पुष्पा आचार्य Archives - BIZMANDU
टिकटक र इन्स्टाग्रामको झिलिमिलीमा सामान किन्दा सेलिब्रेटी नै ठगिए, प्रहरीले गर्दैछ निगरानी
काठमाडौं। गायिका सुवानी मोक्तानले आफू अनलाइन सपिङ गर्दा ठगिएको घटना सार्वजनिक गरेकी छन्। टिकटकमा ओम शान्ति कलेक्सनले राम्रो कुर्था, टप्सहरु ८ सय देखि १ हजारमा राखेको देखेर उनले लुगा अर्डर गरिन्।
शान्ति कलेक्सनका तर्फबाट ‘ह्वाट्सएपमा म्यासेज गर्नु’ भनेपछि उनले म्यासेज गरिन्। तीन वटा सामानको २४ सय रुपैयाँ मोबाइल वालेट इ-सेवामार्फत भुक्तानी पठाइन्। डेलिभरी समय भोलि भनिए पनि सामान आएन। म्यासेज गर्दा म्यासेज नहेर्ने, फोन गर्दा नउठाउने भएपछि आफू ठगिएको उनले थाहा पाइन्। उनी चुप बसिनन्। आफैंजस्ता अरुलाई यस्ता ठगीबाट सचेत बनाउन उनले घटना बताउँदै भिडियो बनाएर टिकटकमा राखेकी छन्।
मोक्तान र खड्का मात्र होइन, अहिले अनलाइनबाट ठगिनेहरु धेरै छन्। ठगीमा परियो भनेर कतिपय चुप बसेका छैनन्। भिडियो बनाएर टिकटक, इन्स्टा र फेसबुकमा राखेका छन्। अरुलाई सचेत गराउँदै पोस्टहरु लेखेका छन्।
स्मार्टफोनमा कुनै अनलाइन प्लेटफर्मको एप राखेर वा सोसल साइट पेजबाट किनमेल जति सजिलो भएको छ, ठगीमा पर्ने जोखिम त्यति नै उच्च बनेको छ।
इमानदार व्यवसायीका लागि सामाजिक सञ्जालका माध्यमबाट व्यापार सजिलो छ। तर, उनीहरु पनि ठगीका घटनाबाट आजित छन्। अविश्वासको सामना उनीहरुले गर्नु परिरहेको छ। सस्तो सामानको लोभ देखाएर ठगी गर्नेहरु बढ्दा उपभोक्तासँगै व्यवसायीले पनि सतर्क हुनुपर्ने भएको छ।
टिकटक, फेसबुक, इन्स्टाग्राममा सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्ट ब्लक गरी ठगी गर्ने घटना बढिराखेको छ। आफूले चाहेको कलर ब्रान्ड, डिजाइन र फेसनका सामग्री पाउन सहज हुने भएकाले पछिल्लो समय अनलाइन सपिङ गर्नेहरुको संख्या बढेको देखेर ठगी गर्नेहरु पनि सक्रिय भएका घटना छन्।
एउटा सामान किन्दा अर्को सामान पठाइदिने, फिर्ता गर्न खोज्दा नमान्ने घटना सामान्य भए पनि भुक्तानी गर्न लगाएर पेज बन्द गर्ने र सोसल साइट प्रयोगकर्तालाई आफ्नो पेजमा ब्लक गर्ने घटना हुन थालेका छन्।
यसले अनलाइन सपिङको सुविधामाथि अविश्वास पनि बढाएको छ। आकर्षक सामान देखाएर प्रलोभनमा पारी ग्राहकको मन तान्ने र सामान अर्डर गरेर घर आइपुग्दा कमसल सामान प्राप्त हुने गरेको गुनासो यसअघि पटकपटक सामाजिक सञ्जालमा  सार्वजनिक भइसके पनि मानिसहरुले अनलाइन सपिङ गर्न छाडेका छैनन्।
अहिले किनमेल मात्र नभइ घर बसेर नेपाली ‌र अंग्रेजी टाइप गरेवापत ३५ हजार तलब भनेर पनि प्रलोभनमा पारी ठगेका घटना आइरहेका छन्। केही ठगले राम्रो आम्दानीको जागिर दिने लोभमा इसेवा वालेटको नम्बर दिइ ३२ सय रुपैयाँ हालेर रजिस्टर गर्न लगाउँदै ठगी गरेको घटना बाहिर आएको छ।
सस्तो मूल्यमा कोठा तथा फ्ल्याट पाउनका लागि अग्रिम पैसा माग्ने र त्यसपछि सम्पर्कविहीन हुने जस्ता घटना पनि प्रहरीमा पुगेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा यस्ता ठगीका १९ हजार ७३० उजुरी दर्ता भएकामा गत आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६ उजुरी परेका छन्। तीमध्ये ७ हजार ७२३ वटा ठगीका घटना हुन्।
यो आर्थिक वर्ष २०८२/८३ को तीन सातामा ठगीका घटनामा ३२९ वटा उजुरी परिसकेका छन्।
अनलाइन ठगीबाट कसरी हुने सुरक्षित?
