BIZMANDU
www.bizmandu.com

चिनियाँ निर्माण व्यवसायी नेपालमा, नेपालको निर्माण क्षेत्रमा लगानी बढाउन व्यवसायीको आव्हान

२०६९ असोज ६

चिनियाँ निर्माण व्यवसायी नेपालमा, नेपालको निर्माण क्षेत्रमा लगानी बढाउन व्यवसायीको आव्हान
चिनियाँ निर्माण व्यवसायी नेपालमा, नेपालको निर्माण क्षेत्रमा लगानी बढाउन व्यवसायीको आव्हान

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले चीनियाँ निर्माण व्यवसायीसँग विहिवार भेट गरेको छ । महासंघ अध्यक्ष जयराम लामिछानेले व्यवसायीलाई स्वागत गरेका थिए । चीनियाँ अन्तराष्ट्रिय निर्माण व्यवसायी संघका उपाध्यक्ष चि चाङघाइको नेतृत्वमा १२ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएको हो ।

कार्यक्रममा अध्यक्ष लामिछानेले महासंघ र चिनीयाँ टोलीबीच सन् २००० मा पारस्परिक सम्बन्ध विस्तारका लागि समझदारीको स्मृति पत्रमा हस्ताक्षर भएको स्मरण गराएका थिए । लामिछानेले नेपालको निर्माण क्षेत्रमा प्रविधिको विकासका लागि सहयोग गर्न चीनिया व्यवसायीहरुलाई आग्रह गरेका थिए ।
नेपालमा जलविद्युत, रेल वे, फास्टट्रयाक, मोनो रेल, सडक, एयरपोर्ट तथा पुल निर्माणको राम्रो अवसर रहेको र निकट भविष्यमा नै देशमा राजनीतीक अस्थिरता समाप्त हुने विश्वास दिलाउदै ढुक्कसंग नेपालमा लगानी गर्न आग्रह समेत गर्नुभयो । नेपालको नीतिमा प्रत्यक्ष विदेशी लगानीको लागि  अवसर खुल्ला रहेको जानकारी समेत अध्यक्ष लामिछानेले दिनु भयो ।
उपाध्यक्ष चाङघाइले नेपालमा लगानीका  अवसर बारे अवलोकन गर्ने र सो बारेमा आफ्नो देशमा छलफल गर्ने बताउनुभयो । उपाध्यक्ष चाङघाइले प्रविधि र शिपका लागि चीनको भ्रमण गर्न नेपाली निर्माण व्यवसायीलाई निमन्त्रणा समेत गर्नुभयो ।

Tata
GBIME
Nepal Life