BIZMANDU
www.bizmandu.com

मंगलवार सुन फेरी चार सय रुपैयाँ महँगो, मूल्य ६० हजार पारी, डलर महँगो हुँदा महँगो भयो सुन

२०६९ असोज ९

काठमाडौं । आइतवार र सोमवार गरेर १२ सय रुपैयाँले ओरालो लागेको सुन बजारले फेरी पुरानै रफ्तार समात्न थालेको छ । मंगलवार सुन तोलामा चार सय रुपैयाँले बढ्यो । आइतवार पाँच सय रुपैयाँले र सोमवार सुन सात सय रुपैयाँले घटेको थियो । डलरको तुलनामा नेपाली मुद्रा बलियो भएपछि त्यसको असर परेका कारण सस्तिएको सुन मंगलवार डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन भएपछि बढेको हो ।
मंगलवार नेपाल सुन चाँदी व्यवसायी संघले प्रतितोला छापावाल सुनको मूल्य ६० हजार दुई सय रुपैयाँ राखेको छ । तेजावी सुनको मूल्य ५९ हजार ९५० रुपैयाँ छ भने चाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन ।

Tata
GBIME
Nepal Life