शरद ओझा Archives - BIZMANDU

योजना सार्वजनिक गरेको साता ननाघ्दै तुहियो ओटिसी कम्पनी, हाकिमका इगोले योजना नबन्दै तुहियो
काठमाडौं। सुचीकृत नभएका कम्पनीहरुको पनि सेयर कारोबार गराउने उद्देश्यलले खोल्न खोजिएको कम्पनी दुई नियामक निकायको 'इगो' कारण योजनामै तुहिएको छ।

सुचीकरण खारेज भएका वा सुचीकरणै नभएका कम्पनीहरुको पनि सेयर कारोबार हुनु पर्छ भन्ने उद्देश्यले ओभर द काउन्टर (ओटिसी) बजारको कल्पना नेपालमा गरिएको हो।

नेपालमा ओटिसी बजारको अवधारणा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का तत्कालिन महाप्रबन्धक रेवतवहादुर कार्कीले ल्याएका हुन्। उनले  २०६५ सालमै यो बजारको सुरुवात गरेका थिए।

उनी नेप्से र समग्र पूँजी बजारकै नियमन गर्ने निकाय नेपाल धितोपत्र वोर्डका अध्यक्ष भएपछि छुट्टै कम्पनी खोलेर प्रभावकारी रुपमा ओटिसी सञ्चालन गर्ने योजनामा लागे। त्यही योजना अनुसार नेप्सेलाई छुट्टै ओटिसी कम्पनी खोल्न अध्ययन गर्नका लागि अह्राए।

नेप्सेले पनि आफ्नो नियामक निकायले भनेको कुरा मानेर योजनामा राख्यो र गत महिना सम्पन्न ३५औं साधारणसभामा यसलाई अनुमोदन गरायो। अर्थात नेप्सेा आफ्नो सहायक कम्पनीका रुपमा ओटिसी कम्पनी खोल्न राजी भयो।

दुई साता अघिसम्म छुट्टै ओटिसी कम्पनी खोल्न तयार भएको नेप्से अहिले वटारिएको छ। उ कम्पनी खोल्न नसकिने निस्कर्षमा पुगेको छ।

योजना योजनामै कम्पनी तुहिनुमा दुई नियामक निकायका हाकिमको 'इगो' ले काम गरेको छ। अहिले वोर्डका कार्की र नेप्सेका महाप्रबन्धक सीताराम थपलियाको कुरा 'जम्दैन'। एकले अर्काको अस्तित्व नस्वीकार्ने भएपछि योजनामै ओटिसी मरेको हो।

'पूँजी बजारको समग्र विकासका लागि छुट्टै ओटिसी कम्पनी आवश्यक छ' वोर्डका एक उच्च अधिकारीले भने, 'कसैको सनकका भरमा कम्पनी स्थापना गर्न केही ढिला हुन सक्ला तर कार्यान्वयन भने भएरै छाड्छ।'

यता नेप्सेका अधिकारीहरु भने वोर्डकै कारण छुट्टै कम्पनी स्थापन गर्न नसकिने तर्क गर्न थालेका छन्। गत साउन ७ गते वोर्डले सेवा शुल्कमा भारी कटौती गर्दै विक्रेतासँग मात्रै सेवा शुल्क लिन पाउने व्यवस्था गरेकाले सञ्चालन खर्च उठाउन नसकिने निस्कर्षमा पुग्दै नेप्सेले कम्पनी स्थापनाको योजनालाई छाडिएको जनाएको छ।

जबकी वोर्डले साउन ७ गते सेवा शुल्क कटौती गरेको हो। नेप्सेको योजना दुई साताअघि मात्र सार्वजनिक भएको हो। योजना सार्वजनिक गरेपछि नेप्सेले एकाएक ओटिसी कम्पनीमा पूर्णविराम लगाउने निर्णय गरेकोछ।

नेप्सेका महाप्रबन्धक थपलियाले विक्रेतासँग मात्रै सेवा शुल्क लिन पाईने र पहिलेको भन्दा निकै कम सेवा शुल्क भएकाले सहायक कम्पनी नेप्सेले थेग्न नसक्ने बताए।

The post योजना सार्वजनिक गरेको साता ननाघ्दै तुहियो ओटिसी कम्पनी, हाकिमका इगोले योजना नबन्दै तुहियो appeared first on BIZMANDU.

बैंकलाई ब्रोकरेज दिनुपर्छ, इन्साइडर ट्रेडिङको जिम्मा कसले लिन्छ? ब्रोकरको एजिएममा प्रश्न
काठमाडौं। स्टक ब्रोकर एसोसिएसनको २२औं साधारण सभा सुरु भएको छ। साधारणले २ बर्षकालागि नयाँ नेतृत्व चयन गर्ने एसोसिएसनले जनाएको छ।

स्टक ब्रोकर एसोसिएसन अध्यक्ष प्रियराज रेग्मीले ब्रोकरहरुको विज्ञताको कदर नगरिएको गुनासो गरे। उनले भने, “हामीलाई छनोट गर्दा शैक्षिक योग्यता, अनुभव लगाएतका निकै धेरै प्रवाधानहरु राखिएका थिए तर अहिले केवल लगानीकर्ताले दिएको ‘अडर’ राख्ने मात्रै जिम्मेवारी दिईएको छ।

उनले आफुहरु नियामक निकाएले भने बमोजिम पूँजी बृद्धि गर्न तयार रहेको बनाउँदै ब्रोकरहरुलाई मार्जिन ल्यान्डिङ, लगानी व्यवस्थापन , लगानीकर्ता प्रशिक्षण र डिलरसिपको काम गर्न दिनसमेत माग गरे।

पृथक ढंगले सुरु भएको कार्यक्रममा प्राडा. पुष्कर बज्राचार्यले नेपालको शेयर बजार चुनौती, सम्भावना र अगाडिको मार्ग बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

जुद्ध शमसेरले नै बि.स. १९९० मा नै आर्थिक बिकासका लागी पूँजी बजारको महत्त्वपूर्ण रहेको भन्दै कम्पनी ऎन लगायतका कानुन बनाएको बताउँदै उनले राजनीतिक परिवर्तन पछि पूँजी बजार प्राथमिकतामा नपरेको बताए। पछि २०३७ सालमा मात्रै आधिकारिक रुपमा सेक्युरिटीज मार्केट सुरु भएको उनको जिकिर थियो।

उनले दोश्रो बजार बिस्तार भएन भने कर्पोरेट सेक्टर आकर्षित हुन् नसक्ने र कर्पोरेट सेक्टर बिना आर्थिक विकास हुन् नसक्ने दाबि गरे।

बज्राचार्यले नेपालको शेयर बजारमा ८० प्रतिशत भन्दा बढी बैंक तथा वित्तीय संस्थाको शेयर भएकाले अहिले नै बाणिज्य बैंकलाई  ब्रोकर लाईसेन्स दिँदा भित्रि कारोबार बढ्न सक्ने तर्फ सचेत गराए।

हरेक बर्ष विश्वभर बिश्वको जीडीपी बराबरनै शेयर कारोबार हुने गरेको बताउँदै पूँजी बजारको विकास र बिस्तार बिना देशको आर्थिक बिकास हुन् नसक्ने उनको तर्क थियो। पूँजी बजारले सानो सानो बचतलाई पनि विकासका कार्यमा लगाउन सक्ने भएकाले आर्थिक विकासमा पूँजी बजारको उल्लेखनीय भूमिका भएको बताए।

उनले शेयर बजारको विकास र बिस्तारका लागि नियामक निकाय र ब्रोकरहरु मिलेर काम गर्नु पर्ने बताउँदै ब्रोकरहरुलाई अडर राख्ने मात्रै काम नदिएर अन्य सम्बन्धित काम गर्न पनि अनुमती दिनु पर्ने सुझाव दिए।

कार्यक्रममा सहभागी बक्ताहरुले बज्राचार्यले प्रस्तुत गरेको कार्यपत्रमा टिप्पणी गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि अर्थ समितीका सभापति  प्रकाश ज्वालाले पूँजी बजारको विकासको लागी सरकारी निकाए बीचको सम्बन्ध सुमधुर हुनु पर्ने बताए।

