राजनलाल जोशी Archives - BIZMANDU
नेवार भोजको अर्थशास्त्र : स्थानीय कृषि उपजको अधिकतम प्रयोग र व्यवस्थापन
आदिवासी जनजातिले एकलतामा विश्वास गर्दैनन्‌। उनीहरू हरेक गतिविधिलाई सामूहिक रुपमा सम्पादन गर्छन्‌। सामुदायिकतामा विश्वास गरी एक आपसबीच सहकार्य गरेर अघि बढ्छन्‌। नेवार भोज सामूहिकता, सहकार्यको नमूना मान्न सकिन्छ। कुनै निश्चित एक जना व्यक्ति भोजको आयोजक भएपनि भोज सम्पन्न गर्नका लागि प्रत्यक्ष अप्रत्यक्ष धेरैजनाको सहभागिता रहन्छ। निजी घर निर्माण वा पाली छाउने कार्यदेखि मठमन्दिर, रथ आदि निर्माणमा समेत सामूहिक सहभागिता देखाउने नेवारहरूले पोषणको लागि खाइने खाना समेत एक्लै खाने गर्दैनन्‌।
सहकारिता
जन्मोत्सवमा गरिने पूजामा टोल छिमेकीहरूलाई धौबजि इनेगु भनी दहीच्यूरा बाँड्ने गरिन्छ। यँयाःपुन्हि (भाद्र शुक्ल पूर्णिमा)का दिन छिमेकी र बटुवालाई समेत समय्‌बजि बाँड्ने गरिन्छ। गाइजात्राका दिन चर्को गर्मीबाट राहत पाओस भनी भिजाइएको केराउ, नास्पती काँक्रो बाँड्ने, अक्षय तृतियामा सख्खरपानी सर्वत पिलाउने गर्छन्‌। तिहार लगतै कार्तिक शुक्ल नवमीका दिन भोगटे, ज्यामिर, लगायतका अमिलो फलफूल साँढेर सिसाबुसा भ्वय् भनी सबैलाई बाँडेर खाने गरिन्छ। कार्तिक पूर्णिमाका दिन टोल छिमेक जम्मा भइ मठमन्दिरमा हलिमलि ब्वय्‌गु भन्दै मकै, भटमास, केराउ आदि भुटेर देवदेवीको प्रतिमूर्ति तयार गर्छन्‌।
स्वारी मालपुवाको पर्खाल लगाइ देवदेवीको प्रतिमूर्ति प्रदर्शन गरीसकेपछि उक्त खाद्यपदार्थ सबैलाई बिना भेदभाव बाँडेर खाने गरिन्छ। शिवरात्रीमा बाटोमा धुनी जगाउन बालेको आगोमा मकै भटमास भुट्नुका साथै हलुवा, लसुन, काउली आदि परिकारहरू बनाइ बाँडीचुडी खाने गरिन्छ। योमरीपूर्णिमाका (मंसिर पूर्णिमा) दिन टोल छिमेकीहरू जम्मा भइ योमरी माग्ने गरिन्छ । यसरी संकलित योमरीहरू उक्त समयमा आशोचमा परेर योमरी पकाउन नहुनेहरूका लागि उपलव्ध गराउने गरिन्छ। यसरी सहकार्यात्मक गतिविधि गरेर संगठित नेवारहरू भोजको क्रममा पनि आफन्तदेखि छरछिमेकीलाई समेत परिवारजनको रुपमा स्थान दिने गर्छन्‌। नजिकका नातेदारहरूले भोजको लागि आवश्यक आर्थिक, भौतिक सहयोग समेत दिने गर्छन् भने अन्यको प्रत्यक्ष अप्रत्यक्ष सहभागीहरूको पनि उल्लेखनीय सहभागिता रहेको हुन्छ।
सामाजिक रुपमा टोल छिमेकीहरूको सहयोग आदान प्रदान गर्ने नेवारहरूबीच पारिवारिक रुपमा सहकार्य विशेष प्रकारको पाइन्छ। व्रतवन्धको भोजमा बालकका मामाघरबाट बोकाको प्रवन्ध गरीदिने प्रचलन नेवारहरूबीच छ। छोरीचेलीको विवाहमा मामाले पाठीको व्यवस्था गरीदिने गर्छन्‌। यसरी व्यवस्था गरिदिइएको पाठीले पशुपालन गरी जीविका निर्वाह गर्न सकुन् भन्ने उद्देश्य बोकेको पाइन्छ।
सहयोगी भावनाले अभिप्रेरित भइ बाराः राखेकी चेलीको सुस्वास्थ्यको रेखदेख गर्ने उद्देश्यले छुस्यामुस्या नकेगु भनी मकै, भटमास, गहुँ भुटेर ल्याउनुका साथै मुला, च्यूरा, मिठाइ फलफूल बोकी आउने गर्छन्‌। नजिकका आफन्तकोमा गर्भवति छोरी चेली र पेटमा हुर्कंदो शिशुको सुस्वास्थ्यको कामना गर्दै गर्भवति भएको आठौं महिनामा धौबजि नकः वनेगु भनी दही च्यूरा, मासु, योमरि, मिठाइ आदि लाने परम्परापनि सहकारिताको नमूनाको रुपमा लिन सकिन्छ। शिशु जन्मिसकेपछि पनि आमा र बच्चाको सुस्वास्थ्यको कामना गर्दै आफन्तहरूले मचाबू स्वःवनेगु (नवजात शिशु हेर्न जाने) र लाबजि नकः वनेगु (मासु च्यूरा) भनी च्यूरा, मासु, मिठाइ बोकी सुत्केरीको घरमा पुग्ने कार्यलाई सहकारिताको नमूना मान्न सकिन्छ। सुत्केरी अवस्थामा आफन्त बाहेक छरछिमेकीहरूले पालैसँग आमा र शिशुको हेरविचार गरीदिने र आवश्यक रुपमा पौष्टिक पदार्थ खुवाइ सहयोग गर्ने गर्छन्‌। हाल आएर पारिवारिक रुपमा मात्र मचाबू स्वःवनेगु भनी सुत्केरीलाई पोषिलो खानेकुरा खान लाने गरिन्छ।
