BIZMANDU
www.bizmandu.com

सिटी डेभलपमेन्ट बैंकको आठ करोड ६० लाख सञ्चालन नाफा, चाँडै चार ठाउँमा शाखा थप्दै

२०७१ माघ १

काठमाडौं। सिटी डेभलपमेण्ट बैंकले पुस मसान्तसम्म आठ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले चालु बर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा चार अर्ब ३३ करोड निक्षेप संकलन तथा तीन अर्ब ६४ करोड कर्जा लगानी गरेको छ। 

 
बैंकका १३ वटा शाखा कार्यालय छन्। बैंकले बाग्लुङको कुश्मीसेरा, कास्कीको लामाचौर, नारायणगढको मालपोतचोक र तनहुँको बन्दीपुरमा चाँडै शाखा खोल्ने विज्ञप्तिमा जनाएको छ। 
 
बैंकले २२ प्रतिशत वोनस सेयर दिने जनाएको छ। वोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ४६ करोड ८१ लाख रुपैयाँ पुग्ने प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए।