richard branson Archives - BIZMANDU
बेलायती अर्बपति रिचर्ड ब्रान्सनको रकेट कम्पनी भर्जिन अर्बिट टाट पल्टियो, कसरी भयो असफल ?
काठमाडौं। बेलायती अर्बपति रिचर्ड ब्रान्सनको रकेट कम्पनी भर्जिन अर्बिटले टाट पल्टिएको छ। नयाँ लगानी ल्याउन नसक्दा टाट पल्टिएको हो।
कम्पनीले अमेरिका बैंकर्प्सीको लागि मुद्दा दायर गरेको छ। स्याटेलाइट प्रक्षेपण कम्पनीले एक साता अघिबाट आफ्ना अधिकांश अपरेशन रोकेको छ।
क्यालिफोर्नियास्थित कम्पनीले गत साता कार्यदलको ८५ प्रतिशत जनशक्त्ति कटौती गरेको थियो। चालु वर्षको सुरुवातमा कम्पनी आफ्नो पहिलो स्याटलाइट परीक्षण पुरा गर्न पनि असफल भएको थियो, जुन बेलायतबाट गरिएको थियो।
भर्जिन अर्बिटका अध्यक्ष तथा सीइओ ड्यान हार्टले कम्पनीको वित्तीय अवस्था सम्बोधन गर्न थप आर्थिक सहायता सुरक्षित गर्न प्रयास गरिरहेको बताएका थिए। तथापि व्यापारका लागि जुन राम्रो विकल्प हुन्छ त्यही निर्णय लिने बताएका छन्। उनका अनुसार भर्जिन अर्बिटले व्यवसायलाई निरन्तरता दिने खरिदकर्ताको खोजीलाई प्राथमिकता दिइरहेको छ।
भर्जिन अर्बिट कम्पनी २०१७ मा स्थापना भएको थियो। अर्बपति रिचर्डको अन्तरिक्ष पर्यटन कम्पनी भर्जिन ग्यालेक्टिकको भगिनी कम्पनी हो। यसले रकेटमार्फत् अन्तरिक्षमा उपग्रहहरू पठाउने गर्छ। रकेटहरु मोडिफाइड बोइङ ७४७ विमानमार्फत् लन्च हुने गर्छन्।
तर, जनवरीमा, उपग्रह पठाउने पहिलो प्रयास असफल भयो। रकेटको इन्धन फिल्टर आफ्नो वास्तविक स्थानबाट निस्किएको थियो। जसले गर्दा एकापट्टिको इन्जिन बढी तातियो। तर, बेलायतको अन्तरिक्ष अन्वेषणको लागि कोसे ढुंगा बन्ने ठानिएको सो मिसन असफल भयो।
यसले बेलायतलाई नै अन्तरिक्ष मिसनमा विश्वव्यापी खेलाडीका रुपमा परिणत गर्ने बताइएको थियो। उपग्रह निर्माणदेखि रकेट निर्माण र स्पेसपोर्टको उत्पादन थालनीलाई प्रोत्साहन गर्ने कम्पनीको लक्ष्य थियो।
सो विफलतापछि कम्पनीले नगद बचत गर्न गत महिनादेखि सञ्चालन रोकेको छ। सन् २०२१ मा न्यूयोर्कको न्यासड्याक एक्सचेन्जमा सूचीकृत भएको कम्पनी गत वर्ष सेप्टेम्बरसम्म १५ करोड ३५ लाख डलर ऋणमा थियो।
मंगलबार, ग्रुप अन्तर्गतको भर्जिन इन्भेस्टमेन्टले खरिदकर्ता खोज्ने प्रक्रियामा भर्जिन अर्बिटलाई मद्दत गर्न ३ करोड १६ लाख डलर दिने घोषणा गरेको थियो।
यसले अमेरिकामा ‘च्याप्टर ११ बैंकर्प्सी सुरक्षा’ भनिने मुद्दा दायर गरेको हो। जसले व्यवसायलाई सञ्चालन गर्दै वित्तीय समस्याहरूलाई सम्बोधन गर्न अनुमति दिन्छ। साथै कम्पनीका ऋणदाताहरूविरुद्ध सुरक्षा पनि प्रदान गर्छ।
ब्रान्सन र भर्जिन ग्रुपले भर्जिन अर्बिट मार्फत उपग्रहहरू प्रक्षेपण गर्न र पर्यटकहरूलाई अन्तरिक्ष यात्रामा लैजाने ‘स्पेस प्लेनहरू’ विकास गर्न एक अर्ब डलरभन्दा बढी लगानी गरेका छन्। भर्जिन ग्यालेक्टिकले यी यात्राहरूको लागि टिकटहरू बेच्न सुरु गरिसकेको छ। प्रति टिकट २ लाख ५० हजार डलर पर्छ।
The post बेलायती अर्बपति रिचर्ड ब्रान्सनको रकेट कम्पनी भर्जिन अर्बिट टाट पल्टियो, कसरी भयो असफल ? appeared first on BIZMANDU.