काठमाडौं । सरकारले अतिआवश्यक वस्तुको अधिकतम मूल्य (एमआरपी) तोक्ने निर्णयको समर्थन गरेको चेम्बर अफ कमर्सले तोकिएको खुद्रा मूल्यमा दुई प्रतिशत घटाएर बिक्री गर्न खुद्रा व्यापारीलाई आग्रह गरेको छ । उद्योग कारखानाहरुबाट उत्पादित सिलवन्दी तथा प्याकिङ भई आउने अति आवश्यक खाद्यवस्तुको प्याकेटमा एमआरपी मूल्यमा दुई प्रतिशतले रकम घटाउन आग्रह गरेको हो । चेम्बरले दशै, तिहार र छठका लागि दुई प्रतिशत छुट दिन आग्रह गरेको हो । चेम्बरले तीन महिनाका लागि यो छुट उपलब्ध गराउन आग्रह गरेको हो ।