साइराम उपरकोटी Archives - BIZMANDU
नयाँ वर्षको पूर्वसन्ध्यामा देशैभरका पर्यटकीय गन्तव्य गुल्जार, होटलका सबै कोठा सोल्डआउट
काठमाडौं। नेपाली नयाँ वर्ष २०८३ सुरु हुने पूर्वसन्ध्यामा देशका सबैजसो पर्यटकीय गन्तव्यका होटल भरिभराउ भएका छन्।
नयाँ वर्षको पहिलो दिन मनाउनका लागि नगरकोट, धुलिखेल, सौराहा, पोखरा, लुम्बिनी लगायत गन्तव्य पर्यटकमय भएका हुन्। व्यवसायीहरुका अनुसार पर्यटकीय गन्तव्यका सबैजसो होटल पर्यटकले भरिएका छन्। होटल व्यवसायीहरुले अकुपेन्सी फुल रहेको बताएका छन्।
होटल संघ चितवनका उपाध्यक्ष गुणराज थपलियाले सौराहा क्षेत्र अहिले पूरै पर्यटकमय रहेको बताए।
‘सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएका कारण नयाँ वर्ष मनाउनका लागि सौराहाका होटलमा शनिबारदेखि नै आन्तरिक पर्यटक आउने क्रम बढेकामा अहिले अकुपेन्सी फुल छ,’ थपलियाले भने, ‘होटलमा आन्तरिक पर्यटक धेरै छन्। विदेशी पर्यटक ३० प्रतिशत हाराहारीमा छन्।’
सौराहा वाइल्डलाइफ टुरिजमका लागि नेपालकै उत्कृष्ट गन्तव्य हो। सौराहाका सुविधायुक्त ११० होटलसँग दैनिक साढे पाँच हजार पर्यटक राख्न सक्ने क्षमता छ।
नयाँ वर्षलाई लक्षित गरेर होटलहरुले यसअघि नै आकर्षक प्याकेज ल्याएका थिए। केही वर्षयता नेपालमा नयाँ वर्ष मनाउनका लागि घरबाहिर निस्कने क्रम बढेको छ। परिवारका सदस्य र साथीभाइ मिलेर नयाँ वर्ष मनाउन नेपालीहरु विभिन्न गन्तव्यमा पुग्ने गरेका हुन्।
यसपालि विद्यालय तहको नयाँ शैक्षिक सत्र पछाडि धकेलिएका कारण पनि बालबच्चासहित घुम्न निस्किनेहरुलाई बल मिलेको छ। घुम्न निस्किनेहरुको लर्कोकै कारण होटलहरुले कोठा सोल्ड आउट भइसकेको बताएका छन्।
पोखराको टेम्पल बेल होटलमा अकपेन्सी फुल भइसकेको छ। होटलका सञ्चालक भिष्म पौडेलले सोमबार र मंगलबार दुवै दिनका लागि होटलमा कोठा खाली नरहेको बताए।
‘पोखरामा नयाँ वर्ष सुरुवातको अवसरमा सधैं पर्यटकको चाप हुन्छ। यसपालि त सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएकाले र नयाँ वर्षको पहिलो दिन लगत्तै परेकाले होटलमा पर्यटकले भरिएको छ’ उनले भने, ‘हाम्रो होटलमा शनिबार र आइतबार पनि अकुपेन्सी राम्रो थियो। नयाँ वर्षले गर्दा आज र भोलिका लागि कोठा खाली छैन।’
फेवातालमा आन्तरिक पर्यटक
पोखराका व्यवसायीहरुले पर्यटकलाई आकर्षित गर्न सडक महोत्सव समेत राखेका छन्।
नयाँ वर्षका कारण आफ्ना सबै होटलमा अकुपेन्सी फुल भएको सोल्टीले बताएको छ। सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाइँले काठमाडौंसहित सोल्टी ब्रान्डका सबै होटलको व्यापार नयाँ वर्षका कारण बढेको बताए।
‘दुई दिन सार्वजनिक बिदा र नयाँ वर्षको पहिलो दिन पनि सँगसँगै परेका कारण अहिले हाम्रा सबैजसो होटलमा अकुपेन्सी फुल छ। होटलमा विदेशी पर्यटक पनि छन्,’ उनले भने।
लेमन ट्री होटलमा मंगलबारसम्म कोठा खाली छैन। ‘हाम्रो होटल दुई दिनदेखि नै प्याक छ। नयाँ वर्ष लक्षित प्याकेज र कन्सर्टले गर्दा अकुपेन्सी फुल भएको हो,’ लेमन ट्रीका एक कर्मचारीले भने।
लाजिम्पाटस्थित होटल एम्बेसडरले सवमबारका लागि कोठा उपलब्ध नरहेको बताएको छ। होटलका म्यानेजर प्रदीप शाक्यले नयाँ वर्षको पूर्वसन्ध्यामा रमाइलो गर्न चाहनेहरुका कारण होटलका सबै कोठा सोल्ड आउट भएको बताए।
‘हाम्रो होटलमा आजका लागि कोठा खाली छैन। सबै सोल्डआउट भइसकेको छ,’ शाक्यले भने, ‘भोलिका लागि भने बुकिङ धेरै छैन।’
The post नयाँ वर्षको पूर्वसन्ध्यामा देशैभरका पर्यटकीय गन्तव्य गुल्जार, होटलका सबै कोठा सोल्डआउट appeared first on BIZMANDU.
सिजनको मुखमै फेक रेस्क्यु र ‘पोइजनिङ’ आरोपले पर्यटन संकटमा, व्यवसायीका दृष्टिमा समाधान कसरी?
काठमाडौं । नेपालको पर्वतीय पर्यटन क्षेत्र यतिबेला गम्भीर संकटमा परेको छ। पर्वातारोहणको मुख्य सिजनको मुखमै ‘फेक रेस्क्यु’ तथा आरोहीलाई खानामा अखाद्य वस्तु मिसाएर बिरामी बनाइने गरेको भन्ने आरोप अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फैलिएको भन्दै नेपालको पर्यटन छविमै नकारात्मक असर परेको चिन्ता बढेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन र कार्बाही अघि बढाएपछि हिमाली क्षेत्रबाट ‘नक्कली उद्धार प्रकरण’ प्रकाशमा आएको हो भने विषाक्त खाना विषयमा सञ्चामाध्यमले आरोप लगाएर पनि प्रहरीले पुष्टि गरिसकेको छैन। तर, यी दुई प्रकरणले मुख्य सिजनमै नेपालको हिमाली पर्यटनको नकारात्मक सन्देश बाहिर गएको छ। यसले पर्यटन क्षेत्रमा दुरगामी नकारात्मक असर परेको भन्दै चिन्ता भइरहेको छ।
पर्यटन मन्त्रालयले यसलाई गम्भीरतापूर्वक लिँदै समाधानको उपाय खोजीमा सरोकारवालासँग संवाद गरिरहेको छ। कार्यविधि कसरी बनाउने र समस्या समाधान कसरी गर्ने भन्ने विषयमा व्यवसायीहरुसँग छलफल अघि बढाएको हो। पारदर्शी रेस्क्यु प्रणाली र स्पष्ट कानुनी मापदण्ड बनाउनुपर्नेमा व्यवसायीको जोड छ।
पर्यटन मन्त्रालयका सचिव मुकुन्द निरौलाले एकअर्कालाई दोष दिने प्रवृत्ति त्यागेर सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। ‘पहिलेका कार्यविधि के थिए, के थप्नुपर्छ सबैको सुझाव लिएर अघि बढ्छौं। छलफल गरेर छिटै काम अगाडि बढाउँछौं,’ उनले भने।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले सबै सुझाव समेटेर स्वचालित सूचना प्रणाली (अटोमस सिस्टम) विकास गर्ने र छोटो समयमै सुधारका कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।
यता नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देव चन्द्रलाल कर्णले हेलिकोप्टर कम्पनीले एउटा उडानमा चार जना ल्याउँदा चार वटा उडानमा ल्याइएको बिल पेस गरी बीमा रकम असुल्ने गरेको दाबी गरेका छन्। उनका अनुसार रेस्क्यू फ्लाइटमा अनुमति दिने प्रक्रिया लचिलो छ।
‘उद्धार फ्लाइटको नाममा अस्पतालले हेलिप्याडको दुरुपयोग गरिरहेको देखिन्छ। यस्तो गरेमा हामी हेलिप्याड अनुमति खारेज गर्छौं। यसको डरले फेक रेस्क्यू घट्न सक्छ,’ उनले भने, ‘फेक रेस्क्यू कम गर्न हामीले हिमाल आरोहण प्रमाणपत्रमा हेलिकोप्टर प्रयोग गरेको छ भने त्यो उल्लेख गरी प्रमाणपत्र दिने गर्नुपर्छ।’
उनले क्यानले अब उद्धार कार्य पारदर्शी बनाउन कडाइका साथ अनुगमन गर्ने बताए।
नेपाल पर्वातारोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार ‘फेक रेस्क्यू’ को मुख्य जड अस्वस्थ प्रतिस्पर्धा हो। उनका अनुसार विभिन्न ट्रेकिङ रुटमा ट्रेकिङ गराउँदा १५ सय डलर लिएर गराउने प्याकेज रहेकोमा केही व्यवसायीले ७ सय देखि ९ सय डलरमै गर्दा घाटा पूर्ति गर्ने फेक रेस्क्यूको धन्दा गरेका हुन्।
‘सस्तोमा पर्यटकलाई ट्रेकिङ लैजाने र पर्यटकलाई फकाएर वा अन्य माध्यमबाट ‘फेक रेस्क्यू गराउने गर्छन्। त्यसैले यो समस्या समाधान गर्न ‘न्यूनतम दर रेट’ राख्नुपर्छ,’ उनले भने, ‘सबै रुटको दर रेट फिक्स भयो भने पनि कसैले यस्तो धन्दा गर्न पाउँदैन र अवस्था आउँदैन।’ उनले खानाको गुणस्तरमाथि अन्तर्राष्ट्रिय मिडियाले लगाएको आरोप गम्भीर भएको बताए। स्थानीय सरकारले खानाको गुणस्तर अनुगमन गर्नुपर्नेमा उनको जोड छ।
नेपाल पर्वतारोहण संचालक संघ नेपाल (इएओ-नेपाल)का महासचिव ऋषि भण्डारी ‘फेक रेस्क्यू’ को विवादले नेपाली पर्यटन क्षेत्रको छविमा लागेको दाग मेटाउन सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने बताउँछन्। २०७५ सालको पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि प्रभावकारी नभएकाले पर्यटन विभागको नेतृत्वमा ‘केन्द्रीय समन्वयन उद्धार प्रणाली’ बनाउन उनको प्रस्ताव छ। जसमा पर्यटन प्रहरी, मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि समेत रहने व्यवस्था गर्नुपर्छ।
उनले भने,‘प्रविधिको प्रयोग गर्दै ‘एप’ मार्फत मात्र उद्धारको अनुमति दिने व्यवस्था मलाउनुपर्छ।  पर्यटकका लागि ‘अन-अराइभल इन्स्योरेन्स’ को व्यवस्था गर्नुपर्छ।’ अस्पतालहरूले विदेशी पर्यटकसँग लिने चर्को शुल्कलाई नियमन गरी नेपाली सरहकै दर कायम गर्नुपर्नेमा उनको जोड छ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पर्यटक उद्धारको लागि टास्क फोर्स गठन गर्नुपर्ने बताए। ‘फेक रेस्क्यू कम गर्न हामीले टास्क फोर्स गठन गर्नुपर्छ। जसमा मेडिकल टिमहरु सहभागी हुनुपर्ने छ। गाइडले अखाद्य वस्तु खुवाएको भन्ने भ्रम छर्न हुँदैन,’ उनले भने।
पाण्डेले रेस्क्यू कुन अवस्थामा प्रयोग गुर्ने भन्ने स्पष्ट मापदण्ड, हेलिकप्टर रेस्क्यूको लागि मेडिकल प्रोटोकल र बिमा क्लेम जस्ता विषयमा सरकारले ध्यान दिनुपर्ने बताए। उनका अनुसार कुनै एक व्यवसायीले गलत कार्य गर्दा सम्पूर्ण व्यवसायीको व्यवसाय नै धरापमा परेको छ।  नेपालले फेक रेस्क्यूको र अखाद्य पदार्थ खुवाको भन्ने विषयमा सरकारले चालेको कदम बारे स्पष्ट सन्देश विश्वव्यापी फेलाउनु पर्ने उनको भनाई छ।
पाण्डेले जस्तै, हिमाल आरोही तथा फोट्टिन पिक्सका सीइओ तासी लाक्पा शेर्पाले पनि ‘सगरमाथा गाइडले क्लाइम्बरलाई विष दिन्छ भन्ने आरोपमा सत्यता नरहेको बताएका छन्। शेर्पाले अहिलेसम्म यस्तो घट्ना नघटेको दाबी गर्दै अन्तर्राष्ट्रिय मिडियाले फैलाएको सामाचारले नेपाली गाइड समुदायको प्रतिष्ठामा आँच आएको बताए।
‘गाइडले प्रत्यक समय, सेकेन्ड आफ्नो भन्दा धेरै पर्यटकलाई ध्यानमा राखेका हुन्छ। हामीले कसरी खानामा विष दिन सक्छौं? अझ जानी जानी गर्ने कुरा हामीले सोच्न पनि सक्दैनौं,’ उनले भने, ‘हामीले हजारौं पर्यटकलाई हिमाल आरोहण गराइसकेका छौं। अहिले अन्तर्राष्ट्रिय समाचारमा फैलिएको गलत प्रचारले नेपाल र शेर्पा समुदायमा विश्वास घटाउने खतरा बढेको छ।’
उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमले फैलाएको भ्रामक समाचारहरु प्रति राज्य गम्भीर भएर लाग्न आग्रह गरेका छन्। ‘यो विषयमा सरकारले बोल्नुपर्छ। यदि सरकार मौन बस्यो भने यसको असर गाइड समुदायले मात्रै होइन, देशले नै भोग्नुपर्छ,’ उनले भने।
ट्रेकिङ व्यवसायी निमा नुरु शेर्पाले फेक रेस्क्यू रोक्न विमानस्थलमै कन्ट्रोल मेकानिजम स्थापना गर्नुपर्ने जोड दिएका छन्। ‘हेलिप्याडमा मन्त्रालय वा क्यानको डेस्क हुनुपर्छ। जस्ले पर्यटकको सबै कुरा जाँच गर्न गर्नुपर्छ। यसले पछि गरिने कागजी तोडमोडको सम्भावना हुँदैन,’ उनले भने, ‘ट्रेकिङ एजेन्सी पर्यटकको विषयमा जिम्मेवार हुनुपर्छ। बीमा गर्ने कम्पनीहरुले पनि कुन उचाइमा कस्तो रेस्क्यू हुने हो स्पष्ट पोलेसी ल्याउनुपर्छ।’
The post सिजनको मुखमै फेक रेस्क्यु र ‘पोइजनिङ’ आरोपले पर्यटन संकटमा, व्यवसायीका दृष्टिमा समाधान कसरी? appeared first on BIZMANDU.
