था, सरकारी सस्था, संगठित सस्था, वहुराष्ट्रिय कम्पनीमा काम गर्ने निकै ठूलो संख्याका मानिस स्वास्थ्य बीमा भित्रै छन् । 
 
तपाईहरुले भनेजस्तो आम मानिसको स्वास्थ्य बीमाको कुरा छ त्यसमा राज्यको पनि दायित्व छ । प्राथमिक स्वास्थ्य उपचार त राज्यले नै गर्छ । अब होइन यो दायित्व पनि निजीक्षेत्रले लिनुपर्छ भन्ने हो भने निजीक्षेत्र आउँछ । हामीले त प्रस्ताव पनि गरेका छौं । एनएलजीसँग आवद्ध केही कम्पनीले भारतलगायतका देशमा मेडिकल इन्स्योरेसका पोलिसी बेचेका छन् । हामीसँग यो क्षमता पनि छ । तर कुनै जिल्लाका पाँच लाख मानिसको स्वास्थ्य बीमा गराउनु पर्यो भने त्यसको पैसा कसले दिने ?

उनीहरुको टाउको दुखेपनि राजधानी नै आउनु पर्ने कि उपचार त्यहीं नै हुने? बीमामा डकुमेन्टेसनको कुरा पनि हुन्छ । हामीले तेस्रो पक्ष बीमामा कस्तोसम्म देख्यौं भने औलामा चोट लागेको छ तर टाउकोको एमआरआई गरियो । दिनभर आइसीयुमा बसेर युट्युव हेरेको पनि देखियो, यस्ता समाचार आएका पनि छन् । त्यसैले स्वास्थ्यमा पनि ठूलै चलखेल हुन्छ, यो त व्यवसायिकता होइन । यहाँ कमिशन एजेन्टको खेल छ । लागेको खर्चको उचित क्षतिपुर्ति दिन केही गाह्रो छैन । बीमा कम्पनीको कुनै अविभावक नै नभएजस्तो जति मन लाग्छ त्यति बीमा कम्पनीबाट लैजाउ भन्नु त भएन नि, इक्विटिवल जस्टिक्स हुनुपर्छ । स्वास्थ्य उपचारमा एजेन्टको चलखेलले हामीलाई हच्काएको हो ।

चिनियाँ राष्ट्रपतिको एउटा भनाइ छ, कुनै क्षेत्रमा आकर्षण देखियो भने सबै एकैपटक आकर्षित हुदैनन, एक एक गरेर हुने हो तर कसैले तर्सायो भने सबै एकैपटक भाग्छन् । ठीक यस्तै बीमा कम्पनी पनि कुनै क्षेत्रमा आकर्षित हुँदा एक एक गरेर पुग्छन, तर्सिए भने, विकृति आयो भने एकै पटक बाहिरिन्छन् । 

 
जीवनमा भन्दा निर्जीवन बीमामा दावी भुक्तानी समस्या छ, कम्पनीहरु सकेसम्म भुक्तानी दिनु नपरोस भन्ने चाहना राख्छन भन्ने आरोप छ, तथ्यांकले पनि यस्तै संकेत गर्छन्, ग्राहक बीमा कम्पनी धाउँदा धाउँदा हैरान हुन्छन ? 
जीवन बीमा लगानी हो । जीवन बीमा भुक्तानी लिन कि समय पुग्नु पर्यो, कि बीचमै बिमितको निधन हुनुपर्यो । यसमा दावी निकै सजिलो छ । निर्जीवन बीमामा धेरै कुरा हुन्छन्, कुखुराको पोथी देखि सगरमाथा चढ्ने आरोही, हवाइ जहाजको समेत बीमा हुन्छ । त्यसैले यसमा जटिलता छन् । अर्को के हो भने बीमा कम्पनीले क्षतिको पुर्तिचाहीँ गर्छ तर बीमा गरेकै भरले कसैले नाफा कमाउन भने खोज्नु हुँदैन । व्यवसायबाट होइन, बीमाबाट नाफा कमाउने मानिस पनि हामी कहाँ धेरै आउनुहुन्छ । जसले बीमाबाट नाफा कमाउन खोजेको छ त्यसमा छानविन हुन्छ । त्यस्तो अवस्थामा दावी भुक्तानी केही ढीला हुनसक्छ । अर्को, बीमा क्षतिपुर्तिको सिद्धान्त अनुसार चल्ने भएको हुँदा, कति क्षति भएको छ हामीले त्यस अनुसार क्षतिपुर्ति दिने हो । 
 
