BIZMANDU
www.bizmandu.com

नेप्सेमा एक अंकको सुधार, नौसय तीन अंक पुग्यो सूचक, कारोबार रकममा भने उल्लेख्य गिरावट

२०७१ पुष १७

नेप्सेमा एक अंकको सुधार, नौसय तीन अंक पुग्यो सूचक,  कारोबार रकममा भने उल्लेख्य गिरावट
नेप्सेमा एक अंकको सुधार, नौसय तीन अंक पुग्यो सूचक, कारोबार रकममा भने उल्लेख्य गिरावट


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा विहीबार सामान्य सुधार देखिएको छ। बिहीबार नेप्से परिसूचकमा एक अंकको सुधार आएको छ। बुधबार घटेर नौसय दुई दशमलव ३३ अंकमा झरेको नेप्से विहीबार भने बढेर नौसय तीन दशमलव ६८ अंक पुगेको छ।

Tata
GBIME
Nepal Life

विहीबार कारोबार सुरु भएदेखिनै सुधार देखिएको सेयर बजार परिसूचक नौसय आठ अंकसम्म पुगेको थियो। बजार बन्द हुँदा भने बजार केही घटेर नौसय तीन अंकमा आइपुग्यो।

विहीबार वाणिज्य बैंक, ट्रेडिङ कम्पनी, विकास बैंक, वित्त कम्पनी तथा बीमाका लगानीकर्ताले केही कमाए भने होटल, जलविद्युत तथा अन्य समूहका लगानीकर्ताले केही गुमाएका छन्। विहीबार भएका कारोबार मध्ये सबैभन्दा धेरै बीमा कम्पनीको सूचक बढेको छ। बीमाको सूचक नौ अंकले बढेको छ भने सबैभन्दा धेरै अन्य समूहको सूचक घटेको छ। अन्य समूहको सूचक १५ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

वाणिज्य बैंक समूहको सूचक चार अंकले बढेको छ भने विकास बैंकको तीन तथा ट्रेडिङ कम्पनीको सूचक दुई अंकले सुध्रिएको छ। यस्तै गुमाउने मध्ये जलविद्युतको सात अंकले तथा होटल समूहको दुई अंकले घटेको स्टकले जनाएको छ।

विहीबार स्टक एक्सचेन्जमा एकसय ३० कम्पनीका १७ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भए। विहीबार नेप्सेमा पाँचलाख ४१ हजार कित्ता सेयर कारोबार भएका छन्।

विहीबार भएका कारोबार मध्ये धेरै कमाउने कम्पनीको सूचीमा माउन्ट मकालु विकास बैंक, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सहारा विकास बैंक, भार्गव विकास बैंक तथा कुमारी बैंक अगाडि रहे।

यस्तै धेरै गुमाउने कम्पनीको सूचीमा भने काबेली विकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स, सेती फाइनान्स तथा बुटवल पावर कम्पनी रहे।

बुधबार रविभक्त श्रेष्ठ समूहले नेपाल बैंकको सेयर 'बल्क'मा बेच्दा कारोबार रकम बढेको थियो। उक्त समूहले नेपाल बैंकको १९ करोड २२ लाख रुपैयाँ बराबरको सेयर बेचेको थियो।