राजेन्द्र उप्रेती Archives - BIZMANDU
गुणस्तरीय बालीका लागि क्रपबुस्टर : नेपाली किसानले उन्नत विधि प्रयोगमा किन काम नगर्ने?
कृषि मन्त्रालयका तथ्यांक र तिनमा आधारित सञ्चारमाध्यमका समाचार हेर्दा हामीकहाँ करौडौंका सुन्तला फल्छन्। कागती, आलु, गोलभेंडा फल्छन्। तर, बजारमा आन्तरिकभन्दा आयातित फलफूल र तरकारीको वर्चस्व देखिन्छ। आयातित सुन्तलाको परिमाण बर्सेनि बढेको छ। कागतीमा आयातितकै भर छ। गोलभेंडा फलाउन किसानले टनेलविधि सिके पनि बजारलाई पर्याप्त उत्पादन छैन। आलु भुटान र भारतबाट भित्रिने परिमाण जहिल्यै उच्च छ।
करेसाबारी र खेतहरुमा सजिलै फलाउन सकिने अमिलो जातका फलफूल हामीकहाँ नहुने पनि होइन। धेरैजसो बालीमा निर्वाहमुखी खेती प्रणालीबाट अघि बढेर व्यवसायिक हुन हाम्रा किसानलाई केले छेकेको छ? एग्रो फार्मिङका नाउँमा सरकारले बर्सेनि दिने अनुदानका आँकडा घटेको देखिँदैन। कृषि उपजमा आयातमा निर्भरता भने घट्दै घट्दैन! कृषिउपजको उत्पादन बढाउन क्षमताभन्दा ठूला लागतका प्रविधि ल्याउन मरिहत्ते गर्नुपर्ने हो? होइन भने हामीले के गर्ने?
गत बुधबार साँझतिर म एउटा नयाँ प्रविधि क्रपबुस्टरको माइक्रोट्रान्समिटर कसरी नेपाली किसानहरुका लागि सर्वसुलभ बनाउने होला भनेर सोचिरहेको थिएँ। यसको मूल्य केही कम गराउन सकिन्छ कि भनेर यो प्रविधि उपलब्ध गराउने हार्भेष्ट हार्मोनिकका प्रमुख कार्यकारी फ्रान्सिस्कोसँग साँझमा छलफल गर्ने कुरा भएको थियो। म अघिल्लो वर्षको भारत, पाकिस्तान र नेपालका लागि उनीहरुले निर्धारण गरेको यसको प्रोमोसनल मूल्य प्रति गोटा २०० डलरलाई केही घटाउन सकिन्छ कि भनेर सोच्दै थिएँ।
फ्रान्सिस्कोका कुराले एक पटक मस्तिष्कलाई सन्न बनायो। म मूल्य २०० डलरलाई घटाउने र हाम्रा किसानका लागि यो प्रविधि सर्वसुलभ बनाउने सोच्दै थिएँ। उनको कुराले मूल्य त झन बढ्ने भयो। मैले गत सालको मूल्यको कुरा उनीसँग राखेँ।
नेपाली माटोमा विविधता छ। भूगोलअनुसार धेरै प्रकारका बालीबिरुवा हुन्छन्। उन्नत जातका बिउ, बिरुवा मात्रै भएर गुणस्तरीय उत्पादन लिन सकिँदैन। त्यसका खेतीका विधि पनि विकसित हुनैपर्छ। त्यो साँझ मैले धेरै विकल्पहरुका विषयमा मन्थन गरेँ। विकल्प के होला भन्ने लागिरह्यो। विभिन्न विकल्पहरु मनमा आए। तिनैमध्ये केही यहाँ छन्।
अमेरिकामा बस्ने नेपालीहरुले अग्रसरता लिने की?
