short sell Archives - BIZMANDU

नेप्सेले पाँच वर्षमै १२० खर्बको कारोबार गर्ने, ग्लोबल टेण्डरमार्फत् इन्ट्रा डे, सर्ट सेल ल्याउने
काठमाडौं। निजी क्षेत्रको नयाँ स्टक एक्सचेन्ज आउने भएपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले पाँच वर्षको व्यवसायिक रणनीति तयार गरेको छ।

नेप्सेले व्यवस्थापन सुदृढीकरण गर्ने उपायसहितको पाँच वर्षे रणनीति तयार पारेको हो। रणनीतिमा विश्वका प्रमुख एक्सचेन्जहरुसँग सहकार्य गरी नेप्सेलाई पनि आधुनिकीकरण गर्ने प्रस्ताव छ। आउटसोर्सिङ गरेर आधुनिक प्रविधि भित्र्याएर इन्ट्रा डे, सर्ट सेल र डेरिभेटिभ जस्ता औजार पहिलो वर्षदेखि नै सञ्चालन गर्ने योजना नेप्सेको छ।

सो सहकार्यले नेप्सेको आम्दानीलाई गुणात्मक रुपमा बढाउने प्रक्षेपण छ। प्रतिवेदनका अनुसार लक्षित आधुनिकीकरणले पहिलो वर्ष नै कारोबार अहिलेको भन्दा तीन गुणा बढ्ने प्रक्षेपण छ। गत आर्थिक वर्षको अन्त्यसम्म नेप्सेमा १२ खर्ब रुपैयाँको सेयर किनबेच भयो। तर सर्ट सेल र इन्ट्र डे कारोबार सुचारु गरेको पहिलो वर्ष मै ३७ खर्ब ९० अर्ब रुपैयाँको कारोबार हुने नेप्सेको अनुमान छ।

नेप्सेले अहिलेकै दरमा काम गर्दा समेत ११ अर्ब ४७ करोड रुपैयाँ कमिशन आर्जन गर्छ। जुन नेप्सेले गत आर्थिक वर्षमा गरेको आम्दानीको साढे ६ गुणा रकम हो। जसको २० प्रतिशत मात्रैले समेत नेप्सेले वार्षिक २ अर्ब २९ करोड रुपैयाँ आम्दानी गर्छ। जसमा डेरिभेटिभको अंश संलग्न समेत गरिएको छैन। प्रतिवेदनलाई आधार मान्ने हो भने ६६ करोड रुपैयाँ नेप्सेले डेरिभेटिभ औजारको कारोबार उपलब्ध गराए बापत नै कमाउँछ।

बजारको विकास गर्न आवश्यक विज्ञता, भौतिक तथा प्राविधिक स्रोत ग्लोबल टेण्डर नै आव्हान गरेर लिने रणनीतिमा छ। सुरुमा सरकार-सरकारबीच सम्झौताको प्रयास गर्ने नभए ग्लोबल टेण्डर नै जारी गर्ने रणनीतिमा छ। दुवै शर्तमा निश्चित मापदण्ड पनि तोकिएका छन्।

सो सहकार्यमार्फत् नेप्सेले सेयर बजारमा विविध औजार उपलब्ध गराउन क्षमता विस्तार गर्ने जनाएको छ। विभिन्न प्रकारका डेरिभेटिभ, फरेन करेन्सी डेरिभेटिभ, म्युचअल फण्ड, इण्डेक्स फण्ड, अक्सन तथा एसएमई सहितको मल्टी एसेट कारोबार गर्न मिल्ने कारोबार तथा राफसाफ प्रणाली विकास गर्ने नेप्सेको उद्देश्य छ। अन्तरदिन कारोबार तथा कभर्ड वा न्याकेड सर्ट सेलिङ सहितको बजार सञ्चालनमा ल्याउने जनाएको छ।

