BIZMANDU
www.bizmandu.com

कैलास विकास बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, खुद नाफा ११ करोड १२ लाख, पुँजीकोष बृद्धि

२०७१ माघ १४

काठमाडौं । कैलास विकास बैंकले चालु आर्थिक बर्षको पुस मसान्तमा नाफा ४८ प्रतिशतले बढाएको छ । बैंकले खुद नाफा ११ करोड १२ लाख रुपैयाँ पुगेको छ । 
 
बैंकले खुद ब्याज आम्दानीका साथै पुरानो डुबेको केही ऋण उठाएका कारण नाफा बढेको हो । बैंकले खुद ब्याज आम्दानी ३१ प्रतिशतले बढेर २० करोड ६४ लाख रुपैयाँ पुर्याएको छ । 
 
बैंकले डुबेको ऋणमध्ये एक करोड ९२ लाख रुपैयाँ राइट ब्याक गरेको छ । यद्यपी यसपाली बैंकको नोक्शानी वापतको रकम केही बढेको छ । बैंकको यो रकम ५१ प्रतिशतले बढेर तीन करोड ९७ लाख रुपैयाँ पुगेको छ । 
 
बैंकको पुँजी कोष अनुपात १५.११ प्रतिशत र खराब कर्जा अनुपात २.८० प्रतिशत छ । बैंकसँग सर्वसाधारणको निक्षेप १९ प्रतिशतले बढेर आठ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि १६ प्रतिशतले बढेर ६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
 
८९ करोड ५३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३४ करोड ५७ लाख रुपैयाँ छ । बैंकको आधार ब्याज दर ९.३१ प्रतिशत छ भने स्प्रेड दर ६.३५ प्रतिशत छ ।
 
बैंकको प्रति सेयर नेटवर्थ १३९ रुपैयाँको  हाराहारीमा छ । बैंकको प्रति सेयर आम्दानी २४.८५ रुपैयाँ छ । 

Tata
GBIME
Nepal Life