डेढ लाखमा किनको एउटा मोटरसाइकल तीन वर्ष चढेपछि हरायो, अहिले किन्दा दुईलाख पर्छ । त्यो मोटरसाइकलको क्षतिपुर्ति पाउने भनेको डेढ लाख बिमांकको तीन वर्षको ह्रासकट्टि गरेर बाँकी भएको रकम दिने हो । बिमितले त एक लाख पाउँला । तर उसले के भन्छ भने, नयाँ किन्न दुई लाख पर्छ, डेढ लाखको बीमा गरेको हो डेढ लाख नै पाउनुपर्छ, बीमा कम्पनीले अन्याय गर्यो भन्छ । बिमितका कुरा मात्रै सञ्चार माध्यममा आउँछन्, हामी १७ वटा कम्पनीले कति मानिसलाई भन्नु, सबैको घरमा गएर भन्ने कुरा पनि भएन । बीमा समिति बीमाको विकास, नियमन, नियन्त्रण र बिमितको हकहित संरक्षण गर्छ । कसैलाई ठगिएको महशुस भयो भने बिमितले त्यहाँ उजुरी गर्न सक्छन् । सबै कागज पेश गरेको अवस्थामा ३५ दिनभित्रै क्षतिपुर्ति दिनै पर्छ, यसमा अर्को उपाय नै छैन । 
 
त्यसोभए बीमा गरेको छ भनेर फ्याक्ट्रि जल्यो, पसल जल्यो, घर जल्यो भन्दै दावी गरेर नाफा कमाउन खोज्ने प्रबृत्ति पनि छ ? 
घर जल्छन्, फ्याक्ट्री जल्छन्, अनेक किसिमका दुर्घटना त भइरहन्छन् । तर हामीले जोखिम व्यवस्थापन गर्ने हो, यस्तो बेला कसैले अनड्यु एडभान्टेज पो लियो कि भनेर चनाखो हुनुपर्छ । यसरी चनाखो हुँदा कहिले काँही एक दुई वटा दावीमा भुक्तानी ढीला हुनु स्वभाविक नै हो । त्यसले समस्त बीमालाई नकारात्मक प्रभाव पार्नु हुँदैन । कसैले नकारात्मक प्रभाव पर्न लाग्यो त्यसलाई सार्वजनिक गुर्नपर्छ । 
 
बिमा गर्दा एजेण्टले दावी भुक्तानीका विषयमा राम्रोसँग व्याख्या नगर्ने, सर्वेयरले लालचमा देखाउने जस्ता कारणले पनि त समस्या देखिएका छन ?
केही समस्या यी कारणले पनि आएका हुनसक्छन् । एजेण्टले राम्रोसँग नबुझाएको पनि होला, बिमितले राम्रोसँग ध्यान नदिएको होला । तर, हामीले बीमा लेखमा दावी भुक्तानीको विषय प्रस्टसँग लेखेका छौं, बिमितले त्यो पढिदिनु पर्छ । सानो अक्षरले लेखेको थियो मैले बुझिन भन्न पाइँदैन, हतारमा थिएँ पढ्न भ्याइँन भन्न पनि पाइँदैन । हाम्रो आग्रह पनि के हो भने बीमा लेखमा भएको कुरा पढिदिनुहोस र त्यही उल्लेख भएका कागज पत्र पेश गरेर दावी गर्नुहोस । बीमा कम्पनी र बिमितबीचको करार पत्र नै यही हो । कसैले हतार थिए, चियाको सुरमा थिए, त्यतिकै विश्वासमा सही गरेँ भन्न पाइँदैन । 


