BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री भट्टराई पूर्ण बजेटको पक्षमा, बजेटमा लगानीका लागि प्याकेज आउने

२०६९ असार २३

प्रधानमन्त्री भट्टराई पूर्ण बजेटको पक्षमा, बजेटमा लगानीका लागि प्याकेज आउने
प्रधानमन्त्री भट्टराई पूर्ण बजेटको पक्षमा, बजेटमा लगानीका लागि प्याकेज आउने

काठमाडौं । विपक्षी दलले पूर्ण बजेट ल्याए अस्विकार गर्न राष्ट्रपतिलाई  समक्ष निवदेन गरेपनि सरकारले भने आर्थिक सम्वृद्धिका लागि पूर्ण बजेट ल्याउने प्रतिवद्धता जनाएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले आन्तरिक र वाह्य पूँजी लगानी आर्कषित गर्ने पूर्ण बजेट आउने जानकारी दिए ।
‘मुलुकको आर्थिक सम्वृद्धिका लागि पूर्ण बजेट ल्याउन आवश्यक छ । सरकारले पूर्ण बजेट ल्याउने तयारी गरिरहेको छ,’ नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग शुक्रवारको भेटमा प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री भट्टराईले आन्तरिक र वाह्य लगानी ल्याउन बजेटमै विशेष सुविधा दिन लागेको बताए ।  ‘जलस्रोत, पुर्वाधार एवं पर्यटन क्षेत्रमा ठूलो लगानीको आवश्यकता छ,’ उनले भने, ‘लगानी ल्याउन विशेष प्याकेज कार्यक्रम आउनेछ ।’ चेम्वर अध्यक्ष सुरेश कुमार बस्नेतले राजनीतिक संक्रमणले आर्थिक क्षेत्र ओझेलमा परेको बताउँदै न्यूनतम आर्थिक एजेन्डामा पहल गर्न आग्रह गरे । उनले राजनीतिक संक्रमणले उद्योगीहरुको पलायन बढेको बताउँदै यसलाई नियन्त्रण गर्न तत्काल कदम चाल्न आग्रह गरे ।
बस्नेतले आर्थिक वर्ष २०६९/०७० को बजेटमा लगानी मैत्री वातावरणको निर्माण, औद्योगिक तथा व्यवासायिक सुरक्षाको प्रत्याभूति, रोजगारी, उत्पादन तथा व्यवसाय मैत्री वातावरणको निर्माण लगायतका विषय समेट्न सुझाव दिए । भेटमा चेम्वरका निवर्तमान अध्यक्ष सुरेन्द्रवीर मालाकार, वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, महासचिव कमलेश कुमार अग्रवाल ,सचिवद्वय देवेन्द्र भक्त श्रेष्ठ, सन्तोष कुमार पाण्डे, सहकोषाध्यक्ष पर्शुराम दाहालको उपस्थिती थियो ।

Tata
GBIME
Nepal Life