BIZMANDU
www.bizmandu.com

स्टेण्डर्डसँग मर्जभएपछि माछापुच्छ्रेको सेयरबजारमा ‘कमव्याक’

२०६९ असोज ४

काठमाडौं । स्टेण्डर्ड फाइनान्ससँग मर्ज भएपछि विहिवार ठूलै वृद्धिका साथ माछापुच्छ्रे बैंकको नेपाल स्टकमा कारोवार भयो । दश महिनाअघि माछापुच्छ्रेको सेयर १०७ रुपैयाँमा र स्टेण्डर्ड फाइनान्सको ९७ रुपैयाँमा सेयर कारोवार भएको थियो । मर्ज भएपछि माछापुच्छ्रे बैंकको सेयर कारोवार भएको जानकारी नेप्सेले दिएपछि कारोवार सुरु भएको थियो । माछापुच्छ्रेले एमबीएलको पुरानै कोडमा विहिवारबाट कारोवार गरेको हो ।
माछापुच्छ्रेको विहिवारको कारोवार ९.३५ प्रतिशतको वृद्धिसहित ११७ रुपैयाँमा भयो । यसले माछापुच्छ्रेका सेयरधनी नाफामा रहे नै स्टेण्डर्ड फाइनान्सका सेयरधनी पनि नाफामा रहे । कारोवार रोक्का गर्दा स्टेण्डर्डको सेयर ९६ रुपैयाँमा कारोवार भएको थियो । गत वर्ष न्युन मुनाफा गरे पनि सेयर मूल्यको वृद्धिले बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृतलाई राम्रै स्वागत गरेको छ ।
विहिवार राष्ट्र बैंकको अनुरोधपछि नेपाल स्टकले जनरल फाइनान्सको सेयर कारोवार रोक्का गरेको छ । जनरल फाइनान्सका महाप्रवन्धक राजुकुमार प्रधानले आठ करोड रुपैयाँ घोटाला गरेपछि यस अघि पनि जनरल फाइनान्सको कारोवार लामोसम्म स्टकमा रोकिएको थियो । फाइनान्सले पटक पटक अनुरोध गरेपछि नेप्सेले जनरलको कारोवार फुकुवा गरेको थियो ।
विहिवार राष्ट्र बैंकले जनरल फाइनान्सको छानविन चलिरहेको जानकारी दिंदै कारोवार रोक्न अनुरोध गरेको हो । फाइनान्सको एक साता अघि प्रतिकित्रा ४३० रुपैयाँमा सेयर कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life