 
बीमा कम्पनीहरुको पोर्टफोलियो व्यवस्थापन हेर्यो भने सेयरमा लगानी गर्ने, सरकारी ऋणपत्र किन्ने र बैंकमा मुद्दतिमा राख्नेमा सीमित छ । यसमा पनि सीमा छ । दायरा सानो भएन ?
बीमा समितिले तोके अनुसार मात्रै कम्पनीहरुले लगानी गर्न पाउँछन् । यसभन्दा बाहिर जान पाइँदैन । सरकारको ऋणपत्र र क वर्गका बैंकमा लगानी योग्य पुँजीको ६० प्रतिसत राख्नुपर्छ ।  पाँच प्रतिसत सेयरमा र पाँच प्रतिसत सामूहिक लगानी कोषमा लगानी गर्न पाउँछौं । विकास बैंक तथा फाइनान्समा मुद्दतिमा केही रकम राख्न पाइन्छ । लगानी सम्बन्धि नीति समितिले बनाउने हो । जीवन बीमा कम्पनीले जनताको पैसा चलाउने भएकोले त्यसमा धेरै जोखिम लिन सकिदैन । उनीहरुले समय भुक्तानी भएपछि पैसा जनतालाई फर्काउनु पर्छ, निर्जीवनले क्षतिनभए फर्काउनु पर्दैन । संसार भर लगानीको यस्तै चलन पनि छ । मेरो दृष्टिकोणमा यो प्रतिसत भन्दा पनि निश्चित रकममा जानु पर्छ । कम्पनी सानो हुँदा रकम पनि थोरै हुन्छ, जव कम्पनी ठूलो हुँदै जान्छ पाँच प्रतिसत पनि निकै ठूलो रकम हुन्छ । 
 
संसार भर नै बीमा कम्पनीहरु कन्जरभेटिव इन्ड्रष्टिमा पर्छ । भुइचालो त दिन दिनै आउँदैन, सय वर्षमा वा ५० वर्षमा एक दिन आउला । जुन दिन आउँछ त्यो दिन सखाप बनाएर लैजान्छ । त्यसैले बीमा कम्पनीले आफ्नो रिजर्भ क्षमता विस्तार गर्नुपर्छ, लगानी पनि सुरक्षित क्षेत्रमा हुनुपर्छ । 
 
पाँच प्रतिसत लगानी गर्न पाउने प्रावधान हुँदा त बीमा कम्पनीहरुले सेयर बजारलाई तल माथि पार्ने अवस्थामा पुगिसकेका छन्, बीमा कम्पनीको लगानी हेरेर सर्वसाधारणले कम्पनी छान्न थाले ?
सेयर बजार त केही व्यक्तिले पनि हल्लाउन सक्छन्, कसले कुन कम्पनीको सेयर किन्यो वा बेच्यो भनेर बजार प्रभावित हुन्छ । तर, तथ्य के हो भने बिगत तीन वर्षमा बीमा कम्पनीको सेयरले बजारमा तरंग ल्याएका छन् । बैंक तथा वित्तीय सस्था, सामूहिक लगानी कोष र सर्वसाधारण लगानीकर्ता बीमा कम्पनीको सेयरमा आकर्षित छन् । तीन वर्ष अघि यस्तो आकर्षण थिएन । मलाई के लाग्छ भने अहिले लगानीकर्तालाई विकल्प त तयार भयो, विगतमा बैंक तथा वित्तीय सस्थाको सेयरमा मात्रै लगानी गर्नुपर्ने अवस्था थियो । बीमा कम्पनीहरु सुरक्षित क्षेत्रमा मात्रै लगानी गर्ने भएको कारण एक स्तरको प्रतिफलको पनि ग्यारेन्टी छ । 
 
