BIZMANDU
www.bizmandu.com

बजार ६ अंकले बढ्यो, कमल ज्ञवालीले प्रभुको २२ करोड वढीको सेयर बेचे, प्रभु र सिद्धार्थको ऋण तिरिने

२०७१ माघ १३

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक मंगलबार ६ अंकले बढेको छ।  सुरुदेखि नै बढ्दो क्रममा रहेको बजार मंगलबार ६ दशमलप ५१ अंकले बढेको सूचक नौसय ७५ अंक पुगेको छ।
 
बैंकिङ, होटल, विकास बैंक, फाइनान्स र अन्य समूहको सूचक बढेको दिन जलविद्युत, बीमा र उत्पादन समूहको सूचक भने ओरालो लागेको छ। मंगलबार सबैभन्दा धेरै प्रभु बैंकको संस्थापक सेयर किनबेच भएको छ भने प्रभुकै साधारण सेयर पनि चार करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ।

Tata
GBIME
Nepal Life

कमल ज्ञवालीले प्रभुको २२ करोड वढीको सेयर बेचे, प्रभु र सिद्धार्थको ऋण तिरिने
 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार किस्ट बैंकको मात्र २६ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको सेयर कमलप्रसाद ज्ञवाली र समूहले बिक्री गरेको हो ।
 
जम्को प्रकाशन प्रालिका नाममा गएको ऋण भुक्तानी गर्न ज्ञवालीले सेयर बिक्री गरेका हुन् । उनले संस्थापक समूहतर्फको २२ करोड २८ लाख ४५ हजार ६ सय कित्ता सेयर बिक्री गरेका हुन् । प्रति सेयर एक सय रुपैयाँका दरमा यि सेयर बिक्री भएका हुन् । 
 
ज्ञवाली तत्कालीन किस्ट बैंकका प्रबन्ध निर्देशक दिए । प्रभु विकास बैंकले मर्ज गरेपछि किस्ट प्रभु बैंकका रुपमा सञ्चालनमा छ । बैंकिङ कसुरको अभियोगमा उनलाई प्रहरीले खोजिगरिहेको छ । ऋण दुरुपयोगको अभियोगमा उनलाई राष्ट्र बैंकले कारवाहीका लागि प्रहरीलाई सिफारिस गरेको थियो ।
 
सिद्धार्थ डेभलपमेन्ट बैंकले दिएको ऋण ज्ञवालीकी श्रीमती गौरी खनालले दुरुपयोग गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । बैंकले जम्को प्रकाशन प्रालिका नाममा दिएको ऋण दुरुपयोग भएको थियो ।
 
प्रभुको सेयर बिक्री गरेर सिद्धार्थको ऋण तिर्ने सुचना सार्वजनिक भएपछि सिद्धार्थ विकास बैंकको सेयर मूल्य १० प्रतिशतसम्म बढेर बिक्री भएको छ । बैंकको सेयर प्रति कित्ता १७ रुपैयाँले बढेर १९१ रुपैयाँमा कारोबार भएको  छ । बैंकको २३ हजार ९७४ कित्ता सेयर कारोबार भएको छ । 
 
ज्ञवालीले दुरुपयोग भएको ऋण भुक्तानीका लागि सेयर बिक्री गरेका हुन् । उनले बिक्री गरेको सेयरबाट आएको रकम प्रभु बैंक र सिद्धार्थ विकास बैंकको ऋण, ब्याज र जरिवाना तिर्न प्रयोग हुनेछ ।  
 
श्रीमती खनालका नाममा १३ करोड रुपैयाँ ऋण दूरुपयोग भएको थियो । यो ऋण तिरेर बाँकी रहेको पैसा प्रभु बैंकको ऋण भुक्तानीमा प्रयोग हुने छ । 
 
२०६७ चैतमा जङवो पब्लिकेशन्सका नामा ऋण लिँदा यसको प्रबद्र्धकमा श्रीमती खनाल थिइन् । दुई वर्षको अवधिमा जङवो पब्लिकेसन्स तीन पटकसम्म नामसारी भएको थियो । नामसारी हुँदा श्रीमती ज्ञवालीका नाममा पैसा भुक्तानी भएको थियो । 
 
सिद्धार्थमा ज्ञवालीको विभिन्न व्यक्ति तथा संस्थाहरुको नाममा (अप्रत्यक्ष) प्रबद्र्धक सेयर छ । ६४ करोड रुपैयाँ पुँजी रहेको सिद्धार्थमा ज्ञवालीको ८ करोड रुपैयाँ अप्रत्यक्ष सेयर छ । आफ्नो नाममा सेयर राख्न नमिल्ने भएपछि उनले ६० लाख रुपैयाँको सेयर केही वर्षअघि अरुलाई नामसारी गरेका थिए । 
 
राष्ट्र बैंकका स्रोतका अनुसार, सिद्धार्थका प्रवद्र्धक रहिसकेका कमलले आफ्नो नाममा बैंकबाट ऋण निकाल्दा समस्या हुने भएपछि व्यक्तिगत प्रभावमा कमसल जग्गा धितो देखाएर पत्नीको नाममा ऋण निकालेका हुन् । 
मंगलबार वाणिज्य बैंक समूहको सूचक नौ अंकले बढेको छ। यस्तै होटल समूहको आठ अंकले बढेको छ भने विकास बैंकको पनि सात अंकले सुध्रिएको छ। मंगलबार सबैभन्दा धेरै बीमा समूहको सूचक ११ अंकले घटेको छ।
मंगलबार दुईहजार ६ सय ४६ कारोबारबाट कूल एकसय ५२ कम्पनीको ३२ लाख ५२ हजार कित्ता सेयर ५१ करोड २९ लाख रुपैयाँमा किनबेच भएको छ।
 
मंगलबार २२ करोड २८ लाख रुपैयाँमा प्रभु बैंकको संस्थापक सेयर किनबेच भएको छ। यस्तै प्रभु बैंककै साधारण सेयर पनि चार करोड १६ लाख रुपैयाँ बराबरको किनबेच भएको छ। यस्तै धेरै कारोबार हुने कम्पनीको सूचीमा सेच्नुरी कमर्सियल बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक तथा हिमालयन बैंक लिमिटेडको सेयर पनि धेरै किनबेच हुने कम्पनीको सूचीमा अग्रस्थानमा रहेका छन्।
 
मंगलबार सिद्धार्थ डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस्तै झिमरुक विकास बैंक, सिभिक डेपलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक तथा हाम्रो विकास बैंकका लगानीकर्ताले धेरै कमाएको दिन कर्णाली डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, लुम्बिनी फाइनान्स तथा शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ता धेरै गुमाउनेको सूचीमा अगाडि रहेका छन्।