अनलाइन ठगीबाट सुरक्षित रहन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सूचीकृत भएको कम्पनीबाट मात्र सामान किन्नुपर्ने साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थी बताउँछन्।
‘इ-कमर्समा सूचीकृत कम्पनीबाट सामान किन्दा ठगीबाट बच्न सकिन्छ,’ उनले भने, ‘सामान किन्दा सूचीकृत छ कि छैन? पसलको बारेमा के कस्तो विवरण छ? सबै बुझेर किन्दा राम्रो हुन्छ।’
अनलाइनमा राखेका महँगा सामान धेरै सस्तोमा बेच्न राखेको देखियो भने शंका गर्नुपर्ने उनको सुझाव छ। अनलाइन सपिङ गर्नेहरुले सामान पाएपछि रिभ्यु लेख्दा इमान्दार हुनुपर्ने पनि उनी बताउँछन्। कमसल सामानको राम्रो रिभ्युले पछि किन्नेहरु ठगीमा पर्ने उनले बताए।
विद्युतीय व्यापार (इ-कमर्स) ऐन २०८१ अनुसार व्यवसायीले विद्युतीय प्लेटफर्ममा व्यापार गर्ने वस्तु तथा सेवाको विवरण खुलाउनुपर्ने हुन्छ। इ-कमर्स ऐनको (२) उपदफा (१) बमोजिम करार सम्बन्धी प्रचलित कानुनमा उल्लेखित व्यवस्थाको अतिरिक्त त्यस्तो करारमा वस्तु वा सेवा क्रेतालाई उपलब्ध गराउने, रद्द गर्ने सट्टापट्टा गर्ने, वारेण्टी तथा ग्यारेण्टी, रकम फिर्ता गर्ने लगायत आवश्यक सूचना, सर्त तथा प्रवधान खुलाउनुपर्ने उल्लेख छ।
त्यस्तै विद्युतीय प्लेटफर्म स्थापना नगरी अनलाइन व्यापार गरेमा, सूचीकरण नगरी व्यवसाय संचालन गरेमा, वस्तु तथा सेवाको विवरण नखुलाई व्यापार गरेमा जरिवाना हुने प्रावधान छ। (१) दफा २१ को खण्ड बमोजिम कसुर गरेमा निरीक्षण अधिकृतले १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने ऐनमा छ।
यी उपाय अपनाउँदा उचित
विश्वसनीय प्लेटफर्मबाट मात्र किनमेल : भरपर्दो र धेरैले प्रयोग गर्ने अनलाइन सपिङ साइटहरूबाट मात्र किनमेल गर्दा ठगीबाट जोगिन सकिन्छ। अपरिचित वा नयाँ देखिएका वेबसाइट र सोसल साइट पेजहरूबाट सामान किन्दा सतर्क रहनुपर्छ।
सामानको रिभ्यु जाँच्ने :  कुनै पनि सामान किन्नुअघि त्यसको तल दिइएको ग्राहकहरूको प्रतिक्रिया र रेटिङ राम्ररी पढ्नुपर्छ। यदि कुनै सामानको प्रतिक्रिया नकारात्मक छ वा रेटिङ कम छ भने खरिद नगर्नु उचित हुन्छ।
भुक्तानीमा सावधानी : क्यास अन डेलिभरी रोज्नु उचित हुन्छ। सकेसम्म सामान हातमा आएपछि मात्र पैसा तिर्ने विकल्प प्रयोग गर्दा ठगीमा परिने सम्भावना कम हुन्छ।
सुरक्षित भुक्तानी माध्यम प्रयोग : यदि अनलाइन भुक्तानी गर्ने हो भने सुरक्षित मानिएका माध्यमहरू मोबाइल वालेट वा बैंकको आधिकारिक एपबाट मात्र भुक्तानी गर्नुपर्छ। आफ्नो क्रेडिट/डेबिट कार्डको पिन नम्बर वा अन्य संवेदनशील जानकारी कसैसँग पनि बाँड्नु हुँदैन।
सामान राम्ररी हेरेर बुझ्नुपर्छ : डेलिभरी भएको सामान लिँदा प्याकेजिङ राम्ररी जाँच गर्नुपर्छ। सम्भव भएमा, सामान खोलेर हेर्ने र आफूले अर्डर गरेको सामान नै हो/होइन, त्यही क्वालिटीको भए/नभएको यकिन गर्नुपर्छ।
The post टिकटक र इन्स्टाग्रामको झिलिमिलीमा सामान किन्दा सेलिब्रेटी नै ठगिए, प्रहरीले गर्दैछ निगरानी appeared first on BIZMANDU.