अर्थ मन्त्रालयका प्रमुख सल्लाहकार प्रा. पुण्य प्रसाद रेग्मीले नेपालमा अर्थ  निती नभएका कारण कसरी आर्थिक बिकास गर्ने भन्ने ठोस योजना नरहेको बताउदै मन्त्रालयले अर्थ नीति बनाउन सुरु गरेको र कार्यक्रममा आएका सुभावहरु नितीमा समेट्ने प्रतिवद्धता व्यक्त गरे।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले एकले अर्काको अस्तित्व नमान्ने प्रवृति आबी हुँदा समस्या उत्पन्न भएको बताए। नेपाल स्टक एक्सेंजका अध्यक्ष रामजी रेग्मीले दोश्रो बजारको बिकासको लागी अहिलेको टेदिंग मेकानिजमलाई परिवर्तन गर्नु पर्ने बताए।

(अघिल्लो समाचारमा वक्ताहरुको धारण मिस कोट भएकाले क्षमा चाहन्छौं। -सम्पादक)

The post बैंकलाई ब्रोकरेज दिनुपर्छ, इन्साइडर ट्रेडिङको जिम्मा कसले लिन्छ? ब्रोकरको एजिएममा प्रश्न appeared first on BIZMANDU.

बजार ओर्लिरहँदा कारोबार रकम किन घट्यो? ब्रोकर भन्छन्- किन्ने र बेच्नेमा ‘म्याचिङ’ भइरहेको छैन
काठमाडौं। महिना दिनयता बजार वढ्दा होस् या घट्दा कारोबार रकम ५० करोड रुपैयाँ हाराहारीमा झरेको छ। बुधबार भने जम्मा ३२ करोड रुपैयाँको मात्र सेयर किनबेच भयो।

बजार सुचक झरेकोमा त्यतिसाह्रो चिन्तित नदेखिएका लगानीकर्ता कारोबार रकम खस्किएपछि भने आत्तिएका छन्।

स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौडेलले बजारमा खरिदकर्ता र बिक्रीकर्ता भए पनि उनीहरुले तय गरेको मूल्य मिल्न नसकिरहेको बताउँछन्। 'किन्न खोज्ने र बेच्न खोज्नेहरुको मूल्य नमिल्दा कारोबार नभएर रकममा गिरावट आएको हो' उनले भने।

बजार सुचक घट्दो क्रममा रहेकाले खरिदकर्ता कमभन्दा कम मूल्य हाल्न चाहन्छन्। बेच्नेहरु तल झर्न चाहिरहेका छैनन्। यही कारणले क्रेता र बिक्रेताको मूल्य मिल्न नसकेको।

कम्पनीबाट तत्काल प्रतिफल नआउने र बजारमा राम्रा कम्पनीका आईपिओ र एफपिओ अईरहेकाले पनि कारोबार रकम निरन्तर ओरालो लागेको हो। एसबिआईको एफपिओ मै करिब ५ अर्ब रुपैयाँ बराबरको आबेदन परेको छ, जसले गर्दा दोश्रो बजारबाट पैसा प्राथमिक निष्काशनतर्फ गयो।

दीपशिखा धितोपत्र कारोबार कम्पनीका विष्णुराज ओझालाई बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर बढ्दै गईरहेकाले दोश्रो बजारमा लगानीका लागि पूँजी अभाव भयो भन्ने लाग्छ।

बजारमा साना ठुला अधिकांस लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर कर्जा लिएर लगानी गरिरहेका थिए। शेयरको मूल्य घटेसँगै बैंक वित्तीय संस्थाले मार्जिन कल छिटो छिटो गरिरहेकाले पनि लगानीकर्ताको मनोबल घटिरहेको छ।

'पुस मसान्तमा बैंक तथा वित्तीय संस्थामा ब्याज तिर्नु पर्ने दवाब छ जसले गर्दा पनि लगानीकर्ताहरु अहिले नै शेयर खरिद गर्नु भन्दा पनि बैंक ब्याजको व्यवस्थापन गर्न लागिरहेका देखिन्छन्,' उनले भने।

The post बजार ओर्लिरहँदा कारोबार रकम किन घट्यो?  ब्रोकर भन्छन्- किन्ने र बेच्नेमा ‘म्याचिङ’ भइरहेको छैन appeared first on BIZMANDU.

साढे १३ अर्बको सेयर निस्कासन गर्दै कम्पनी, धितोपत्र वोर्डसँग अन्तिम स्वीकृति माग
काठमाडौं। सेयरको दोस्रो बजारमा जोखिम उठाउन मन छैन? पर्खनुस् १०० रुपैयाँ दरमै साढे १३ अर्ब रुपैयाँको सेयरहरु निस्कासन हुँदैछन्।

विभिन्न कम्पनीहरुले १३ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर, म्युचुअल फण्डका इकाइ र हकप्रद शेयर निष्काशन गर्दैछन्।

नौं कम्पनीले ४८ करोड ९४ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निस्कासन गर्दैछन् भने सामूहिक लगानी कोष कम्पनीहरुले दुई अर्ब २० करोड रुपैयाँ बराबरका इकाइहरु ल्याउँदैछन्। १५ कम्पनीले १० अर्ब ८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर पनि निस्कासन गर्दैछन्।

धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले कम्पनीको आवेदन अध्ययन गरी वोर्डले आफ्नो राय दिएर उनीहरुलाई फिर्ता गरेको जानकारी दिँदै वोर्डको राय अनुसार कागजात प्राप्त भएपछि उनीहरुलाई सेयर निस्कासन अन्तिम स्वीकृति दिइने बताए।

प्राथमिक निस्कासन केही जलविद्युत कम्पनीहरुले पनि गर्दैछन्। उनीहरुले २७ करोड ४५ लाख मूल्य बराबरको आमसर्वसाधारण र २१ करोड ४९ लाख रुपैयाँ बराबरको प्रभावित जिल्लावाशीका लागि सेयर निस्कासन गर्न लागेका छन्।

पाँच जलबिद्युत कम्पनीले स्थानीयका लागि सेयर निस्कासन अनुमति मागेका छन्। सर्वसाधारणका लागि भने एक जलविद्युतले मात्र स्वीकृति माग गरेको छ। तीन लघुवित्त विकास बैंकले पनि साधारण सेयर निस्कासनको स्वीकृति माग गरेका छन्।

स्थानीयलाई शेयर जारी गर्न स्वीकृति माग्नेमा अरुण खोला जलबिधुत कम्पनी, मैलुंग खोला जलबिधुत कम्पनी लिमिटेड, गर्जंग उपत्यका हाइड्रोपावर लिमिटेड, राधि विद्युत कम्पनी लिमिटेड र जोशी हाइड्रोपावर लिमिटेड छन्।

धितोपत्र बोर्डका अनुसार महाकाली बिकास बैंकले २ लाख ३६ हजार कित्ता अतिरिक्त शेयर निष्कासनका (एफपीओ) अनुमती माग गर्दै आवेदन दिएको छ।

म्युचुअल फण्डतर्फ एक अर्ब रुपैयाँ बराबरको लक्ष्मी भ्यालू फण्ड र एक अर्ब २० करोड रुपैयाँ वरावरको सिद्धार्थ ईक्युटी फण्डले स्वीकृति माग गरेका छन्।

हकप्रद जारी गर्नेमा एउटा इन्स्योरेन्स, तीन बाणिज्य बैंक, दुई फाईनान्स, दुई हाइड्रोपावर र सात विकाश बैंक छन्। सबैभन्दा वढि नेपाल बंगलादेश बैंकको तीन अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद शेयर छ।

The post साढे १३ अर्बको सेयर निस्कासन गर्दै कम्पनी, धितोपत्र वोर्डसँग अन्तिम स्वीकृति माग appeared first on BIZMANDU.

