काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीलाई निराश बनाउँदै १० प्रतिशत नगद लभांस दिने भएको छ । बैंकले दिन लागेको यो लाभांस अघिल्लो वर्षभन्दा २.६३ प्रतिशतले कम हो ।
बैंकको सञ्चालक समितिले राष्ट्र बैंकको अनुमोदन र साधरणसभाबाट स्वीकृत भएपछि लाभांस दिने प्रस्ताव विहिवारको सञ्चालक समितिबाट गरेकोह हो । विहिवारै एभरेष्ट बैंकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो ।
बैंकले अघिल्लो वर्ष १२.६३ प्रतिशत नगद लाभांस दिएको थियो । बैंकको गतवर्षभन्दा मुनाफा तीन करोडले कम ३३ करोड ८५ लाख रुपैयाँ मात्रै थियो । त्यसअघिल्लो वर्ष बैंकले ३६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।