समाजमा बसेपछि एकले अर्कोलाई सहयोग गर्नुपर्छ भन्ने अर्को ज्वलन्त नमूना मृत्युसंस्कारको क्रममा पनि पाइन्छ। परिवारजनमध्ये कसैको मृत्युभएपछि चुलो समेत भत्काउनुपर्ने परम्परा रहेका नेवारहरूबीच शुद्धिकरण नभएसम्म चुलोमा आगो बालिन्न। चुलोमा आगो नबालिने अवस्थामा परिवारजनहरू भोकभोकै पर्ने भएकोले विवाहित छोरी चेली, आफन्तहरूले अन्त्येष्ठी संस्कार सकिएर घर फर्केका परिवारजनलाई चिपं थिकः वय्‌गु भनी च्यूरा, तरकारी, मुला, अदुवा, नून, रक्सी मिठाइ बोकी खाना खुवाउन आउने गरिन्छ। चारौं दिनमा च्यूरा, कःसू (केराउ दाल) तरकारी, दूध, दही आदि लिएर पुग्ने गर्छन्‌। छैठौं दिनमा पनि त्यसरी पुग्ने चेलीहरूले त्यसदिन अन्यलाई सहयोगीहरूलाई ल्वःचा बजि खुवाउन आफैले चुलो बाली सामान्य भोज तयार गरी सहयोग गर्ने परम्परा रही आएको छ।
भोज एक वा दुईजनाको प्रयासमा सम्पन्न गर्न असंभव प्रायः मानिन्छ। सयौंको संख्यामा आमन्त्रितहरूलाई भोज खुवाउन सुकुल, लप्ते(लपेस)देखि खाद्यसामग्रीको तयारी गर्नु निकै चुनौतीपूर्ण मानिन्छ। त्यसमाथि आमन्त्रितहरूले भोज खाइसकेपछि लप्ते(लपेस) एवं रहलपहलको सही व्यवस्थापन गर्नु थप चुनौतीपूर्ण मानिन्छ। यसका लागि आयोजकले आफू र आफ्ना साथीभाई, छरछिमेकी र विज्ञहरूसँग सहकार्य गर्ने गरिन्छ। छिमेकी, साथीभाई आदिलाई आवश्यक परेको खण्डमा पनि सहयोग दिन तयार हुनुपर्छ। दोहोरो सहयोगको आदानप्रदान गरेर भोजहरूको आयोजना गरिने भएकोले यसलाई सहकारिताको नमूना मान्न सकिन्छ।
गुथि
प्रत्येक घरबाट एक–एक जना सदस्यहरूको सामुहिक संगठनको रुपमा रहेको गुथि विशेष गरी मृत्यु संस्कारमा सक्रियता देखिन्छ। मृत्यु संस्कारमा सनांगुथि, सीगुथि र विचाः गुथि भनी मलामी जाने, अन्त्येष्ठी कृयामा आर्थिक तथा आवश्यक सहयोग गर्ने र आवश्यक रेखदेख गर्न जाने पद्धति गुथिले विकास गरेको पाइन्छ। यसबाहेक धार्मिक पूजापाठमा समेत गुथिको उपस्थिति रहेको छ। सदस्यहरूबीच कुनै भेदभाव नराखी समानता र सहकारिताको सिद्धान्त अनुसार समान पूर्वक काम कारवाही र सहयोग गुथिभित्र हुने गरेको छ। गुथिका प्रत्येक सदस्यको समान अधिकारको वकालत गर्दै क्रमबद्धढंगले गुथिको अध्यक्षता गराउने पद्धतिसमेत रहेको छ।
समाजमा बसेपछि सहकार्य गर्नुपर्छ भन्ने मान्यताले अभिप्रेरित गुथि व्यवस्था विभिन्न उत्सव, धार्मिक कृयाकलाप र संस्कारजन्य भोजमा समेत सक्रिय रहेको पाइन्छ। विशेष गरी काठमाडौंको ज्यापूसमुदायमा भोजको लागि विभिन्न परिकार पकाउने जिम्मेवारीहरू फरक फरक रहेको हुन्छ। भोजमा मेथीको परिकार पकाउन मीकाकु गुथि, तोरीको परिकार पकाउन तुकंकाकु गुथि, भन्टा पकाउन भान्ताकाकु गुथि, बालबालिकालाई रोगव्याधीबाट बचाउन र स्वस्थ बनाउन मरःजा खुवाउने मरःगुथि (ज्यापू, विसं.२०५७, पृ.१४) प्रचलनमा रहेको छ। काठमाडौंको महाबौद्ध क्षेत्रमा रहेका ज्यापू समुदायबीच मल्ताक्वाति गुथि रहेको छ । खुर्सानीको क्वाति बनाइ आयोजना गर्ने यस गुथिमा गुथियारहरूले मल्ताक्वाति पिउनका लागि घरदेखि भाँडावर्तन बोकेर आउने गर्छन्‌ । यसैगरी सेतो मत्स्येन्द्रनाथको दशसंस्कार गरिंदा चौजा (चाकु राखेर पकाइने भात) पकाउने कार्यपनि गुथि अन्तर्गत रहेको छ । यसबाहेक काठमाडौंको विभिन्न स्थानमा मनाइने जात्रापर्व समेत गुथिबाट संचालित गर्ने र जात्रा सम्पन्न भएपछि सबै सँगै बसेर भोज खाने गरिन्छ ।
व्यवस्थापन
भोज आयोजना गर्नु भनेको सहज र सरल रुपमा लिइन्न। आयोजकको विभिन्न कार्यक्रम वा अवसर विशेषमा नजिकका नातेदार एवं इष्टमित्रहरूलाई आमन्त्रण गरी भोजको आयोजनाका लागि परिवारजनबाहेक अन्यको पनि सहभागिता रहन्छ। भोजको कार्यक्रम सुव्यवस्थित रुपमा सम्पन्न गर्नका लागि क्षमता र दक्षताको आधारमा कामको विभाजन गर्ने गरिन्छ।
