नेपाल वुमन ग्रोथ इक्विटी फण्ड Archives - BIZMANDU

महिलालाई उद्यमको पुँजीमा सघाउन कोष, ग्लोबल इक्विटीले ५० करोड लगानी गर्दै
काठमाडौं। ग्लोबल इक्विटी फण्ड र यूएस एड ट्रेड एण्ड कम्पिटिटिभनेसको संयुक्त पहलमा नेपाल वुमन ग्रोथ इक्विटी फण्डको सुरुवात भएको छ। यो महिला उद्यमीहरूमा केन्द्रित नेपालको पहिलो कोषको हो।

कोषको प्रमुख उद्देश्य महिलाहरूका लागि लगानीको अवसरहरू खुला गर्ने हो। साथै उनीहरूको व्यवसायी दौडका लागि वित्तीय सेवाहरूमा पनि पहुँच बढाउन मद्दत गर्नेछ।

यो कार्यक्रम नेपालमा उद्यमशीलता र आर्थिक वृद्धिलाई बढावा दिने अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन जेसन मिक्सले बताए। उनका अनुसार यो अमेरिकी सरकार र नेपालको निजी क्षेत्रसँगको साझेदारीको उत्कृष्ट उदाहरण हो। ‘कोषले वित्तीय पहुँचमा महिला उद्यमीहरूले सामना गर्ने प्रणालीगत चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत गर्नेछ,’ उनले भने।

महिला उद्यमीहरूले व्यवसाय सुरु गर्दा र सञ्चालन गर्ने क्रममा धेरै जटिल अवरोधहरू सामना गर्छन्। जसमध्ये एउटा निरन्तर सीमित पुँजी र अर्को लगानीमा समान पहुँच नहुनु हो। जसलाई हटाउन नेपाल वुमन ग्रोथ इक्विटी फण्डमार्फत ग्लोबल इक्विटी फण्डले ५० करोड लगानी (अमेरिकी डलर ३.५ मिलियन) परिचालन गर्नेछ।

यसले पुँजीमा महिला उद्यमीहरूको पहुँच बढाउनुका साथै उनीहरूको क्षमता बिस्तार गर्ने र घरेलु तथा विश्व बजारको नेटवर्क पनि बढाउन मद्दत गर्नेछ। कोषले १०,००० भन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सृजना गर्ने अपेक्षा गरिएको छ।

नेपाल प्राइभेट इक्विटी एसोसिएसनका अध्यक्ष सिद्धान्तराज पाण्डेका अनुसार सो पहलले महिला उद्यमहरूलाई उनीहरूले दिने सेवामा विविधता ल्याउनेछ। साथै उनीहरूको उत्पादकत्वमा सुधार गर्न ठूलो सहयोग प्रदान गर्नेछ।

पहिलो चरणमा कोषले १० देखि १५ वटा साना तथा मझौला उद्योगमा लगानी गर्ने जनाएको। यस्तो उद्योगको नेतृत्व महिलाले गरेको हुनुपर्ने सर्त छ। कोषले ५० लाखदेखि बढीमा ५ करोडसम्म लगानी गर्नेछ।

The post महिलालाई उद्यमको पुँजीमा सघाउन कोष, ग्लोबल इक्विटीले ५० करोड लगानी गर्दै appeared first on BIZMANDU.