interest rates Archives - BIZMANDU
ब्याजकै कारण दुई बैंक ढले पनि फेडले बढाउन रोकेन, नवौं पटक बढ्यो ब्याजदर
काठमाडौं। एकपछि अर्को बैंक धमाधम टाट उल्टिँदै गर्दा अमेरिकाको केन्द्रिय बैंक फेडेरल रिजर्भले फेरि पनि ब्याज दर बढाएको छ।
बैंकिङ उद्योगका परिचित सिलिकन भ्याली र सिग्नेचर बैंक रातारात डुब्ने शृंखलाले विश्वव्यापी रूपमा वित्तीय उथलपुथल ल्याएको छ। अवस्था झनै नाजुक हुने त्रासका बाबजुद अमेरिकी केन्द्रीय बैंकले फेरि ०.२५ प्रतिशत बिन्दुका दरले ब्याज दर बढाएको छ।
बैंकिङ असफलताको नतिजा आगामी महिनाहरुमा आर्थिक वृद्धि दर खस्किने चेतावनीसहित फेडले ब्याज दर बढाउने निर्णय गरेको जानकारी दिएको छ। यसअघिको वृद्धिपछि ४.७५ प्रतिशत पुगेको फेड दर ५ प्रतिशतमा उक्लिएको हो।
जुन लगातार नवौं पटकको वृद्धि हो भने २००७ यताकै सर्वाधिक उचाइमा ब्याजदर पुगेको हो।
सिलिकन भ्याली र सिग्नेचर बैंक एकपछि अर्को गर्दै यहि महिना पतन भएका छन्। व्यवस्थापकीय लापरवाहीबाहेक उच्च ब्याज दरबाट उत्पन्न समस्या पनि बैंकहरु डुब्नुको कारण बनेको थियो।
विशेषगरी ब्याजदर बढ्ने बित्तिकै ट्रेजरी बिल र बण्डहरु अवमूल्यन हुन थाल्छन्। जहाँ बैंकहरुले आफ्नो पोर्टफोलियोको ठूलो हिस्सा लगानी गर्छन्। जब ब्याज दर बढ्छ, बण्डको मूल्य तल जान्छ। र, जब ब्याज दर तल जान्छ, बण्डको मूल्य माथि जान थाल्छ।
किनभने ब्याजदर बढ्ने बित्तिकै आकर्षक प्रतिफल सहितका नयाँ बन्डहरू जारी हुन थाल्छन्। जसले कम प्रतिफल दर कायम बन्डहरू प्रतिको आकर्षणमा ह्रास आउन थाल्छ। परिणाम स्वरूप ब्याजदर कम हुँदा ट्रेजरी बिल खरिद गर्ने संस्थाहरु ब्याजदर बढे लगत्तै सम्भावित घाटामा बसिरहेका हुन्छन्।
गत हप्ता, युरोपेली केन्द्रीय बैंकले आफ्नो प्रमुख ब्याज दर ०.५ प्रतिशत विन्दुले बढाएको थियो। बैंक अफ इङल्याण्डले बिहीबार आफ्नो नीतिगत दर बारे निर्णय गर्दै छ। आधिकारिक तथ्यांकले फेब्रुअरीमा बेलायती मुद्रास्फीति दर ह्वात्तै बढेर १०.४ प्रतिशत पुगेको देखाएको थियो।
फेडका अधिकारीहरूले गरेको पूर्वानुमान अनुसार चालु वर्ष अमेरिकी अर्थतन्त्र ०.४ प्रतिशत र २०२४ मा १.२ प्रतिशत मात्र वृद्धि हुने छ। जुन असामान्य र आक्रामक मन्दीको संकेत रहेको उनीहरुको टिप्पणी छ।
जानकारहरुका अनुसार, ऋणको लागत महँगो बनाएर, फेडले माग घटाउन र चर्किएको महंगी चिस्याउन खोजेको छ। २०२३ को अन्त्यसम्म महंगी दर ५.१ प्रतिशतमा झर्ने फेडको अनुमान छ।
जुन अमेरिकी घरजग्गा बजारमा देखिन सुरु भइसकेको छ। गत वर्षको तुलनामा फेब्रुअरीमा घरजग्गाको कारोबार निकै सुस्तायो। फेब्रुअरीमा घरजग्गाको औसत बिक्री मूल्य अघिल्लो वर्षको तुलनामा कम रह्यो। जुन एक दशक भन्दा बढीपछि पहिलो पटक यसरी घटेको छ।
The post ब्याजकै कारण दुई बैंक ढले पनि फेडले बढाउन रोकेन, नवौं पटक बढ्यो ब्याजदर appeared first on BIZMANDU.