दबाबका बाबजुद वाणिज्य बैंकलार्इ ब्रोकरको लाइसेन्स दिन सुझाब, ब्रोकरले लेख्यो, ‘नोट अफ डिसेन्ट’
काठमाडौं। कानुनी जटिलता हटाएर वाणिज्य बैंकलार्इ ब्रोकरको लाइसेन्स दिन सरकारी अध्ययन समितिले सुझाब दिएको छ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दोस्रो बजार सुधारका सम्वन्धमा गठित अध्ययन समितिले नीतिगत र कानुनी अप्ठ्यारो हटाएर बैंकलार्इ लाइसेन्स दिन सुझाब दिएको हो।

समितिको  निर्णयप्रति ब्रोकरले भने आपत्ति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन्।समितिले बैंक तथा वित्तिय संस्था सम्वन्धि ऐन(वाफिया)मा वाणिज्य बैंकको सहायक कम्पनीलार्इ ब्रोकर लाइसेन्स दिन रोक नलगाएको जनाउँदै राष्ट्र बैंकको एकीकृत निर्देशिकाले मात्रै रोकेको उल्लेख गरेको छ।स्रोतका अनुसार एकीकृत निर्देशिका राष्ट्र बैंकको संचालक समिति बैठकले हटाउन सकिने भन्दै ऐन बाधक नभएको समितिको दाबी छ।

समितिलाई नेप्से सञ्चालक समितिले गत मंगलबार ब्रोकर, लगानीकर्ता लगायतका सरोकारवाला पक्षहरु सँग छलफल गरी बाणिज्य बैंकलाई लाइसेन्स दिँदा अपनाउनुपर्ने नीतिगत व्यवस्थाबारे सुझाव दिन निर्देशन दिएको थियो।

नेप्सेका कानुन उपप्रबन्धक निरञ्जन फुयालको संयोजकत्वमा गठन समितिमा स्टक ब्रोकर एसोसिएसन, लगानीकर्ता लगायतका सरोकारवालार्इ समितिमा आमन्त्रित सदस्यको रुपमा मनोनयन गरिएको थियो।अध्ययन समितिमा आफ्नो सहभागिता नभएको भन्दै नेप्सेका महाप्रवन्धक सीताराम थपलियालार्इ भेटेर असन्तुष्टी व्यक्त गरेका थिए।स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले समितिमा एसोसिएसनले आफ्ना सुझावहरु दिएको बताए।

The post दबाबका बाबजुद वाणिज्य बैंकलार्इ ब्रोकरको लाइसेन्स दिन सुझाब, ब्रोकरले लेख्यो, ‘नोट अफ डिसेन्ट’ appeared first on BIZMANDU.

बोर्डले थाल्यो ठूला घरानाको शेयर जारी गर्न छलफल, निजी कम्पनीको शेयर प्रिमियममा !
काठमाडौं।नेपाल धितोपत्र बोर्डले उत्पादनमूलक र सेवा उद्योगलार्इ पूँजी बजारमा आकर्षित गर्न छलफल थालेको छ।बोर्डले नीतिगत व्यवस्था गरेर पुस्तौदेखि व्यापार गरिरहेका ठूला घरानालार्इ आकर्षक व्यवस्था गरेको छ।

तर यो व्यवस्थाका बारेमा सूसूचित गर्दै ठूला घरानालार्इ पूँजी बजारमा ल्याउन औपचारिक छलफल थालेको हो।अहिलेसम्म पनि नेपालमा ठूला घरानाले सर्वसाधरणमा सेयर जारी गरेका छैनन्।

बोर्डले धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धि नियमावली-२०७३मार्फत ‘रियल सेक्टर र सर्भिस सेक्टर’लार्इ पूँजी बजारमा ल्याउन नीतिगत सहजताको व्यवस्था गरेको छ।बोर्डले विहिवार नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ लगायतका व्यवसायीसँग छलफल गरेको हो।बोर्डले निजी कम्पनीलार्इ पब्लिक लिमिटेडमा लैजान पर्ने अप्ठ्याराका बारेमा सुझाब समेत माग्यो।

अहिले पूँजी बजारमा ९० प्रतिशत हिस्सा बैंक तथा वित्तिय संस्थाको छ।पूरानो नियमावलीमा पूँजी बजारमा सूचीकृत हुन कम्पनीले कम्तिमा ३० प्रतिशत शेयर सर्वसाधरणमा सय रुपैयाँका दरले जारी गर्नुपर्थ्यो।तर अहिले नियमावली संशोधन गर्दै उत्पादनमूलक कम्पनीले कम्तिमा दश प्रतिशत शेयर प्रिमियम मूल्यमै जारी गर्न पाउने व्यवस्था गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकाले मेहनत र परिश्रम गरेर स्थापित भएको कम्पनीको कम मूल्यमा शेयर जारी गर्नुपर्ने प्रावधानले निजी कम्पनी पब्लिकमा जान नसकेको बताए।उनले निजी कम्पनीको शेयर प्रिमियम मूल्यमा जारी गर्न व्यवस्था हुनुपर्ने बताए।मुरारकाले वित्तिय क्षेत्रलार्इ राष्ट्र बैंकले संरक्षण गर्ने तर उत्पादनमूलक क्षेत्रलार्इ संरक्षण गर्ने निकाय नहुँदा समस्या भएको बताए।

‘सानो व्यापार गर्ने अर्बपत्ति भएका छन् हाम्रो सोच पुरातनवादीनै छ’उनले भने,’यही पुरातनवादी सोचले हामी पब्लिकमा जान डराएका हो। कहिलेकाँही म आफैपनि सोच्छु किन पब्लिकमा जाने भनेर?’ मुरारकाले पब्लिकमा जाँदा पूँजीकरण भएर व्यवसाय विस्तार गर्ने सम्भावना बढी हुने बताउँदै यसले प्रतिष्ठा पनि बढाउने बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले व्यवसायको सम्पति मूल्यांकन प्रक्रियाका कारण उद्यमीहरु पब्लिक लिमिटेड बन्न आकर्षित नभएको जिकिर गरे।

‘कम पूँजीबाट सुरु गरेको व्यवसायको साख बजारमा निकै राम्रो हुन्छ, कम्पनीको ईमेज राम्रो बनाउन धेरै नै श्रम लगानी गरेका हुन्छौ, उनले भने, ‘हामीले कम्पनीको साखलाई पूँजीकरण गर्न खोज्यौं भने कम्पनी रजिष्ट्रार कार्यालयले लगानी गरेको प्रमाण ल्याउन भन्छ।‘ उनले मेहनत गरेको मूल्य नपाउने अवस्थाले निजी कम्पनीले सर्वसाधरणमा शेयर जारी नगरेको बताए।

शर्माले कम्पनीको गुडविललार्इ पूँजीकरण गर्ने व्यवस्था भए मात्रै उत्पादनमूलक क्षेत्रले पूँजीबजारमा आउने बताए। विज्ञ जगदीश भट्टरार्इले आफ्नो स्वामित्व गुम्ने भयले निजी कम्पनी पूँजी बजारमा नआएको बताए।

बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले भने पूँजी बजारको विकासले अर्थतन्त्र पारदर्शी बन्नुको साथैं देशको बिकासमा महत्त्वपूर्ण योगदान पुग्ने भएकाले उत्पादनमूलक क्षेत्रलार्इ ल्याउन चाहेको बताए।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अहिले बोर्डले उद्यमीले उठाएका मागलार्इ संबोधन गरेर नयाँ नियमावली ल्याएको बताए।मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष प्रविनरमण पराजुलीले निजी क्षेत्रका कम्पनीहरु पब्लिक बन्न ईच्छुक भएमा मर्चेन्ट बैंकरले सेवा दिने बताए।

कार्यक्रममा अधिवक्ता ज्योती दाहालले पूँजीबजारमा आएका कम्पनीहरु नियमन गर्न नसकिरहेको बताउँदै नियमनलार्इ बलियो बनाएर उत्पादनमूलक क्षेत्रलार्इ ल्याउनेतर्फ पहल गर्न आग्रह गरे।

The post बोर्डले थाल्यो ठूला घरानाको शेयर जारी गर्न छलफल, निजी कम्पनीको शेयर प्रिमियममा ! appeared first on BIZMANDU.

