BIZMANDU
www.bizmandu.com

वैदेशिक रोजगार व्यवसायीवीच विवाद, विशेष साधारणसभा बोलाउन हस्तक्षर अभियान

२०६९ असोज ८

वैदेशिक रोजगार व्यवसायीवीच विवाद, विशेष साधारणसभा बोलाउन हस्तक्षर अभियान
वैदेशिक रोजगार व्यवसायीवीच विवाद, विशेष साधारणसभा बोलाउन हस्तक्षर अभियान

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीको भेलाले तत्काल विशेष साधारणसभा बोलाउने निर्णय गरेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले व्यवसायी विरुद्ध लागेको निष्र्कष निकाल्दै विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो । व्यवसायीले विशेष साधारणसभा बोलाउने र तामाङ विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने एक व्यवसायीले बताए ।
विशेष साधारणसभा बोलाउन हस्ताक्षर संकलन भइसकेको छ । ३ सय ३५ जना व्यवसायीले विशेष साधारणसभा गर्न हस्ताक्षर गरेका छन्, ती व्यवसायीले भने, एक÷दुई दिनमा साधरणसभाको लागि संघमा आवेदन दिँदैछौ ।
आइतबार भएको भेलामा बोल्न अधिकांश व्यवसायीले संघका अध्यक्ष तामाङले सरकारी निकायसँग लागेर व्यवसायलाई बदनाम गराएको आरोप लगाएका थिए ।

Tata
GBIME
Zonsen