दाउरा
तःखा, सन्याखुना, गोर्मा र लामोसमयसम्म पकाइने छ्वंक्वाः(तामाको परिकार)का लागि धुसिं (सालको काठ) ल्याउने गरिन्छ। सालको काठको अभावमा चाँप, अम्बा, ग्वेछासिंका दाउराहरू संकलन गर्ने गरिन्छ। परिकार पकाउने क्रममा आगो राम्रोसँग नबल्ने साथै धुँवा बढी आउने भएकोले साजको दाउरा संकलन गर्दैन। यो बाहेक एकैचोटी ह्वारर बल्ने सल्लाको दाउरापनि भोजका लागि परिकार बनाउन संकलन गरिन्न।
घर नजिकैको बकाइनो काठले यी परिकारहरू तितो हुने भएकोले सकेसम्म यी काठहरू तःखा बनाउन प्रयोग गर्दैनन्‌। काठमाडौं उपत्यकाभित्र नीमका बोट नपाइएपनि अन्यत्रका नेवारहरूले समेत उक्त बोटको दाउरा मासु, तरकारी पकाउन प्रयोग गर्दैनन्‌। नीमको काठले परिकार तितो हुन्छ भन्ने छ।
च्यूरा कुटाइ
नेवारभोजमा च्यूरा आधारभूत खाद्यवस्तुको रुपमा रहेको छ। भोजका लागि पर्याप्त च्यूरा आवश्यक पर्ने भएकोले एक/डेढमहिनाअघिदेखि च्यूरा कुट्ने गरिन्छ। हाल व्यावसायिक उत्पादक वा खुल्ला बजारमा च्यूरा पाइएपनि विगतमा टोलछिमेकीहरू जम्मा भइ च्यूरा कुट्ने गरिन्छ।
धानलाई उमालिएको पानीमा २४ घण्टा भिजाइसकेपछि त्यसलाई तर्काइन्छ। यसरी तर्काइएको धानलाई टोलछिमेकका महिलाहरूले हाँडीमा राखेर भुट्ने गरिन्छ । धान भुटी सकेपछि त्यसलाई उगः (ओखल)मा राखी दुईजना महिलाले काठको लुसि(मुसल)ले कुट्ने गरिन्छ । यसरी कुटेको धान चेप्टीएपछि च्यूरा तयार हुन्छ। नेवार समाजमा भोजको लागि छरछिमेकीले मात्र च्यूरा तयार गर्ने नभइ बोडेको टिगनीका राजथलाहरूले पनि च्यूरा कुट्ने गरिन्छ।
एउटा भोज सम्पन्न गर्नका लागि सहयोग स्वरुप च्यूरा तयार गर्ने कार्य सहकारिताको अनुपम नमुनाको रुपमा लिन सकिन्छ। नेवारको च्यूरा अन्य समुदायले तयार गरिने भन्दा पृथक रहेको छ। भारतमा अत्यन्त पातला च्यूरा बनाइन्छ। त्यसैगरी नेपालका अन्य गैर नेवारहरूलेपनि च्यूरा बनाएपनि उपत्यकामा विभिन्न किसिमका धानबाट बनिने च्यूराको स्वाद र गुणस्तर विशिष्ट मानिन्छ । च्यूरालाई विगतमा फलके भनेर चिनिन्थ्यो। हाल आएर बजि भएपनि यसलाई फलको रुपमा लिइन्छ। त्यसमाथि नेवार र अन्यबीचको च्यूरा बनाउने प्रविधि फरक भएकोले यो उपत्यकामा विकसित धान संस्कृतिको उपजको रुपमा लिन सकिन्छ । त्यसमाथि फलके शव्द नेपाल संवत ५०९ मा उल्लेख भइसकेको छ।
लप्ते(लपेस)
भोजको लागि आवश्यक लप्ते(लपेस) सालको पात गाँसेर बनाइन्छ। यसका लागि उपत्यकाको चारैतिर रहेको धादिङ, मकवानपुर, नुवाकोट आदि स्थानबाट सालको पात संकलन गर्ने गरिन्छ। स्थानीय बासिन्दाहरूले संकलन गरेको सालको पातमा सिन्काले उनेर आवश्यकता अनुसार लप्ते(लपेस) र बोता बनाउने गरिन्छ। यसका लागि भोजका आयोजका आफन्त वा टोल छिमेकी दिदीवहिनीहरूले लप्ते(लपेस) बनाउने जिम्मेवारी वहन गर्ने गरिन्छ। लप्ते(लपेस) बनाउने कार्यपनि सहकारिताको अनुपम नमूनाको रुपमा लिन सकिन्छ।
मासु
शाव्दिक अर्थमा नेवार समाजमा ला भनेको मासु। आदिम सभ्यतामा मासुलाई परिकार वा खाद्य वस्तुको रुपमा लिइन्छ। सभ्यताको विकासक्रममा मासुलाई आलो वा पोलेर खाने संस्कृतिबाट विकास भएपछि यसले विशेष स्थान ओगटेको देखिन्छ। कृषि युगसँगै अन्य परिकारहरू बनाउने पद्धतिले मासु र अन्य तरकारीबीच भेद हुँदै गएको छ। यसरी बहुअर्थ हुने गरी विकास भएको मासु नेवार समाजमा आयोजना गरिने भोजको प्रमुख परिकारको रुपमा स्थापित भएको छ । फलस्वरुप मासुको पचासौं नाम र परिकारहरूको विकास भएको देख्न सकिन्छ।
नेवारको भोजमा मासु र मासुजन्य पदार्थको बाहुल्यता पाइन्छ। स्थानीय वनजंगलमा पाइने जनावर र स्थानीय रुपमा पालिएका पशुपन्छिको मासुको लागि उपयोग गरेको पाइन्छ। मल्लकालमा हाँस, भँगेरा, तित्रा, कालि, राँगो, बोका, हरिण, भेँडा, सुँगुरको मासु प्रचलनमा देखिन्छ। थापूजामा गोहीको मासु प्रयोग गर्ने गरेको पाइन्छ। यस आधारमा पनि नेवार समुदायले विविध प्रकारका मासु र मासुजन्य खाद्य सामग्री उपयोग गरेको देख्न सकिन्छ।