सेबोनले भन्यो,(नेप्से)ले गलत काम ढाकछोप गर्न बोर्डलार्इ मुछ्यो
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को गम्भिर आरोपपछि नेपाल धितोपत्र बोर्ड(सेबोन) प्रतिरक्षामा उत्रिएको छैन। नियमन निकाय भएपनि सेबोनले तत्कालै प्रतिक्रिया दिने मुडमा देखिएको छैन।

तर नेप्सेका अध्यक्ष र  महाप्रवन्धकले पत्रकार सम्मेलननै गरेर शेयर बजारको विकासमा असहयोग गरेको आरोप लगाउनु गम्भिर भएको बोर्डले निष्कर्ष निकालेको छ।नेप्सेले पत्रकार सम्मेलन गरेर आफूलार्इ पठाएको गोप्य डकुमेन्ट सार्वजनिक गरेकोमा बोर्ड थप रुष्ट बनेको छ।

बोर्ड स्रोतका अनुसार नेप्सेले लगाएका सबै आरोप निराधार रहेको हो। स्रोतका अनुसार आफ्ना गलत कामलार्इ ढाकछोप गर्न बोर्डलार्इ मुछ्ने काम गरिएको हो।अनलाइन ट्रेडिङकालागि आवश्यक सफ्टवयेर खरिदको विषय अदालतमा पुर्याउने काम नेप्सेका महाप्रवन्धक सीताराम थपलिया स्वंयले गरेका हुन्।

'सुरुवातमा  तीन करोड रुपैयाँमा सफ्टवेयर ल्याउने प्रस्ताव ल्याउने नेप्सेले अन्तर्राष्ट्रिय प्रमाणित भनेर कसरी ३० करोड प्रस्ताव ल्यायो? बोर्ड स्रोतले भन्यो, हामीले प्रश्न गरेपछि थपलिया आफैंले सफ्टवेयर कम्पनीलार्इ मुद्धा हाल्न सघाएका हुन्।'नेप्सेले स्थानीय कम्पनी वार्इकोसँग अनलाइन ट्रेडिङको सफ्टवेयर खरिद गर्न लागेको थियो। यो मुद्धा अहिले जिल्ला अदालत हुँदै पाटन उच्च अदालत पुगेको छ।तर महाप्रवन्धक थपलियाले बोर्डको आरोप निराधार रहेको बताए।

'वाईकोले मेरो बिरुद्ध पनि मुद्दा दायर गरेको छ, मैले आफ्ना बिरुद्ध मुद्दा हाल्न लगाउछु होला त ? उनले  बिजमाण्डूसँग भने- 'मलाई यस्तो आरोप 'सठ्ठिएको' मानसिकता भएका व्यक्तिले लगाएका हुन्। यो निराधार आरोप हो।' स्रोतका अनुसार नेप्सेले पठाएको विनियमावलीमा महाप्रवन्धकलार्इ शक्तिशाली बनाउन खोजिएकोले रोक्न खोजिएको हो।'हामीले व्यक्तिभन्दा संस्था शक्तिशाली बनाउन चाह्यौ तर उनीहरुले हामीलार्इ अनावश्यक आरोप लगाए' बोर्डका एक कर्मचारीले भने।

नेप्सेले पठाएको सूचीकरण विनियमावली, कारोबार विनियमावली, धितोपत्र कारोबार कार्यविधि, धितोपत्र बजारको सदस्यता विनियमावली, अक्सन कारोबार कार्यविधि, धितोपत्र कारोबार रद्द सम्बन्धी कार्यविधि र हकप्रद शेयरको निस्सा कारोबार सम्बन्धी विनियमावली लामोसमयदेखि बोर्डले स्वीकृति नदिएको बोर्डलार्इ आरोप लगाएको थियो।

बोर्डले कर्मचारी विनियमावली पारित नगरेर कर्मचारी छनोटमा बाधा पुर्याएको नेप्सेको आरोप थियो। तर बोर्डले भने नयाँ संविधान जारी भएकोले लोकसेवा आयोगको सहमति लगायतका प्रावधान थप्नुपर्दा ढिलार्इ भएको दाबी छ। दोस्रो बजार विस्तारका सम्वन्धमा गठित अध्ययन समितिको प्रतिवेदन लामो समयसम्म पेश नगरेपछि प्रतिनिधि नपठाएको बोर्डले जनायो। बोर्डले भदौंभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएपनि असोजमा पेश गरेको थियो।

The post सेबोनले भन्यो,(नेप्से)ले गलत काम ढाकछोप गर्न बोर्डलार्इ मुछ्यो appeared first on BIZMANDU.

२४ शेयर ब्रोकरले मागे उपत्यका बाहिर ७० शाखा खोल्न अनुमति, मोफसलका यी स्थान जान चाहन्छन् ब्रोकर
काठमाण्डौँ । कार्यरत ५० शेयर ब्रोकर मध्ये २४ ले तत्काल राजधानी बाहिर शाखा खोल्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अनुमति माग गरेका छन्। उनीहरुले ७० वटा शाखा खोल्न अनुमति माग गरेका हुन्।

नेप्सेका अनुसार एउटै कम्पनीले आठ स्थानसम्म शाखा विस्तारको प्रस्ताव गरेको छ। क्रिष्टल सेक्युरिटीजले भक्तपुर, बिराटनगर, इटहरी, दमक, धरान, भरतपुर, बनेपा र बुटवलमा शाखा स्थापनाको अनुमति माग गरेको छ।

एबिसी सेक्युरिटीजले छ, अनलाइन सेक्युरिटीजले पाँच एवं मल्ल एन्ड मल्ल, नाशा,  त्रिशक्ती, अक्सफोर्ड, स्वेता र एसियन चार/चार स्थानमा शाखा खोल्ने अनुमति मागेका छन्।

तीन ठाउँमा शाखा स्थापनाको अनुमति माग गर्ने ब्रोकर कम्पनीको संख्या चार रहेको छ।

एक र दुई स्थानमा शाखा खोल्न अनुमति माग गर्ने ब्रोकर कम्पनीको संख्या पाँच/पाँच रहेको छ।

आर्यतारा सेक्युरिटीजले भने कुनै ठाउँ नतोकी शाखा विस्तारको अनुमति माग गरेको छ।

शेयर बजारलाई राजधानी बाहिरका जनताको पनि पहुँचमा पुर्याउन ब्रोकरको शाखा बिस्तार गर्नेबारे लामो समयदेखि बहस चल्दै आएपनि खासै प्रगति भएको थिएन।

उल्टो प्रज्ञान सेक्युरिटीज र जेएफ सेक्युरिटीजले क्रमशः बिराटनगर र वीरगन्जमा स्थापना गरेको शाखा बन्द गरेका थिए।

अहिलेसम्म नौ ब्रोकर कम्पनीले राजधानी बाहिर एक/एक वटा शाखा विस्तार गरेका छन्।

चार वटाको पोखरा, दुईटाको बिराटनगर एवं नारायणगढ, धरान र धनगढीमा एक/एकवटा ब्रोकर कम्पनीको शाखा रहेका छन्।

नेपाल धितोपत्र बोर्डले आम जनताको पहुँचमा शेयर बजार पुर्याउने योजना सहित बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने तयारी थालेपछि ब्रोकरहरु शाखा विस्तारमा तातेका हुन्। आफुहरुनै दूरदराजमा पुगेर सेवा दिन तयार रहेको उनीहरु दावी गर्दै आएका छन्।

नेप्सेले माग्यो बोर्डसँग अनुमति

दोस्रो बजार सुधार सम्बन्धमा गठित अध्ययन समितिले तत्काल ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन सिफारिस गरेपछि स्वीकृतिका लागि नेप्सेले नेपाल धितोपत्र बोर्डमा अनुरोध गरेको छ।

सुरुमा सबै कम्पनीलाई एक/एक वटा शाखा खोल्ने अनुमति दिन नेप्सेले बोर्डसँग स्वीकृति माग गरेको हो। बोर्डबाट स्वीकृति पाएपछि अहिलेसम्म शाखा खोल्न बाँकी रहेका कम्पनीलाई अनुमति दिने नेप्से महाप्रबन्धक सीताराम थपलियाले जानकारी दिए। सबै कम्पनी राजधानी बाहिर जान इच्छुक भएमा तत्काल ४१ वटा शाखा थपिनेछन्।

‘ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन नेप्से तयारी अवस्थामा छ, ब्रोकरहरु पनि ईच्छुक देखिएका छन्, उनले भने- धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त हुने बित्तिकै काम अघि बढाउँछौँ।’

The post २४ शेयर ब्रोकरले मागे उपत्यका बाहिर ७० शाखा खोल्न अनुमति, मोफसलका यी स्थान जान चाहन्छन् ब्रोकर appeared first on BIZMANDU.