अहिले हजारौं नेपाली अमेरिकामा बसोबास गरिरहेका छन्। उनीहरु वा उनीहरुका परिवारका सदस्यहरु अमेरिका र नेपाल आउजाउ गरिरहन्छन्। आआफनो नेपालमा बस्ने र कृषिसँग जोडिएका परिवारका सदस्यहरुका लागि वा आफू जन्मेहुर्केको गाउँसमाजका लागि दुई वर्षमा एकपटक क्रप बुस्टरको ट्रान्समिटर अमेरिकामै खरिद गरेर उपहारका रूपमा नेपाल पठाइदिने हो कि? यसले नेपालमा खेती गर्ने परिवारको वा आफूसँग जोडिएको समाजको कृषिमा त रुपान्तरण ल्याउँछ नै, देशकै कृषि उत्पादनमा पनि योगदान गर्न सक्नेछ। यो दुई वर्षमा एक पटक दिन सकिने ३०० डलरको उपहारले नेपालमा बस्ने र कृषिमा संलग्न परिवारहरुका लागि ३०० भन्दा निक्कै धेरै डलरको योगदान पुर्याउनेछ।
संघ, प्रदेश र स्थानीय सरकारहरुले अग्रसरता लिने कि?
यो विकल्प मेरो लामो अनुभवले त्यति सहज छैन। हाम्रो सरकारी प्रणालीमा नयाँ सम्भावनाको खोजी गर्ने, परीक्षण गरेर हेर्ने, अनि उपयोगी देखिएको प्रविधिहरुलाई लक्षित किसानहरुसम्म पुर्याउने अग्रसरता अपवाद बाहेक नगन्य नै छ। बरु धेरै पदाधिकारीहरु अन्टसन्ट बनाइएका नियम कानुनको हवाला दिँदै नयाँ प्रविधिमा लगानीका योजनालाई रोक्न अग्रसरता लिन्छन्।
तीमध्ये कति जना प्रविधि भित्र्याउने सहजकर्ता बन्न होइन कानुनी पासो थापेर आफना लागि अवैध कमाइ गर्ने मौकाको खोजीतिर पनि लाग्छन्। तैपनि अपवादहरु नभएका भने होइनन्। त्यसैले संघ, प्रदेश र स्थानीय सरकारहरुले क्रपबुस्टर माइक्रोट्रान्समिटरको परीक्षण, प्रदर्शन र आफना किसानहरुका लागि मूल्यमा अनुदानको व्यवस्था गरेर यसलाइ सर्वसुलभ गराउन सक्छन्। यो कार्यका लागि नियम कानुनको पासो होइन उपलब्धि लक्षित अग्रसरता चाहिन्छ। यस्ता धेरै कुराहरु म कृषि मन्त्रालय अन्तर्गत कार्यरत रहँदा गरेको छु। यस्ता कुराहरु सहज र पारदर्शी तरिकाले गर्न सकिन्छ चाहना भयो भने।
किसानले सामूहिक रूपमा खरिद गरि प्रविधि उपयोग गर्ने
सुरुको खरिद मूल्य तत्कालका लागि केही महँगो हुने हुँदा एकअर्कासँग नजिकै रहेका किसानहरु मिलेर यो प्रविधि खरिद गर्न सक्छन् र सबैले यसको उपयोग गर्न सक्छन्।
क्रपबुस्टर माइक्रोट्रान्समिटरले सिंचाइ सिस्टममा जडान भइ कार्य सुरुगरेको दुई वर्षसम्म काम गर्दछ। यो भनेको सिंचाइ सुविधा भएको ठाउँमा ४ देखि ६ बालीसम्म यसले काम गर्दछ। अनि कम्तीमा एउटा माइक्रोट्रान्समिटर दुई हेक्टर वा ३ बिघा क्षेत्रफलमा काम गर्दछ। यो हिसाब गर्दा प्रति बिघा प्रति बाली यसको लगानी मूल्य खासै धेरै हुँदैन। तर, हामी बिभिन्न बालीहरुमा गरिएको परीक्षण र हाम्रो अनुभवमा यसले पुर्याउने प्रतिफल भनेको निक्कै धेरै हुन्छ। यो अर्को सम्भव विकल्प हो।
क्रपबुस्टर प्रविधि हो चाहिँ के?