जितामित्र मल्लको शासनकालमा छोय्‌ला, सुकुला (सुकुटी), चुंला (किम्मा), लापी (मसलायुक्त किम्माको बारा), लाग्वः (मसलायुक्त किम्माको लड्डु) हामोला (तिल र मासुको परिकार), हिंला (हिंग राखेर बनाइएको मासु), पुकाला (भुटन) हाकुछ्वय्‌ला (पराल/छ्वालीमा पोलेर साँधेको मासु)क्वटला (ठूलठूलो टुक्रा गरी बनाइएको मासु) पंला (उसिनेर दही राखी बनाइएको मासु) प्रयोगमा ल्याइएको थियो (वज्राचार्य, विसं.२०५३, पृ.२९)। पंला राँगा, बोका, भंगेरा, हाँसको मासुबाट बनाइन्थ्यो। करन पंला, गुला पंला, सोन हि ङा पंला, खेँज पंला भनी अन्य पदार्थ मिसाइ पनि बनाइन्छ (वज्राचार्य, विसं.२०५३, पृ.३०)। यसरी विविध मासु र मासुका परिकारहरू उपभोग गर्ने नेवार समुदायले सुँगुरको मासुसमेत प्रयोग गर्ने गरेको देखिन्छ।
मल्लकालमा खुल्ला रुपमा सुँगुरको मासु प्रयोगमा ल्याएको पाइन्छ। तान्त्रिक पद्धतिमा पनि सुँगुर/बँदेलको मासुलाई महामांसको रुपमा स्थान दिएको पाइन्छ। सगुन लिंदा बाँया कामकलाले भरिएकी मनोरंजक पत्नी, दाँया मद्यपात्र, अगाडि वः, बँदेलको तातो मासु, विणाको मधुर झंकार, उत्कृष्ट गुरुको आज्ञा लिएर योगिनीजनहरूको नाममा सगुन लिनुपर्छ भन्ने छ (जोशी, विसं. २०७९. पृ.९७) ।
पछिल्ला दिनहरूमा आधुनिकतासँगै भोजहरूमा सुँगुर/बनेलको मासुले स्थान पाउन थालेको छ। यद्यपि सांस्कृतिक रुपमा भक्तपुरमा प्रत्यक्ष रुपमा सुँगुरको उपभोग गरेको देख्न सकिन्छ। भक्तपुरमा हालसम्म नवदुर्गाको नाचमा अनिवार्य रुपमा सुँगुरको बलि दिने गरिन्छ। यसरी मासुको विविधता रहेको नेवार समाजमा गोरुको मासुसमेत प्रयोगमा देख्न सकिन्छ । विशेष गरी बौद्ध नेवारहरूले तिब्बतबाट ल्याइने चौरीगाईको सुकेको छालामा चामलको पिठो राखेर २४ घण्टासम्म पकाइ गोर्मा बनाउने गर्छन् (श्रेष्ठ, विसं.२०७२, मन्तव्य)। उपत्यकामा गाई/गोरुको मासुप्रति नकारात्मक सोचका कारण उक्त समुदायका व्यक्तिहरूले भेडाको पुरानो छाला ल्याइ वा काठमाडौंमा पाइने राँगाको पुरानो छालाबाट गोर्मा बनाउने गरिन्छ। यद्यपि गोर्माको नाममा भने परिवर्तन भएको छैन।
मासुको विविधता रहेको नेवार भोजमा विशेष गरी राँगाको मासुलाई प्राथमिकता दिने गरिन्छ । वंशावलीकारहरूले हरिसिंहदेव नेपाल आउने क्रममा राँगा मासु खाने पद्धति प्रारम्भ गरे भन्ने उल्लेख गरेपनि (योगी, विसं.२०१३, पृ.५७–६२) यहाँ धेरै अगाडि देखि प्रचलनमा रहेको देखिन्छ । लिच्छविकालमा समेत राँगाको मासु प्रयोग हुने गरेको प्रसंग इतिहासकार बाबुराम आचार्यले गरेको छ (शर्मा, विसं.२०२९, पृ.६) । लिच्छविकालीन शासक अंशुवर्माले टिष्टुङ तौखेलका राँगा पाल्नेहरूलाई समस्या भएपछि ठाउँ सारेको अभिलेख(वज्राचार्य, विसं.२०३०, पृ.३४८)का आधारमा पनि नेवारहरूले राँगाको मासुलाई निर्वाध रुपमा प्रयोग गर्ने गरेको देखिन्छ । काठमाडौंमा आयोजना गरिने अधिकांश धार्मिक एवं सांस्कृतिक परम्परामा राँगाको मासुलाई प्रत्यक्ष रुपमा स्थान दिइएको छ । नवदुर्गा लगायतको धार्मिक स्थलमा बलि दिन प्रयोग हुने राँगाको मासु दशैंमा आगमकोठा/जमराघरमा थापिं स्वने गरिंदा अनिवार्य रहेको छ । श्राद्धकर्ममा समेत प्रयोग हुने राँगाको मासुले पितृलाई आठ महिनासम्म सन्तुष्ट बनाउने भन्ने उल्लेख पारस्करगृह्यसूत्रमा उल्लेख छ (मुनंकर्मी, विसं.२०७५, पृ.४६२) । शास्त्रीय प्रमाणहरूको आधारमा हालसम्मपनि नेवारहरूले श्राद्धकर्ममा पिण्डभित्र राँगाको मासु हालेर पिण्डदान दिंदै आएको पाइन्छ।