खाडी युद्धले पिक सिजनमै त्रिभुवन विमानस्थलको आम्दानीमा असर, यात्रु सेवा शुल्क ७.५३ करोड घट्यो
काठमाडौं। खाडी मुलुकका विभिन्न गन्तव्यमा उडान प्रभावित हुँदाको असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानीमा परेको छ।
विमानस्थलको यात्रु सेवा शुल्कबापतको आम्दानी विदेशी पर्यटक आउने पिक सिजनमै घटेको छ। यात्रु सेवा शुल्क एक महिनामा ७ करोड ५३ लाख रुपैयाँ आम्दानी घटेको विमानस्थल कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार यात्रु सेवा शुल्कबापत मार्च महिनामा ५७ करोड ३९ लाख ३९ हजार रुपैयाँ आम्दानी भएको छ। जबकि मार्च पर्यटकीय सिजन हो। अफ सिजन मानिने फेब्रुअरीमा त्रिभुवन विमानस्थलले यात्रु सेवा शुल्कबापत ६४ करोड ९२ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको थियो।
विमानस्थलका सूचना अधिकारी तेज पौडेलले खाडी देशका विभिन्न गन्तव्यमा नियमित उडान रद्द हुँदा त्रिभुवन विमानस्थलको आम्दानी घटेको बताए।
‘यात्रु सेवा शुल्कतर्फको आम्दानी घटेको छ। ल्यान्डिङ, पार्किङ र नेभिगेसनको मार्च महिनाको बिल हुन बाँकी छ,’ उनले भने, ‘अहिले हाम्रो आम्दानी घट्नुको मुख्य कारण खाडी क्षेत्रको युद्ध हो। त्यहाँको युद्धका कारण धेरै उडान रद्द हुँदा हाम्रो आम्दानीमा असर परेको छ।’
पौडेलका अनुसार अमेरिका र इजरायलले इरानमा आक्रमण गरेको जवाफमा इरानले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत लगायत देशमा बमबारी गरेपछि फागुन १६  देखि चैत २३ गतेसम्म त्रिभुवन विमानस्थलमा ७४६ वटा उडान अवतरण रद्द भएका छन्। मध्यपूर्वको देशहरुबाट नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुनको २० गतेदेखि चैत २२ गतेसम्मा ४५२ फ्लाइट मार्फत ७५ हजार ४४८ जनाले ओहोरदोहोर गरेका छन्।
ल्यान्डिङ, पार्किङ, नेभिगेसन र यात्रु सेवा शुल्कबापत सन् २०२५ को जनवरीमा ७६ करोड ९५ लाख ८५ हजार, फेब्रुअरीमा ७३ करोड ५५ लाख ९५ हजार र मार्चमा ८७ करोड १३ लाख  आम्दानी गरेको प्राधिकरणले सन् २०२६ को जनवरीमा ८७ करोड ५५ लाख ५० र फेब्रुअरीमा ८८ करोड ७३ लाख रुपैयाँ कमाएको थियो।
उडान अवतरण कम भएसँगै अहिले जहाज होल्ड हुन छोडेको छ। अधिक चापका कारण बेला बेला जहाज एक घण्टासम्म ओभरसुट (आकासमै होल्ड) हुने गरेकामा अहिले धेरै कम भएको विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले बताए।
‘पहिला उडान अवतरण धेरै हुँदा जहाज डेढ घण्टासम्म होल्डमा बस्नुपर्ने अवस्था थियो। अहिले जहाज होल्डमा बस्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘मौसम बिग्रिएको अवस्थामा बाहेक जहाज अहिले होल्डमा बस्नुपरेको छैन।’
The post खाडी युद्धले पिक सिजनमै त्रिभुवन विमानस्थलको आम्दानीमा असर, यात्रु सेवा शुल्क ७.५३ करोड घट्यो appeared first on BIZMANDU.
रुफटपमा रेस्टुरेन्ट खोल्ने ट्रेन्ड तर छैन जोखिम व्यवस्थापन, आगलागी अघि नै हुनुपर्छ सतर्क
यस्तै प्रकृतिको अर्को घटना फागुन १६ गते पुल्चोकमा भएको थियो। रुफटपमा सञ्चालित दाउरा थकालीमा लागेको आगो निभाउन पनि उद्धार टोलीलाई हम्मेहम्मे परेको थियो। दुबै घटनाले सहरी क्षेत्रमा बढ्दै गएको रुफटप रेस्टुरेन्ट सञ्चालनको प्रवृत्तिसँग जोडिएको सुरक्षा चुनौतीलाई सतहमा ल्याएको छ।
पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका सहरी क्षेत्रमा रुफटपमा होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने चलन निकै बढेको छ। अग्ला भवनको टप फ्लोरमा बसेर ग्राहकले सहरको दृश्यावलोकनसँगै खानेकुराको मजा लिन्छन्। तर, हालैका यी दुई घटनाले त्यस्ता संरचनामा अपनाउनुपर्ने सुरक्षा उपायबारे गम्भीर बहस सुरु गराएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार दुवै आगलागीको कारण ‘इलेक्ट्रिक सर्ट सर्किट’ रहेको बुझिएको छ। यद्यपि, आगो तीव्र रूपमा फैलिनुमा भने अन्य संरचनागत कमजोरीहरू पनि उत्तिकै जिम्मेवार देखिएका छन्। विज्ञहरूका अनुसार रेस्टुरेन्टहरू माथिल्लो तल्लामा सञ्चालन हुनु, विपद् पूर्वतयारीको अभाव हुनु, र काठजन्य सजावट तथा संरचनाको अत्यधिक प्रयोग हुनु जोखिमका प्रमुख कारक हुन्।
ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार रुफटप रेस्टुरेन्टहरूमा काठका फर्निचर, पर्दा, सुकुलजस्ता छिट्टै बल्ने सामग्रीहरूको प्रयोग बढ्दो छ। ‘यिनै सामग्रीको नजिकै किचन रहने, सिलिन्डर र चुलो पनि त्यहीँ हुने हुँदा सानो स्पार्कले पनि ठूलो आगलागी निम्त्याउने जोखिम हुन्छ,’ उनले भने।
उनका अनुसार पुल्चोकस्थित दाउरा थकालीमा भएको आगलागी सर्ट सर्किटबाट सुरु भए पनि त्यहाँ रहेका काठजन्य संरचना र सजावटले आगो फैलिन थप सहयोग गरेको देखिन्छ। पछिल्लो समय होटल तथा रेस्टुरेन्टहरूमा आगलागीका घटना बढ्नुमा अव्यवस्थित विद्युत् संरचना पनि प्रमुख कारण बन्दै गएको उनको भनाइ छ।
‘विद्युतीय तारहरूको अव्यवस्थित जडान र क्षमताभन्दा बढी लोडका कारण आगो सुरु हुने सम्भावना उच्च हुन्छ,’ उनले भने।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले पनि अव्यवस्थित तारहरु पछिल्लो समय आगोलागीको कारण बनेको बताए।
‘रेष्टुरेन्टमा आगलागी इलेक्ट्रिक सर्टसर्किटका कारण भएको अनुमान छ। रेष्टुरेन्टले साना साना सावधानी नअपनाएको देखिन्छ। थकाली रेष्टुरेन्टमा मौलिकता झल्काउन राखिने दाउरा, सुकुल र अन्य प्रज्वलनशील सामाग्रीहरुले आगोलाई फेलाउन काम गरेको देखिन्छ। आगलागी फैलिनुमा आन्तरिक संरचना नै हो,’ उनले भने।
छैन पूर्वाधार र पूर्वतयारी
घण्टाघर नजिकै रहेको रेस्टुरेन्टमा आगो निभाउन तीन घण्टा लाग्यो। त्यसको प्रमुख कारण सरोकारवला निकायहरुसँग ठुला संरचनाहरुमा लागेको आगो निभाउने संयन्त्रहरु कमी भएको देखिन्छ।
वालन्ट रेस्टुरेन्टका सञ्चालक आकाश श्रेष्ठले ठुला भवनमा सञ्चालीत होटले तथा रेस्टुरेन्टहरुमा तल्लै पच्छे पानी पुराउन सक्ने (हाई ड्रेन्ट सिस्टम) आवश्यक रहेको बताए। त्यससँगै ठूला भवनमा आगो निभाउन सक्ने क्षमताका दमकलहरु समेत प्रयाप्त संख्यामा चाँहीने मत राख्छन्।
‘धेरै होटल तथा रेस्टुरेन्टहरु माथील्लो तल्लामा संचालीत छन्। विपद कुन बेला आउँछ थाहा हुँदैन्। त्यसैले त्यहाँ सम्म पुराउन सकिने दमकलहरुको आवश्यक देखिन्छ।’
विपद विज्ञहरु भने पूर्वाधार मात्र नभई यस्ता घटनालाई नियन्त्रण गर्न पूर्वतयारी नै आवश्यक रहेको बताउँछन्।  विपद् व्यवस्थापन विज्ञ एवं डिपी नेट नेपालका महासचिव सुरज गौतम रेष्टुरेन्टहरुले आफ्ना कर्मचारीहरुलाई आगलागीलगायत विपदका घटनाबारे प्रशिक्षण दिन जरुरी रहेको बताउँछन्।
‘दमकल आइपुग्नुभन्दा अगाडि घटनास्थलमा उपलब्ध जनशक्तिले नै आगो निभाउन सक्ने गरी ‘फर्स्ट रेस्पोन्डर’ तालिम दिनु र आगलागीको उच्च जोखिम भएका ‘हटस्पट’ क्षेत्रहरूको पहिचान गरी पूर्वतयारीका सामानहरू तयारी अवस्थामा राख्नु नै अहिलेको प्रमुख आवश्यकता रहेको छ।’  उनले भने।
हाछेथु पनि कर्मचारीहरुलाई आगो नियन्त्रणसम्बन्धी तालिमको आवश्यकता रहेको औंलाउँछन्। ‘सानो आगो हुँदा नै नियन्त्रण गर्न सकिने अवस्थामा पनि आत्तिएर भाग्ने प्रवृत्तिले आगो झन् फैलिन्छ। त्यसैले हामीले कर्मचारीहरुलाई  विपद न्यूनीकरणको सामान्य उपायहरु सिकाउन जरुरी छ,’ उनले भने।
वालन्टका श्रेष्ठ यो कुरामा सहमत छन्। उनी होटल तथा रेस्टुरेन्टका कर्मचारीहरुलाई आवश्यक पर्ने पूर्वतयारीको प्रशिक्षण दिनुपर्ने बताउँछन्। ‘हामीले विपद न्यूनीकरण गर्न सक्ने समाग्रीहरु यसअघि नै रेस्टुरेन्टमा राखेका छौं। कर्मचारीहरुलाई पनी  प्रशिक्षण दइसकेका छौं। यो सबैले गर्दा राम्रो हुन्छ।’
अग्नि नियन्त्रण गर्न के गर्ने
विपद् व्यवस्थापन विज्ञ सुरज गौतमका अनुसार विद्युतीय व्यवस्थापनमा सरकारवला निकाय र होटल तथा रेस्टुरेन्ट सञ्चालकहरुले विशेष ध्यान दिनुपर्छ।  आगलागीका पछाडि तार व्यवस्थापनमा लापरबाही र कमजोर पूर्वाधार कारण देखिएको छ।  जसले सर्ट सर्किट समेत पनि आगो फैलन सहयोग गरिरहेको छ।