धीतोपत्र बोर्ड र स्टक एक्सचेञ्जबीचको गम्भिर बिवाद छताछुल्ल- ‘सेयर बजार विकासमा बोर्ड बाधक’
काठमाडौं। नेपाल स्टक एक्सेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन)को विवाद चरमोत्कर्षमा पुगेको छ।नेप्सेले मंगलबार पत्रकार सम्मेलन गरेर बोर्डलार्इ पठाएको गोप्य डकुमेन्ट सार्वजनिक गर्दै शेयर बजारको विकास र विस्तारमा असहयोग गरेको आरोप लगाएको हो।

यससँगै सरकार अन्तर्गतको नियमन निकाय बोर्ड र पुर्ण सरकारी स्वामित्वको नेप्सेबीचको बिवाद सतहमा छताछुल्ल भएको छ। बोर्डले केही महिनाअघि पत्रकार सम्मेलननै गरेर आफ्ना सुझाबलार्इ वेवास्ता गर्दै बजार सुधार गर्न नचाहेको आरोप नेप्सेमाथि लगाएको थियो।

नेप्सेका अध्यक्ष रामजी रेग्मीले मंगलबार आयोजति पत्रकार सम्मेलनमा नियामक निकायको रुपमा रहेको बोर्डले शेयर बजार सुधारका लागि थालेको अभियानलार्इ असहयोग गरेको आरोप लगाए। 'आम जनताको पहुँच शेयर बजारमा पुगोस् भनेर नेप्सेल ब्रोकरहरुलाई शाखा बिस्तार गर्न दिने निर्णय गर्यो, उनले भने- तर त्यसलार्इ बोर्डले सहयोग गर्नुको साटो रोक्ने काम गरेको छ।'

उनले शाखा विस्तारका लागि अध्ययन समिति बनाउन बोर्डले निर्देशन दिएको बताउँदै समितिले प्रतिवेदन तयार गर्दा फेरि असहयोग गरेको आरोप लगाए।  ‘बोर्डको निर्देशन अनुसार हामीले अध्ययन समिति बनायौ र बोर्डबाट पनि प्रतिनिधि आए, रेग्मीले भने- ५/६ वटा बैठक बसेर तयार गरेको प्रतिवेदन बुझाउने बेलामा आफ्नो प्रतिनिधि फिर्ता बोलाएर असहयोग गरियो।' नेप्सेल बजार सुधारका लागि पठाएका बिभिन्न विनियमहरु समेत बोर्डले रोकर राखेको उनले आरोप लगाए।

रेग्मीका अनुसार नेप्सेले पठाएको सूचीकरण विनियमावली, कारोबार विनियमावली, धितोपत्र कारोबार कार्यविधि, धितोपत्र बजारको सदस्यता विनियमावली, अक्सन कारोबार कार्यविधि, धितोपत्र कारोबार रद्द सम्बन्धी कार्यविधि र हकप्रद शेयरको निस्सा कारोबार सम्बन्धी विनियमावली लामोसमयदेखि बोर्डले स्वीकृति दिएको छैन।

नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले धितोपत्र बोर्डले नेप्सेको कर्मचारी विनियमावली स्वीकृत नगर्दा जनशक्ति भर्ना गर्न समस्या परेको बताए। अनलाइन ट्रेडिङका बिषयमा परेको मुद्धाको पेशी पनि बोर्डकै कारण सरिरहेकाको थपलियाले आरोप लगाए। गत मंसिर २९ गतेको पेशी बोर्डकै आग्रहमा अदालतले सारेको उनले बताए।

बोर्डले भने अनुरुप अन्तर्राष्ट्रिय रुपमा प्रमाणित सफ्टवेयर ल्याउन खोज्दा खर्च बढाएको भन्दै सेबोनले नै रोकेको उनले आरोप लगाए।

यसअघि बोर्डले पत्रकार सम्मेलन गरी नेप्सेले सफ्टवेयर खरीदमा बहाना बनाएको र गुणस्तरीय सफ्टवेयर खरीद गर्न आनाकानी गरेको आरोप लगाएको थियो। क्रस बोर्डर कारोबार/सूचिकृत, गैरआवासीय नेपाली तथा विदेशी सस्थागत लगानीकर्तालाई प्रवेश गराउन विश्वसनीय सफ्टवेयर खरीद गर्न गत चैत २८ गते नेप्सेलाई बोर्डले निर्देशन दिएको थियो ।

नेप्सेले यो निर्देशनको वेवास्ता गरेर आफू अनुकुल स्थानीय सफ्टवेयर किन्ने प्रक्रिया अघि बढाएपछि दुई संस्थाबीचको विवाद चर्किएको थियो। सफ्टवेयर किन्ने विवाद अहिले अदालतमा पुगेको छ।

थपलिया महाप्रबन्धक नियुक्त भएपछि नेप्से र बोर्डको निरन्तर बिवाद देखिएको छ। बोर्डले बोलाएको बैठकमा नेप्सेका महाप्रवन्धक थपलिया अनुपस्थित रहने गरेका थिए।

The post धीतोपत्र बोर्ड र स्टक एक्सचेञ्जबीचको गम्भिर बिवाद छताछुल्ल- ‘सेयर बजार विकासमा बोर्ड बाधक’ appeared first on BIZMANDU.

नेप्सेले बोर्डमा पठाएका गोप्य डकुमेन्ट देखाउँदै भन्यो, शेयर बजार विस्तारको दोषी बोर्ड हो
काठमाडौं। नेपाल स्टक एक्सेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन)को विवाद चरमोत्कर्षमा पुगेको छ।नेप्सेले मंगलबार पत्रकार सम्मेलन गरेर बोर्डलार्इ पठाएको गोप्य डकुमेन्ट सार्वजनिक गर्दै शेयर बजारको विकास र विस्तारमा असहयोग गरेको आरोप लगाएको हो।

यससँगै सरकार अन्तर्गतको नियमन निकाय बोर्ड र पुर्ण सरकारी स्वामित्वको नेप्सेबीचको बिवाद सतहमा छताछुल्ल भएको छ। बोर्डले केही महिनाअघि पत्रकार सम्मेलननै गरेर आफ्ना सुझाबलार्इ वेवास्ता गर्दै बजार सुधार गर्न नचाहेको आरोप नेप्सेमाथि लगाएको थियो।

नेप्सेका अध्यक्ष रामजी रेग्मीले मंगलबार आयोजति पत्रकार सम्मेलनमा नियामक निकायको रुपमा रहेको बोर्डले शेयर बजार सुधारका लागि थालेको अभियानलार्इ असहयोग गरेको आरोप लगाए। 'आम जनताको पहुँच शेयर बजारमा पुगोस् भनेर नेप्सेल ब्रोकरहरुलाई शाखा बिस्तार गर्न दिने निर्णय गर्यो, उनले भने- तर त्यसलार्इ बोर्डले सहयोग गर्नुको साटो रोक्ने काम गरेको छ।'

उनले शाखा विस्तारका लागि अध्ययन समिति बनाउन बोर्डले निर्देशन दिएको बताउँदै समितिले प्रतिवेदन तयार गर्दा फेरि असहयोग गरेको आरोप लगाए।  ‘बोर्डको निर्देशन अनुसार हामीले अध्ययन समिति बनायौ र बोर्डबाट पनि प्रतिनिधि आए, रेग्मीले भने- ५/६ वटा बैठक बसेर तयार गरेको प्रतिवेदन बुझाउने बेलामा आफ्नो प्रतिनिधि फिर्ता बोलाएर असहयोग गरियो।' नेप्सेल बजार सुधारका लागि पठाएका बिभिन्न विनियमहरु समेत बोर्डले रोकर राखेको उनले आरोप लगाए।

