BIZMANDU
www.bizmandu.com

सुजुकी सियाज कार नेपाली बजारमा सार्वजनिक, ३२ लाख ९९ हजार मूल्य पर्ने, सात रङमा उपलब्ध

२०७१ पुष २६

सुजुकी सियाज कार नेपाली बजारमा सार्वजनिक, ३२ लाख ९९ हजार मूल्य पर्ने, सात रङमा उपलब्ध
सुजुकी सियाज कार नेपाली बजारमा सार्वजनिक, ३२ लाख ९९ हजार मूल्य पर्ने, सात रङमा उपलब्ध

काठमाडौं। मारुती सुजुकी गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी अटोमोवाइल्सले सुजुकी सियाज कार नेपाली बजारमा ल्याएको छ। मारुती सुजुकीको नयाँ कार सिजी मोटोकर्पका प्रबन्ध निर्देशक अरुणकुमार चौधरी र मारुती सुजुकी इन्डियाका कार्यकारी अधिकृत शशांक श्रीवास्तवले सार्वजनिक गरे। काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा आयोजित कार्यक्रममा नयाँ कार सार्वजनिक गरिएको हो।

Tata
GBIME
Nepal Life

सियाज कार मध्यम साइजको प्रिमियम सेडान कार भएको र यो कार नेपाली उपभोक्ताका लागि कम्प्लिट प्याकेज भएको श्रीवास्तवले बताए। उनले यो कार डिजाइन, स्टाइल, सुरक्षा र आरामदायीताका हिसाबले उत्कृष्ठ भएको पनि बताए।

नयाँ सुविधाहरु राखिएको कारमा किलेस पुस स्टार्ट सिस्टम राखिएको छ। यस्तै यस्तै कारमा पर्सनल रिडिङ ल्याम्प तथा रेयर सनसेड लगायतका सुविधा राखिएको छ। पेट्रोल भ्यारिएन्ट १३ सय ७३ सिसीको यो कारको मूल्य ३२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ। यो कारले २०.७३ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको भनाइ छ।

अहिले यो कार विभिन्न सात रङमा उपलब्ध छ। कारमा डबल एयरब्याग, फाइभ स्पिड म्यानुअल र फोर स्पिड अटोमेटिक गियरबक्स रहेको छ।