BIZMANDU
www.bizmandu.com

लेकसाइडबाट स्तुपा जाने केवलकार बनाउन बाटो खुल्यो, ड्रिम प्रोजेक्ट बनाउने मनकामनाको योजना

२०७१ माघ ११

लेकसाइडबाट स्तुपा जाने केवलकार बनाउन बाटो खुल्यो, ड्रिम प्रोजेक्ट बनाउने मनकामनाको योजना
लेकसाइडबाट स्तुपा जाने केवलकार बनाउन बाटो खुल्यो, ड्रिम प्रोजेक्ट बनाउने मनकामनाको योजना

काठमाडौं । मनकामना दर्शनले कास्कीमा केबुलकार बनाउन बाटो खुला भएको छ ।  पोखराको लेकसाइडदेखि विश्व शान्ति स्तुपा सम्म जाने केबुलकार निर्माणको लागि प्रतिस्पर्धी प्रस्ताव लक्ष्मी इन्टरकन्टिनेन्टलको रिट सर्वोच्च अदालतले खारेज गरेपछि कम्पनीलाई केबुलकार निर्माणको बाटो खुलेको हो ।

Tata
GBIME
Nepal Life

सर्वोच्चका न्यायधिशद्वय जगदीश शर्मा पौडेल र बैजनाथ उपाध्यायको संयुक्त इजलाशले लक्ष्मीको रिट खारेजको आदेश दिएको हो ।

‘केबुलकार निर्माणको लागि बाटो खुला भएको छ । यो निर्णयसँगै हामी निर्माणमा अघि बढ्नेछौ,’ कम्पनीका संचालक राजेशबाबु श्रेष्ठले आइतबार बिजमान्डूसँग भने, ‘यो हाम्रो अर्को ड्रिम प्रोजेक्ट हुनेछ ।’ उनका अनुसार यो केबुलकार निर्माणले पोखराको पर्यटनमा समेत थप टेवा दिनेछ ।

 चितवन कोई समूहले मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबुलकार संचालनमा छ । पहिलो केबुलकार परियोजनाले नेपालको रोलमोडल बनेको छ ।

मनकामना दर्शन र विदेशी निर्माण साझेदार कम्पनी डोपलमायरले यो केबुलकार निर्माण हुनेछ ।
केबुलकारसँगै वाटर पार्क, रेस्टुरेन्ट लगायतका सेवा सुविधा समेत हुने श्रेष्ठले बताए । उनका अनुसार  १.६किलोमिटर लामो सो केबुलकार निर्माण भएपछि पर्यटन क्षेत्रमाअर्को एक आकर्षण थपिने उनले बताए ।