रेग्मीका अनुसार नेप्सेले पठाएको सूचीकरण विनियमावली, कारोबार विनियमावली, धितोपत्र कारोबार कार्यविधि, धितोपत्र बजारको सदस्यता विनियमावली, अक्सन कारोबार कार्यविधि, धितोपत्र कारोबार रद्द सम्बन्धी कार्यविधि र हकप्रद शेयरको निस्सा कारोबार सम्बन्धी विनियमावली लामोसमयदेखि बोर्डले स्वीकृति दिएको छैन।

नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले धितोपत्र बोर्डले नेप्सेको कर्मचारी विनियमावली स्वीकृत नगर्दा जनशक्ति भर्ना गर्न समस्या परेको बताए। अनलाइन ट्रेडिङका बिषयमा परेको मुद्धाको पेशी पनि बोर्डकै कारण सरिरहेकाको थपलियाले आरोप लगाए। गत मंसिर २९ गतेको पेशी बोर्डकै आग्रहमा अदालतले सारेको उनले बताए।

बोर्डले भने अनुरुप अन्तर्राष्ट्रिय रुपमा प्रमाणित सफ्टवेयर ल्याउन खोज्दा खर्च बढाएको भन्दै सेबोनले नै रोकेको उनले आरोप लगाए।

यसअघि बोर्डले पत्रकार सम्मेलन गरी नेप्सेले सफ्टवेयर खरीदमा बहाना बनाएको र गुणस्तरीय सफ्टवेयर खरीद गर्न आनाकानी गरेको आरोप लगाएको थियो। क्रस बोर्डर कारोबार/सूचिकृत, गैरआवासीय नेपाली तथा विदेशी सस्थागत लगानीकर्तालाई प्रवेश गराउन विश्वसनीय सफ्टवेयर खरीद गर्न गत चैत २८ गते नेप्सेलाई बोर्डले निर्देशन दिएको थियो ।

नेप्सेले यो निर्देशनको वेवास्ता गरेर आफू अनुकुल स्थानीय सफ्टवेयर किन्ने प्रक्रिया अघि बढाएपछि दुई संस्थाबीचको विवाद चर्किएको थियो। सफ्टवेयर किन्ने विवाद अहिले अदालतमा पुगेको छ।

थपलिया महाप्रबन्धक नियुक्त भएपछि नेप्से र बोर्डको निरन्तर बिवाद देखिएको छ। बोर्डले बोलाएको बैठकमा नेप्सेका महाप्रवन्धक थपलिया अनुपस्थित रहने गरेका थिए।

The post नेप्सेले बोर्डमा पठाएका गोप्य डकुमेन्ट देखाउँदै भन्यो, शेयर बजार विस्तारको दोषी बोर्ड हो appeared first on BIZMANDU.

२४ ब्रोकर कम्पनी तत्काल उपत्यका बाहिर शाखा खोल्न तयार, नेप्सेसँग अनुमति दिन इच्छुक
काठमाण्डौँ । कार्यरत ५० शेयर ब्रोकर मध्ये २४ ले तत्काल राजधानी बाहिर शाखा खोल्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अनुमति माग गरेका छन्। उनीहरुले ७० वटा शाखा खोल्न अनुमति माग गरेका हुन्।

नेप्सेका अनुसार एउटै कम्पनीले आठ स्थानसम्म शाखा विस्तारको प्रस्ताव गरेको छ। क्रिष्टल सेक्युरिटीजले भक्तपुर, बिराटनगर, इटहरी, दमक, धरान, भरतपुर, बनेपा र बुटवलमा शाखा स्थापनाको अनुमति माग गरेको छ।

एबिसी सेक्युरिटीजले छ, अनलाइन सेक्युरिटीजले पाँच एवं मल्ल एन्ड मल्ल, नाशा,  त्रिशक्ती, अक्सफोर्ड, स्वेता र एसियन चार/चार स्थानमा शाखा खोल्ने अनुमति मागेका छन्।

तीन ठाउँमा शाखा स्थापनाको अनुमति माग गर्ने ब्रोकर कम्पनीको संख्या चार रहेको छ।

एक र दुई स्थानमा शाखा खोल्न अनुमति माग गर्ने ब्रोकर कम्पनीको संख्या पाँच/पाँच रहेको छ।

आर्यतारा सेक्युरिटीजले भने कुनै ठाउँ नतोकी शाखा विस्तारको अनुमति माग गरेको छ।

शेयर बजारलाई राजधानी बाहिरका जनताको पनि पहुँचमा पुर्याउन ब्रोकरको शाखा बिस्तार गर्नेबारे लामो समयदेखि बहस चल्दै आएपनि खासै प्रगति भएको थिएन।

उल्टो प्रज्ञान सेक्युरिटीज र जेएफ सेक्युरिटीजले क्रमशः बिराटनगर र वीरगन्जमा स्थापना गरेको शाखा बन्द गरेका थिए।

अहिलेसम्म नौ ब्रोकर कम्पनीले राजधानी बाहिर एक/एक वटा शाखा विस्तार गरेका छन्।

चार वटाको पोखरा, दुईटाको बिराटनगर एवं नारायणगढ, धरान र धनगढीमा एक/एकवटा ब्रोकर कम्पनीको शाखा रहेका छन्।

नेपाल धितोपत्र बोर्डले आम जनताको पहुँचमा शेयर बजार पुर्याउने योजना सहित बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने तयारी थालेपछि ब्रोकरहरु शाखा विस्तारमा तातेका हुन्। आफुहरुनै दूरदराजमा पुगेर सेवा दिन तयार रहेको उनीहरु दावी गर्दै आएका छन्।

नेप्सेले माग्यो बोर्डसँग अनुमति

दोस्रो बजार सुधार सम्बन्धमा गठित अध्ययन समितिले तत्काल ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन सिफारिस गरेपछि स्वीकृतिका लागि नेप्सेले नेपाल धितोपत्र बोर्डमा अनुरोध गरेको छ।

सुरुमा सबै कम्पनीलाई एक/एक वटा शाखा खोल्ने अनुमति दिन नेप्सेले बोर्डसँग स्वीकृति माग गरेको हो। बोर्डबाट स्वीकृति पाएपछि अहिलेसम्म शाखा खोल्न बाँकी रहेका कम्पनीलाई अनुमति दिने नेप्से महाप्रबन्धक सीताराम थपलियाले जानकारी दिए। सबै कम्पनी राजधानी बाहिर जान इच्छुक भएमा तत्काल ४१ वटा शाखा थपिनेछन्।

‘ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन नेप्से तयारी अवस्थामा छ, ब्रोकरहरु पनि ईच्छुक देखिएका छन्, उनले भने- धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त हुने बित्तिकै काम अघि बढाउँछौँ।’

The post २४ ब्रोकर कम्पनी तत्काल उपत्यका बाहिर शाखा खोल्न तयार, नेप्सेसँग अनुमति दिन इच्छुक appeared first on BIZMANDU.

