policy rates Archives - BIZMANDU
महँगी दर २% मा ल्याउन फेडले फेरि ब्याजदर बढाउने, यो निर्णयसँगै सेयर बजारमा भने पहिरो
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका प्रमुख जेरोम पावेलले महँगीलाई लक्षित दरमा ल्याउन ब्याज दर अपेक्षित भन्दा धेरै विन्दु बढाउन सकिने चेतावनी दिएका छन्।
धेरैजसो विश्लेषकहरूले थप ०.२५ प्रतिशत विन्दुको वृद्धि अपेक्षा गरिरहँदा पावेलले भने आक्रामक रुपमा ब्याजदर बढ्न सक्ने अभिव्यक्ति दिएका हुन्। पावेलको टिप्पणीपछि बुधबार अमेरिकी सेयर तीव्र रुपमा घटेका छन्। तर, डलरको मूल्य भने बढेको छ।
दिउँसोको प्रारम्भिक किनबेचमा, डाउ जोन्स १.६ प्रतिशत घटेको थियो। त्यही एसएण्डपी ५०० लगभग डेढ प्रतिशत र न्यासड्याक १ प्रतिशत ओर्लिएको थियो।
फेडका अधिकारीहरूले अमेरिकामा मूल्यवृद्धि घट्ने संकेत देखिएपनि उनीहरूले दरहरू बढाउन भने कम नगर्ने चेतावनी दिएका हुन्। जनवरीमा अमेरिकाको मुद्रास्फीति दर ६.४ प्रतिशत पुगेको छ। अघिल्लो महिना ७ प्रतिशतबाट झरेर ६.५ प्रतिशत कायम थियो। जसलाई फेडरल रिजर्भले २ प्रतिशतमा ल्याउने लक्ष्य राख्दै आक्रामक रुपमा नीतिगत दर बढाउने बताएको हो।
महँगी घटे पनि २ प्रतिशतमा ल्याउने उनले बताए। यद्यपि सुस्ताउँदै गएको आर्थिक वृद्धिलाई लिएर पावेलले चिन्ता व्यक्त गरेका छन्। उनले डिसेम्बरमा अधिकारीहरूले अनुमान गरेको ५ देखि साढे ५ प्रतिशत ब्याजदर कायम हुन सक्ने बताएका हुन्। पावेलका अनुसार नीतिगत दर बढाउँदा फराकिलो अर्थतन्त्रमा विद्यमान मूल्यवृद्धिलाई सुस्त बनाउन सकिन्छ।
पावेलको भनाइले राजनीतिज्ञमाझ भने गम्भीर आलोचना खेपेको थियो। उनीहरूले फेडको सो कदमले मुद्रास्फीति बढाउन मद्दत गरेका रुस युक्रेन युद्ध र सप्लाइ चेन अवरोध जस्ता समस्याका कारणहरूलाई न्यून स्तरमा सम्बोधन गर्ने तर्क गरेका हुन्। जबकि आर्थिक मन्दीले लाखौं मानिसहरूले रोजगारी गुमाउने त्रासमा छन्।
पावेलले साधारण व्यक्तिको जीविकोपार्जनमा खेलबाड गरेको आरोप लगाउँदै एक राजनीतिज्ञले मूल्यवृद्धिमा सम्बन्धित कम्पनीहरुको धोकाधडी रहेको बताए। तर पावेलले भने फेडले आफ्नो वित्तीय जिम्मेवारीलाई गहन रुपमा नलिए अर्थतन्त्र खराब अवस्थामा पुग्न सक्ने बताएका हुन्।
कर्जाको लागत बढाएर, फेडरल रिजर्भले व्यापारसँगै घरजग्गा र अन्य विलासी खरिदहरूको लागि ऋणको माग घटाउने योजनामा छ। जसले ओभरहिट भएको हालको अर्थतन्त्रलाई कम गर्न ठूलो भुमिका खेल्नेछ। परिणाम स्वरुप चर्किएको महंगी पुन: सन्तुलनमा आउने आशा फेडका अधिकारीहरुले राखेका छन्।
The post महँगी दर २% मा ल्याउन फेडले फेरि ब्याजदर बढाउने, यो निर्णयसँगै सेयर बजारमा भने पहिरो appeared first on BIZMANDU.