BIZMANDU
www.bizmandu.com

एस ट्राभलका एकै दिन ११ शाखा, यो वर्ष ३० शाखा पुर्याउने लक्ष्य

२०६९ असोज ६

काठमाडौं । एस ट्राभल डटकमले मुलुकभर ११ वटा शाखा खोलेको छ । तेस्रो वार्षिकोत्सब पारेर शुक्रवार कम्पनीले शाखा खोलेको हो । नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष कुशकुमार जोशीले शाखा उद्घाटन गरे ।
कम्पनीले वानेश्वर, पुल्चोक, ठमेल, कालिमाटी, स्वयम्भू, तिनकुने, महाराजगञ्ज, विराटनगर, धरान, विर्तामोड र वनेपामा शाखा खोलेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन धरेलले २०१२ भित्रै अरु ३० शाखा खोल्ने जानकारी दिए ।
‘हाम्रो आम्दानी दुई अर्ब पुगिसकेको छ । यसलाई अबको एकवर्षमा दोब्बर पार्नेछौ,’ उनले भने, ‘हामीले आन्तरिक पर्यटन र वाह्य पर्यटन दुबैलाई लक्षित गरेर कार्यक्रम ल्याउनेछौ ।’ कम्पनीमा अहिले डेढ सय कर्मचारी कार्यरत रहेका छन् ।
कम्पनीका अनुसार तीन वर्षको अवधिमा ५० हजार ग्राहकलाई सेवा दिइसकिएको छ । निर्वतमान अध्यक्ष जोशीले कम्पनीले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंशा गरे । उनले नेपालको प्रत्येक जिल्लामा पर्यटनको आ–आफ्नै सम्भावना रहेकोले प्रत्येक जिल्लामा शाखा खोल्न सुझाव दिए । कम्पनीका अध्यक्ष केपी अर्यालले कम्पनीको पहिलो लक्ष्य नै उपभोक्ताको सन्तुष्टी भएको बताए ।

Tata
GBIME
Nepal Life