नेवारहरूले राँगाको मासुबाट छ्वय्‌ला, तालातुला, तःखा, सन्याखुना, जँला, च्याकुला, ला वः लापि, चुंला, पुकाला, छ्याला आदि गरी ६४ भन्दा परिकारहरू बनाउने गर्छन्‌ । राँगाको टाउकोदेखि पुच्छरसम्मका भागबाट विभिन्न परिकारहरू बनाइन्छ । भित्री भाग (भुँडी, कलेजो, आन्द्रा लगायत) भुटन बनाउन प्रयोग गरिन्छ । मासुका विभिन्न परिकार तयार गर्नका लागि मासु उपलव्ध गराउने भूमिका नेवारभित्रका नाय् (खड्गी) जातिले खेलेको हुन्छ । यसबाहेक नाय्‌जातिले भोजको लागि सम्वन्धित आयोजकको घर आँगनमा गइ आवश्यक राँगा काटी सफा गर्ने र मासु तयार गरी सहयोगी भूमिका खेल्ने गर्छन्‌।
दही
भोजका लागि आवश्यक लप्ते(लपेस), च्यूरा, मासुपछि दहीको विशिष्ट स्थान छ । स्वादिलो दहीले भोजको उचाइ थपीदिने भएकोले भक्तपुरका आयोजकले दहीको जिम्मेवारी आफ्नै छिमेकी धौबन्जाः वा धौभडेललाई दिने गरिन्छ । व्यावसायिक रुपमा उक्त जातिकाहरूले दही बनाउने गरेपनि स्थानीय स्तरमा आयोजना गरीने भोजका लागि हरसम्भव प्रयास गरी दही उत्पादन गरीदिने गर्छन्‌ । बाक्लो दहीका लागि भैंसीको दूध उपयोग गर्ने दहीकर्मीहरूले थप स्वादिलो बनाउन खुवा र घ्यूसमेत हाल्ने गर्छन्‌ । काठमाडौं र अन्य स्थानमा भने व्यावसायिक रुपमा दही उत्पादन गर्नेहरूकोबाट संकलन गर्ने गरिन्छ ।
तेल
परिकारलाई स्वादिलो बनाउने भूमिका तेलको पनि हुन्छ । तेलमा मिसावट भएको खण्डमा परिकारको स्वादसँगै गुणस्तर खस्किने डरले भोजका आयोजकले आफ्नै बारीबाट संकलित तोरी पेलेर तेल बनाउन लालायित हुने गर्छन्‌ । तोरी संकलनपछि नजिकैको टोल छिमेकीको रुपमा रहेको मानन्धर वा खोकनाका ज्यापूहरूले संचालन गर्ने गरेको साः(कोल)मा लगी तेल पेल्ने गरिन्छ । भोजका लागि तेल पेल्न आउने छिमेकीहरूलाई विशेष प्राथमिकताका साथ तेल उत्पादन गरी सहयोग गरीदिने गर्छन्‌ ।
सुकुल
चोक, घरका छिँडी आदिमा पलेटी कसेर खाइने नेवारभोजका लागि लाम्चा भ्वय् सुुकू (भोज सुकुल) आवश्यक पर्छ । टोलमा आफू र छिमेकीहरूका लागि कुनैपनि बेला भोजका लागि सुकुल आवश्यक पर्नसक्ने भएकोले ज्यापू समुदायका महिलाहरूले सुकुल बुन्ने गर्छन्‌ । विशेषगरी कात्तिक–मंसिरमा धान भित्र्याइसकेपछि पारिलो घाममा बसेर परालको सुकुल बनाउने गरिन्छ । यसरी बनाइने बनाइने सुकुलले समय समयमा हुने भोजको लागि सहयोग स्वरुप उपलव्ध गराउने गरिन्छ ।
भरिं (भान्छे)
सामूहिक सहकार्यमा सम्पन्न हुने भोजमा भरिंको सहायोगात्मक भूमिका पनि अतुलनीय मानिन्छ । घरमूली पछिको अधिकार सम्पन्न व्यक्तित्वको रुपमा रहेका भरिंले भोजका लागि सम्पूर्ण परिकारहरू निर्माण गर्ने जिम्मेवारी वहन गर्ने गरिन्छ । परिकारहरू तयार गर्दा कुनै किसिमका व्यवधान नआओस र पाककलाले पूर्णता पाउन भनी घरमूलीले हातपूजा गरी सिंगो भान्छाको जिम्मेवारी भरिंलाई दिने गरिन्छ । भरिंलाई जिम्मेवारी दिइसकेपछि उक्त स्थानमा ती व्यक्तिको अनुमति बिना कुनैपनि परिकारहरू आफूखुसि कसैलेपनि लान वा चलाउन समेत पाइंदैन ।
भरिंले परिकार तयार पस्किदिनुपर्ने जिम्मेवारी बहन गर्ने भएकोले कतिपयले सहयोगी राख्ने गरिन्छ । सहयोगी भरिंहरूले आमन्त्रित पाहुनाहरूलाई भोज पस्किदिने कार्य गरिन्छ । मिश्रीत समुदायको रुपमा रहेका नेवारहरूबीच उच्च वा नीच जाति आदि मान्यताका कारण कतिपय तथाकथित ठूला जात भन्न रुचाउनेहरू जो कोहीकोमा गएर भोज खाँदैनन्‌ । यस्तो अवस्था सृजना हुन नदिनका लागि भक्तपुरमा तथाकथित उपल्लो जाति भनिएका राजभण्डारी वा छथरी नेवारहरूलाई भान्छाको जिम्मेवारी दिने गरिन्छ । जिम्मेवारी दिइसकेपछि अन्यले भान्छामा कुनै किसिमको हस्तक्षेप गर्न पाइन्न भन्ने छ । काठमाडौंमा विहान सखारै नुहाइ धुवाइ गरेर आउने भरिंहरूका लागि च्याकुला (राँगाको टाउकोको विभिन्न भागलाई गिदी, मसला हालेर बनाइएको छ्वय्‌ला) र प्रयाप्त मात्रामा जाँडरक्सीको व्यवस्था गरीदिने गरिन्छ ।
