बाहिरको हेडलाइन- ' ४४ अर्ब डलर घोटालाकी मास्टरमाइन्ड Archives - BIZMANDU
४४ अर्ब डलर घोटालाकी ‘मास्टरमाइन्ड’ जसले ४२ हजार सर्वसाधारणलाई ठगिन्, महत्वकांक्षाले पुर्यायो मृत्युदण्डसम्म
बितेका ११ वर्षमा भियतनामको बैंकबाट करोडौं रकम घोटाला गरेको पाइएपछि ट्रो मी लानले मृत्युदण्डको सजाय पाइन्।
भियतनामकी नाम चलेकी प्रोपर्टी डेभलपर ट्रो मी लानविरुद्धको मुद्दा अहिलेसम्मकै सबैभन्दा सनसनीखेज बन्यो। अदालतमा उनीमाथिको सुनुवाइका क्रममा सर्वसाधारणले सबै धोकाधडी र जालसाझीको घटनाबारे जानकारी पाए।
गत मंगलबार विश्वकै बैंकहरुको सबैभन्दा ठूलो स्क्याम मानिएको मुद्दामा दोषी पाइएपछि लानले मृत्युदण्डको सजाय पाइन् तर यस्ता घटनामा मृत्युदण्डकै सजाय दिनुलाई असामान्य मानिन्छ।
लान भियतनाममा त्यस्ती महिला थिइन् जसको नाम गन्यमान्य महिलामै पर्थ्यो तर उनैलाई आर्थिक अपराधका कारण मृत्युदण्डको सजाय सुनाइयो। तथापि उनले यो फैसलाको विरुद्मा अपिल भने गर्न अझै सक्नेछिन्।
लानमाथि भियतनामको सैगोन कमर्सियल बैंक एससीबीबाट ४४ अर्ब डलर ऋण लिँदाको घटनाक्रम वरपर उनको सजाय घुमेको छ। उनले यो रकम ११ वर्ष लगाएर थोरै-थोरै गरेर लिएकी थिइन्। उनीविरुद्ध मुद्दा दायर गर्नेहरूको कथन यो छ कि यसमध्ये २७ अर्ब डलर त अब कहिल्यै फिर्ता आउने छैन। जुन रकम सन् २०२३ को भियतनामको जीडीपीको ६ प्रतिशत बराबर हो।
आमरुपमा धेरै कम मात्र खुल्ने भियतनामका कम्युनिस्ट सरकारका अधिकारीहरूले नै हाल यो विषयमा खुलेर चर्चा गरिरहेका छन्। उनीहरूले नै यो घोटालाको सम्पूर्ण कथालाई मिडियासामु सार्वजनिक गरेका हुन्।
अधिकारीहरूका अनुसार मुद्दाको सुनुवाइका क्रममा २७ सय मानिसलाई बयानका लागि बोलाइएको थियो। यो मुद्दा चलाउनका लागि १० जना सरकारी जाँच अधिकारी र करिब २ सय जना वकिल नियुक्त गरिएको थियो।
यस जालसाझीको घटनामा प्रमाणका क्रममा १०४ बक्सा कागजपत्र भरेर अदालतमा पेस गरिएको थियो जसको कुल वजन ६ हजार किलो अर्थात् ६ टन थियो। लानसँगै अन्य ८५ जना अभियुक्तमाथि पनि घटनामा मुद्दा दायर गरिएको थियो। उनीहरू सबैले आफूलाई निर्दोष भएको दाबी गरेका थिए।
तर अदालतले अन्य सबै अभियुक्तहरूलाई दोषी भन्दै सजाय दिएको छ। यीमध्ये चार जनालाई जन्मकैदको सजाय सुनाइएको छ भने बाँकीलाई तीन देखि २० वर्षको जेल सजाय सुनाइएको छ। लानका श्रीमानलाई ९ वर्ष र उनकी भतिजीलाई १७ वर्षको कैद सजाय सुनाइएको छ।
अमेरिकाको विदेश विभागमा काम गरेर रिटायर्ड भएका डेविड ब्राउनसँग भियतनाममा लामो समय काम गरेको अनुभव छ। डेविड ब्राउन यस मुद्दाका बारेमा भन्छन्- ‘मलाई लाग्छ कम्युनिस्ट शासनका दौरानमा भियतनाममा यस्तो मुद्दा कसैमाथि पनि चलाइएको थिएन। साँच्चैभन्दा यति ठूलो रकमको कुनै केस यसअघि भएको छैन।’
ट्रो मी लान उदय र पतनको कथा
ट्रो मी लान हो ची मिन्ह सहरको एक साधारण चिनियाँ भियतनामी परिवारकी महिला हुन्। तल्लो तहबाट सुरुवात गरेकी ट्रो मी लान यस आर्थिक घोटालाको प्रमुख पात्र बन्नुका पछाडि अधिक महत्वाकांक्षा नै हो।