हिजो बैंक तथा वित्तीय सस्थामा चुक्ता पूँजी बृद्धि गर्दा हकप्रद वा बोनस लिएर कमाउन पाइन्छ भनेर मुल्य बढ्यो । अहिले बीमा कम्पनीको चुक्तापूँजी बृद्धि हुन्छ भन्ने हल्ला छ, नयाँ बन्ने ऐनमै राखेर पूँजीबृद्धि गर्न खोजियो, यो कारण लगानीकर्ता आकर्षित भएका हुन् वा बीमा साँच्चिकै प्रतिफल देखेर आकर्षित भएका हुन् ?
सेयर बजारमा लाखौं लगानीकर्ता छन् । सबैले फरक फरक तरिकाले सोचिरहेका हुन्छन् । त्यसैले व्यक्ति भन्दा बजार धेरै स्मार्ट हुन्छ भनिन्छ । त्यहाँ त लाखौले एकै पटक फरक तरिकाले सोचिरहेका हुन्छन् । हामीले नयाँ आवमा के गर्ने भनेर योजना बनाउन समेत भ्याएका हुँदैनौँ, बजारमा एनएलजीले यसो गर्न लाग्यो भनेर र्युमर फैलिसकेको हुन्छ । कहिलेकाहीँ बजार यस्तै हल्लाको पछाडि पनि दौडिन्छ । तपाईले भनेको कुरा केही सत्य हुनसक्छ कि अर्को वर्ष इन्स्योरेन्स कम्पनीहरुले पूँजी बढाउँन सक्छन्, क्यापिटल एप्रिसिएसन हुनसक्छ भनेर पनि कोहीले लगानी गरेको हुनसक्छ । तर, त्यो हो कि होइन भन्न सकिँदैन । यो सत्य पनि हुनसक्छ र सत्य नहुन पनि सक्छ । समाचारमा आए अनुसार प्रस्तावित बीमा ऐनमा चुक्ता पूँजीको प्रावधान नै छैन । चुक्ता पुँजी कम्पनीको जोखिम वहनमा भर पर्छ भनेर व्याख्या गर्न लागिएको छ पनि भनिन्छ । 
 
एउटा कुरा भनिदिनुस न, बीमा कम्पनीहरुको सेयरको मुल्य प्रतिफलका आधारमा जष्टिफाइड छ त ?
सबै कम्पनीको त म भन्दिन, एनएलजीको सेयर मुल्य जष्टिफाइड छ । यो कम्पनीले तीन वर्ष देखि २१.०५ प्रतिसत रिर्टन दिइरहेको छ । एक सय रुपैयाँ लगानी गर्नेले कर कटाएर २० प्रतिसत लाभांस पाइरहेको छ । यो वर्ष १५ प्रतिसत बोनस र पाँच प्रतिसत नगद लाभांस दियौं । बढेको क्यापिटलमा पनि नियमित २१ प्रतिसत नै लाभांसलाई कायम गर्न सकेका छौं । मानौं एनएलजीको सेयर मुल्य प्रतिकित्ता सात सय रुपैयाँ छ भने उसले बोनस र नगद गरेर एक सय १० रुपैयाँ पाउँछ । यो प्रतिफल त ठिक हो । चालु आर्थिक वर्ष के हुन्छ अहिले नै भन्न सकिँदैन, किनभने निर्जीवन बीमामा आर्थिक वर्षको अन्तिम दिनसम्म पनि जोखिम हुन्छ । असार मसान्तमा भुकम्प आयो भने पनि निर्जीवन कम्पनीले जोखिम व्यहोर्नुपर्छ, त्यो भुकम्प आउँदैन भन्ने निश्चित त छैन ।