भोजलाई व्यवस्थित रुपमा सम्पन्न गर्नेक्रममा जुठो लप्ते(लपेस) आदि व्यवस्थापन गर्नुपर्ने हुन्छ । भोज खानसकेकोहरूको जुठो संकलन गरी उचितस्थानमा व्यवस्थापन गर्ने गरिन्छ । भक्तपुरमा जुठो व्यवस्थापनको कार्यमा सहयोगी भूमिका निर्वाह गर्ने सबैले भोज सम्पन्न भएको भोलीपल्ट व्यंकेगु तिनीहरूलाई फोहर व्यवस्थापन गरेकोमा धन्यवाद सहित कपडा उपहार दिने प्रचलन रहेको छ ।
धुकूभरिं
विशेष उत्सव, संस्कारहरूमा आयोजना गरिने भोजमा ठूलो संख्यामा पाहुनाहरू हुनेगर्छन्‌ । ती पाहुनाहरूलाई आवश्यक मात्रामा सत्कार गर्न र खाद्यसामग्रीको सुरक्षा गर्नका लागि धुकूभरिंको व्यवस्था गर्ने गरिन्छ । भान्छामा पकाइने परिकार बाहेकका खाद्यसामग्रीहरूको जिम्मेवारी धुकूभरिंले लिने गर्छन्‌ । भोजको लागि आवश्यक जाँड, रक्सी, च्यूरा, दही, मिठाइको सुरक्षार्थ स्थापना गरिने भण्डारको रेखदेख एवं जिम्मेवारी ज्वाइं वा भान्जाले गर्ने गर्छन्‌ । उनीहरूले आवश्यता अनुसार खाद्यसामग्री आपूर्ति गरी सहयोग गर्ने गरिन्छ ।
स्थानीय उपजको उपयोग
कृषिलाई प्रमुख पेशाको रुपमा अंगाल्दै आएका उपत्यकाका नेवारहरूको अधिकांश गतिविधि कृषिमा आधारित छन्‌ । धान बालीलाई प्रमुखताका साथ स्थान दिंदै आएका यहाँका बासिन्दा खाद्यपोषणप्रति विशेष सजग रहेको पाइन्छ । उपत्यकामा जन्मदेखि मृत्युपर्यन्तका गतिविधि, उत्सवजन्य कार्यक्रम र चाडपर्वहरूमा समेत स्थानीय भूमि, जंगल र जलबाट उत्पादित सामग्रीलाई स्थान दिएको पाइन्छ ।
स्थानीय स्वत्व र आफ्नो क्षेत्राधिकारको सुरक्षार्थ दत्तचित्त नेवारहरूले भोजमा आवश्यक खाद्यसामग्रीको समेत आवश्यक भन्दा बढी उत्पादन गर्दैनन्‌ । उत्पादित सामग्रीहरूको अधिकतम उपयोग गर्ने गर्छन्‌ । यस्को ज्वलन्त नमूना बुल्ला, आलुछ्वं (आलुतामा), छ्याला परिकार हुन्‌ । बुल्ला जाँड बनाइसकेपछिको बाँकी रहेको कटबाट बनाइन्छ । आलुछ्वं विभिन्न तरकारीका टुक्रा र मासु उसिनेर बाँकी रहेको झोल (सुप)बाट बनाइन्छ । यसलाई पंचक्वाःपनि भनिन्छ । छ्याला बनाउन मुलाको सिन्केसँगै भोजका लागि तयार गरिएको मासुका स–साना टुक्राहरू उपयोगमा ल्याइन्छ ।
शाक्य, वज्राचार्य र ज्यापूहरूको भोजमा राखिने छ्याला विशेष गरी वेहुली अन्माउने र मृत्यु संस्कारसँग सम्वन्धित भोजमा प्रयोग गरिन्छ । आफूलाई आवश्यक सामग्री संकलन गर्दा समेत बिउ नासिन दिंदैनन । भोजका लागि आवश्यक फर्सि काटेपछि पनि टोल छिमेकी वा त्यहाँ उपस्थितहरूले त्यसको बिउ संकलन गरेर लाने गरिन्छ । जुन आदिवासी जनजातिहरूको परिचायकको रुपमा लिन सकिन्छ । भोज तयार गरीसकेपछि कथंकदाचित बढी खाद्यपदार्थ उब्रिएको खण्डमा त्यसको उपयोग गर्न सहयोगी सम्पूर्णलाई भोजको भोलिपल्ट धार्मिक पीठ वा घरमा बोलाइ भिंबेली भनी पाहुना सत्कार गर्ने गरिन्छ । यसरी भिंबेलीको नाम भने स्थान अनुसार फरकफरक रहेको छ ।
चिम्हुकं (सानो च्याउ)
नेवार समाजमा च्याउ खाने संस्कारको खासै स्थान नरहेपनि गुथि एवं ठूल–ठूला भोज थाय्‌भुहरूमा चिम्हुकं राख्ने गरिन्छ । भक्तपुरमा भने धार्मिक एवं सांस्कृतिक गतिविधिहरूमा च्याउ र च्याउजन्य पदार्थहरू निषेध गरेको छ । यद्यपि काठमाडौं र ललितपुरमा आयोजना गुथि एवं ठुलठूला उत्सवमा थाय्‌भु खुवाउँदा वर्षात्‌को समयमा काठमाडौं उपत्यका आसपासको जंगलमा यत्रतत्र पाइने स–साना कालो रंगको चिम्हुकंलाई चामुण्डादेवीको प्रतिनिधित्व गरी राख्ने गरिन्छ । थाय्‌भुमा राखिने चिम्हुकंलाई उसिनेर नुनमात्र राखेर बनाइन्छ । चिम्हुकंको अभाव भएको खण्डमा पनि हाल प्रचलित कन्ये च्याउ र डल्ले च्याउलाई भने स्थान दिएको पाइन्न । गुथि लगायतका थाय्‌भुहरूमा आवश्यक चिम्हुकंको आवश्यकतालाई ध्यानमा राखेर संकलकहरूले संकलन गरी सुकाइ सुरक्षित गर्ने गरेको पाइन्छ ।
तेल
