BIZMANDU
www.bizmandu.com

नाफा घटेपछि लाभांस पनि घट्यो, महालक्ष्मी फाइनान्सको ८.४२ प्रतिशत नगद लाभांस

२०६९ असोज १०

काठमाडौं । महालक्ष्मी फाइनान्सले लगानीकर्तालाई ८.४२ प्रतिशत नगद लाभांस दिने भएको छ । फाइनान्सको गत आर्थिक वर्षमा नाफा घटेका कारण लाभांस पनि घटेको हो । अघिल्लो वर्ष फाइनान्सले जम्मा चार करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको थियो । जबकी त्योभन्दा अघिल्लो वर्ष फाइनान्सको मुनाफा छ करोड ६१ लाख रुपैयाँ मात्र थियो । फाइनान्सले राष्ट्र बैंकको स्वीकृती र साधरणसभाको अनुमोदनपछि लाभांस वितरण गर्ने छ । नेपाल स्टक एक्सचेञ्जमा फाइनान्स पछिल्लो कारोवार प्रतिकित्ता १६१ रुपैयाँमा भएको थियो । सेयर मूल्यको अनुपातमा लाभांसबाट प्राप्त यो प्रतिफल ज्यादै न्युन हो ।

Tata
GBIME
Nepal Life