लानले सुरुवाती दिनहरूमा आफ्नी आमासँगै बजारमा ठेला राखेर सामान बेच्ने गर्थिन्। तर जब भियतनाममा ‘डोइ मोइ’ नामको आर्थिक सुधार योजना आयो त्यसपछि उनले प्रोपर्टी डिलिङमा हात हालिन्।
सन् १९९० को दशक आउँदासम्म उनी कैयन् होटल र रेस्टुरेन्टकी मालिक बनिसकेकी थिइन्। लानको यो सफलता उनको चलाख र धूर्त कारोबारी दिमागको परिणाम थियो। तथापि सैगोन कमर्सियल बैंकसँगको कारोबार गरेको कारण उनी चर्चामा आइन्।
जाँच अधिकारीहरूले उनीमाथि कैयन् फर्जी कम्पनी खोल्ने र अन्य व्यक्तिको नामबाट गरिने कारोबारहरूमार्फत बैंकको ९० प्रतिशत हिस्सा कब्जा गरेको आरोप लगाएका छन्। जुन भियतनामको सम्पूर्ण नियम कानुन तथा बैंकमा व्यक्तिगत हिस्सा ५ प्रतिशतमात्र हुन पाउने प्रतिबन्धको खिलाफमा थियो।
उनले बैंकको यही साम्राज्यभित्रै ठूला-ठूला घोटाला गर्दै गइन्। उनले आफ्नो व्यक्तिगत फाइदाका लागि बैंकबाट ठूलो मात्रामा रकम निकालिन्।
बैंकले वितरण गरेका कर्जाहरूमध्ये ९३ प्रतिशत कर्जा लान एक्लैले नै चलाएकी थिइन्।
मुद्दा दायर गर्ने अधिकारीहरूका अनुसार सन् २०१९ को फेब्रुअरीदेखि लगातार तीन वर्षसम्म ट्रो मी लानले आफ्नो ड्राइभरको माध्यमबाट ४ अर्ब डलरभन्दा धेरै रकम नगदकै रूपमा निकालेकी थिइन्। उक्त रकम उनले घरमा ल्याउँदै बेसमेन्टमा लुकाएर राखेकी थिइन्।
यो रकम सबै एकै ठाउँमा भेला पार्दा यसको वजन २ टन बराबर हुन्छ। भियतनाका धेरै मानिसका लागि यो अति नै आश्चर्यको कुरा थियो।
भियतनाममा सर्वसाधारणले थोरै कर्जा लिनका लागि पनि जटिल प्रक्रिया पार गर्नुपर्ने हुन्छ। थोरै रकम बराबरको नगद प्राप्त गर्नका लागि पनि बैंकमा केही न केही धितो राखेकै हुनुपर्छ। तर लानले धितो बिनै यति ठूलो रकम जम्मा गरिन्।
लानमाथि यो आरोप पनि छ कि उनले यो अपराध लुकाउनका लागि धेरै ठूलो रकम घुसका रूपमा पनि दिएकी छिन् ताकि उनले लिएको ऋणको कहिल्यै जाँच नहोस्।
उनीसँगै अन्य जति पनि मानिसहरूलाई मुद्दा दायर गरिएको छ तीमध्ये एक बैंककै मुख्य निरीक्षक हुन्। उनीमाथि लानबाट ५० लाख डलर घुस लिएको आरोप छ। उनले जन्मकैदको सजाय पाएका छन्।
यस घटनामा मृत्युदण्डको सजाय सुनाइएकी लानमाथि अझै पनि अन्य दुई जालसाझीको घटनामा मुद्दा चलाउनै बाँकी छ। उनले बैंकको बण्ड खरिदमा पनि जालसाझी गरेको पाइएको छ।
उनको बैंकको बण्ड बेच्ने फर्जी योजनाबाट करिब ४२ हजार मानिसलाई ठगेकी छिन्। ती मानिस २७ देखि ६० वर्षका  र फरक फरक पृष्ठभूमिको भएको बताइएको छ। ती सर्वसाधारणले सैगोन कमर्सियल बैंकले बेचेको फर्जी बण्ड किनेका थिए।
भियतनाम जस्तो देश जहाँ औसत मासिक आय मुस्किलले ३३० डलर छ त्यस्तो देशमा सर्वसाधारणले आफ्नो एक एक पैसा जोगाएर किनेको उक्त बण्ड नै नक्कली प्रमाणित भएको थियो।
लानमाथि पहिलो मुद्दा चलिरहेको बेला यो पनि प्रश्न उठेको थियो कि आखिर यस्तो योजना लगातार १ दशकसम्म चलिरहँदा पनि यसबारे कसैले किन सुइकोसम्म पाएनन्?
