BIZMANDU
www.bizmandu.com

अन्तत: आयल निगमबाट हटाइए भट्ट, सडकका इन्जिनियर खड्कालाई बनाइयो कार्यकारी निर्देशक

२०७१ माघ १२

अन्तत: आयल निगमबाट हटाइए भट्ट, सडकका इन्जिनियर खड्कालाई बनाइयो कार्यकारी निर्देशक
अन्तत: आयल निगमबाट हटाइए भट्ट, सडकका इन्जिनियर खड्कालाई बनाइयो कार्यकारी निर्देशक

काठमाडौं  । मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई पदबाट हटाएको छ । आफ्नो दललाई रकम नउठाएको भन्दै आपुर्ति मन्त्री सुनिल बहादुर थापा र राज्यमन्त्री गिरी बहादुर केसीले यस अघि नै भट्टलाई हटाउन चाहेका थिए । उनीहरु राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का तर्फबाट मन्त्री बनेका हुन् ।

Tata
GBIME
Nepal Life

भट्टलाई कार्यकारी निर्देशकबाट हटाउन पेट्रोलियम व्यवसायीले पनि दवाव दिएका थिए । स्वचालित मुल्य, पेट्रोलियम पदार्थको मूल्य घटे अनुसार ट्यांकरको ढुवानी भाडा समायोजन, ग्यासको कोटा वृद्वि नगर्ने अडान जस्ता सुधार कार्यक्रम थालेपछि पेट्रोलियम व्यवसायी कार्यकारी निर्देशकसँग रुष्ट भएका थिए ।

भट्टलाई हटाएर निगममा सडक विभागका इन्जिनियर गोपालबहादुर खड्कालाई नियुक्त गरेको जानकारी दिइएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीले तीन महिना अघि कार्यकारी निर्देशक भट्टलाई सोल्टी होटलमा बोलाएर कोटा बढाउन भन्दै अतिरिक्त पैसाको प्रस्ताव गरेका थिए । तर कार्यकारी निर्देशक भट्टले अहिले आइरहेको ग्यासनै प्रर्याप्त हुने भन्दै कोटा बढाउन अस्वीकार गरेका थिए ।

संघको अगुवाईमा कोटा बढाउन भन्दै सबै ग्यास कम्पनीबाट रकम समेत उठाइएको थियो । आफ्ना माग संबोधन हुने नदेखेपछि पेट्रोलियम व्यवसायीको संगठन एकजुट भएर कार्यकारी निर्देशक भट्टलाई हटाउन लागेका थिए ।

तेल चोरीको आरोप लागेका ट्यांकरको निलम्बन फुकुवा गर्ने निर्णयमा असहयोग गरेपछि व्यवसायीसँगै वाणिज्य मन्त्रालयका सचिव नारायणगोपाल मलेगो, सहसचिव दीपक सुवेदी र बोर्डका सबै सदस्य भट्ट हटाउने अभियानमा सामेल भएका थिए ।

भैरहवामा तेल तोरी गरेका ८८ ट्यांकरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गर्न दिएको आदेशलाई एक महिना नपुग्दै निगमको सचालक समिति बैठकले उल्ट्याएको थियो । भट्टले तेल चोरीमा संलग्न रहेको ट्यांकरको निलम्बन फुकुवा गर्न नहुने अडान राखेका थिए ।

सिंहदरबारमा सोमबार बिहान बसेको बैठकले आयल निगमसहित विभिन्न संस्थानहरुमा नियुक्ति गरेको हो।

बैठकले नेशनल ट्रेडिङ लिमिटेडको महाप्रबन्धकमा गुणशंकरलाई नियुक्त गरेको छ। त्यस्तै टिम्बर कर्पोरेसनको अध्यक्षमा कृष्णप्रसाद आचार्य तथा महाप्रबन्धकमा वीरेन्द्रकुमार यादवलाई नियुक्ति गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद् बैठकले नेपाल चीन सम्बन्धको हिरक महोत्सव मनाउन परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको अध्यक्षतामा समिति गठनको समेत निर्णय गरेको छ।