america Archives - BIZMANDU

फेडले लगातार आठौं पटक ब्याजदर बढायो, ४.७५ प्रतिशत पुग्यो ब्याजदर
काठमाडौं। अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको महँगीलाई सन्तुलनमा राख्ने भन्दै ब्याजदर फेरि बढाएको छ। फेडरल रिजर्भले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएको हो।

यद्यपि गत मार्चपछिको यो सबैभन्दा सानो वृद्धि हो,  जुन गत वर्ष आक्रामक दरमा बढेको थियो। वृद्धिपछि ब्याजदर ४.७५ प्रतिशत पुगेको छ। अहिले पुगेको ४.७५ प्रतिशत ब्याजदर अक्टोबर २००७ यताकै सबैभन्दा बढी हो। फेडले लगातार आठौं पटक ब्याजदर बढाएको हो।

फेडका अधिकारीहरूले अमेरिकामा मूल्यवृद्धि सुस्ताउने संकेत देखिए पनि उनीहरूले दरहरू बढाउन भने कम नगर्ने चेतावनी दिएका छन्। अमेरिकाको मुद्रास्फीति दर ६.५ प्रतिशत पुगेको छ। अघिल्लो महिना ७ प्रतिशत थियो।

अधिकारीहरूले मुद्रास्फिति दर लक्ष्यको दायरामा ल्याउन ब्याजदर वृद्धि उपयुक्त रहेको तर्क गरेका छन्। मुद्रास्फीति दर २ प्रतिशतमा फर्काउने लक्ष्य छ। फेडेरल रिजर्भका प्रमुख जेरोम पावेलले ‘डिस्फ्लेसन’ (मुद्रास्फीति दरमा गिरावट) प्रारम्भिक चरणमा रहेको र महँगी नियन्त्रण गर्न ब्याजदर अझै पर्याप्त प्रतिबन्धात्मक स्तरमा नभएको बताए।

ब्याजदर बढाएर फेडले मूल्यहरू माथि धकेल्ने दबाबलाई कम गर्ने प्रयास गरिरहेको छ। जसको परिणाम स्वरुप अर्थतन्त्र पुन: लयमा फर्किने फेडको अपेक्षा हो। फेड अधिकारीहरूले ब्याजदरका कारण पिडादायी मन्दी निम्तिने जोखिम पुन: रहेको बताएका छन्।

हाल फेडको प्रत्येक चाललाई विश्वभरले नजिकबाट हेरिरहेको छ। वर्षौंको कम ब्याज दरपछि विश्वव्यापी परिवर्तनको नेतृत्व अमेरिकाले गरेको हो। तर, विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र नै अहिले मन्दीउन्मुख छ।

फेडले ब्याज दर बढाउँदै गर्दा बैंक अफ इङल्याण्ड र युरोपेली केन्द्रीय बैंकले पनि बिहीबार ब्याजदर वृद्धिको घोषणा गर्ने अपेक्षा गरिएको छ। दुवैले ०.५० प्रतिशत विन्दुले बढाउने अपेक्षा गरिएको छ। ब्याजदर वृद्धिपछि इंल्याण्डकको ब्याजदर ४ प्रतिशत पुग्नेछ। युरो जोनको ३ प्रतिशत पुग्नेछ।

नियामकले ब्याजदर वृद्धि गरेलगत्तै अब दबाब बैंकहरुमा सरेको छ। उनीहरु दर वृद्धि गर्ने श्रृंखलालाई निरन्तरता दिने अथवा सुस्त बनाउने दुविधा बढेको हो। किनभने उच्च ऋण लागतले आवास र अमेरिकी अर्थतन्त्रमा तीव्र रुपमा सुस्ताएको छ।

गत महिना अमेरिकामा मुद्रास्फीति दर ६.५ प्रतिशतमा झरेपछि झन् ब्याजदर वृद्धि असान्दर्भिक हुँदै गएको जस्ता नारा समेत उठ्न थालेका हुन्। यसो भन्दै बैंकले पुन एकपटक ब्याजदर बढाउनेमा सरोबारवालाहरु ढुक्क छन्।

यद्यपी सेवा क्षेत्रको लागत तीव्र रुपमा बढ्दा बैंकहरु असहज अवस्थामा पुगेका हुन्। स्वास्थ्य लगायत अन्य सेवा क्षेत्रको लागत अस्वस्थ रुपमा बढेका छन्। जबकि २ प्रतिशतको वृद्धिदरलाई स्वस्थ मान्ने गरिन्छ। यस कारण पनि बैंकहरुले ब्यादर वृद्धिलाई निरन्तरता दिने देखिएको हो।

पावेलका अनुसार हालैका सूचकांकहरू उत्साहजनक रहेपनि मुद्रास्फीति तल्लो तह मै रहने बारे निश्चिन्त हुन सक्ने अवस्था भने छैन। विश्वस्त थप प्रमाण चाहिने उनको भनाइ हो। डिसेम्बरमा फेडले जारी गरेको प्रक्षेपण अनुसार ब्याजदर २०२३ को अन्त्यसम्मा ५ प्रतिशतभन्दा माथि उक्लिने सम्भावना छ।

The post फेडले लगातार आठौं पटक ब्याजदर बढायो, ४.७५ प्रतिशत पुग्यो ब्याजदर appeared first on BIZMANDU.