BIZMANDU
www.bizmandu.com

प्रभु फाइनान्सको ३८ औं शाखा बिहिवारबाट कोटेश्वरमा सुरु

२०६९ असोज ४

प्रभु फाइनान्सको ३८ औं शाखा बिहिवारबाट कोटेश्वरमा सुरु
प्रभु फाइनान्सको ३८ औं शाखा बिहिवारबाट कोटेश्वरमा सुरु



काठमाडौं । प्रभु फाइनान्सले आज ३८ औ शाखा कोटेश्वरमा खोलेको छ । फाइनान्सकी सञ्चालक अम्बिका शर्माले शाखाको उद्घाटन गरिन् । फाइनान्सेले कोटेश्वरको यही शाखामा केही महिनापछि एटिएम काउण्टर पनि खोल्ने तयारी गरिरहेको छ ।
शाखा उद्घाटन कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सञ्चालकहरु परमेश्वरलाल श्रेष्ठ, रामेश्वर सापकोटा र विनोद थकाली पनि उपस्थित थिए । फाइनान्स कम्पनीहरुमा प्रभु फाइनान्स सबैभन्दा बढी मुनाफा गर्ने फाइनान्स हो । कोटेश्वर शाखाले कोटेश्वर, वरपरका स्थानीयवासिन्दालाई सर्वसुलभ बैकिङ सुविधा प्राप्त हुनेछ ।

Tata
GBIME
Nepal Life