डेभिड ब्राउनका अनुसार व्यावसायिक क्षेत्र र सरकारमा रहेका शक्तिशाली मानिस नै लानलाई बचाउनका लागि रक्षाकवचको काम गरिरहेका थिए। भियतनामको बैकिङ सेक्टरमा यति ठूलो भ्रष्टाचार व्याप्त छ कि त्यसको आडमा ट्रो यति लामो समय सजिलै बच्न सकिन्।
विश्वले हाल यो मुद्दालाई केवल ट्रो मी लानको तथाकथित अपराध मुद्दाको रूपमा मात्र हेरेको छैन। यसलाई भियतनामको सरकारी परिदृश्यमा कम्युनिस्ट सरकारका अधिकारीहरूको नियन्त्रण स्थापित गर्नका लागि भइरहेको व्यापक संघर्षको एक पाटोका रूपमा हेरिएको छ।
कम्युनिस्ट पार्टीका महासचिव नगुयन फू ट्रोले हाल भियतनाममा भ्रष्टाचारविरुद्ध अभियान नै चलाएका छन्। उनी हो चि मिन्ह सहरका प्रभावशाली मानिसहरूको बेलगाम शक्तिलाई नियन्त्रणमा लिने कोसिस गरिरहेका छन्।
उनी चाहन्छन्- दक्षिणी भियतनाममा बिना कुनै अवरोध व्यापार गर्ने वातावरण बनोस् र त्यो वातावरणमा कम्युनिस्ट पार्टीको दबदबा कायम रहोस्।
ट्रो मी लानमाथि चलेको मुद्दा पनि यही सत्ता संघर्षकै एउटा पाटो बनेको छ। यो मुद्दा कम्युनिस्ट पार्टीको रुढीवादी आदर्श तथा भियतनामको आर्थिक महत्वाकांक्षाबीच तनावको प्रतीक समेत बनिसकेको छ।
भियतनाम यतिबेला प्रविधि र ज्ञानमा आधारित अर्थव्यवस्थातर्फ बढिरहेको छ र परिवर्तन हुने कोसिस पनि गरिरहेको छ। यसका लागि उसलाई टिकाउ आर्थिक विकासका साथसाथै भ्रष्टाचारसँग लड्ने शक्ति पनि आवश्यक छ।
भियतनामको विकासको मोडल लामो समय भ्रष्ट मानिसहरूकै भरोसामाथि टिकिरहेको थियो। जसलाई उनीहरूले खेलौनाका रूपमा चलाइरहेका थिए। यो गाडीमा यदि उनीहरूले भ्रष्टाचारको चाबी घुमाउन बन्द गरे भने प्रगतिको गति नै रोकिने खतरा पनि छ। यस्तो किसिमको विरोधाभासको अवस्थामा भियतनामी सरकार चलिरहेको छ।
लानको यो मुद्दा तीव्र रूपमा रूपान्तरण भइरहेको भियतनाममा सत्ता महत्वाकांक्षा तथा जवाफदेहीताको जटिल सम्बन्धको उदाहरण हो।
भियतनाममा अहिले लानमाथिको मुद्दा सकिएको छ तर संसार सामु यस्तो आर्थिक अपराधको पाटो उदांगिएको छ जुन यस्तो देशको कथा हो जो यतिबेला आफ्नै विगतसँग जुधिरहेको छ अनि उसलाई आफ्नो भविष्यप्रति पनि कुनै भरोसा छैन।
बीबीसी हिन्दीबाट
The post ४४ अर्ब डलर घोटालाकी ‘मास्टरमाइन्ड’ जसले ४२ हजार सर्वसाधारणलाई ठगिन्, महत्वकांक्षाले पुर्यायो मृत्युदण्डसम्म appeared first on BIZMANDU.