BIZMANDU
www.bizmandu.com

आइएमईले खोल्यो झापा दमकमा अर्को सेन्टर

२०६९ असोज ६

आइएमईले खोल्यो  झापा दमकमा अर्को सेन्टर
आइएमईले खोल्यो झापा दमकमा अर्को सेन्टर



काठमाडौं । इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) ले झापाको दमकमा नयाँ आइएमई सेन्टर स्थापना गरेको छ । आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले  दमकस्थित झापा मनी ट्रान्सफरको शुक्रवार उद्घाटन गरे । समारोहमा आईएमईका एजेन्ट नेटवर्कीङ्ग प्रवन्धक रुद्रराज पौडेलको पनि उपस्थिति थियो । यो सेन्टरसँगै आईएमई सेन्टरको संख्या ३५ पुगेको छ ।  यो आर्थिक वर्ष भित्र आईएमईले आईएमई सेन्टरको देशव्यापी संजाललाई १०० को संख्यामा पु्र्याउने लक्ष्य लिएको छ ।
आईएमईले ३५ आईएमई सेन्टर लगायत देशभरका दुइ हजारभन्दा बढी आफ्ना एजेन्ट /सव एजेन्टमार्फत आम नेपाली जनमानसलाई छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।

Tata
GBIME
Nepal Life