BIZMANDU
www.bizmandu.com

सबैभन्दा बढी कमाउँछन् शशिन जोशी, अनिल शाह दोस्रोमा

२०७१ माघ २६

सबैभन्दा बढी कमाउँछन् शशिन जोशी, अनिल शाह दोस्रोमा
सबैभन्दा बढी कमाउँछन् शशिन जोशी, अनिल शाह दोस्रोमा

सुदर्शन सापकाेटा/बिजमाण्डू
काठमाडौं । बाणिज्य बैंकमा सबैभन्दा वढी तलव तथा सुविधा कसको होला ?

Tata
GBIME

बार्षिक साधारणसभा सकेका बैंकहरुले सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार, सञ्चालनमा रहेका ३० बाणिज्य बैंकमध्ये सबैभन्दा वढी तलव सुविधा एनआइसी एसिया बैंकका सशिन जोशीले पाएको देखिन्छ ।


बैंकहरुले प्रमुख कार्यकारीहरुलाई तलवका साथै, प्रोत्साहन भक्ता, कर्मचारी सञ्चय कोष व्यवस्था र अन्य सुविधा गरेर बार्षिक तलव सुविधा वितरण गर्छन् ।

गत आर्थिक बर्षमा उनले झन्डै झन्डै दुई करोड रुपैयाँ तलव सुविधा प्राप्त गरेका छन् । जोशीले एक करोड आठ लाख तलब र ८२ लाख ७३ हजार सुविधा प्राप्त गरेका छन् । दुबै गरेर उनको तलव सुविधा एक करोड ९० लाख ७४ हजार रुपैयाँ पुग्छ ।

प्रमुख कार्यकारीहरुले पाएको यो कुल तलव सुविधा भने सिधै घर लिएर जान पाउँदैनन् । प्रमुख कार्यकारीको तलवबाट ३५ प्रतिशतसम्म कर (आय) सरकारले पनि लिन्छ ।

बैंकहरुको बार्षिक प्रतिवेदनका अनुसार, १० बैंकका प्रमुख कार्यकारीहरुको तलव सुविधा एक करोड रुपैयाँभन्दा माथि छ । करोडमाथि तलव सुविधा हुने बैंकहरुमा एनआइसी एसिया र मेगा बैंकका साथै नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक, एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिभिल बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, लुम्बिनी बैंक, जनता बैंकका प्रमुख कार्यकारी अधिकृत छन् ।

तीन वटा बाणिज्य बैंकहरुको बार्षिक तलव सुविधा भने एक बर्ष पुरानो तथ्यांकको आधारमा छ । प्रभु बैंक, बैंक अफ काठमाण्डू र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृतले पाएको तलव सुविधा एक बर्ष पुरानो हो ।

सशिन जोशीपछि वढी तलव सुविधा बुझ्नेमा मेगा बैंक नेपालमा प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह हुन् । उनको बार्षिक तलव सुविधा एक करोड ७५ लाख २५ हजार रुपैयाँ छ । यसमध्ये २८ लाख २५ हजार अलाउन्स मात्रै हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले ८६ लाख ४० हजार तलव बुझ्छन् भने ७१ लाख ३३ हजार अलाउन्स बुझ्छन् । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको तलव सुविधा एक करोड ५६ लाख रुपैयाँ छ, जसमध्ये १२ लाख रुपैयाँ अलाउन्स हो ।

सिभिलपछि वढी तलव सुविधा बझ्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत छन् । उनले बार्षिक एक करोड ४३ लाख रुपैयाँ तलव सुविधा पाउँछन्, यसमध्ये ३७ लाख १९ हजार अलाउन्स हो ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलको तलव सुविधा एक करोड ४१ लाख रुपैयाँ छ । लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृतको कुल तलव तथा सुविधा एक करोड १६ लाख रुपैयाँ छ । यसमध्ये २७ लाख रुपैयाँ अलाउन्स मात्रै हो ।

प्राइम बैंकका प्रमुख कार्यकारी नारायणदास मानन्धरको तलव सुविधा एक करोड ६ लाख रुपैयाँ छ । उनले ४८ लाख ९६ हजार रुपैयाँ अलाउन्स मात्र बुझ्छन् । प्राइमपछि वढी तलव सुविधा बुझ्नेमा जनता बैंकका नेपालका प्रमुख कार्यकारी अधिकृत डा. रमेशकुमार भट्टराई छन् । उनले ७४ लाख ९३ हजार तलव र २८ लाख ४६ हजार अलाउन्स बुझ्छन् ।

ठूलो बैंक भएपनि अन्य बैंकको तुलनामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलव सुविधा अलिकति कम छ । उनले बार्षिक एक करोड दुई लाख रुपैयाँ तलव सुविधा बुझ्छन् ।

एक करोडदेखि कम र ८० लाख रुपैयाँभन्दा माथि तलव सुविधा बुझ्नेमा ग्लोबल आइएमइका रत्नराज बज्राचार्य, सिद्धार्थका सुरेन्द्र भन्डारी, हिमालयनका अशोक राणा, सानिमाका भुवनकुमार दाहाल र सेञ्चुरी कमर्सियल बैंकका अनुजमणि तिमिल्सिना छन् ।

७० देखि ८० लाखको बिचमा तलव सुविधा सिटिजन्स् बैंक इन्टरनेशनलका राजनसिंह भन्डारी, माछापुच्छ«ेका तुलसीराम गौतम र एभरेष्ट बैंकका एके आहलुवालिया छन् । ५० लाखदेखि माथि तलव बुझ्नेमा एनबी बैंकका ज्ञानेन्द्र ढुङ्गाना, कुमारी बैंकका उदयकृष्ण उपाध्याय, सनराइज बैंकका पूर्व प्रमुख कार्यकारी सुरेन्द्रमान प्रधान,को छ ।

५० लाख रुपैयाँभन्दा कम तलव सुविधा हुनेमा सरकारी स्वामित्वका तीन वटै बैंकका प्रमुख कार्यकारी अधिकृत छन् । नेपाल बैंकका पूर्व प्रमुख कार्यकारी महेश्वरलाल श्रेष्ठ, राष्ट्रिय बाणिज्य बैंकका कृष्णप्रसाद शर्मा, कृषि विकास बैंकका लिलाप्रकास सिटौला, नेपाल एसबिआइ बैंकका आलोक कुमार, एनसिसी बैंकका अमृतचरण श्रेष्ठको तलव सुविधा ५० लाख रुपैयाँभन्दा कम छ ।