BIZMANDU
www.bizmandu.com

निगमले आन्तरिक उडानको भाडा बढायो, पोखरा ३३ सय, वीराटनगर ६३ सय

२०६९ असोज ४

निगमले आन्तरिक उडानको भाडा बढायो, पोखरा ३३ सय, वीराटनगर ६३ सय
निगमले आन्तरिक उडानको भाडा बढायो, पोखरा ३३ सय, वीराटनगर ६३ सय


काठमाडौं । हवाई इन्धनको मूल्य बढेको भन्दै नेपाल वायु सेवा निगमले सबै आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्य बढेको आधारमा फ्युल सरचार्ज बढाएको हो ।
इन्धनको भाउ बढ्कै भोलिपल्टै निजी वायु सेवा कम्पनीले हवाई भाडा बढाएका थिए । निगमले भने नेपाल नागरिक उड्ययन प्राधिकरणबाट स्विकृती लिनुपर्ने भएकोले भाडा बढाउन केही ढिलाई भएको थियो ।
निगमले भद्रपुर ४२ सय, लामिडाँडा ३२ सय, फाप्लु ३३ सय, रुम्जाटार २९ सय,  काँगेल ३८ सय, थामखर्क ३६ सय रुपैयाँ तोकेको छ । त्यसैगरी विराटनगर ६३ सय, नेपालगञ्ज ८३ सय, चौरजहारी ७२ सय, दाङ ६७ सय, पोखरा ३३ सय, रुकुम ७२ सय, जोमसोम ५७ सय, लुक्ला ३९ सय, धनगढी ११ हजार दुई सय र खानीडाँडा ४१ सय बनाएको छ ।

Tata
GBIME
Nepal Life