BIZMANDU
www.bizmandu.com

समयमै पैसा नबुझाउने २६ सय जनाको सेयर ओरियण्टलले होटलले गर्‍यो जफत, २० लाख बुझाएनन्

२०७१ माघ १५

समयमै पैसा नबुझाउने २६ सय जनाको सेयर ओरियण्टलले होटलले गर्‍यो जफत, २० लाख बुझाएनन्
समयमै पैसा नबुझाउने २६ सय जनाको सेयर ओरियण्टलले होटलले गर्‍यो जफत, २० लाख बुझाएनन्

काठमाडौं। ओरियण्टल होटल्स लिमिटेडले पटक पटक सूचना प्रकाशन गर्दा पनि केही सेयरधनीले आफ्नो सेयरको दोस्रो किस्ता बापतको रकम नतिरको भन्दै ती सेयर जफत गरेको छ।

Tata
GBIME
Nepal Life

पटक पटकको पत्र तथा सूचनालाई अवज्ञा गर्दै दुईहजार ६ सय २० सेयरधनीले दोस्रो किस्ता बापतको १९ लाख चारहजार पाँचसय रुपैयाँ बराबरको १९ हजार ४५ कित्ता सेयर आफ्नै अधिनमा राखेको हो।

नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै होटलले सेयर रजिष्टार एनसिएम मर्चेन्ट एन्ड बैंकिङ लिमिटेडबाट प्राप्त पत्र अनुसार पहिलो किस्ताबापतको रकमले खामेको सेयर सेयरधनीकै नाममा कायम राखी बाँकी सेयर भने आफ्नो नाममा राख्न लागिएको स्पष्ट पारेको छ।

होटलले यसरी दोस्रो किस्ता बापतको रकम बुझाउन अन्तिम पटक असोज मसान्तसम्मको समय थपेको थियो। यो समयमा पनि ती सेयरधनीले सूचनाको अटेर गरी दोस्रो किस्ताको रकम नबुझाएको होटलले जनाएको छ।

होटलले यसअघि पनि पटक पटक सूचना निकालेको थियो। ती सबै सूचनाको व्यवास्ता गर्दै उनीहरुले रकम बुझाएका थिएनन्। होटलले बुझाउन बाँकी रकमको साँवा र १० प्रतिशत ब्याज तिर्न आग्रह गरेको थियो।