BIZMANDU
www.bizmandu.com

सुपर लक्जरी बसमा नजर यात्रा गर्नुहोस्, जहाँ एउटा पुरै सुविधा सम्पन्न घर छ (तस्वीर समाचार)

२०६९ असोज ६

सुपर लक्जरी बसमा नजर यात्रा गर्नुहोस्, जहाँ एउटा पुरै सुविधा सम्पन्न घर छ (तस्वीर समाचार)
सुपर लक्जरी बसमा नजर यात्रा गर्नुहोस्, जहाँ एउटा पुरै सुविधा सम्पन्न घर छ (तस्वीर समाचार)


लण्डन । बजारमा एउटा सुपर लक्जरी बस आएको छ, यसलाई बस नभनेर सुविधा सम्पन्न गुड्ने घर पनि भन्न सक्नुहुन्छ, किन भने ४० फिट लामो यो बसमा सुविधा सम्पन्न घरमा हुने सबै साधनहरु छन् । भोल्कनर मोविलले बजारमा ल्याएको यो बसको मूल्य भने सानो तिनो छैन्, लण्डनमा यो बसको मूल्य सात लाख ५० हजार पाउण्ड अर्थात १० करोड नेपाली रुपैयाँबाट सुरु हुन्छ र १२ लाख पाउण्ड १७ करोड रुपैयाँसम्म पर्दछ ।
१२ लाख पाउण्ड मूल्य राखिएको बसमा कारका लागि ग्यारेज छ, दुईवटा डबल साइजको बेड छ, किचन, बैठक कोठा, टवाइलेट, बाथरुमसम्म छ । बसमा ठूलो फ्रिज, माइक्रोवेभ, डिसवासर, डल्बी होम इन्टरटेनमेन्ट साउण्ड सिस्टम, ठूलो स्क्रिन भएको टिभिसम्म सुविधा छ । बस निर्माता भोल्कनर मोविलका स्टेफेरी भोल्कनरले आफ्नो सिद्धान्त बसमा उच्चतम सुविधा जोड्नु रहेको बताए, हामीले यसलाई चक्कामा उभिएको घर भन्न रुचाउँछौं र यो विश्वभरी गुडाएर लैजान सक्छौं । डेलीमेलबाट

गाडि मै ग्यारेज : बसमै फेरारी र लम्बोर्गिनी जस्ता स्पोर्टस कार राख्नका लागि ग्यारेज छ । यो ग्यारेज गाडीको दुई चक्काको बीच भागमा पर्ने गरी राखिएको छ ।

प्रविधिको कमाल : बसमा समाहित कार ग्यारेज एउटा बटन थिचेको भरमा गाडीसँगै तल झर्छ, एउटा फ्ल्याटमा कारलाई पार्क गरेपछि बटन थिचेकै भरमा गाडी ग्यारेजमा गएर बस्छ ।

डबल डबल बेड : गाडीमा दुईवटा डबल बेड लगाइएको छ । बेड अघि ठूलो र फ्लायट स्क्रिन भएको टिभि जोडिएको छ, यो बेडलाई थप इन्टेरियरसहित अझ मनमोहक बनाउन सकिने सुविधा छ ।

सुविधा सम्पन्न किचन : बसमा स्लिक ह्वाइट किचन छ, जहाँ एउटा ठूलो फ्रिज पनि राखिएको छ । फ्रिज र किचनमा यति धेरै ठाउँ छ जहाँ महँगो खाना र पेय पदार्थ सजिलै र सहज ढंगमा सञ्चय गर्न सकिन्छ ।

आरामदायी : बस ड्राइभरका लागि ड्राइभिङ गर्दा सुविधासम्पन्न कुर्ची त छ नै, ड्राइभरपछिको ठाउँलाई टिभि लाउन्जमा परिवर्तन पनि गर्न सकिन्छ ।

अतिथी सत्कार : बसमा भएको लाउण्ज एरियामा लेदर सिट छन् भने महँगा काठले बनाइएका भव्य फर्निचरहरु जोडिएका छन्, यहाँ स्याम्पेन पिएर आराम पनि गर्न सकिन्छ ।

अलौंकिक बाथरुम : बस खरिदकर्ताले बाथरुममा थप सुविधाहरु विस्तार पनि गर्न सक्छ, बाथरुममा यसै पनि महँगो टायल, सुनौलो धारा, महँगो काठले बनाएका र्याक राखिएको छ । बसमा ८०० लिटर स्वच्छ पानी सञ्चय गर्ने एउटा ट्यांकी, ६०० लिटर फोहोर पानी सञ्चय गर्ने अर्को ट्याँकी र तीन सय लिटरको कालो रंगको ट्याँकी पनि छ ।

कस्तो लुक्स ? : बसको भित्रि भाग परम्परागत स्वरुपमा चाहने खरिदकर्ताका लागि बसले किचन एरियामा पार्केटिङको पनि सुविधा दिन्छ । निर्माताले बस निर्माणका लागि १२ महिना लाग्ने जानकारी दिएको छ ।

लाइट : खरिदकर्ताको आवश्यकता अनुसार कम्पनीले बसमा थप लाइटिङ सिस्टम पनि जोडिदिन्छ, जसले बसको भित्रि भागलाई अझ बढी स्टाइलिस बनाउन सकिन्छ ।

Tata
GBIME
Nepal Life