BIZMANDU
www.bizmandu.com

बेलायती राजकुमारी केट एशियामा ९ दिन बस्दा १८ लाख रूपैयाँका १८ ड्रेस (तस्वीर समाचार)

२०६९ असोज ७

बेलायती राजकुमारी केट एशियामा ९ दिन बस्दा १८ लाख रूपैयाँका १८ ड्रेस (तस्वीर समाचार)
बेलायती राजकुमारी केट एशियामा ९ दिन बस्दा १८ लाख रूपैयाँका १८ ड्रेस (तस्वीर समाचार)

बेलायती युवराज्ञी केट विलियम्सले हालै सम्पन्न दक्षिण पूर्वी एसिया तथा प्रशान्त क्षेत्रको भ्रमणका क्रममा लगाएको ड्रेसले विश्वभरका संचार माध्यममा खुबै चर्चा कमाए । भ्रमणका अवसरमा उनले नेपाली मूलका प्रवल गुरुङले डिजाईन गरेको पहिरन समेत लगाएकी थिइन । बेलायती अनलाईन पोर्टल द सनले केटले लगाएका पहिरनहरुको मूल्य करिव १८ लाख २० हजार रुपैंया (१३ हजार पाउण्डं) परेको जनाएको छ । यो मूल्यमा ती पहिरनहरु उनको शरिरमा फिट गराउन टेलरलाई दिएको खर्च समावेस गरिएको छैन । नौ दिन लामो भ्रमणका अवसरमा उनले १८ पहिरन लगाइन ।

दायाँ भागको तस्वीरमा देखिएको पहिरन केटले भ्रमण सुरुवातको दिन लगाएकी थिईन । जेन्नी प्याकहामले डिजाईन गरेको यो पहिरनको मूल्य २ लाख १० हजार रुपैंया (१,५०० पाउण्ड) परेको थियो । पहिरनसँगै उनले लगाएको जुत्ताको मूल्य २७ हजार ३ सय (१९५ पाउण्ड) पर्छ । यसको डिजाइनर एल.के. वेन्नेट हुन । दायाँ तर्फको तस्वीरमा देखिएको पहिरन भने प्रबल गुरुङले डिजाईन गरेका हुन । संचारमाध्यमा निक्कै चर्चा पाएको यो पहिरनको मूल्य ५१ हजार ८ सय (३७० पाउण्ड) पर्छ । वाँया तर्फको तस्वीरमा केटले जेन्नी प्याकहामले नै डिजाइन गरेको ड्रेस लगाएकी हुन् । यो पहिरनको मूल्य पनि २ लाख १० हजार रुपैंया (१,५०० पाउण्ड) पर्छ । दायाँ तर्फको तस्वीरमा केटले लगाएको पहिरन मलबेरीको को हो । यसको मूल्य ८३ हजार ३ सय (५९५ पाउण्ड ) पर्छ ।

कलर चेक ड्रेसमा सजिएकी केट निक्कै राम्री देखिएकी छन् । जोनाथन सण्ड्रसले डिजाईन गरेको यो पहिरनको मूल्य १ लाख १७ हजार ६ सय (८४० पाउण्ड) पर्छ । पहिरनसँगै उनले लगाएको ह्याटको मूल्य ४९ हजार (३५० पाउण्ड) पर्छ । हँसिली केटले लगाएको चम्किलो पहेंलो रंगको पहिरनभन्दा उनले लगाएको जु्त्ता दुई गुणा महंगो छ । पहिरनको मूल्य १० हजार ५ सय (७५ पाउण्ड) छ भने जुत्ताको मूल्य २४ हजार ५ सय (१९५ पाउण्ड) छ ।

समारोह अनुसारको पहिरन भनेझैं केटले सेतो भुँईमा बुट्टा भएको पहिरन मलेसियाका राजा अब्दुल हलिमले दिएको भोजका अवसरमा लगाएकी थिईन । भब्य समारोहमा केटले लगाएको यो पहिरनको मूल्य २ लाख ८० हजार रुपैंया (२ हजार पाउण्ड) पर्छ ।  मलेसियाबाट सोलोमन आईल्याण्डको भ्रमणमा निस्केकी केटले लगाएको पँहेलो रंगको फ्रकको मूल्य ४२ हजार रुपैंया (३ सय पाउण्ड) परेको थियो । पहिरनसँगै केटले लगाएको इयररिङको मूल्य ६९ हजार ३ सय (४ सय ९५ पाउण्ड) परेको थियो भने उनले लगाएको जुत्ताको मूल्य १७ हजार २ सय (१ सय २३ पाउण्ड) थियो ।

सिल्कको स्कर्ट र त्यसलाई म्याच गर्ने व्लाउजमा सजिएका केटलाई यो पहिरनमा निक्कै शालिन देखिएको छ । राओउलले डिजाइन गरेको बुट्टादार यो पहिरनको मूल्य ८३ हजार ७ सय रुपैंया (५ सय ९८ पाउण्ड) परेको थियो । दायाँ तर्फको तस्वीरमा इर्डेनको समर कलेक्सनमा सजिएकी केट निक्कै शान्त देखिएकी छन् । यो प्रिन्टेड ड्रेसको मूल्य बाँयाभन्दा केहि कम ८१ हजार ९ सय (५ सय ८५ पाउण्ड ) परेको थियो ।

Tata
GBIME
Nepal Life