क्रपबुस्टर उच्च उन्नत माइक्रो-ट्रान्समिटरहरूमा आधारित नयाँ संकेत प्रणालीको नाम हो। यो २० वर्ष पहिला स्विस अनुसन्धानकर्ता फुलभियो बाल्मेलीद्वारा विकसित गरिएको थियो। क्रपबुस्टर एक गैर-रासायनिक उत्प्रेरक हो, जसले पौष्टिक तत्व अवशोषण र बिरुवाको मेटाबोलिज्मलाई सटीक क्वान्टम तरंगहरू प्रयोग गरेर बिरुवाहरूमा अन्तर्निहित आणविक कम्पनहरूलाई इष्टतम (अप्टिमम) कार्य गर्न ‘ट्युन’ गर्दछ। ३००० भन्दा बढी अद्वितीय संकेतहरू साना, सिलिकनमा आधारित माइक्रो-ट्रान्समिटरहरूमा प्रोग्राम गरिएका छन्। यी स्व-संचालित माइक्रो-ट्रान्समिटरहरू जडान गरिएको सिंचाई प्रणालीमा संलग्न हुन्छन्।
सिंचाइ प्रणालीमार्फत बग्ने पानीले संकेतहरू बोक्छ जुन बिरुवाहरू द्वारा अवशोषित हुन्छन्, जसले तिनीहरूलाई उनीहरूको अधिकतम प्राकृतिक क्षमताहरूमा प्रदर्शन गर्दछ। पानीमा धेरै गुणहरू छन्: यो एक कन्डक्टर हो र यो पनि जानकारीको एक ट्रान्सपोर्टर हो।
उदाहरणका लागि, डल्फिन र ह्वेलहरू पानीको माध्यमबाट विशिष्ट फ्रिक्वेन्सीहरूमा संकेतहरू प्रयोग गरेर सञ्चार गर्छन्। क्रपबुस्टरमा यो प्राकृतिक प्रविधिको प्रयोग गरिएको छ। विभिन्न परीक्षणहरु र किसानहरूको अनुभवको आधारमा, प्रत्येक ५ देखि १० दिनमा क्रपबुस्टरजडित प्रणालीबाट बाली सिँचाइ गर्दा उत्कृष्ट नतिजाहरू पाउन सकिन्छ।
विश्वका धेरै देशमा बिगत १० वर्षदेखि विभिन्न बालीहरुमा यसको परीक्षण र प्रयोग भइरहेको भए पनि नेपालमा केही वर्षयता गरिएको परीक्षणमा हालसम्म कागती, किन्नो सुन्तला, धान, गोलभेंडा, आलु, फुलकोपी, बन्दाकोपी, तोरी लगायतका बालीहरुमा यसको प्रतिफल उत्साहजनक पाइएको छ।
यसका उदाहरण यस्ता छन्
उपचारअघि किन्नो सुन्तला।
क्रपबुस्टरको प्रयोगपछिको किन्नो सुन्तला।
किन्नो सुन्तला (पाकिस्तानी)
किन्नो सुन्तला र कागतीको परीक्षण विराटनगरनजिकै बुढीगंगा गाँउपालिकामा गरिएको थियो। क्रपबुस्टरको प्रयोग हुनुभन्दा अघिल्लो साल बगानमा रहेका किन्नोका २५ वटा बोटहरुमा जम्मा ५ वटा फल लागेका थिए, ती पनि गुणस्तरका थिएनन्। त्यो देखेर बगैँचाधनी इन्जिनियर मदन कोइराला ती किन्नोका बोटहरु र केही कागतीका बोटहरु हटाएर त्यहाँ माछापोखरी बनाउने सोचमा हुनुहुन्थ्यो।
क्रपबुस्टरको परीक्षण गर्ने मेरो आग्रहपछि उहाँले पोखरी खनाउने योजना थाती राख्नु भयो र हामीले गएको वर्ष पुसमा क्रपबुस्टर जडान गरि बिरुवामा सिंचाई गर्न सुरु गरेका थियौं। पहिलो वर्षैमा त्यसै बगानबाट २५३ किलो गुणस्तरीय किन्नो सुन्तला उत्पादन भयो। एउटै बोटमा अधिकतम २८ किलोसम्म सुन्तला फलेको थियो।
क्रपबुस्टर प्रयोगपछिको किन्नो सुन्तला ।
कागती (जातहरु सुन कागती १ र २)