‘हाम्रो निर्माण शैलीमा ‘फायर सेफ्टी’ (अग्नि सुरक्षा) लाई प्राथमिकता दिने चलन अझै बसिसकेको छैन। भवन निर्माण गर्दा आगो प्रतिरोधी संरचना बनाउनुपर्ने प्रावधान भए पनि त्यसको कार्यान्वयन फितलो छ,’ उनले भने, ‘धेरैजसो पूर्वाधारहरूमा आगो लाग्ने बित्तिकै सूचना दिने अलार्म प्रणाली वा आफैँ पानी छर्कने ‘स्प्रिङकल’ जस्ता प्रविधिहरू जडान गरिएका हुँदैनन्। आगो लाग्ने बित्तिकै सुरुवाती अवस्थामै नियन्त्रण गर्न सकिने ‘फायर बल’ जस्ता आधुनिक उपाय अपनाउन सके ठूलो विनाशबाट बच्न सकिन्छ, तर यसतर्फ लगानीकर्ताहरूको ध्यान पुग्न सकेको देखिँदैन।’
उनले विद्युतीय प्रणाली र अग्नि नियन्त्रक उपकरणहरूको नियमित ‘सेफ्टी अडिट’ गर्ने अनिवार्य गर्नुपर्ने बताए। आगलागी नियन्त्रणका लागि सरकारी निकायहरूले केही प्रयास गरे पनि त्यो अझै पर्याप्त नभए उनको भनाई छ।
ललितपुर माहानगरपालिकाका प्रहरी प्रमुख सीताराम हाछेथुले भने रेस्टुरेन्टहरूको अनुगमन गरी जनचेतनामूलक अभियान सञ्चालन गर्ने र सुरक्षा मापदण्ड पालना गराउन लगाउने तयारी अगाडि बढाएका छौं।
The post रुफटपमा रेस्टुरेन्ट खोल्ने ट्रेन्ड तर छैन जोखिम व्यवस्थापन, आगलागी अघि नै हुनुपर्छ सतर्क appeared first on BIZMANDU.
चिनियाँ पर्यटक आगमन बढ्दो क्रममा, २०२६ मा हरेक महिना करिब १ हजारले वृद्धि
काठमाडौं । नेपालमा चिनियाँ पर्यटक आगमनम बढ्दो क्रममा छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार चिनियाँ पर्यटक हरेक महिना बढ्दो क्रममा रहेको देखिएको हो।
सन् २०२६ सुरु भएसँगै चीनबाट नेपाल आउने पर्यटकमा पनि सुधार हुँदै गएको देखिन्छ। जनवरीमा ९ हजार १०१ जना, फ्रेबुअरीमा १० हजार ८१६ र मार्चमा ११ हजार २२० जना चिनियाँ पर्यटक नेपाल घुम्न आएका छन्।
बोर्डको तथ्यांक अनुसार मार्चमा भित्रिएका पाहुनामध्ये सबैभन्दा बढी भारतबाट २५ हजार ७ सय २८ जना नेपाल आएका छन्। त्यस्तै चीनबाट ११ हजार २ सय २०, श्रीलंकाबाट १० हजार ७ सय ५९ जना पाहुना भित्रिएका छन।
नेपाल पर्यटन बोर्डका निर्देशक सुनिल शर्माले चीनमा नेपाल सम्बन्धी प्रचार प्रसार तिव्र भएकै कारण नेपालमा चिनियाँ पर्यटक बढ्दै गएको बताए।
‘नेपालमा चिनियाँ पर्यटक भित्रिने क्रम बढ्नुमा चीन सरकारले नेपाल घुम्न प्रोत्साह र नेपाल सरकारले गरेको मार्केटिङका कारण नै हो। नेपाली सम्पदा हेर्न चिनियाँ पर्यटक लालाहित भइ रहेका छन,’ उनले भने, ‘हामीले चीनको समाजिक सञ्जालमा जोडिएर प्रसार प्रसारमा तिव्रता दिने तयारी गरेका छौं। जसले नेपालमा चिनियाँ पर्यटक बढाउन सहयोग गर्नेछ। पहिलाको तुलनामा उडान संख्या बढ्दा पनि पर्यटक आगमनमा वृद्धि भएको हो। ’
उनले पर्यटन बोर्डले नेपालमा चिनियाँ लक्षित कार्यक्रम र चीनले देशमा नेपाल लक्षित कार्यक्रम गरिरहेको कारण पर्यटक बढेको बताए।
नेपालबाट चीनमा अहिले सातामा ४२ वटा उडान भइरहेको छ। यो झन्डै कोभिड १९ अघिको संख्या नजिक हो। कोभिड १९ अघि ५६ वटा उडान हुँदै आएको थियो।
अहिले एयर चाइना, चाइना साउदर्न एयरलाइन्स र चाइना इष्ट एयरलाइन्स ७/७,  हिमालय एयरलाइन्सले काठमाडौंबाट ल्हासा ४ र नेपाल एयरलाइन्सले ३ वटा उडान गरिरहेको छ। हिमालय एयरलाइन्सले यसअघि पोखराबाट ल्हासा १ र काठमाडौंबाट ५ तथा काठमाडौंबाट चोङकिङमा २ वटा उडान गर्दै आएको थियो। उक्त संख्य एयरलाइन्स कम्पनीले घटाएको हो।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभलका अध्यक्ष कुमारमणि थपलियाले भने चिनियाँ पर्यटक सोच जस्तो बढ्न नसकेको बताए।
‘चीनबाट आउने पर्यटक हामीले सोचे जस्तो बढ्न सकेको छैन। तर संख्याको हिसाबले भने बढेको छ। नेपालले चीन लक्षित गरी कार्यक्रमहरु बढाएको कारण चिनियाँ पर्यटक बढेको हो,’ उनले भने, ‘आउटबोन्ड धेरै भएको देश हो तर नेपालमा कम पर्यटक आइरहेका छन्। अझै बढाउनमा हामी चीन लक्षित कार्यक्रमहरु ल्याइरहेका छौं।’
The post चिनियाँ पर्यटक आगमन बढ्दो क्रममा, २०२६ मा हरेक महिना करिब १ हजारले वृद्धि appeared first on BIZMANDU.
कर्मचारीको ‘स्पिड’ हेरेर पर्यटन मन्त्रालय पसेका गनेस, ‘मन्त्री आउँछन् गफ गर्छन् भनेर नसोच्नुस्’
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) ले जागिरे मानसिकता त्याग्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन्।
आज सिंहदरबारमा पदभार ग्रहण गरेपछि कर्मचारीहरुलाई सम्बोधन गर्दै उनले परम्परागत ‘जागिरे मानसिकता’ त्याग्न भनेका हुन्। त्यसक्रममा उनले आगामी पाँच वर्ष देश निर्माणका लागि द्रुत गतिमा काम गर्न निर्देशन पनि दिए।
‘पेसाले लेखक र अनुभवी पदयात्री (ट्रयाकर) भएकाले नेपालको भूगोल, संस्कृति र पर्यटनको मर्मलाई नजिकबाट बुझेको छु। कसैले घुम्नकै लागि नर्क जाँउ भने पनि जान्छु भन्ने मान्छे म। पर्यटन क्षेत्र सम्हाल्न पाउँदा उत्साहित छु,’ उनले भने, ‘मन्त्री आउँछन्, गफ दिन्छन् र जान्छन् भन्ने भ्रम अब नराख्नुस। मेरो दुवै खुट्टाको अप्रेसन हुँदा पनि मेरो गतिलाई कम गर्ने छैन। म आज मन्त्रालय छिर्दा पनि कर्मचारीका गतिको ‘स्पिड चेक’ गर्न छिटो हिँडेर मन्त्रालय प्रवेश गरेको हुँ।’
पौडेलले नेपालमा सम्भावना बोकेको क्षेत्र पर्यटन रहेकोले अब ‘प्रमोट टुरिजम’ बाट ‘डेस्टिनेसन बेस टुरिजम’ मा फड्को मार्नुपर्ने बताए।
सुशासनका सवालमा कडा रुपमा प्रस्तुत हुने भन्दै पौडेलले आफ्नो कार्यकालमा कुनै पनि प्रकारको प्रलोभन वा अनियमितता सह्य नहुने बताए। उनले ‘नमस्ते गरेर चाकरी गर्ने’ भन्दा कार्यकक्षमा बसेर जिम्मेवारी पुरा गर्ने कुरालाई कर्मचारीले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
‘हाम्रो मन्त्रालयमा हुने हरेक काम पारदर्शी र सेवामुखी हुनुपर्छ। म सबै विभागको काम व्यक्तिगत रुपमा नै निगरानी गर्नेछु,’ उनले भने।
आफ्नो रुची शिक्षा मन्त्रालय भए पनि लेखक र संस्कृतिप्रेमी भएकोले पर्यटन मन्त्रालय पाउँदा पनि खुसी रहेको उनले त्यसक्रममा बताए।
‘म सफल हुनु भन्दा पनि तपाईंहरु सफल हुनुपर्ने र देश सफल हुनु नै सबै भन्दा ठुलो उपलब्धी हो। अबको पाँच वर्ष हामी सबै मिलेर राष्ट्रको लागि काम गरौं। पुरान परिपाटी त्यागौं,’ उनले भने।
प्रतिनिधिसभा निर्वाचनमा उनी ३० हजार ४८१ मत ल्याएर कास्की १ बाट विजयी भएका थिए। यसअघि उनी २०७९ को स्थानीय तहको निर्वाचनमा लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारका रुपमा उठेका थिए। त्यही बेलादेखि उनको र बालेन्द्र शाहको निकटता बढेको थियो। त्यस निर्वाचनमा बालेन काठमाडौं महानगरको मेयरमा लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार थिए।बालेन काठमाडौंमा विजयी हुँदा पौडेल धनराज आचार्यसँग पराजित भएका थिए।
साहित्यिक वृत्तमा परिचित गनेस लेखक, शिक्षण र पठन संस्कृतिका प्रवर्द्धकसमेत हुन्।
विक्रम संवत २०३६ सालमा पोखरा महानगरपालिका १४ मझेरीपाटनमा जन्मेका पौडेलले पोखरा विश्वविद्यालयबाट एमबिए र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन्।
उनले वातावरण, सम्पदा, कला, संस्कृतिको संरक्षणका मुद्दालाई विभिन्न माध्यमबाट प्रखर उठाउँदै आएका थिए। विसं २०७४ मा उनको पहिलो उपन्यास कृति पैताला प्रकाशित भएको थियो। उनको लेखहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन्।
विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको पुस्तक ‘अफ् माइस एण्ड मेन’को नेपाली संस्करण ‘मुसा मानुष’ पौडेलले नै अनवाद गरेका हुन्।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रका नागरिकका सरोकारका विषय पनि उनले उठाउने गरेका छन्।
The post कर्मचारीको ‘स्पिड’ हेरेर पर्यटन मन्त्रालय पसेका गनेस, ‘मन्त्री आउँछन् गफ गर्छन् भनेर नसोच्नुस्’ appeared first on BIZMANDU.
