BIZMANDU
www.bizmandu.com

भदौसम्म ३७ अर्ब राजस्व उठ्यो, लक्ष्यभन्दा चार अर्ब बढी

२०६९ असोज ६

भदौसम्म ३७ अर्ब राजस्व उठ्यो, लक्ष्यभन्दा चार अर्ब बढी
भदौसम्म ३७ अर्ब राजस्व उठ्यो, लक्ष्यभन्दा चार अर्ब बढी

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पछिल्ला दुई महिनामा ३७ अर्ब रुपैयाँ राजस्व उठाएको छ । राष्ट्र बैंकले तयार गरेको ट्रेजरी  पोजिसन अनुसार कर राजस्व वापत ३४ अर्व ६१ करोड र गैर कर राजस्व वापत दुई अर्व ३३ करोड राजस्व असुली भएको छ । अर्थ सचिव कृष्णहरि बास्कोटाले पहिलो दुई महिनाको राजस्व असुली वृद्धिदर गत आर्थिक वर्षको तुलनामा २७.२ प्रतिशत कायम भएको जानकारी दिए । प्रारम्भिक तथ्याङ्क अनुसार मूल्य अभिवृद्धि कर वापत १३ अर्व ७६ करोड, आयकर पाँच अर्व नौ करोड र भन्सार महसुल आठ अर्व ९५ करोड रुपैयाँ असुली भएको छ । सरकारले यो अवधिमा अन्तःशुल्कबाट पाँच अर्व ३० करोड, रजिष्ट्रेशन दस्तुर र सवारी साधन करबाट एक अर्व ५१ करोड राजस्व असुली  गरेको छ ।
अर्थ सचिव बास्कोटाका अनुसार चालू आर्थिक वर्षका लागि पूर्ण आकारको बजेट जारी नभएकाले राजस्व असुलीको लक्ष्य निर्धारण गरिएको छैन । आन्तरिक अनुशासनका लागि २०६९ साउनसमा १७ अर्व ६९ करोड असुली गर्ने लक्ष्य राखिएकोमा १९ अर्व १५ करोड असुली भएको छ । भदौमा १६ अर्व ५१ करोड असुली गर्ने लक्ष्य राखिएकोमा १७ अर्व ७९ करोड असुली भएको छ । यसरी पहिलो दुई महिनामा लक्ष्य भन्दा रु. २ अर्व ७३ करोड ९६ लाख राजस्व असुली भएको छ । अर्थमन्त्रालयले २०६९ असोजमा १७ अर्व ३९ करोड राजस्व असुली गर्ने लक्ष्य राखेको छ ।

Tata
GBIME
Nepal Life