BIZMANDU
www.bizmandu.com

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले भारत बन्द, बन्दकर्ता र प्रहरीवीच झडप, रेलसेवा समेत प्रभावित

२०६९ असोज ४

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले भारत बन्द, बन्दकर्ता र प्रहरीवीच झडप, रेलसेवा समेत प्रभावित
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले भारत बन्द, बन्दकर्ता र प्रहरीवीच झडप, रेलसेवा समेत प्रभावित

नयाँदिल्ली । पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि तथा भारतीय खुुद्रा बजारमा विदेशी कम्पनीको लगानीको विरुद्धमा विपक्ष दलहरुले विहिवार  भारत बन्दको आयोजना गरेका छन । एनडिए वामदल तथा अन्य विभिन्न पार्टीको समर्थनमा गरिएको बन्दका कारण भारतको राजधानी नयाँदिल्ली लगाएतका क्षेत्रको जनजीवन अस्तव्यस्थ भएको थियो । बन्दकर्ता र प्रहरीवीच ठाउँ ठाउँमा झडप समेत भएको थियो ।
राजधानी दिल्ली, उत्तरप्रदेश, पश्चिम बंगाल, विहार तथा आन्ध्राप्रदेश लगायतका क्षेत्रमा बन्दको प्रभाव पुण रुपमा परेको छ । बन्दका कारण उत्तरप्रदेश लगाएत देशका विभिन्न भु–भाग भएर चल्ने रेलसेवा समेत ठप्प भएको छ ।
बन्दको अबसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै विपक्षीदलका नेताहरुले भारत सरकारको निति तथा कांग्रेस आइको समेत चर्को आलोचना गरेका छन ।

Tata
GBIME
Nepal Life