बैंकलाई ब्रोकर लाइसेन्स दिन समितिको सुझाव, आगो भएका ब्रोकरलाई शान्त पार्न राय मागियो
काठमाडौं। शेयरको दोश्रो बजार बिस्तारका सम्बन्धमा अध्ययन गर्न गठित समितिले तत्कालै २० वटा ब्रोकर थप्दै बैंकहरुलाई पनि लाइसेन्स दिनुपर्ने सुझाव दिएको छ। समितिले दिएको सुझावमाथि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकरसँग समेत राय माग गरेको छ।

नेप्सेले बजार सुधारका नाममा आफूखुसी समिति गठन गरेर नीतिहरु लाद्न खोजेको ब्रोकरहरुले आरोप लगाइरहेका बेला उनीहरुसँग पनि राय माग गरिएको हो। समितिको सुझावपछि आगो भएका ब्रोकरहरुको एक समूहले केही दिनअघि नेप्सेका महाप्रबन्धकलाई भेटेर असन्तुष्टि व्यक्त गरेका थिए।

समितिले देशभरी नै सञ्जाल रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई ब्रोकर लाइसेन्स दिँदा पहुँच बृद्धि हुने सुझाव दिएको छ।

समितिको सुझावमा लेखिएको छ- बैंक तथा वित्तीय संस्थाहरुको नेटवर्क देशब्यापी रहेको र ब्रोकरिङ गर्न खासै  पूर्वाधारमा लगानी नपर्ने हुँदा एकै पटक धेरै स्थानमा पहुँच बढाउन यो नै एक मात्र विकल्प रहेको छ। बैंकलाई दलालको इजाजत दिँदा पूँजी बजारको दीर्घकालिन हित देखिन्छ।

समितिले राजधानीका साथै मोफसलबाट पनि बैंकहरुलाई कारोबार स्वीकृति दिनुपर्ने सुझाव दिएको छ।

समितिले बैंक वित्तीय संस्थाले शाखा पुगे पनि देशका सबै क्षेत्रबाट सेवा दिन नसक्नेतर्फ सचेत गराउँदै आर्थिक सम्भाव्यताका आधारमा स्थानहरुलाई वर्गीकरण गर्न सुझाएको छ। उसले यसका लागि राजश्व संकलनलाई आधार मानेर स्थानहरुलाई चार भागमा वर्गीकरण गर्नुपर्ने उल्लेख गरेको छ।

बैंक तथा वित्तीय संस्थालाई अनुमति दिँदा काठमाडौंमा एक कार्यालय राखी 'क' वर्गको क्षेत्रमा अरु तीन शाखा अनिवार्य रुपमा खोल्नै पर्ने व्यवस्था गर्नु पर्ने सुझावमा उल्लेख छ। साथै ख वर्गका क्षेत्रमा तीन, ग वर्गकोमा दुई र घ वर्गकोमा एक शाखा कार्यालय खोल्नै पर्ने सुझाव दिइएको छ।

समितिले प्रत्येक दुई बर्षमा शेयर ब्रोकरहरु थप्दै जानु पर्ने सुझाव दिएको छ। अहिले ५० ब्रोकरहरु छन्। तत्कालै २० ब्रोकर थप्नु पर्ने सुझाव समितिको छ।

समितिले काठमाडौं बाहिर पनि शाखा कार्यालय खोल्न सुझाएको छ। अहिले नौं वटा ब्रोकरले बाहिर शाखा खोलेर सेवा दिइरहेका छन्। बाँकी ४१ वटालाई पनि शाखा खोल्न दिनु पर्ने सुझाव समितिको हो।

अहिले नौं  वटा ब्रोकरका चितवनमा एक, पोखरामा चार, धरानमा एक, विराटनगरमा दुई, धनगढीमा एक शाखा कार्यालय छन्। २४ वटा ब्रोकर कम्पनीले विर्तामोड, जनकपुर, हेटौडा, वीरगञ्ज, भैरहवा र वुटवलमा शाखा विस्तारका लागि स्वीकृति माग गरेका छन्।

The post बैंकलाई ब्रोकर लाइसेन्स दिन समितिको सुझाव, आगो भएका ब्रोकरलाई शान्त पार्न राय मागियो appeared first on BIZMANDU.

एसबिआर्इले जारी गर्यो साढे ६७ हजार एफपिअाे, बजार घटिरहेका बेला एफपिअाेमा आकर्षण होला ?
काठमाडौं।एसबिआई बैंकले  आइतबारदेखि ९७१ रुपैयाँमा (८७१ प्रिमियम मूल्य) ६७,७६८ कित्ता फर्दर पब्लिक अफरिङ (एफपिअाे) जारी गरेको छ।

३ अर्ब ८८ करोड ३७ लाख चुक्ता पूँजी रहेको एसबिआईको एफपिओपछि ६७ लाख रुपैयाँ थपिएर करिब ३ अर्ब ८९ करोड पूँजी पुग्ने छ।

बैंकले एफपिओपछि थपिने पूँजीमा २८ प्रतिशत बोनस र १.५३ प्रतिशत नगद लाभांश दिने जनाएको छ। बोनसपछि बैंकको पूँजी ४ अर्ब ९७ करोड ९७ लाख पुग्ने छ। बोनस सूचीकरणपछि कम्पनीको शेयर मूल्य समायोजन हुनेछ।

नेपाल स्टक एक्सेन्जका अनुसार बैंकको ६ महिनाको औषत मूल्य १ हजार ८ सय २२ रुपैयाँ रहेको छ ।गत बिहिबार कारोबार मूल्य १ हजार ४ सय ६० रुपैयाँ थियो।बैंकको गत आर्थिक बर्ष ०७२/०७३ को अपरिष्कृत वित्तिय प्रतिवेदन अनुसार बैंकको मुनाफा १ अर्ब ३३ करोड रुपैयाँ छ। यो आर्थिक वर्ष भन्दा २७.३५ प्रतिशत बढी हो।

बैंकको प्रति शेयर आम्दानी ३४.२९ रुपैयाँ, नेटवर्थ १५९.६७ रुपैयाँ, खराब कर्जा ०.१३ प्रतिशत रहेको छ भने पिई रेसियो ४३ गुणा बढी छ। पिई रेसियो २०-२५ भएका कम्पनी कम जोखिमयुक्त मानिन्छन्।

शेयर संख्यामा भएको वृद्धि अनुपातमा व्यवसाय वृद्धि नभए बैंकको प्रति शेयर आम्दानी घट्ने सम्भावना रहन्छ। एफपिओ पूर्ण खरीद भए बैंकले एफपिओ प्रिमियमबाट ५ करोड ९० लाख मुनाफा कमाउनेछ।

कस्तो रहला एफपिओमा आकर्षण?

यो एफपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम ६७० कित्ता आवेदन दिन सकिन्छ।लगानीकर्ता फोरमका महासचिव बच्चुराम रिमाल भन्छन्, सानो कित्तामा आएको एफपिओले बजारलाई असर गर्दैन।

सबै शेयर बिक्री भएपनि लगानीकर्ताले धेरै मुनाफा कमाउने सम्भावना रहँदैन।  लगानीकर्ता नवराज घिमिरे बजार घट्ने क्रममा रहेकाले एफपिओमा प्रस्ताव गरिएको मूल्यमा बजारबाटै शेयर किन्न सकिने अवस्था आउने बताउँछन्।

The post एसबिआर्इले जारी गर्यो साढे ६७ हजार एफपिअाे, बजार घटिरहेका बेला एफपिअाेमा आकर्षण होला ? appeared first on BIZMANDU.

कम्पनी विश्लेषण: एफपिओपछि कता जाला स्ट्यान्डर्ड चार्टर्ड? अहिलेको ‘स्लो स्पिड’ले ‘पिकअप’ लेला?
काठमाडौं। स्ट्यान्डर्ड चाटर्ड बैंक लामो समय देखि लगानीकर्ताको लागि  ‘हट केक’को रुपमा रहेको छ। स्ट्यान्डर्ड चाटर्ड ग्लोबलको ७५ र नेपालीको २५ प्रतिशत सेयर स्वामित्व रहेको बैंक धेरै नेपाली बैंक ‘ट्रेन्ड’ निर्माता नै हो।

स्ट्यान्डर्ड चाटर्डबाट प्रशिक्षित जनशक्ति आज प्रायः सबै बाणिज्य बैंकमा पुगेका छैन्।

सबल बैंकिङमा छुट्टै पहिचान बनाएको बैंकले पूँजी वृद्धिका लागी फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने घोषणा गरे यता लगानीकर्तामा स्ट्यान्डर्ड चाटर्डप्रति थप कौतुहलता बढेको देखिन्छ।

आर्थिक बर्ष २०७१/७२ र २०७२/३३ मा बैंकको खुद मुनाफा क्रमशः दुई करोड र ३ करोड रुपैयाँले घटेको थियो। सोहि कारण बिगतसँग तुलना गर्दा बैंकको प्रति सेयर आम्दानी र लाभांस घटेको छ। तर, दोश्रो बजारमा लगानीकर्ताको विश्वास खुम्चिएको छैन। कम्पनीको मूल्य बढेकै छ। त्यसैले यस्तो बेला एफपिओ घोषणा गरेपछि बैंकले भोली अवलम्बन गर्ने रणनीति प्रति लगानीकर्ताको मुख्य चासो छ।

गत ५ बर्षमा बैंकको डिपोजिट, कर्जा र जगेडा बढ्दो क्रममा रहेको छ। त्यसैगरी ब्याज आम्दानी र खुद मुनाफा उतारचढाव पूर्ण रहेको छ। आर्थिक बर्ष २०७०/७१ सम्म लगातार बढिरहेको मुनाफा र ब्याज आम्दानी त्यसयता घटेको छ।

खुद मुनाफा घट्नु र शेयर संख्या बढ्दै जानुले प्रति शेयर आम्दानी र लाभांसमा असर पारेको देखिन्छ।

कम्पनीको वित्तिय अवस्था

कस्तो रहला भोली?