रास्वपाको वाचापत्रमा भनिएको एनएसीको आइपीओ निष्कासनमा के छ कर्मचारीहरुको धारणा?
काठमाडौं। निर्वाचनबाट अभूतपूर्व जनमत पाएर राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गर्न लागेको छ। यस्तो बेला नेपाल वायुसेवा निगम (एनएसी) का कर्मचारीहरू स्थिर सरकारले राष्ट्रिय ध्वजावाहकको व्यवस्थापन सुधार गर्ने विश्वासमा देखिएका छन्।
रास्वपाले निर्वाचनअघि सार्वजनिक गरेको वाचापत्र २०८२ मा एनएसीसम्बन्धी उठाइएका विषयहरूबारे कर्मचारी संगठनहरू यतिबेला छलफलमा छन्। उक्त वाचापत्रमा एनएसीको वित्तीय अवस्था सुधार गर्न सरकारको ५१ प्रतिशत स्वामित्व कायम रहने गरी निजी क्षेत्रको सहभागिता भित्र्याउने र अन्ततः धितोपत्र बजारमा सूचीकृत गर्ने रणनीति अवलम्बन गर्ने उल्लेख छ।
रास्वपाले वाचापत्र ल्याउनुअघि नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले पनि एनएसीलाई तीन कम्पनीमा विभाजन गरी दुई कम्पनीको आईपीओ निष्कासन गरेर सर्वसाधारणको सहभागिता सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको थियो।
नेपाल वायुसेवा निगमलाई तीन भागमा टुक्राउन उड्डयन क्षेत्र सुधार समितिको सुझाव
महालेखा परीक्षकको कार्यालय को ६२औं वार्षिक प्रतिवेदन २०८२ अनुसार निगमको चुक्ता पुँजी १६ करोड २३ लाख रुपैयाँ र अन्य सेयर पुँजी (सरकारी ऋण लगानी) २ अर्ब ९४ करोड १५ लाख रुपैयाँ छ। सोही प्रतिवेदनले निगमको सेयरहोल्डर्स इक्विटी ४ अर्ब ४७ करोड ९६ लाख रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको देखाएको छ।
निगमको वित्तीय विवरणअनुसार एयरबस विमान खरिदका लागि कर्मचारी सञ्चय कोष सँग २० अर्ब ४६ करोड २९ लाख रुपैयाँ र नागरिक लगानी कोष सँग १२ अर्ब रुपैयाँ ऋण लिएको तथ्य पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपाल वायुसेवा निगम कर्मचारी युनियनका अध्यक्ष पशुराम ज्ञवालीले वर्तमान व्यवस्थापन टोलीले संस्थालाई उँभो लगाउन नसक्ने बताए। उनका अनुसार संस्था सञ्चालनका लागि नयाँ विकल्प खोज्न अपरिहार्य छ।
उनले भने, ‘संस्था चलाउन नयाँ व्यवस्थापन टोली ल्याउनुपर्छ। अन्तर्राष्ट्रिय विज्ञ भित्र्याएर काम गराउनुपर्छ, नभए एनएसी आर्थिक रूपमा सबल हुन सक्दैन। रास्वपाको सरकार बन्ने संकेत देखिएसँगै हामीले उनीहरूको घोषणापत्रमाथि छलफल सुरु गरेका छौँ।’
ज्ञवालीका अनुसार रास्वपाले प्रस्ताव गरेको ५१ प्रतिशत सरकारी र ४९ प्रतिशत निजी लगानीको मोडललाई कर्मचारीहरूले सकारात्मक रूपमा लिएका छन्। यद्यपि, यही मोडल अनिवार्य रूपमा अपनाउनुपर्ने बाध्यता भने नभएको उनको भनाइ छ।
उनले थपे, ‘निजी क्षेत्र वा सरकारी वित्तीय संस्थाहरूलाई लगानीका लागि प्रोत्साहित गर्न सकिन्छ। अब रास्वपाको सरकार आउने देखिएकाले उनीहरूले प्रस्ताव गरेको मोडलबारे गम्भीर छलफल हुनुपर्छ।’
धितोपत्र बजारमा सूचीकृत गर्ने विषयमा भने उनले तत्काल अघि बढ्न नहुने धारणा व्यक्त गरे। उनका अनुसार एनएसीलाई छिटो सुधार गर्न आवश्यक भएकाले हाल ऋण लगानी गरेका नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसहित अन्य सरकारी वित्तीय संस्थाहरूलाई लगानीका लागि भित्र्याउनु उपयुक्त हुनेछ।
‘नेपाल एयरलाइन्सलाई राष्ट्रिय ध्वजावाहकको रूपमा कायम राख्नुपर्छ। निजी लगानी भित्र्याउँदा त्यो पहिचान गुम्ने जोखिम पनि रहन्छ,’ उनले भने।
निगमकै नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष राजु श्रेष्ठ भने एनएसीमा निजी लगानी भित्र्याउन नहुने धारणा राख्छन्। उनका अनुसार सरकारी स्वामित्वमा रहेको संस्थालाई निजीकरणतर्फ लैजानुभन्दा व्यवस्थापन सुधारमा ध्यान दिनुपर्छ।
उनले भने, ‘संस्था राम्रोसँग सञ्चालन भइरहेको छैन भने निजीकरणभन्दा व्यवस्थापन सुधारका उपाय खोज्नुपर्छ। एनएसीलाई म्यानेजमेन्ट कन्ट्र्याक्टजस्ता मोडलमा लैजान सकिन्छ। अहिलेको प्रणालीले काम गर्दैन।’
श्रेष्ठका अनुसार निगम सञ्चालनका लागि बाह्य विज्ञ र अनुभवी व्यक्तिलाई जिम्मेवारी दिएर विभागहरू सुदृढ गर्नुपर्ने आवश्यकता छ। उनले ५१ प्रतिशत सरकारी र ४९ प्रतिशत निजी स्वामित्वको प्रस्ताव दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्ने बताए।
‘यो मोडल सुरुमा राम्रो देखिए पनि पछि क्रमशः सरकारी स्वामित्व घट्ने खतरा रहन्छ। पुँजी निजीकरण हुँदैमा संस्था राम्रो हुन्छ र सरकारीमै रहे बिग्रन्छ भन्ने होइन। तर अहिलेको अवस्थामा निगम चलाउन संरचनागत परिवर्तन अनिवार्य छ,’ उनले भने।
उनका अनुसार निगममा समस्या कर्मचारीको काम नगर्ने प्रवृत्तिका कारण होइन, व्यवस्थापन प्रणालीको कमजोरीका कारण उत्पन्न भएको हो। त्यसैले सबैभन्दा पहिले संस्थागत प्रणाली सुधार, समस्या पहिचान र व्यवस्थापन सुदृढीकरणमा ध्यान दिनुपर्ने उनले जोड दिए। त्यसपछि मात्रै संरचनागत परिवर्तन वा नीतिगत विषयमा अघि बढ्नु उपयुक्त हुने उनको धारणा छ।
निगम लामो समयदेखि वित्तीय घाटा, कमजोर व्यवस्थापन र संरचनागत समस्याबाट ग्रस्त रहँदै आएको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पछि पर्दै जाँदा बजार हिस्सा खुम्चिएको छ भने ऋणको भार बढ्दै गएको छ। जहाज व्यवस्थापन, उडान तालिका, सेवा गुणस्तर र व्यावसायिक निर्णय प्रक्रियामा देखिएका कमजोरीले संस्थाको विश्वसनीयता समेत प्रभावित भएको छ।
निगमले जहाज थप्नुपर्ने, सेवा क्षेत्र बिस्तार गर्नुपर्ने खाँचो छ। तर, यसका लागि सबैभन्दा पहिले व्यवस्थापन सुधार अनिवार्य छ। राजनीतिक नियुक्तिको हालीमुहाली रहँदै आएको यो सरकारी वायुसेवालाई दिगोरुपमा चलाउन अघिल्ला सरकारहरु गम्भीर देखिएका थिएनन्।
भारी ऋण, राजनीतिक हस्तक्षेपले गिजोलिएको व्यवस्थापन र खुम्चिएको बजार कारोबारका कारण कुनै पनि सरकारका लागि एनएसी सुधार ठूलो चुनौतीका रुपमा छ। नयाँ सरकारले सुधारका लागि राजनीतिक हस्तक्षेप घटाएर व्यावसायिक नेतृत्व, पारदर्शी नीति र दीर्घकालीन रणनीति अवलम्बन गर्नु सजिलो भने छैन।
The post रास्वपाको वाचापत्रमा भनिएको एनएसीको आइपीओ निष्कासनमा के छ कर्मचारीहरुको धारणा? appeared first on BIZMANDU.
