BIZMANDU
www.bizmandu.com

चारसय रुपैयाँले घट्यो सुनको भाउ, तोलाको ५४ हजार रुपैयाँमा कारोबार, चाँदी सातसय ५५ मै किनबेच

२०७१ माघ ८

चारसय रुपैयाँले घट्यो सुनको भाउ, तोलाको ५४ हजार रुपैयाँमा कारोबार, चाँदी सातसय ५५ मै किनबेच
चारसय रुपैयाँले घट्यो सुनको भाउ, तोलाको ५४ हजार रुपैयाँमा कारोबार, चाँदी सातसय ५५ मै किनबेच

काठमाडौं। विहीबार सुनको भाउ केही सस्तो भएको छ। बुधबार एकै दिन आठसय रुपैयाँले बढेको सुनको भाउ विहीबार भने चारसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

विहीबार सुन तोलाको ५४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको भाउ ५४ हजार चारसय रुपैयाँ तोकिएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा तीव्र उतारचढाव आइरहेकाले त्यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीहरुले बताउने गरेका छन्।

यस्तै विहीबार चाँदीको भाउ भने स्थिर छ। चाँदीको भाउ तोलाको सातसय ५५ रुपैयाँ तोकिएको छ। चाँदीको भाउ बुधबार पनि तोलाको सातसय ५५ रुपैयाँ नै तोकिएको थियो।