BIZMANDU
www.bizmandu.com

बुक क्लोजिंगले चिलिमेको सेयर गिरावट, बिओके झर्ने क्रम रोकिएन, दियालो र गण्डकीको वृद्धि

२०६९ असोज ९

काठमाडौं । मंगलवार चिलिमेको सेयर मूल्य २५७ रुपैयाँले तल झरेर ८८८ रुपैयाँमा कारोवार भयो । आगामी दुई सातापछि साधरणसभा गर्ने तयारी गरिरहेको चिलिमेको बुक क्लोजिंगले सेयर मूल्य तल झरेको हो । चिलिमेले ३० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस दिंदै छ । सोमवार चिलिमिको ११४५ रुपैयाँमा कारोवार बन्द भएको थियो ।
 मंगलवार बुटवल पावर र अरुण भ्यालीको सेयर मूल्य भने बढ्यो । बुटवल पावरको आठ रुपैयाँले बढेर ७०३ रुपैयाँमा र अरुण भ्यालीको ६ रुपैयाँले बढेर ३२८ रुपैयाँमा कारोवार भयो । मंगलवार बैंक अफ काठमाण्डूको सेयरधनीले पनि ठूलै रकम गुमाए । सोमवार पनि बिओकेको ठूलो मात्रामा सेयर मूल्य तल झरेको थियो । न्युन लाभांस घोषणा गरेपछि बिओकेप्रति सर्वसाधरणको भरोसा उठेको थियो । मंगलवार बिओकेको प्रतिकित्ता ५२५ रुपैयाँमा कारोवार भयो ।
साढे १७ प्रशित नगद लाभांस घोषणा गरेपछि दियालो विकास बैंकको सेयर एकै दिन ९ रुपैयाँले बढेको छ । दियालोले मंगलवार लगानीकर्तालाई लाभांस दिने घोषणा गरेको थियो ।
बैंकको सेयर ९४ रुपैयाँमा कारोवार हुँदै आएकोमा मंगलवार एकैदिन ९ रुपैयाँ बढेर प्रतिकित्ता १०३ रुपैयाँमा कारोवार भयो । त्यहीं गतवर्षभन्दा कम लाभांस घोषणा गरेको गण्डकी विकास बैंकको सेयर भने ठूलो मूल्यमा वृद्धि भएन । मंगलवार गण्डकीको ७ रुपैयाँले सेयर मूल्य बढेर १४५ रुपैयाँमा कारोवार भयो ।
मंगलवार केही ठूला बैंकको सेयर मूल्य तल झरेपछि बैकिङ समूहको सुचक पनि ओरालो लाग्यो ।

Tata
GBIME
Nepal Life