पर्यटन उद्योगलाई सिजनमै धक्का, जेनजी आन्दोलनको घाउ नपुरिंदै खाडी युद्धले होटल रित्तै
काठमाडौं। पर्यटन क्षेत्रले मुख्य सिजनको सुरुमै एकपछि अर्को मार खेप्नुपरेको छ। गत सेप्टेम्बरमा जेनजी आन्दोलनले धक्का बेहोरेको पर्यटन क्षेत्रले अहिले पश्चिम एसियाका देशमा भइरहेको युद्धका कारण क्षति सहनुपरेको छ।
खाडी मुलुकमा इरानले आक्रमण जारी  राखिरहँदा ती देशलाई ट्रान्जिट बनाएर नेपाल आउने विदेशी पर्यटकले धमाधम बुकिङ रद्द गरिरहेका छन् भने नयाँ बुकिङको अवस्था निराशाजनक छ।
व्यवसायीहरुका अनुसार युरोप र अमेरिकाबाट आउने पर्यटकमध्ये २५ प्रतिशतले खाडी मुलुकको तनावका कारण बुकिङ रद्द गरेका छन्। तराई टुर एन्ड ट्राभलका सञ्चालक विज्ञान अर्यालले मार्च महिनाको २५ प्रतिशत बुकिङ रद्द भएको जानकारी दिए।
‘फ्लाइ दुबई र कतार एयरवेजबाट आउने २५ प्रतिशत पर्यटकले बुकिङ रद्द गरिसकेका छन्। खाडीको तनावले गर्दा नयाँ बुकिङ आएको छैन,’ अर्यालले भने, ‘युरोपियन पर्यटकहरुमध्ये धेरैजसो खाडी मुलुकलाई ट्रान्जिट बनाएर आउने भएकाले त्यहाँ जारी युद्धका कारण यहाँको पर्यटनमा असर परेको हो।’
व्यवसायीहरुका अनुसार विदेशी पर्यटकहरु अप्रिल र मेमा नेपाल आउनका लागि बुकिङ गर्न अहिले ‘पर्ख’ र ‘हेर’को अवस्थामा छन्। ‘खाडीको युद्ध जारी रहेका कारण बुकिङ गर्न पर्यटकहरु वेट एण्ड सीको अवस्थामा छन्,’ अर्यालले भने।
अमेरिका र इजरायलले गत फागुन १५ गते इरानमाथि आक्रमण गरेपछि त्यसको बदलामा इरानले कतार, यूएई, कुवेत, साउदी अरेबिया लगायत मुलुकलाई निशाना बनाइरहेको छ। ती देशमा इरानले बमबारी गरिरहेको छ।
प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भइ एउटा दलको स्पस्ट बहुमत आएका कारण मुलुकमा राजनीतिक स्थिरता कायम भइ पर्यटन क्षेत्रले नयाँ उचाइ लिने विश्वास गरिएका बेला अहिले खाडीको युद्ध बाधक बनेको छ।
कोरा टुर्सका सञ्चालक विजय अमात्यले पनि युरोप र अमेरिकाबाट आउने पर्यटकले धमाधम बुकिङ रद्द गरिरहेको बताए।
‘अन्य देशबाट आउने पर्यटकको हकमा खाडीको युद्धले खासै समस्या परेको छैन। अमेरिका र युरोपबाट आउने पर्यटकले भने ट्रान्जिटमा समस्या देखाएर धमाधम बुकिङ रद्द गरिरहेका छन्। त्यहाँबाट नयाँ बुकिङ पनि आएको छैन,’ अमात्यले भने, ‘इमिरेट्स र कतार एयरलाइन्स तथा फ्लाइ दुबईमार्फत पर्यटकहरु नेपाल आउन पाएका छैनन्।’
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण पनि पर्यटकहरुले बुकिङ रद्द गरेका थिए। भदौ असोजलाई पर्यटकीय मुख्य सिजन मानिनेमा सेप्टेम्बरमा पर्यटकको आगमन १८.३ प्रतिशतले घटेको थियो। सेप्टेम्बरमा हवाई मार्ग हुँदै जम्मा ७८ हजार ७११ विदेशी पर्यटक आएका थियो। यो संख्या २०२४ को सेप्टेम्बरमा ९६ हजार ३०२ थियो।
सेप्टेम्बरपछि मार्चलाई पर्यटकीय सिजनको सुरुवात मानिन्छ। व्यवसायीहरुका अनुसार पर्यटकहरुले धमाधम बुकिङ रद्द गरिरहेका कारण त्यसको असर होटलका अधिकांश कोठा रित्तै छन्।
पाँच तारे होटल मेरियोटका सञ्चालक शशीकान्त अग्रवालले पर्यटकीय सिजनको सुरुमै व्यापार गुमाउनुपरेको बताए।
‘हामीलाई यो वर्ष सिजनमै पालैपालो धक्का लागिरहेको छ। यसअघि पिक सिजनमा जेनजी आन्दोलन हुँदा पर्यटक आएनन्। यो सिजनमा बुकिङ राम्रो थियो। तर अहिले खाडी युद्धले ठूलो घाटा भएको छ। सिजनको सुरुमै पर्यटकहरुले बुकिङ रद्द गरेकाले होटलमा अकुपेन्सी बढ्न सकेको छैन,’ अग्रवालले भने, ‘खाडीको युद्धले एकातिर बुकिङ रद्द भइरहेको छ भने अर्कातिर नयाँ बुकिङ आएको छैन।’
उनका अनुसार यतिखेर मेरियोटमा अकुपेन्सी ४० प्रतिशत छ। पोहोर यतिखेर होटलका कोठा पर्यटकले भरिभराउ थिए। अग्रवालका अनुसार अकुपेन्सी अहिले ८५ प्रतिशत हुनुपर्ने समय हो।
कतार र दुबईलाई ट्रान्जिट बनाएर नेपाल आउने पर्यटकलाई अन्य गन्तव्य हुँदै आउँदा हवाई भाडा महँगो पर्छ। त्यही भएर पनि पर्यटकहरुले बुकिङ रद्द गरिरहेको व्यवसायीहरुको भनाइ छ।
‘अमेरिका र युरोपबाट नेपाल आउन अहिले हवाई भाडा एकदमै महँगो छ। त्यही कारण पनि पर्यटकहरुले होटलको बुकिङ रद्द गरिरहेका हुन्,’ अग्रवालले भने।
पाँच तारे होटल पोखरा ग्राण्डीका जनरल म्यानजर पञ्च लामाले बुकिङ रद्दका कारण होटलमा अकुपेन्सी बढ्न नसकेको बताए।
‘यतिखेर ८० प्रतिशत अकुपेन्सी हुनु पर्ने हो। तर अहिले अकुपेन्सी ४० प्रतिशत मात्र छ,’ उनले भने, ‘अहिले भनेको युरोपियन पर्यटक धेरै आउने समय हो। तर उनीहरुले ६० प्रतिशत बुकिङ रद्द गरिसकेका छन्। हामीले अहिले भारतीय पर्यटकमा भरमा पर्नुपरेको छ।’
होटल एम्बेसडरले पनि पर्यटकहरुले खाडी देशको तनावलाई देखाएर बुकिङ रद्द गर्ने क्रम दिनदिनै बढिरहेको बताएको छ। ‘अमेरिका र युरोपका पर्यटकले बुकिङ रद्द गरिरहेका कारण अहिले खासै अकुपेन्सी छैन। हामी नेपाली कर्पोरेट कार्यक्रममा फोकस छौं,’ होटलका एक कर्मचारीले भने।
The post पर्यटन उद्योगलाई सिजनमै धक्का, जेनजी आन्दोलनको घाउ नपुरिंदै खाडी युद्धले होटल रित्तै appeared first on BIZMANDU.
बजारमा ग्यास अभावको असर तारे होटलमा, बाध्य भएर घटाए खपत, विकल्प इण्डक्सन र दाउरा
काठमाडौं। पश्चिम एसियाली देशको तनावले एलपी ग्यासको आपूर्ति प्रभावित भइ नेपाल आयल निगमले आधा सिलिण्डर मात्र बेच्न लगाएपछि त्यसको असर होटल तथा रेस्टुरेन्टमा पर्न थालेको छ।
तारे होटलहरुले बाध्य भएर ग्यासको खपत नै घटाएका छन्। आधा सिलिण्डर ग्यास पनि पाउन मुस्किल भएपछि होटल तथा रेस्टुरेन्टले विकल्प खोज्न थालेका छन्।
मेरियोट होटलका सञ्चालक शशीकान्त अग्रवालले अभावका कारण ग्यास खपत ३० प्रतिशत कम गर्ने योजना अनुसार काम गरिरहेको बताए।
‘ग्यास अभावले होटलमा नराम्रोसँग असर पुगेको छ। अहिले आधा सिलिन्डर ग्यास पाउन पनि गाह्रो छ,’ अग्रवालले भने, ‘त्यसैले हामीले अहिले विद्युतीय चुलोको प्रयोग बढाएका छौं। तर सबै इभेन्टका लागि विद्युतीय चुलोले धान्दैन। ठूला इभेन्टका बेला ग्यास नभइ हुँदैन। होटलमा आउने गेष्टलाई ग्यास छैन, खाना पाक्दैन भन्न पन मिलेन। त्यसैले हामीले अहिले खासगरी ठूला इभेन्टका लागि ग्यास जोहो गर्न खपत नै ३० प्रतिशत हाराहारीमा घटाएका छौं। भनेको बेला आधा सिलिन्डर पनि सहजै नपाइने भएपछि के गर्नु?’
मेरियोट होटल
मेरियोटसँग अहिले १० दिनलाई पुग्नेभन्दा बढी ग्यास स्टक छैन। अब पर्यटकीय सिजन सुरु भएका कारण सहजै ग्यास नपाउँदा तारे होटलहरु तनावमा छन्।
‘पर्यटकलाई ग्यास छैन भनेर सेवा नदिने कुरा भएन। होटलका लागि अब पर्यटकीय सिजन सुरु भएको छ। हामीले जतिसक्दो धेरै पर्यटकलाई सेवा दिएर व्यापार गर्ने बेलामा खपत नै घटाउन बाध्य हुनुपर्ने अवस्था राम्रो होइन,’ अग्रवालले भने, ‘त्यसैले सरकारले होटल तथा रेष्टुरेन्टलाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्नुपर्छ।’
होटल एम्बासडरका फुट एन्ड वेवरेज डिपार्टमेन्ट म्यानेजर शिशिर कपालीले बजारमा अभाव बढेपछि ग्यासको खपत घटाउन थालेको बताए।
‘अहिले हामीलाई धेरै नै गाह्रो छ। ग्यास अभावले मेनुलाई निरन्तरता दिन समस्या हुन थालेको छ। स्टकमा रहेको ग्यासले एक हप्तालाई भन्दा पुग्दैन। तर बजारमा आधा सिलिण्डर ग्यास पनि भनेको बेला नपाइने अवस्था भएकाले हामीले बाध्य भएर खपत नै घटाएका छौं,’ उनले भने।
होटल एम्बासडरले ग्यास पाउन मुस्किल भएकोले विकल्पमा दाउरा प्रयोग गर्न थालेको छ। होटलले ठूला इभेन्टको समयमा पनि दाउरा नै प्रयोग गर्ने विकल्प सोचेको छ।
‘हामीले यसअघि तन्दुरी ग्यास प्रयोग गरेर बनाउँदै आएकामा अब दाउरा प्रयोग गर्न थालेका छौं,’ उनले भने, ‘ठूला इभेन्ट हुँदा पनि ग्यास पाउन नसकेको अवस्थामा दाउरालाई विकल्पमा राखेका छौं।’ एम्बासडरमा अहिले अकुपेन्सी ४० प्रतिशत छ।
सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाइँले बजारमा ग्यास अभावका कारण अहिलेसम्म कुनै समस्या ननिम्तिएको तर अभाव कायमै रहे सेवालाई निरन्तरता दिन चुनौती हुने बताए।
सोल्टी होटलको चाइनिज रेस्टुरेन्टका सेफ परिकारसहित। फाइल तस्वीर
‘अहिलेसम्म हामीले ग्यास पाइरहेका छौं। तर आधा सिलिण्डर मात्र पाइने भएकाले इण्डक्सनको प्रयोग बढाएका छौं। ठूला इभेन्टका लागि ग्यास नभइ हुँदैन। त्यसैले इण्डसक्सनको प्रयोग बढाए ग्यास जोहो गर्नु बाध्यता बनेको छ,’ चापागाइँले भने, ‘बजारमा ग्यास अभावको समस्या चुलियो भने चाहिं हामीलाई कठिन अवस्था आउन सक्छ।’
बाराही हस्पिटालिटीका कार्यकारी निर्देशक विप्लव पौडेलले पनि ग्यास अभावको समसम्या समाधान नभए सेवा प्रभावित हुने भय रहेको बताए।
‘हाम्रा होटलहरुमा अहिले नै ग्यासले गर्दा समस्या भएको छैन। ५ दिन जतिलाई स्टक छ। डिलरवालाले चाहिएका बेला दिन नसक्ने हुन् कि भन्ने चिन्ता छ। होटलले आफ्नो सेवा बन्द गर्ने कुरा भएन। त्यसैले हामीले ग्यास नपाएको अवस्थामा सम्भव हुने होटलमा दाउरा प्रयोग गर्छौं,’ पौडेलले भने। उनका अनुसार बाराहीले पनि ग्यासको प्रयोग घटाएको छ।
ग्यास अभावका कारण होटलजस्तै रेस्टुरेन्ट सञ्चालक पनि आत्तिएका छन्। त्रिशारा रेस्टुरेन्टका सञ्चालक शोभानबीर  मालाकारले ग्यास अभावका कारण सेवा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चिन्ता थपिएको बताए।
‘हाम्रो एउटा आउटलेटमा दिनमै ३ वटा ग्यास खपत हुन्छ। स्टक भएको ग्यासले कति दिन चलाउने?,’ मालाकारले भने, ‘अहिले आधा सिलिण्डर मात्र पाइन्छ। त्यो भने चाहिने वित्तिकै पाइँदैन। यो अवस्थामा हामीले रेष्टुरेन्ट बन्द गर्ने बाहेक अरु उपाय हुँदैन। बन्द गर्नुपर्ने दिन आउला भन्ने चिन्ता छ।’
त्रिशाराका लाजिम्पाट, दरबारमार्ग, ठमेल र पोखरामा आउटलेट छन्। ती आउटलेटमा ६० सिलिण्डर ग्यास स्टकमा छ। ‘रेष्टुरेन्टमा आउने ग्राहकलाई सेवा दिन हामीलाई ग्यासको विकल्प छैन,’ मालाकारले भने।
The post बजारमा ग्यास अभावको असर तारे होटलमा, बाध्य भएर घटाए खपत, विकल्प इण्डक्सन र दाउरा appeared first on BIZMANDU.