खाद्य परिकार तयार गर्न तेलको भूमिका महत्वपूर्ण रहेको हुन्छ । समयबजिमा राखिने छ्वय्‌ला, भोजमा राखिने तोरीको सागमा काँचो भुटेको तेलले मोल्ने गरिन्छ ।अन्य परिकारमा भुटेको तोरीको तेल राखेर बनाउने गरिन्छ । भोजमा आवश्यक तेलको लागि आफ्नै खेतबारीमा रहेको तोरी संकलन गरी तेल संकलन गर्ने गरिन्छ । यसबाहेक ललितपुर खोकनाका किसानहरूले संगठित रुपमा तोरी र तेलको उत्पादन गर्ने गरेकोले उक्त स्थलबाट समेत तेल ल्याई भोजको परिकार बनाउने गरिन्छ ।
गेडागुडी
काठमाडौं उपत्यकाको प्रमुख बाली धान रहेपनि पानी नजम्ने वा बारीमा केराउ, मेथी, बोडी लगायतका गेडागुडी रोप्ने गरिन्छ । यसरी रोपिएको गेडागुडीका मुना तरकारी खान प्रयोग गरिन्छ भने बिउसमेत भोजमा परिकार बनाउने गरिन्छ । भोजको लागि आवश्यक गेडागुडीहरू आफ्नै खेतबारीबाट संकलन गरी राख्ने गरिन्छ ।
च्यूरा
स्याःबजि समय्‌बजिको अभिन्नअंगको रुपमा रहेको छ । भोजमा काठमाडौंमा फल्ने धानको मात्र प्रयोगमा ल्याइन्छ । विशेषगरी वला वा (घैया), हाकुवा (कालोधान) वा ताइचिन धानको च्यूरा बनाइन्छ । भोजको प्रकृति अनुसार फरक फरक च्यूरा चाहिने भएकोले च्यूरा उत्पादन समेत फरक रहेको देखिन्छ । नेवार समाजमा च्वकाबजि (च्यूरा निफनेर आएको कनिका), पौबजि, ह्याउँबजि पाँय्‌बजि, उलाबजि, तिगिंबजि, ल्हुयाबजि, स्याबजि प्रचलित छ । एक आपसमा टाँसिएर वा ढिक्का हुने च्यूरालाई पाँय्‌बजि भनिन्छ । यो च्यूरा मृत्यु संस्कारको क्रममा प्रयोग गरिन्छ । कालो धानको ह्याउँ बजि र घैयाको उलाबजि बनाइन्छ । यसबाहेक तिगनीमा कुटिने च्यूरालाई तिकिंबजि भनिन्छ । भोजको अवसरमा आयोजकका परिवारजनलेपनि च्यूरा बनाउने गरिन्छ ।
स्याबजि
भुटेको च्यूरा लाई स्याबजि भनिन्छ । समय्‌बजि खान र विभिन्न पूजाहरूमा स्याबजि अनिवार्य मानिन्छ ।
जाँड/रक्सी
धार्मिक कार्य वा भोजभतेरमा जाँड/रक्सीको अनिवार्यता रहेको छ । जाँड/रक्सी उपत्यकामा उत्पादित ताइचिन धान, ककिवा (धान झार्दा नपाकेको गेडा) (जोशी र जोशी,११३९, ९३)बाट बनाइन्छ । यसबाहेकपनि चाडपर्व, उत्सव वा संस्कारजन्य कार्यमा विविध किसिमका जाँड/रक्सीको प्रयोग हुने गर्छ । ह्याउँथ्वं, अजिथ्वं, मूतिथ्वं, भौथ्वं, मूतिथ्वं, त्यपथ्वं, प्याःथ्वं, बताथ्वं, भ्यावरथ्वं वा ताकुथ्वं प्रमुख जाँड हुन् (पंच, विसं.२०५७, पृ.९५)। अजिथ्वं ताइचिन चामल बफाएर आउने रसलाई भनिन्छ । हाजा (बफाएको चामल)मा आवश्यकता अनुसार मर्चा मिलाइ माटोको क्वंचा राखीसकेपछि जाँड बन्छ । बिना पानीको गुलियो रसलाई मूतिथ्वं भनिन्छ । मर्चा राखेर गलाइएको प्वक(भात)मा पटक पटक पानी राखेपछि बःताथ्वं बनिन्छ । यो कममात्रामा अल्कोहलको मात्रा हुन्छ भने विशेष गरी खेती किसानीको क्रममा शितलता दिन उपयोग गरिन्छ ।
चामलको प्वक(मर्चा हाली गलाएको भात)लाई पानीमा फिटेर तयार पारिएकोलाई कताथ्वं भनिन्छ । हाकुजाकि (हकुवा चामल)बाट रातो रंगको जाँड अर्थात ह्याउँथ्वं बनाइन्छ । साथै पथुवा चामल (धान झार्दा नझरेको जम्मा गरी परालले निश्चित दिन छोपी तयार गरिएको)को जाँडलाईपनि ह्याउँथ्वं भनिन्छ । ह्याउँथ्वं पुष महिनाको पानीमा बनाइन्छ । यो जाँड बन्न तीनमहिना समयावधि लाग्छ नेवार भोजमा जाँड/रक्सीको व्यापक प्रयोग भएपनि भोजको प्रकृति हेरी मादकपदार्थको उपयोगमा विविधता रहेको पाइन्छ । खोकनाका सिकाली जात्रासँग सम्वन्धित गुथियारहरूले सिकालीदेवी नाचका लागि आवश्यक कताथ्वं एकै रातमा तयार गर्ने गरिन्छ । सिकाली नाचसँग सम्वन्धित गुथिजनबाट संकलित थ्वंकि (जाँड बनाउन प्रयोग गरिने ं चामल) बफाइसकेपछि गुथिका प्रमुखले हातहातमा टीका जस्तै लगाइदिने मर्चाको झोल राखेर जाँड बनाइन्छ । यसरी बनाइने जाँडमा थप कडा बनाउन बछासिंको हाँगा राख्ने गरिन्छ ।
