इन्स्योरेन्स प्रिमियम आइपीओ Archives - BIZMANDU
प्रिमियममा आइपीओ जारीको विषय अख्तियार पुग्यो, चार जनामाथि कमिसन लिएको आरोप
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ तथा बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेलविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
इन्स्योरेन्सलाई कमिसन लिएर प्रिमियममा आईपीओ जारी गर्न दिएको आरोपसहित उनीहरु ४ जनाविरुद्ध शुक्रबार अख्तियारमा उजुरी परेको हो। उजुरीकर्ताहरु लगानीकर्ता हुन्। उजुरीमा १६ जनाले हस्ताक्षर गरेका छन्।
पछिल्लो समय चार वटा बिमा कम्पनीले प्रिमियममा आईपीओ जारी गरेका थिए।  हमाल, श्रेष्ठ, सिलवाल र पौडेलले कम्पनीका सञ्चालकसँग कमिसन लिएर प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएको उजुरीकर्ताहरुको आरोप छ।
‘बिमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्थाविपरीत अख्तियारको दुरुपयोग गरी बिमा कम्पनीलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको’ उजुरीमा उल्लेख छ। लगानीकर्ताले यसबारे छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।
लगानीकर्ताले इन्स्योरेन्सलाई लाइसेन्स र आईपीओ स्वीकृति दिंदाको प्रावधान, बिक्री प्रबन्धक, प्रत्याभूतकर्ता, रेटिङ एजेन्सी, बिमा प्राधिकरण र धितोपत्र बोर्डबाट भएका सम्पूर्ण निर्णय, कागजपत्र र पत्राचारबारे छानविन गर्न माग गरेका छन्।
The post प्रिमियममा आइपीओ जारीको विषय अख्तियार पुग्यो, चार जनामाथि कमिसन लिएको आरोप appeared first on BIZMANDU.