ग्वाङ्जाउमा एनएसीबाट सुरक्षा मापदण्डमा खेलाँची, जवाफ नपाएपछि चिनियाँ अधिकारी आगो
काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)सँग चिनियाँ नागरिक उड्डयन प्रशासन (सीएएसी) आगो भएको छ।
ग्वाङ्जाउ बैयुन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंमा न्यारोबडी जहाज उडानका क्रममा सुरक्षा प्रोटोकल उल्लंघन गरेको र यस विषयमा पटक पटक जवाफ माग्दा बेवास्ता गरेको भन्दै सीएएसी आगो भएको हो।
गत माघ २४ गते बिहान ५ बजेर ५५ मिनेटमा ग्वाङ्जाउबाट काठमाडौंमा उडान भर्ने क्रममा उड्डयन सुरक्षा नियम उल्लंघन गरेको भन्दै सीएएसीले एनएसीसँग इमेलमार्फत तत्कालै स्पष्टीकरण मागेको थियो।
जहाज वरिष्ठ क्याप्टेन उद्धव घिमिरेको नेतृत्वमा काठमाडौंका लागि उडेको थियो। उडानका क्रममा गरिएको नियम उल्लंघनलाई सीएएसीले गम्भीर लापरवाही भन्दै एनएसीको जवाफ मागेको थियो।
वरिष्ठ क्याप्टेन घिमिरेले ग्वाङ्जाउ विमानस्थलको घटनाबारे एनएसीमा कुनै रिपोर्टिङ गरेनन्। एनएसीले यो घटनालाई गम्भीरतापूर्वक लिएन। एनएसीका अधिकारीले घटनालाई सामान्य मानेर चुनाव लागेको भन्दै टार्ने प्रयास गरे।
तर माघ २४ पछि पनि ग्वाङ्जाउमा एनएसीको उडान रोकिएन। तालिका अनुसार नै उडान भयो। उडान नियमित गर्ने तर आफ्नो चासोलाई बेवास्ता गरेको भन्दै सीएएसी आक्रोशित भयो।
सीएएसीका निर्देशक वाङ विङले एनएसीलाई कडा पत्र लेखे। उनले लेखेको पत्रमा ‘नेपाल एयरलाइन्सले यो विषयलाई गम्भीरतापूर्वक लिनुका साथै सीएएसीले बोलाएको बैठकमा अनिवार्य उपस्थित हुनुपर्नेछ’ भनिएको छ।
जहाज उडानका क्रममा विमानस्थलको भिजिबिलिटी, एयर ट्राफिक कन्ट्रोलरसँगको कम्युनिकेसन, धावनमार्गको अवस्था, पाइलटले लिएको निर्णय र अन्य वातावरणीय विवरण खुलाइ जवाफ दिन र बैठकमा उपस्थित हुन पत्र आएकामा एनएसीले बेवास्ता गरेपछि सीएएसी रुष्ट भएको स्रोतले बतायो।
‘माघ २४ गते ग्वाङ्जाउबाट काठमाडौंमा उडान भर्ने क्रममा पाइलटले एटीसीसँग राम्रोसँग कम्युनिकेसन नगरेको र सुरक्षामा खेलाँची गरेको भन्ने छ। त्यसैले उताबाट विमानस्थलको भिजिबिलिटीदेखि धावनमार्गको अवस्था र एटीसीसँग पाइलटले गरेको कुराकानीको विवरणसहित बैठकमै उपस्थित हुन पत्र आएको थियो,’ स्रोतले भन्यो, ‘तर यताबाट टार्ने काम भयो। न जवाफ पठाइयो न त कुनै प्रतिनिधि गए। त्यही कारण सीएएसी आगो भएको अवस्था छ।’
स्रोतका अनुसार यो घटनालाई लिएर सीएएसीले एनएसीलाई उडान प्रतिबन्ध लगाउन सक्छ। ‘अर्को देशको नियामकको चासोलाई बेवास्ता गर्नु ठूलो भारी पर्न सक्छ। पटक पटक ताकेता गर्दा पनि सन्तुष्ट हुने खालको जवाफ नपाएको अवस्थामा सीएएसीले एनएसीलाई उडान प्रतिबन्ध लगाउन सक्छ,’ स्रोतले भन्यो।
एनएसीका प्रबन्ध सञ्चालक अमृतमान श्रेष्ठले भने ग्वाङ्जाउ विमानस्थलमा घटेको घटना र सीएएसीको पत्राचारका विषयमा कुनै आफूलाई कुनै जानकारी नभएको बताए।
‘मलाई ग्वाङ्जाउ विमानस्थलमा भएको घटनाप्रति कुनै जानकारी छैन,’ उनले बिजमाण्डूसँग भने।
यो घटनालाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गम्भीर रुपमा लिएको छ। क्यानका सूचना अधिकारी ग्वाङ्जाउ विमानस्थलमा एनएसीले जहाज उडानमा क्रममा सुरक्षा मापदण्ड उल्लंघन गरेको विषय निक्कै गम्भीर  भएको बताए। उनले यस विषयमा क्यानले आफ्नो प्राविधिक टोली एनएसीमा पठाएर जानकारी लिने बताए।
‘हामीलाई एनएसीका तर्फबाट भएको ग्राउन्ड मिसह्यापका विषयमा कुनै जानकारी थिएन। तर यो निक्कै गम्भीर विषय हो। त्यसैले हामी एनएसीमा प्राविधिक टोली पठाएर घटनाबारे आवश्यक जानकारी लिन्छौं,’ उनले भने।
The post ग्वाङ्जाउमा एनएसीबाट सुरक्षा मापदण्डमा खेलाँची, जवाफ नपाएपछि चिनियाँ अधिकारी आगो appeared first on BIZMANDU.
पर्यटकले खाडीको तनाव देखाएर धमाधम गर्न थाले बुकिङ रद्द, होटलको अकुपेन्सी २५ प्रतिशत
काठमाडौं। विदेशी पर्यटकले खाडी क्षेत्रको तनाव देखाएर धमाधम बुकिङ रद्द गर्न थालेका छन्। खाडी मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउने पर्यटकले होटलको बुकिङ रद्द गर्न थालेका हुन्।
पर्यटक आगमन प्रभावित भएका कारण होटलको अकुपेन्सी पनि घटेको छ। व्यवसायीहरुका अनुसार अकुपेन्सी २५ प्रतिशतमा झरेको छ।
होटल जी रामायणाका सञ्चालक साजन शाक्यले पश्चिम एसियाका देशमा जारी तनावले गर्दा हवाई क्षेत्र प्रभावित हुँदा होटलमा अकुपेन्सी २५ प्रतिशतमा झरेको  बताए।
‘खाडी मुलुकबाट नेपालमा अन्तर्राष्ट्रिय उडान नभएपछि विदेशी पर्यटकको संख्या घटेको छ। त्यसको असरस्वरुप हाम्रो अकुपेन्सी अहिले २५ प्रतिशत मात्र छ,’ उनले भने, ‘ट्रान्जिट बनाएर आउने ठाउँमा बमबारी भएका कारण पर्यटकले बुकिङ रद्द गरिरहेका छन्। जेनजी आन्दोलनले भएको क्षतिको पीडा नसकिंदै अहिले खाडी मुलुकको युद्धले हाम्रो व्यवसाय बिग्रिने भएको छ।’
उनका अनुसार यतिखेर अकुपेन्सी ३५ प्रतिशतभन्दा धेरै हुनुपर्ने थियो।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार फ्रेबुअरीमा १ लाख ५ हजार ४४१ विदेशी पर्यटक हवाई मार्ग हुँदै आएका छन्। यो संख्या पोहोर सोही महिनाको तुलनामा बढी हो। पोहोर फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक आएका थिए।
तर फागुन १६ गते अमेरिका र इजरायलले आफूमाथि गरेको आक्रमणको जवाफमा इरानले खाडी मुलुकलाई निशाना बनाएको छ। त्यस दिनयता मंगलबारसम्म खाडी मुलुकमा त्रिभुवन विमानस्थलबाट हुने १०७ वटा उडान अवतरण रद्द गरिएको छ।
इरानको बमबारी नरोकिएका कारण उडान कहिलेबाट नियमित हुन्छ भन्ने टुंगो छैन। नेपाल आउनका लागि खाडी मुलुकको ट्रान्जिटमा रहेका पर्यटक त्यही अलपत्र रहेका छन् भने अरुले धमाधम बुकिङ रद्द गरिरहेका छन्।
होटल व्यवसायीहरुका अनुसार हवाई उडानको अनिश्चितताका कारण पर्यटकले मार्च महिनाका लागि यसअघि गरेको बुकिङ धमाधम रद्द गरिरहेका हुन्।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पनि खाडी मुलुकसँगको हवाई सम्पर्क टुटेको असरस्वरुप होटलमा अकुपेन्सी २५ प्रतिशत झरेको बताए।
‘खाडी मुलुकबाट त पर्यटक आउने होइनन्। तर ती मुलुकलाई ट्रान्जिट बनाएर आउने पर्यटक अहिले युद्धका कारण रोकिएका छन्। करिब १० प्रतिशत बुकिङ त खाडीकै तनावले रद्द भएको स्थिति छ,’ उनले भने।
सौराहाका होटलमा त अकुपेन्सी झनै कम छ। क्षेत्रीय होटल संघ चितवनका उपाध्यक्ष गुणराज थपलियाले अकुपेन्सी अहिले १५ प्रतिशतमा झरेको बताए।
‘चितवनमा अहिले आन्तरिक र बाह्य पर्यटक खासै छैनन्। आन्तरिक पर्यटकलाई चुनाव लागेको छ। विदेशी पर्यटकलाई खाडीको युद्धले रोकेको छ। त्यही कारण हामीकहाँ अहिले १५ प्रतिशत हाराहारी मात्र अकुपेन्सी छ,’ उनले भने।
अन्यत्रको तुलनामा भैरहवाका होटलमा भने अकुपेन्सी राम्रो देखिएको छ। सिद्धार्थ होटल संघ भैरहवाका अध्यक्ष चन्द्रप्रकाश (सीपी) श्रेष्ठले होटलहरुमा अकुपेन्सी ४५ प्रतिशतभन्दा बढी रहेको बताए।
‘हाम्रा पाहुना भनेका भारतीय पर्यटक हुन्। यो समयमा भारतीय पर्यटक उल्लेख्य संख्यामा आउने गरेकामा अहिले चुनावले गर्दा घटेका छन्। तैपनि अकुपेन्सी ४५ प्रतिशतभन्दा माथि नै छ,’ उनले भने।
The post पर्यटकले खाडीको तनाव देखाएर धमाधम गर्न थाले बुकिङ रद्द, होटलको अकुपेन्सी २५ प्रतिशत appeared first on BIZMANDU.