प्रतिवेदन अनुसार नेप्सेले संस्थाको मात्रै नभएर क्लियरिङ र बजार सदस्यहरुको क्षमता समेत अभिवृद्धि गर्ने तयारी छ। दक्षता र अनुभव बढाउने पनि रणनीतिमा उल्लेख छ। अन्तर्राष्ट्रिय रुपमै एक्सचेन्जलाई परिपक्व बनाउने लक्ष्य नेप्सेको हो।

अनुमान अनुसार पाँचौ वर्षसम्म आइपुग्दा सर्ट सेल र इन्ट्र डे सहित कुल कारोबार ११९ खर्ब ९९ अर्ब रुपैयाँमा फैलिनेछ। जसबापत नेप्सेले वार्षिक ३६ अर्ब २९ करोड रुपैयाँ कमिशन प्राप्त गर्नेछ। जसको २० प्रतिशतले ७ अर्ब २५ करोड रुपैयाँ हुन आउँछ।

पाँचौ वर्षमा डेरिभेटिभ बजारमा वार्षिक तीन करोड ९६ लाख वटा कारोबार हुनेछन्। नेप्सेले ४ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गर्नेछ। डेरिभेटिभ र आम कारोबारको आम्दानीलाई जोड्दा नेप्सेले वार्षिक १२ अर्ब २० करोड रुपैयाँ कमाउने देखिन्छ।

यस दौरान दलाल संख्या सम्भावित ७५ जना हुने प्रक्षेपण छ। जसमा ७५ जना दलालको २०० जना ग्राहकले दैनिक १ वटा मात्रै कारोबार गर्छन्। वर्षभरीमा २२० दिन मात्रै कारोवार गर्ने योजना छ। प्रक्षेपण अनुसार वार्षिक १० प्रतिशतका दरले कारोबार बढ्नेछ।

र पहिलो वर्ष २०० बाट सुरु भएको डेरिभेटिभ कारोबार गर्ने ग्राहकको संख्या ८०० जनामा फैलिनेछ। जसले दैनिक २ वटामात्रै कारोबार गर्नेछन्। नेप्सेको योजना अनुसार ५ वर्षको अवधिमा कूल ३८ अर्ब ४० करोड रुपैयाँ आर्जन गर्ने लक्ष्य छ।

सो योजनालाई लाग्ने लागत भर्पाई नेप्सेले निश्चित वार्षिक शुल्क भुक्तानी मोडेल उपयुक्त हुने पनि सुझाएको हो। दुई छुट्टाछुट्टै मोडेलबाट गर्न सकिने भपनि यो मोडेल दीर्घकालिन योजनामा बढी लाभदायी हुने प्रक्षेपण छ। निश्चित वार्षिक शुल्क र रेभेन्यु सेयरिङ मोडेल प्रस्ताव गरिएको हो।

निश्चित वार्षिक शुल्कमा काम गर्दा एकमुष्ठ रुपमा एउटा निश्चित रकम तोकेर वार्षिक रुपमा, अर्धवार्षिक रुपमा वा त्रैमासिक रुपमा भुक्तानी गर्नुपर्ने हुन्छ। अर्कोतर्फ रेभेन्यु सेयरिङ मोडेलमा भने कम्पनीले गरेको आम्दानीमा निश्चित दरमा बाँडफाँड गर्नुपर्ने हुन्छ।

तर अध्ययन प्रतिवेदनले निश्चित वार्षिक शुल्क अन्तर्गत रहेर ग्लोबल टेण्डरको माध्यमबाट आवश्यक सेवाको आपूर्ति गर्ने रणनीतिमा उल्लेख छ।

नयाँ एक्सचेन्जको व्यवस्था अनुसार नेप्सेलाई आइपीओ जारी गरी निजीकरण गर्ने प्रस्ताव गरिएको छ। योजनामा वैदेशिक रणनीतिक साझेदार पनि भित्र्याउने तयारी छ।

The post नेप्सेले पाँच वर्षमै १२० खर्बको कारोबार गर्ने, ग्लोबल टेण्डरमार्फत् इन्ट्रा डे, सर्ट सेल ल्याउने appeared first on BIZMANDU.