रक्सीको सन्दर्भमा भोजमा प्रयोग हुने रक्सी फिँज आउने हुनुपर्छ । यसलाई मूसः भनिन्छ । आदिवासी जनजाति नेवारहरूको परम्परागत ज्ञान शीप प्रयोग गरी तयार गरिने जाँड रक्सी अन्य समुदायको भन्दा पृथक रहेको छ । विभिन्न किसिमका मादकपदार्थका लागि विभिन्न किसिमका धान वा खाद्यसामग्री प्रयोग गरी तयार गरिने जाँड अत्यन्त स्वादिलो मानिन्छ । भात वा हाजामा मर्चा मिसाइ महिनौं लगाइ तयार गरिने रक्सी अत्यन्त कडा र स्वादिलो मानिन्छ । सख्खर नराखी बनाइने रक्सीलाई ज्यःअय्‌ला भनिन्छ । यो सख्खर राखी बनाइने रक्सीभन्दा पिउँदा नरम तर चाँडै मादकता दिने प्रकृतिको हुन्छ (श्रेष्ठ, विसं २०७२, पृ.२५)। यी सम्पूर्ण जाँड वा रक्सी बनाउनका लागि स्थानीय स्तरमा उपलव्ध वा खेर जाने अवस्थाका खाद्य सामग्रीबाट बनाउने गरिन्छ ।
बुल्ला
खानपानको सूचिमा बुल्लालाई विशुद्ध स्थानीय उत्पादनको उपज मान्न सकिन्छ । विशेष गरी काठमाडौंका शाक्य, वज्राचार्य र ज्यापू समुदायबीच श्राद्धकार्य र पूजाकार्यमा बुल्ला प्रयोग गरिन्छ । आदिवासी जनजातिहरूले खाद्यपदार्थलाई खेर जान नदिन विभिन्न उपाय गरिने मध्ये बुल्लापनि एक रहेको छ । विभिन्न किसिमका भोजभटेरका लागि आवश्यक जाँड उत्पादन गरीसकेपछि खेर जाने वा बाँकी रहेको कटबाट बुल्ला बनाइन्छ । कटलाई पटक पटक सफा पानीले पखाली त्यसमा रहेको मादकता र गन्ध हटाइसकेपछि विभिन्न मसला आदि भुटेपछि कटपनि भुट्ने गरिन्छ । राम्रोसँग मसलासँगै कट भुटीसकेपछि त्यसमा राँगाको फियो, गिदी आदि हालेर पकाउने गरिन्छ । यसरी तयार भएको बुल्लालाई श्राद्धमा पिण्डमा चढाइने गोलाय्‌ब्व (भोज)मा अनिवार्य रुपमा हाल्नुपर्ने प्रचलन छ । बुल्लालाई कःक्वाःपनि भनिन्छ ।
नेवारहरू मिश्रीत समूह भएकोले कतिपयको भोजको थालनीमा चय्‌पि, खय्‌पि, म्वाविलि, माय्‌विलि, कःसुविलि, कंघासा, तुकंवाला, गुनचा, चागुलि आदि राखी देवदेवीको पूजा भाव गर्नुपर्ने प्रचलन छ । कतिपयले भोजको प्रमुख व्यक्तिले गोप्य रुपमा यी सामग्री राखी पूजा गरीसकेपछि आगन्तुकहरूलाई यी खाद्यपदार्थ नराखी सहज रुपमा भोजन गर्ने पद्धतिको विकास गरेको पाइन्छ । यसरी विविध किसिमका पद्धति भएपनि भोजमा प्रयुक्त हुने सम्पूर्ण पदार्थ उपत्यका, स्थानीय खेतबारी वा उपत्यकामा रहेका वनजंगलमा पाइने खाद्य सामग्रीमा आधारित रहेको देखिन्छ ।
भोजमा बढी प्रयोग हुने फर्सि, भटमास, मास, केराउ, मुला, लसुन, अदुवा, तोरी, काउली, आलु स्थानीय उत्पादन हुन । भोजको लागि महिनौं अघिदेखि फर्सि, मुलाको चाना, लसुन र खुर्सानीको प्रवन्ध गर्ने पद्धति हालसम्मपनि नेवारहरूबीच कायम छ । यसबाहेक भोजमा आवश्यक गुनचा (कर्कलोका सुकेको डाँठ), चागुलि (पिँडालु) बारीको उत्पादन हुन्‌ । यी उत्पादनहरू आयोजकहरूले व्यवस्था गर्न नसकिएको खण्डमा छिमेकीहरूले व्यवस्था गरिदिने गर्छन्‌ ।
मासुको सन्दर्भमा पनि भोजको लागि आवश्यक बोका, भेडा आदि महिनौं अगाडि देखि पालन गर्ने प्रचलन छ । राँगाको मासुलाई उपत्यकाभित्र राँगापाल्ने ज्यापू वा नाय्‌हरूलाई जिम्मेवारी दिने गरिन्छ। यसरी स्थानीय स्तरमा उपलव्ध सामग्रीलाई नेवारहरूले भोजको प्रमुख स्थान दिंदै आएको देखिन्छ ।
पछिल्ला दिनहरूमा भने कृषि योग्य भूमि कमिले स्थानीय उत्पादनमा समेत असर परेपछि खुल्ला बजारको अधिनमा भोजको आयोजना गर्ने गरिन्छ । फलस्वरुप नेवार भोजमा स्थानीय भन्दा बाहिरबाट आयातित खाद्यपदार्थले लप्ते(लपेस) भरिन थालेको छ । हाल आएर विगतमा जस्तै खाद्यपदार्थसँग जोडिएको दर्शन, मूल्यमान्यताले स्थान पाउन छोडेको छ ।
लेखक डा जोशी नेपालभाषा केन्द्रीय विभागका प्रमुख हुन्। उनको पुस्तक नेवार भोजबाट यो अंश लिइएको हो। किताबको दोस्रो संस्करण नेपाल संवत् ११४६ सुरु भएको दिन बुधबार सार्वजनिक भएको हो।
The post नेवार भोजको अर्थशास्त्र : स्थानीय कृषि उपजको अधिकतम प्रयोग र व्यवस्थापन appeared first on BIZMANDU.