नेपाली युवाको यात्रा इरानी आक्रमणले अनिश्चित, भोट हाल्न टिकट काटेका १५ हजार रोकिए खाडीमै
काठमाडौं। फागुन २१ गतेको निर्वाचनमा भोट हाल्नका लागि हवाई टिकट काटेका नेपाली युवाहरु खाडी मुलुकमा रोकिएका छन्।
इजरायल र अमेरिकाले आफूमाथि गरेको आक्रमणको बदलामा इरानले कतार, यूएई, साउदी अरेबियालगायत मुलुकमा बमबारी गर्न थालेपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाली युवाहरु रोकिन पुगेका हुन्।
यसपालि चुनावमा भोट हाल्न आउनेको चापका कारण वायुसेवा प्रदायक कम्पनीहरुले दुई साताअघि नै सबैजसो टिकट बेचिसकेका थिए। हवाई टिकट किन्नेमा अधिकांश खाडी मुलुकमा रहेका नेपाली युवा थिए।
सामान्य अवस्थामा जहाजमा अकुपेन्सी ७०/७५ प्रतिशत हाराहारी हुने गरेकामा चुनावका कारण हवाई टिकटको माग एकाएक बढेको थियो। वायुसेवा प्रदायक कम्पनीहरुका अनुसार फागुन लागेदेखि नै विमानमा यात्रुको चाप बढेको थियो।
तर वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेका नेपाली युवा इरानको आक्रमणपछि फागुन १६ देखि स्वदेश आउन पाएका छैनन्।
त्रिभुवन विमानस्थल र खाडी मुलुकबीच हुने उडान अवतरण शनिबार १८ वटा रद्द भएकामा आइतबार त्यो संख्या २७ पुगेको थियो। सोमबार पनि पूर्वनिर्धारित उडान रद्द भएका छन्। इरानको आक्रमण नरोकिएका कारण खाडी मुलुकमा उडान कहिलेसम्म रोकिन्छ भन्ने टुंगो छैन।
वायुसेवा प्रदायक कम्पनीहरुका अनुसार खाडी मुलुकबाट फागुन २० सम्म नेपाल आउन टिकट काटेका करिब १५ हजार जनाको यात्रा अनिश्चित हुन पुगेको छ।
‘चुनावको मुखमा खाडी मुलुकबाट नेपाल आउन चाहनेमध्ये अधिकांश नेपाली युवा थिए। भोट हाल्नका लागि आउन चाहनेको चापकै कारण सबैजसो टिकट बिक्री भएको थियो। चुनाव नभएको भए टिकटमा त्यस्तो चाप हुँदैनथ्यो। तर टिकट काटेर आउन बाँकी रहेकाहरुको यात्रा इरानको आक्रमण नरोकिएकाले अनिश्चित भएको छ,’ नेपाल वायुसेवा निगमका एक कर्मचारीले भने, ‘टिकट क्यान्सिल गर्ने माग चाहिँ आएको छैन।’
निगमले खाडी मुलुकबाट काठमाडौंमा सातामा १३ वटा उडान गर्दै आएको थियो। सातामा दोहाबाट ५, दुबईबाट ६ र दमामबाट २ वटा उडान गर्दै आएको निगमका अधिकांश यात्रु नेपाली युवा हुन्। निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार चुनावका कारण निगमले १८० सिटे न्यारोबडी जहाजका सबैजसो टिकट बिक्री गरेको थियो।
‘फेब्रुअरीको अन्तिम सातादेखि नै अकुपेन्सी राम्रो थियो। बुकिङ ९५ प्रतिशत रहेकामा उडानका बेला फुल अकुपेन्सी हुने गरेको थियो,’ खड्काले भनिन्, ‘तर शनिबारदेखि खाडी मुलुकबाट यात्रु ल्याउन पाएका छैनौं।’
टिकट बिक्रीका आधारमा एक सातामा निगमले खाडी मुलुकबाट आउन ठिक्क परेका २२०० भन्दा बढी यात्रु गुमाउनेछ। निगमको भन्दा फरक अवस्था छैन अन्य वायुसेवा प्रदायक कम्पनीको।
हिमालय एयरलाइन्सले दुबई, दमाम र दोहाबाट हप्तामा सातै दिन तथा कुवेतबाट ६ दिन न्यारोबडी जहाज काठमाडौं ल्याउने गरेकामा उसका यात्रु पनि उतै रोकिएका छन्।
कुवेत एयरलाइन्सको नेपालका लागि महाप्रबन्धक रुपेश कुमार झाले फागुन १६ देखि एक सातासम्मका लागि ९०० भन्दा बढी यात्रुले टिकट काटेको जानकारी दिए।
‘हामीले कुवेतबाट काठमाडौंमा १३४ सिटे जहाजमार्फत दैनिक सेवा दिंदै आएका छौं। मार्च लाग्नुअघि नै टिकट बिक्री भइसकेको थियो,’ उनले भने, ‘तर भनेको समयमा आउन नपाएपछि अब यात्रुले टिकटको पैसा फिर्ता माग्न सक्छन्।’
खाडी मुलुकबाट नेपालमा ठूलो संख्यामा यात्रु ओसार्ने वायुसेवा प्रदायकहरु कतार एयरवेज, फ्लाई दुबई, एयर अरेबिया र जजिरा एयरवेज पनि हुन्। ती कम्पनीका जहाजमा आउनका लागि टिकट काटेकाहरु पनि नेपाल आउन पाएका छैनन्।
खाडी मुलुकलाई ट्रान्जिट बनाएर नेपालमा उडान गर्दै आएको श्रीलंकन एयरलाइन्स भने अहिलेको तनावले धेरै प्रभावित भएको देखिँदैन।
श्रीलंकन एयरलाइन्सको नेपालका लागि जीएसए जेनिथ ट्राभल्सका सेल्स म्यानेजर दीपक मैनालीले खाडी मुलुकबाट आइतबार १२ यात्रु ल्याउन नपाएको बताए।
The post नेपाली युवाको यात्रा इरानी आक्रमणले अनिश्चित, भोट हाल्न टिकट काटेका १५ हजार रोकिए खाडीमै appeared first on BIZMANDU.
गल्फ क्षेत्रको ‘एयरस्पेस’ बन्द हुँदा काठमाडौंबाट हुने सबै उडान रद्द, विमानस्थलमा यात्रुहरूको भीड
काठमाडौं। शनिबार इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि सुरु भएको संकटका कारण गल्फ क्षेत्र (खाडी मुलुकहरू)को आकाश बन्द गरिएका छन्।
त्यसको प्रत्यक्ष असर नेपालबाट त्यस क्षेत्रतर्फ हुने उडानमा पनि परेको छ। खाडी मुलुक तथा त्यस क्षेत्र हुँदै अन्यत्र जाने यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी मुलुकतर्फ जाने सबै उडानहरू रद्द गरिएका छन्। फ्लाई दुबई, कतार एयरवेज, हिमालय एयरलाइन्सका उडानहरू रद्द भएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर टेकनाथ सिटौलाले दिउँसो १ बजेदेखि खाडी मुलुक र त्यहाँ भएर अन्य देश जाने सबै उडान रद्द भएको जानकारी दिए। उनले गल्फ क्षेत्रको एयर स्पेस नखुलेसम्म उडान नहुने बताए।
उताबाट नेपालतर्फ जहाज नआएको उनले बताए। यहाँ भएका जहाजले पनि उडान गर्न नपाएको जानकारी दिँदै उनले विमानस्थलमा आएका यात्रुहरूको भिडलाई विमान कम्पनीसँग समन्वय गरेर घर फर्कन आग्रह गरिएको उनले बताए।
कतार एयरवेजले कतार जाने २ वटा उडान रद्द गरेको छ। ती दुई उडानमा ६०० भन्दा बढी यात्रु थिए।
हिमालयन एयरलाइन्सका ३ वटा उडान रद्द भएका छन्। एयरलाइन्सले दोहा, दमाम र दुबई जाने उडान स्थगित गरेको हो।
जजिरा एयरलाइन्सले कुवेत जाने आइतबारको उडान रद्द गरेको छ।
टर्किस एयरलाइन्सको कुनै पनि उडान रद्द भएको छैन। साढे १२ बजे २८४ जना यात्रु बोकेर इस्तानबुलतर्फ उडान भरेको स्टेसन म्यानेजर रेसु सिंहले जानकारी दिइन्।
फ्लाइ दुबईका दुई वटा उडान रद्द भएका छन्। कुवेत एयरलाइन्सले आज १२ बजे कुवेतका लागि तय गरेको उडान पनि रद्द गरेको छ। उक्त उडानमा १३४ जना यात्रु थिए। उनीहरू युरोप, अमेरिका र लन्डन जाने यात्रु थिए।
उडान रद्द भएको जानकारी इमेलमार्फत दिइएको कुवेत एयरलाइन्सका जनरल म्यानेजर रुपेश कुमार झाले बताए।
नेपाल एयरलाइन्सले पनि सूचना जारी गर्दै खाडी मुलुकहरूको अवस्थाका कारण शनिबार र आइतबारका लागि तय भएको आरए २२९/२३० काठमाडौं-दुबई-काठमाडौं र आरए २३९ काठमाडौं-दोहा-काठमाडौं उडान अर्को सूचना नभएसम्म रद्द गरिएको जनाएको छ।
दमाम उडानको अवस्थाबारे चाँडै सूचना अद्यावधिक गरिने एयरलाइन्सले जनाएको छ। यात्रुहरूलाई वेबसाइट र सामाजिक सञ्जालमार्फत जानकारी लिन अनुरोध गरिएको छ।
टिकट काट्दा दिएको इमेलमार्फत पनि जानकारी पठाइने जनाइएको छ।
फ्लाई दुबईले हवाई क्षेत्र बन्द भएका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट संचालन हुने आफ्ना उडानहरू अर्को सूचना नभएसम्म अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। यो निर्णय उडान सुरक्षालाई ध्यानमा राखेर र उड्डयन नियामक निकायको आवश्यकताअनुसार गरिएको बताइएको छ।
प्रभावित यात्रुहरूलाई कार्यालय, अधिकृत ट्राभल एजेन्ट वा आधिकारिक सञ्चार माध्यमसँग सम्पर्कमा रहन अनुरोध गरिएको छ।
The post गल्फ क्षेत्रको ‘एयरस्पेस’ बन्द हुँदा काठमाडौंबाट हुने सबै उडान रद्द, विमानस्थलमा यात्रुहरूको भीड appeared first on BIZMANDU.
