BIZMANDU
www.bizmandu.com

भारतमा रेमिट्यान्स प्रवद्र्धन गर्न नेपालमा हास्य यात्रा, दिपक र दिपाश्री पश्चिम नेपालका आउँदै

२०६९ असोज ८

भारतमा रेमिट्यान्स प्रवद्र्धन गर्न नेपालमा हास्य यात्रा, दिपक र दिपाश्री पश्चिम नेपालका आउँदै
भारतमा रेमिट्यान्स प्रवद्र्धन गर्न नेपालमा हास्य यात्रा, दिपक र दिपाश्री पश्चिम नेपालका आउँदै

काठमाडौं । भारतवाट आउने रेमिट्यान्स प्रबद्र्धन गर्न ग्लोवल आईएमई बैंकले नेपालको पश्चिमी क्षेत्रका २० स्थानमा आईएमई हास्य यात्रा वाईरोडको बाटोमा नामक चेतना मुलक कार्यक्रम आयोजना गर्ने भएको छ । साँगितिक यात्रा अवधिभर दिपकराज गिरी र दिपाश्री निरौलाको प्रहसन तथा अन्य चर्चित कलाकारबाट विभिन्न चेतना मुलक मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने भएको छ । दिपक र दिपाश्री आईएमईका ब्राण्ड एम्बेस्डर समेत हुन् ।

यो कार्यक्रम पश्चिम नेपालको नारायणगढ, बुटवल, लिवाङ्ग, प्यूठान, सल्यान, तुल्सीपुर, सुर्खेत, नेपालगंज, गुलरिया, धनगढी, डडेलधुरा, बैतडी, मंगलसेन, सन्धिखर्क, तम्घास, तानसेन, स्याङ्गजा, बागलुङ्क साथै दमौली गरि २० स्थानमा प्रदर्शन गरिने जानकारी दिइएको छ । असोज १० गते नारायणगढबाट शुरु हुने कार्यक्रम असोज २९ गते दमौलीमा सम्पन्न हुने कार्यक्रम छ ।
कार्यक्रममा बैकिङ्ग च्यानलबाट पैसा पठाउँदा हुने फाईदा, तरिका र सम्पर्क स्थानका बारेमा जानकारी दिने कार्यक्रम छ । आइएमईले भारतको युनाईटेड बैंक अफ ईन्डियासँग व्यवसायिक साझेदारी गरेको छ । भारत–नेपाल रेमिट्यान्स सेवा अन्र्तगत भारतमा रहेका नेपालीले युनाईटेड बैंक अफ ईन्डियाका १६ सयभन्दा बढी शाखाबाट नेपालमा पैसा पठाउन सकछन् ।
त्यहाँबाट पठाएको रकम ईन्टरनेशनल मनि एक्सप्रेस (आईएमई)का ७५ जिल्लामा छरिएर रहेका दुई हजारभन्दा बढी शाखा÷सवएजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत छिटो, छरितो र सुरक्षित तवरबाट भुक्तानी हुन्छ । हास्य यात्राको घोषणा गर्दै कम्पनीका अध्यक्ष चन्द्र ढकालले स्थापनाकालदेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहँुचसम्म पुराउन प्रतिबद्व रहेको बताए । उनले भारतबाट बैकिङ्ग च्यानलबाट रेमिट्यान्स भित्र्याउने कदमले राष्ट्रिय अर्थतन्त्रलाई थप उचाईमा पुर्याउने पनि बताए । अध्यक्ष ढकालले भारतमा रोजगारीको क्रममा रहेका नेपालीले दुःख गरि कमाएको रकम ढुक्कसँग आइएमईमार्फत बिना झन्झट नेपाल पठाउन सक्ने समेत बताए ।  

Tata
GBIME
Nepal Life