क्रपबुस्टरको परीक्षण थाल्ने योजना बनाउदै गर्दा बगैंचाधनी कोइरालाले उहाँको उत्तरतर्फको कागतीको कमजोर बोटहरु भएको भागमा क्रपबुस्टर जडित पानीबाट सिंचाइ गर्ने र दक्षिणतर्फको राम्रो अवस्थामा रहेको कागती बगैंचामा सामान्य पानीले सिंचाइ गर्ने प्रस्ताव गर्नुभयो। हामी सहमत भएर परीक्षण थाल्यौँ।
क्रपबुस्टर प्रयोग अघिको कागतीका बोट।
क्रपबुस्टर प्रयोगपछि।
केही पटकको सिंचाइपछि नै कमजोर बोटहरुमा उत्साहजनक रुपान्तरण देखियो। अनि कोइराला स्वयंले प्रतिफल देखेर सबै बगानमा क्रपबुस्टर उपचारित पानीकै प्रयोगगरि सिंचाई गर्ने चाहना व्यक्त गर्नुभयो र सबै कागती बगानमा यसको प्रयोग सुरु भयो।
क्रपबुस्टर प्रयोगपछि कागतीका फूल इन्सेटमा र बोटमा लटरम्म कागती ।
उहाँहरुले उपलब्ध गराएको बजार बिक्रीको विवरणअनुसार क्रपबुस्टरको प्रयोग अगाडिको वर्षमा जम्मा कागतीको उत्पादन ९५३ किलो थियो भने यो वर्ष पुस अन्तिम हप्तासम्म ५१०२ किलो फल प्राप्त भइसकेको छ। बिगत ३/४ वर्षदेखि पुस/माघमा फुल्ने कागतीको फूलमा नगन्य मात्र फल लाग्दै आएकोमा क्रपबुस्टरको प्रयोगपछि यो वर्ष कागतीका प्राय फूलहरुमा फल लागेर फल छाँट्नुपर्ने अवस्था देखिँदैछ।
क्रपबुस्टर प्रयोग गरिएको आलु बाली।
क्रपबुस्टर प्रयोग गरिएको गोलभेंडा ।
रुपान्तरणका लागि सपनाहरु जोडौं
हामी मध्ये धेरैले सपना देख्ने गर्छौ। केही आफना लागि सपना र केही सामूहिक हितका लागि। अरुका लागि देखिने सपनाहरु सहज हुँदैनन् किनकी यसमा धेरै कुराहरु आफूसँग मात्रै नजोडिएर अरु धेरैसँग पनि जोडिएका हुन्छन्। सरकारी सेवाबाट  अवकाश लिएर मैले कृषिमा स्वतन्त्ररुपमा प्रविधि परीक्षण, विकास र रुपान्तरणका कामलाई निरन्तरता दिँदैगर्दा कतिपय आफ्नै बलबुतामा पनि सम्भव हुने अनुभव गरेको छु। तर, जब उन्नत प्रविधि ठूलो क्षेत्रमा विस्तारको कुरा आउँछ त्यो बेला धेरैभन्दा धेरै सहकार्य चाहिने बोध भएको छ।
हामीलाई राम्रो फलफूल चाहिएको छ। विषादीरहित चाहिएको छ। संसारका विभिन्न मुलुकबाट कृषिउपज आयात गर्ने परिमाण बर्सेनि बढिरहँदा हाम्रै जमिनमा के फलाउन सकिन्छ, कति फलाउन र त्यो गुणस्तरीय कसरी हुन्छ भन्ने पनि हेक्का राख्नैपर्ने अवस्था छ। सानो क्षेत्रफलमा गुणस्तरीय उत्पादन चाहिएको छ। प्रविधि भित्र्याएर निरन्तर प्रयोग गर्दै गए यो असम्भव होइन।
कृषि प्रविधिमा लगानी बढाउन सके हाम्रो बजारमागमा आन्तरिक उत्पादनको हिस्सा बढ्छ। कृषि उपजमा आन्तरिक उत्पादनको हिस्सा बढ्दा आयात घटने मात्र नभइ किसानको आर्थिकस्तर वृद्धि हुन्छ। हामीहरु अझै आयातनिर्भर भइरहने की संसारका विकसित मुलुकहरुले प्रयोगमा ल्याएका कृषिप्रविधि भित्र्याउन अघि सर्ने?
(डा. उप्रेती विराटनगरमा रहेर कृषिमा उन्नत प्रविधिको अध्ययन अनुसन्धानमा सक्रिय छन्)
The post गुणस्तरीय बालीका लागि क्रपबुस्टर : नेपाली किसानले उन्नत विधि प्रयोगमा किन काम नगर्ने? appeared first on BIZMANDU.