निर्वाचनमा १० वटा मात्रै चार्टर्ड उडान, अघिल्लो चुनावको तुलनामा ९० प्रतिशत कम
काठमाडौं। निर्वाचनको दिन नजिकिँदै जाँदा पनि उम्मेदवार तथा राजनीतिक दलले हेलिकप्टर चार्टर्ड गर्ने क्रम उल्लेखनीय रूपमा बढेको छैन। अघिल्ला निर्वाचनमा जस्तै यसपालि वायु सेवा कम्पनीहरूले अपेक्षित बिजनेस पाउने अवस्था नदेखिएको व्यवसायीहरू बताउँछन्।
वायु सेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेका अनुसार यसअघिको २०७९ सालको निर्वाचनमा करिब १०० हाराहारी चार्टर्ड उडान भएका थिए। तर यसपालिको निर्वाचनमा हालसम्म करिब १० वटा मात्र चार्टर्ड उडान भएको छ। ‘०७९ को चुनावमा १०० भन्दा बढी चार्टर्ड उडान भएका थिए। यसपालि करिब १० वटा जति मात्र भएका छन्,’ उनले भने, ‘नेताहरूलाई हतारमा एक ठाउँबाट अर्को ठाउँ पुग्नुपर्ने बाध्यता कम भएकोले पनि चार्टर्ड उडान घटेको हुन सक्छ।’
नेपालमा हाल ११ कम्पनीका करिब ३० वटा हेलिकप्टर सञ्चालनमा छन्। अघिल्ला निर्वाचनहरूमा राजनीतिक दल, नेता तथा कार्यकर्ताहरूले दुर्गम क्षेत्रसम्म छिटो पुग्न हेलिकप्टर चार्टर्ड गरेर चुनावी प्रचारप्रसार गर्ने गरेका थिए। यसपटक भने त्यस्तो चहलपहल कम देखिएको छ।
पाण्डेले आफ्नो कम्पनी कैलाश हेलिकप्टरमार्फत २०८२ सालको निर्वाचनका लागि दुईवटा चार्टर्ड उडान मात्र भएको जानकारी दिए। उनका अनुसार २०७९ सालको निर्वाचनमा प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादीले मात्रै कैलाश हेलिकप्टरमार्फत करिब १० वटासम्म चार्टर्ड उडान गरेका थिए।
उनका अनुसार चुनावी चार्टर्ड घटेसँगै समग्र हेलिकप्टर व्यवसायमा पनि सुस्तता देखिएको छ। हेलिकप्टर उडानका लागि वर्षमा दुई मुख्य सिजन मानिन्छन्। पहिलो सिजन मार्च, अप्रिल र मे महिना हो भने दोस्रो सिजन अक्टोबर, नोभेम्बर र डिसेम्बरको पहिलो सातासम्म मानिन्छ। यी अवधिमा पदयात्रा र पर्वतारोहणका लागि नेपाल आउने पर्यटकको संख्या बढ्ने भएकाले हेलिकप्टर उडानमा पनि चाप रहने गर्छ।
तर यसपालिको मार्च सिजनमा बुकिङ करिब ४० प्रतिशतले घटेको पाण्डेको भनाइ छ। ‘हेलिकप्टर अत्यावश्यक अवस्थामा मात्र चार्टर्ड गरिन्छ। यसपालि चुनाव छ महिनाअघि नै घोषणा भएकाले आकस्मिक उडानको आवश्यकता कम परेको हुन सक्छ,’ उनले भने, ‘जेनजी आन्दोलनपछि विभिन्न देशहरूले जारी गरेको ट्राभल एडभाइजरीका कारण हेलिकप्टर प्रयोग गर्ने पर्यटकको संख्यामा पनि कमी आएको छ। मार्च, अप्रिल र मे महिनामा यसपटक व्यवसाय करिब ४० प्रतिशतले घट्ने देखिन्छ।’
उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए अक्टोबर सिजनसम्ममा ट्राभल एडभाइजरी हट्ने र व्यवसाय पुनः लयमा फर्किने अपेक्षा व्यक्त गरे।
यता सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले भने आफ्नो कम्पनीले निर्वाचनका लागि कुनै चार्टर्ड उडान नगरेको जानकारी दिए। ‘हामीले चुनावी चार्टर्डमा खासै चासो दिएका छैनौं, त्यसैले हाम्रोतर्फबाट त्यस्तो उडान भएको छैन,’ उनले भने।
युवा नेता गाडीमै, ठुला सभाविहीन चुनाव
यसपटक दलहरुले ठुला चुनावी सभाहरु गरेका छैनन्। शीर्ष नेताहरुको चुनावी सक्रियता फेरिएको छ। जसका कारण हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छैन। विभिन्न जिल्ला पुगेर सभा गर्नेहरुमा कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह छन्। यिनीहरु गाडीमै हिँडेर चुनावी सभामा सम्बोधन गरिरहेका छन्।
बिगतका चुनावमा हेलिकप्टर केपी शर्मा ओली, शेबहादुर देउवा र पुष्पकमल दाहाललाई बढी चाहिन्थ्यो। एमाले अध्यक्ष ओली यसपटक आफ्नो निर्वाचन क्षेत्र झापा-५ केन्द्रित छन्। उनी काठमाडौं र झापाबाहेक अन्त गएका छैनन्। जेनजी विद्रोहपछि पार्टी रक्षात्मक अवस्थामा भएकाले एमालेले ओली पुग्नैपर्ने चुनावी सभा नै गरेन। ओली जानैपर्ने हुँदा बिगतमा एमालेले नै हेलिकप्टर चार्टर धेरै गर्थ्यो।
कांग्रेसमा गगन थापाले पार्टी नेतृत्व लिएपछि देउवा सक्रिय राजनीतिबाट बाहिरिएका छन्। उनी यतिबेला चुनावी सभामा सहभागी हुनुपर्ने थियो, तर स्वास्थ्योपचारको फलोअपका लागि भन्दै सिंगापुर गएका छन्। विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा समूह निष्क्रिय नै बसेको छ।
थापाले विभिन्न जिल्ला पुगेर चुनावी सभाहरुलाई सम्बोधन गरिरहँदा देउवा समूहका नेताहरुले आफ्नो उपस्थिति देखाएका छैनन्। देउवाको निष्क्रियताले कांग्रेससलाई सभा गर्न हेलिकप्टर चार्टर गर्नैपर्ने बाध्यता हटेको छ।
उता माओवादी केन्द्र एकीकृत समाजवादीसहितका एक दर्जन बाम घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीमा रुपान्तर भएको छ। रुपान्तरित पार्टीमा पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजक छन्। प्रचण्ड प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्व पुगेका छन् भने माधवकुमार नेपालले रौतहटको आफ्नो पुरानै निर्वाचन क्षेत्र छाडेका छैनन्। पार्टीले ठुला चुनावी सभा गरेको छैन, जहाँ दुवै शीर्ष नेतृत्व पुगन परोस्। त्यसैले नेकपालाई पनि हेलिकप्टर चार्टर गर्नैपर्ने बाध्यता छैन।
बिगतमा दलहरुले गठबन्दन गरेर निर्वाचनमा सहभागिता जनाउने गरेका थिए। एमाले, माओवादी र कांग्रेस फरक फरक गठबन्दन गर्दा नेताहरुको देशव्यापी चुनावी दौडाहामा चल्थ्यो। यसपटकको परिदृश्य फरक छ। चुनावी गठबन्धन छैन। नेताहरुलाई ठुला सभा आवश्यक लागेको छैन।
The post निर्वाचनमा १० वटा मात्रै चार्टर्ड उडान, अघिल्लो चुनावको तुलनामा ९० प्रतिशत कम appeared first on BIZMANDU.
चुनावमा स्वदेश फर्किने लहरसँगै हवाई भाडा अस्वभाविक वृद्धि, २५ हजारको टिकट पुग्यो ५० हजार
काठमाडौं। चुनावका लागि भोट हाल्न स्वदेश फर्किने लहरसँगै अन्तर्राष्ट्रिय हवाई भाडा अस्वभाविक रुपमा बढेको छ। वैदेशिक रोजगारीमा धेरै गएका मुलुक मलेसिया, खाडी लगायतको हवाई भाडा दोब्बर भएको छ।
नेपाल वायुसेवा निगम (एनएसी), हिमालयन एयरलाइन्स, कतार एयरवेज, फ्लाइ दुबई, एयर अरेबिया, मलेसियन एयरलाइन्स, मालिन्दो एयरलाइन्स, थाइ एयरवेज, क्याथे प्यासिफिक र श्रीलंकन एयरलाइन्सको अकुपेन्सी ९० प्रतिशतभन्दा बढी भएका कारण भाडा बढेको हो।
नेपालका लागि श्रीलंकन एयरलाइन्सको जीएसए जेनिथ ट्राभलका सेल्स म्यानेजर दीपक मैनालीले महँगो टिकट मात्रै बाँकी रहेको जानकारी दिए।
‘अहिले नेपाल आउन महँगो टिकट मात्र बाँकी छ। चुनावपछि जाने पनि त्यस्तै छ,’ उनले बिजमाण्डूसँग भने, ‘खाडी मुलुकबाट आउने नेपाली दाजुभाईहरू धेरै हुनुहुन्छ। टिकट माग धेरै रहेका कारण भाडा बढेको छ।’
श्रीलंकनले काठमाडौंमा हप्ताको ४ दिन उडान गर्छ। खाडी मुलुकबाट श्रीलंकन एयरलाइन्समार्फत नेपाल आउन सामान्य अवस्थामा २५ देखि ३० हजार भाडादर हो। तर, अहिले यही रुटमा ४५ देखि ५० हजार मूल्य रहेको उनले बताए।
फ्लाइ दुबईको नेपालका लागि मार्केटिङ म्यानेजर नवराज शाहीले पनि मार्च महिनासम्मका लागि ९० प्रतिशत टिकट बुकिङ भइसकेको र टिकट पनि महँगो मात्रै बाँकी रहेको जानकारी दिए।
फ्लाइ दुबईबाट सामान्य अवस्थामा नेपाल आउँदा २५ देखि २७ हजार टिकट पर्छ। तर, अहिले यात्रुका चापका कारण टिकट मूल्य ३२ हजारदेखि १ लाख १५ हजारसम्म रहेको छ।
यस्तै, साउदीको दमामबाट सामान्य अवस्थामा आउँदा २८ हजारदेखि ३७ हजार मूल्य रहेको टिकट अहिले ४५ हजारदेखि १ लाख २ हजार रुपैयाँसम्म छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सबै टिकट बिक्री भइसकेको छ।
एनएसीकी सहायक प्रवक्ता कल्पना काफ्लेले मार्च महिनासम्म अधिकांश फ्लाइटको बुकिङ फुल रहेको बताइन्।
‘अहिले हाम्रोमा अकुपेन्सी फुल छ। कुनै फ्लाइटमा पनि सिट खाली छैन,’ उनले भनिन्, ‘आउने राम्रो भएकोले जानेको बुकिङ पनि लगभग फुल भइसकेको छ। फ्लाइट हुने दिनसम्म सबै सोल्ड आउट हुन्छ।’
एनएसीले दोहा, दुवई, क्वालालम्पुर, हङकङ, दिल्ली, मुम्बई, बेङ्लोर, बैंकक, दमाम र नारितामा उडान गर्दै आएको छ। एनएसीको जहाजमा दुबईबाट नेपाल आउँदा २२ हजार रुपैयाँ पर्ने टिकटको मूल्य अहिले ४१ देखि ५७ हजार रुपैयाँ भन्दा बढी मूल्य पर्छ।
हिमालयन एयरलाइन्सका अनुसार मार्च महिनासम्मका लागि बुकिङ ८० प्रतिशत छ। यो एयरलाइन्सबाट क्वालालाम्पुरदेखि काठमाडौं आउन सामान्य अवस्थामा १८ देखि २२ हजार मूल्य पर्ने टिकट अहिले ३५ देखि ४० हजार रुपैयाँ पुगेको छ।
दोहाबाट काठमाडौं आउन सामान्य दिनमा २१ हजारमा पाउने टिकटको मूल्य अहिले ४० हजार रुपैयाँ छ। दुबईबाट काठमाडौं आउन सामान्य अवस्थामा २० हजारमा पाउने टिकटको मूल्य २८ देखि ८० हजारसम्म पुगेको छ।
साउदीको रियादबाट काठमाडौं आउँदा २४ देखि ३१ हजार पर्ने टिकट मूल्य ६१ हजार पुगेको छ। साउदीको दमामबाट सामान्य अवस्थामा २७ हजार पर्ने टिकट मूल्य ५६ देखि ६४ हजार पुगेको छ।
यस्तै, एयर अरेबिया एयरलाइन्समार्फत युएईको आबुदाबीबाट सामान्य अवस्थामा नेपाल आउँदा २२ हजार पर्ने टिकट मूल्य अहिले ३२ देखि ६५ हजार रुपैयाँसम्म पुगेको छ। दमामबाट काठमाडौं आउन सामान्य अवस्थामा २३ हजार पर्ने टिकट मूल्य ६० हजारदेखि ६४ हजार रुपैयाँ छ।
The post चुनावमा स्वदेश फर्किने लहरसँगै हवाई भाडा अस्वभाविक वृद्धि, २५ हजारको टिकट पुग्यो ५० हजार appeared first on BIZMANDU.