९३ लाख ३७ हजार कित्ता बोनस शेयर सूचीकरण पछी स्ट्यान्डर्ड चाटर्डको चुक्ता पूँजी ३ अर्ब ७४ करोड रुपैयाँ पुग्ने छ। बैंकले २०७४ असार मसान्त सम्म राष्ट्रबैंकले तोकेको आठ अर्ब पूँजी पुर्याउने पर्ने हुन्छ। त्यसका लागि अहिलेको पूँजी कम्तीमा ११३.३३ प्रतिशतले बढाउनु पर्ने हुन्छ।

बिहीबार बजार बन्द हुँदा बैंकको प्रति सेयर मूल्य एक हजार ९९७ कायम भएको छ। यस्तै चालु आर्थिक बर्षको पहिलो त्रैमासिकको विवरण अनुसार बकैंको प्रति शेयर आम्दानी ४९.७ रहेको छ। बिहिबारको मूल्य र उक्त आयका आधारमा बैंकको मूल्य आम्दानी अनुपात(पिई रेसियो) ४०.१८ रहेको छ।

सैद्धान्तिक रुपमा प्रति सेयर आम्दानीको २०- २५ गुणासम्म मूल्य हुनुलाई स्वाभाविक मानिन्छ।  लगानीकर्ताले भविश्यको संभावना हेरेर स्ट्यान्डर्ट चार्टर्डको मूल्य माथि पुर्यााएको देखिन्छ।

अत्यन्न न्यून कष्ट अफ फण्ड रहेको बैंकलाई ‘ग्रोथ’ धेरै ढोका खुला छन्। यहि संभावनालाई लगानीकर्ता पछ्याएको देखिन्छ। रिजर्भ र नेटवर्थ बढ्दो क्रममा हुनु र खराब कर्जा घट्नु बैंकको सबल पक्ष हो। पूँजी वृद्धि पछी लगानीको सम्भावना र दायरा बढ्न सक्ने भएको कारण मुनाफा बृद्धिको सम्भावना छ। पूँजी वृद्धिका लागी चालु आर्थिक बर्षमा बैंकले उत्साहजनक बोनस शेयर दिने सम्भावना समेत देखिन्छ।

पहिलो त्रैमासिकमा नै ३४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरि सकेको हुँदा बैंकले चालु आर्थिक बर्षमा पनि सहजै एक अर्ब नाफा नघाउने देखिन्छ।

तर, पछिल्लो समय बैंकले लिएको ‘स्लो स्पिड’ कहिलेसम्म कायम रहन्छ भन्ने टुङ्गो छैन। प्रति शेयर, ब्याज आम्दानि र मुनाफा घट्दो क्रममा हुनु र पिई रेसियो बढ्दो क्रममा रहि रहे लगानीकर्ताको धैर्य टुट्न पनि सक्छ।

The post कम्पनी विश्लेषण: एफपिओपछि कता जाला स्ट्यान्डर्ड चार्टर्ड? अहिलेको ‘स्लो स्पिड’ले ‘पिकअप’ लेला? appeared first on BIZMANDU.

सेयर बजार निरन्तर घट्नुमा तीन कारण जसले लगानीकर्ताको आत्मविश्वास गुम्यो
काठमाडौं। गत साता नेप्से परिसूचक ५४.६५ अंकले घटेको छ। साताको पहिलो दिन १५३०.०६ अंक रहेको नेप्से परिसूचक साताको अन्तिम दिन १४७५.४१ अंकमा झरेर बन्द भयो।

आईतबार र बिहिबार न्यून अंकले बढेको नेप्से परिसूचक साताका अन्य दिन ओरालो लाग्दा समग्र परिसूचक घटेको हो।सेयर बजार घट्नुमा तीन कारण रहेको विश्लेषकको दाबी छ।तरलता समस्या,बढ्दो ब्याज,बुक क्लोजका कारणले सेयर बजार घटिरहेको उनीहरुको ठम्यार्इ छ।

नबिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले लगानीकर्ताको मनोबल अझै कमजोर रहेको बताए। उनी भन्छन्- 'बजारमा तरलताको समस्या कायम नै रहेकाले समग्र बजार र कारोबार रकम घट्न गएको हो'।

उनका अनुसार पुस महिनामा तरलताको समस्या समाधान हुँदैन। पराजुलीले प्राय कम्पनीका साधारणसभा सकिने क्रममा रहेको बताउँदै लगानीकर्ताले प्रतिफलका लागि एक वर्ष कुर्नुपर्ने अवस्थामा खरीदको चाप घट्ने बताए। उनले भने, अब शेयर खरीद गर्ने लगानीकर्ताले प्रतिफल प्राप्त गर्न एक बर्ष पर्खनु पर्ने हुन्छ । यसले गर्दा खरिद चाप घट्न सक्छ र बजारमा प्राकृतिक रुपमै सुधार आउने सम्भावना छ।

गत साताभर १५६ कम्पनीको २ अर्ब ८५ करोड रुपैयाँ बराबर कारोबार भएको हो। अघिल्लो साताको तुलनामा गत साता कारोबार रकम ४७.३८ प्रतिशतले बढेको छ।गत साता कारोबार रकमको एक चौथाई कारोबार एभरेष्ट बैंकको मात्रै भयो। रकमका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रह्यो। एभरेष्टको ६६ करोड ७१ लाख बराबरको कारोबार भएको हो।

नयाँ शेयर सूचीकरण तर्फ गत साता एभरेष्टको ४ लाख कित्ता अग्राधिकार शेयर सुचिकृत भए। साताभर ९ उपसुचक मध्ये अन्य (१०.९९ अंक) र ब्यापार (१.१२ अंक) उपसुचक सामान्य वृद्धि भए भने बिमा (४०३ अंक), जलबिद्युत (१०३.८२ अंक), उत्पादनमुलक (८२.२३ अंक), बाणिज्य बैंक (६२.२६ अंक), होटल (५७.९५ अंक), बिकास बैंक(२५.८७ अंक) र  वित्तीय (२२.६९ अंक ) उपसुचक ओरालो लागे।

स्टक ब्रोकर एसोसियसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापती भन्छन्, मार्जिन कल बढ्दै जानु, ब्याजदर उकालो लाग्नु र लगानीकर्ताको मनोबल कमजोर देखिएकोले बजार अझै करेक्सन हुने सम्भावना छ।

स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष अन्जनराज पौडेलले  कारोबार रकमले बजारलाई सपोर्ट गर्न छोडेकाले लगानीकर्ता डराएको बताए। उनले भने, बुक क्लोज पछिको केही करेक्सन सामान्य नै हो तर बजार धेरै समय अघिदेखि घट्ने क्रममै रहेकाले लगानीकर्तामा त्रास कायमै छ।

The post सेयर बजार निरन्तर घट्नुमा तीन कारण जसले लगानीकर्ताको आत्मविश्वास गुम्यो appeared first on BIZMANDU.