टेलिकम र एनसेलको ई-सिम प्रयोगकर्ता ४ लाखभन्दा बढी, कुन-कुन फोनमा चलाउन मिल्छ?
काठमाडौं। नेपालमा ई-सिम प्रयोग गर्नेहरूको संख्या बढेको छ। सरकारी स्वामित्वको नेपाल टेलिकम (एनटीसी) र निजी क्षेत्रको एनसेलको ई-सिम प्रयोग गर्ने ग्राहकको संख्या ४ लाख ५ हजार ६६३ पुगेको छ।
ई-सिम एक प्रकारको डिजिटल इम्बेडेड सिम हो। ई-सिम लिएपछि पुरानो भौतिक सिमकार्डको आवश्यकता पर्दैन। यसका लागि ई-सिम सपोर्ट गर्ने मोबाइल आवश्यक हुन्छ। यसलाई पुरानो सिम जसरी नै सामान्य रुपमा प्रयोग गर्न सकिन्छ।
एनटीसीको तंथ्याक अनुसार २०८२ मा ई-सिम प्रयोग गर्ने ग्राहकको संख्या २ लाख ३० हजार ६ सय ६३ पुगेको हो। एनसेलको ई-सिम प्रयोग गर्ने ग्राहकको संख्या १ लाख ७५ हजार पुगेको छ।
२०८१ मा एनटीसीको ई-सिम प्रयोग गर्ने ग्राहकको संख्या १ लाख ८५ हजार थियो। त्यस्तै, एनसेलको तंथ्याकअनुसार २०८१ मा ई-सिम प्रयोग गर्ने ग्राहकको संख्या १ लाख ५० हजार थियो।
विदेश यात्रा गर्दा प्रयोगकर्ताले रोमिङ सेवा सक्रिय गरेर ई-सिम प्रयोग गर्ने गरेको एनसेलले जनाएको छ। एनसेल प्रयोगकर्ताले आफ्नो सिमलाई ई-सिममा अपग्रेड गर्दा १ सय रुपैयाँ शुल्क लाग्छ  भने एनटीसीमा ५० रुपैयाँ शुल्क लाग्छ।
आफ्नो मोबाइलबाट *#०६# डायल गर्दा ईआईडी लेखिएको संकेतसहित नम्बर देखिए उक्त सेटमा ई-सिम चल्छ।
एनटीसीले २०८० वैशाखमा प्राधिकरणलाई १ लाख ५० हजार थान ई-सिम उपलब्ध गराएको थियो । एनटीसीले २०७९ मंसिरबाट देशव्यापी रुपमा ई-सिम वितरण सुरु गरेको थियो।
एनसेलले २०८१ मंसिरबाट ई-सिम वितरण सुरु गरेको थियो। नेपालमा ई-सिम कार्यान्वयन गर्न एनसेलले बेलायतको अग्रणी ई-सिम प्लेटफर्म प्रदायक ट्रुफोनसँग सहकार्य गरेको छ।
यसका लागि ई-सिम सपोर्ट गर्ने मोबाइल आवश्यक हुन्छ। यसलाई पुरानो सिम जसरी नै सामान्य रुपमा प्रयोग गर्न सकिन्छ।
कुन-कुन फोनमा प्रयोग गर्न सकिन्छ ई-सिम?
ई-सिम सबै मोबाइल फोनमा भने सपोर्ट गर्दैन। यो सिम हाइ एन्ड फ्ल्यागसिप फोनहरूको नयाँ मोडलमा मात्रै चलाउन सकिन्छ।
आईफोन एक्सएसदेखि माथिका नयाँ मोडलहरूमा ई-सिम सपोर्ट गर्छ। सामसङको ग्यालेक्सी एस-२१ देखि माथिका मोडल तथा ग्यालेक्सी जेड फ्लिप, ग्यालेक्सी जेड फोल्डमा पनि ई-सिम प्रयोग गर्न मिल्छ।
त्यस्तै, गुगल पिक्सेल ४ देखि माथिका मोडलमा ई-सिम प्रयोग गर्न सकिन्छ। हुवावे पी-४० सेरिज र मेट ४० प्रो, मोटोरोला रेजर २०१९ र रेजर ५जी, ओप्पो फाइन्ड एक्स-३ प्रो, रेनो ५-ए र रेनो ६ प्रो ५जी लगायतका फोनमा पनि ई-सिम सपोर्ट गर्छ।
The post टेलिकम र एनसेलको ई-सिम प्रयोगकर्ता ४ लाखभन्दा बढी, कुन-कुन फोनमा चलाउन मिल्छ? appeared first on BIZMANDU.