बमबहादुर मिश्र Archives - BIZMANDU
बमबहादुर मिश्र Archives - BIZMANDU
विदेश पढ्न गएका विद्यार्थीको सीप र क्षमता देशलाई चाहिन्छ, त्यसैले ‘प्लिज गो बट रिटर्न’
नेपालीहरु ज्ञान र सीप आर्जन गर्न विदेश जाने हो। तर, देश छाडेर जान एयरपोर्टमा जम्मा भएका मान्छेको भिडियो सामाजिक सञ्जालमा राखि गए, सक्कियो, नाश भयो, भत्क्यो भन्ने भाष्य बनाउने गलत काम भइरहेको छ। नेपालीहरु अमेरिका, क्यानडा, अष्ट्रेलिया, सिंगापुर, भारतलगायत संसारभर कुन-कुन विश्वविद्यालयमा कति जना प्राध्यापक छन् भनेर हेर्ने हो भने फरक छ। हामी नेपाली दाजुभाइ […]
The post विदेश पढ्न गएका विद्यार्थीको सीप र क्षमता देशलाई चाहिन्छ, त्यसैले ‘प्लिज गो बट रिटर्न’ appeared first on BIZMANDU.
नेपालीहरु ज्ञान र सीप आर्जन गर्न विदेश जाने हो। तर, देश छाडेर जान एयरपोर्टमा जम्मा भएका मान्छेको भिडियो सामाजिक सञ्जालमा राखि गए, सक्कियो, नाश भयो, भत्क्यो भन्ने भाष्य बनाउने गलत काम भइरहेको छ। 
नेपालीहरु अमेरिका, क्यानडा, अष्ट्रेलिया, सिंगापुर, भारतलगायत संसारभर कुन-कुन विश्वविद्यालयमा कति जना प्राध्यापक छन् भनेर हेर्ने हो भने फरक छ। हामी नेपाली दाजुभाइ दिदीबहिनीका बालबच्चाहरु ग्रो भएर प्रतिष्ठित विश्वविद्यालयको प्राध्यापक बने नेपालकै नाम बढ्छ। 
अहिले विदेशिएका हरेक विद्यार्थीको कोठामा गएर हेर्नुस्, नेपालको झण्डा हुन्छ। यहाँ बस्नेलाई मात्रै होइन, विदेशिएका हरेक विद्यार्थीलाई नेपालको माया छ। श्रमको खोजीमा विदेशिएका नेपालीहरुमा पनि देश प्रति उत्तिकै माया छ। झण्डा राख्नु भनेको आफूसँगै देश पनि बोकेर लगेको हो। त्यसैले हामीले हाम्रा बच्चाहरुलाई फर्काउने काम गर्नुपर्छ।
डेपुटी गभर्नर बमबहादुर मिश्र
महत्त्वपूर्ण पक्ष भनेको विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालन भइरहेका संस्थाहरु हुन्। नेपालमै बसेर विदेशी विश्वविद्यालयलाई पैसा बुझाउनुको साटो बरु विदेश नै गएर त्यहाँको प्रत्यक्ष अनुभव लिँदा धेरै सिक्ने र आफूलाई परिस्कृत गर्ने ठाउँ रहन्छ। नेपाल सरकार र नेपाल राष्ट्र बैंकले अहिले बर्बादै भयो भन्नुपर्ने अवस्था छैन। यद्यपि यो सबै नियमन र करको दायराभित्र हुनुपर्छ। पैसा विदेशिने तर, भिसा नलाग्दा रिफन्ड नहुने स्थिति रहेछ भने राष्ट्र बैंकले पक्कै त्यसलाई हेर्छ। 
मुद्रा विदेशिने तर विद्यार्थीले पढ्ने स्थिति भएन भने विदेशी विनिमयको अपचलन हुन्छ। सेवा तथा वस्तु खरिद गर्न विदेशी मुद्रा पठाइयो तर, त्यो खरिद गरिएन भने कानुन आकर्षित हुन्छ। विदेशी मुद्रा सञ्चितिको स्थिति धेरै आत्तिनुपर्ने छैन, डराएर भोलिदेखि कोही पनि विद्यार्थी विदेश नजानुस् है भनेर राष्ट्र बैंकले भनेको छैन। तर, फर्कनु पर्छ, देशका लागि त्यो जनशक्ति चाहिन्छ। 
अर्को कुरा भनेको देशमै कसरी हाम्रै विद्यार्थीहरुलाई रिटेन गराउने? हामीले लिने परीक्षाको रिजल्ट र भर्ना खुल्ने समयबीचको महिनौंको ग्यापका कारण पनि विद्यार्थीले विदेशिनै ठिक ठान्छ। यो ग्यापले ठूलो असर गरिरहेको छ। जेठ-असारमै रिजल्ट आएर साउनबाटै भर्ना लिने प्रचलन सुरु गर्न सकियो भने रिटेन गर्ने एउटा सम्भावना खुल्छ। 
योसँगै नेपालबाट बाहिर जान्छौं, बाहिर गएर पढ्छौं, कमाउछौं। कमाएपछि नेपाल पठाउन चाहन्छौं। परम्परागत रुपमा बैंकमा गएर आफ्नो खातामा पैसा पठाउने व्यवस्था छँदैछ। आफ्नो नजिकका आफन्त, घरपरिवारका सदस्यको बैंक खातामा पठाउन मिलिहाल्छ।
डिजिटलाइजेसनसँगै अहिले केही केही उद्योगहरु एकदम नाफामा गइरहेको देखिन्छ। एक्पोनेन्सियल ग्रोथ हासिल गरिरहेका छन्। परम्परागत रेमिटेन्स कम्पनीभन्दा प्रविधिको उच्चतम प्रयोग गर्दै सुरु गरिएका प्लाटफर्म प्रभावकारी र सजिलो बन्दै गएका छन्। 
पछिल्लो समय अनौपचारिक क्षेत्रबाट समेत रेमिटेन्स पठाउने गरिएको छ। यस किसिमको काम पटक्कै गर्नुहुन्न, हुन्डीबाट पठाउन हुन्न भन्दै आएका छौं। हुन्डीबाट पठाएको पैसा भोलि पाइएन भने राज्यले समेत धान्न नसक्ने अवस्था आउन सक्छ। त्यसैले बैंकिङ च्यानल प्रयोग गर्नुपर्छ।  