नारायण-सापकोटा Archives - BIZMANDU
सेयर बजार ‘हाइयर हाई’ चरणमा, जोखिम कम लिन चाहनेका लागि म्युचुअल फण्ड
बजार १८ सय अंकबाट माथि आउँदै फेरि त्यहीँ तहमा पुग्दै साइड वे चरण पुरा गरेपछि हाइयर हाईको चरणमा प्रवेश गरेको हो। लोअर लो बनाउँदै आएको बजार मौद्रिक नीति सार्वजनिक भएकै दिनमा माथि लागेको हो।
घट्दै आएको बजारले २२ सय अंकको रेसिस्टेन्स पार गरेको थिएन। मौद्रिक नीतिले ५० लाखसम्मको सेयर कर्जामा जोखिमको भार घटाएपछि लगानीकर्तामा गएको सकारात्मक सन्देशले रेसिस्टेन्स पार गरेको देखिन्छ।
बजारका लागि महत्वपूर्ण अंकुश बनेको १२ करोड रुपैयाँ भन्दा बढी सेयर कर्जा लिन नपाउने व्यवस्था अझै हटिसकेको छैन। अर्थतन्त्रमा मन्दी देखिएपनि समग्र सूचक सकारात्मक बन्दै गएको अवस्थामा लामो अवधिसम्म सेयर कर्जामा लगाइएको कर्जाको यो सीमा नहट्ने भन्ने कुरै हुँदैन।
अर्थतन्त्रमा दबाब परेको अवस्थामा केन्द्रीय बैंकले सेयर कर्जामा यस्तो अंकुश लगाएको सहजै बुझ्न सकिन्छ। अब त्यो दबाबबाट अर्थतन्त्रमुक्त भइसकेकोले पनि समग्र बैंकिङ प्रणालीबाट एक व्यक्तिले १२ करोडभन्दा बढी कर्जा लिन नपाउने व्यवस्था कायम रहिरहन सक्दैन।
अर्थतन्त्रमा विदेशी मुद्राको सञ्चिति पर्याप्त भएपछि विदेश डुल्न जानेलाई दिने मुद्राको सटहीको सीमा पनि बढिसकेको छ। सेयर, घरजग्गा, गाडी खरिद कर्जा पनि केही खुकुलो भइसकेको छ।
यो अवस्थामा अब राष्ट्र बैंकले भने अनुरुप एकल कर्जा सीमाको नियम परिवर्तन हुँदा नै सेयर कर्जाको यो अंकुश हटाउन सक्छ। यदी तत्काल हटेन भने पनि लामो समयसम्म राष्ट्रबैंकले यस्तो अंकुश नलगाउला भन्ने अनुमान लगानीकर्ताले लिनु स्वभाविक नै हो।
कारण सेयर धितो कर्जाको यो सीमा नहटिकन अर्थतन्त्र चलायमान बनाउने आशा पुरा हुन सक्दैन। यसको संकेत राष्ट्र बैंकले दिइसकेको छ।
ब्याजदर उच्च हुँदा त्यसैबाट आम्दानी गर्न चाहनेले बैंकमा पैसा राखे। उच्च दरको कर्जा लिएर कतै लगानी गर्ने पनि पछाडि हटे।
यसले कर्जा प्रवाह सुस्त भयो। समग्र अर्थतन्त्र मन्दीमै बस्यो। अब अहिलेको मन्दीबाट मुक्त हुन कर्जा प्रवाह नबढी सुखै छैन। मूल्यवृद्धि उच्चदरले बढेको अवस्थामा बाहेक अब कर्जा प्रवाह सरल हुने छ।
ब्याजदर त तल आउन थालिसकेको छ। यो झन तल ओर्लने छ। ब्याजदर तल नझरी कर्जाको माग बढने सम्भावना रहन्न।
झिनो दरमा भए पनि ब्याजदर तल आउन थालेपछि नेपालको सेयर बजार अब माथि जान थालेको प्रष्ट हुन्छ। ब्याजदर र सेयर बजारको सम्बन्ध जहिले पनि विपरित हुन्छ।
अन्तर्राष्ट्रिय बजारमा पनि अहिले नै ब्याजदर घटन थालेको छैन। तर सेयर बजार अब धेरै बढ्दैन भन्ने अनुमान गरिएको छ। अब केही समयपछि त ब्याजदर घट्ने नै हो भन्ने अनुमानका आधारमा विश्वभरकै सेयर बजारमा खरिदकर्ता बढेका छन्।
बजारले दिनदिनै नयाँ उचाइ बनाएको छ। भारतको सेयर बजार दलाल स्ट्रिटले नयाँ उचाइ बनाइसकेको छ। अमेरिकाको सेयर बजार ‘वाल स्ट्रिट’ पनि अलटाइम हाईको नजिक छ।
संसारभरका लगानीकर्ताको स्वभाव उस्तै हो। यो स्वभावबाट नेपालका लगानीकर्ता पनि अलग रहन सक्दैनन्। अहिले तल्लो तहमा आएका कम्पनीको सेयर मूल्यमा आएको झिनो सुधारले पनि यही संकेत गर्छ।
हुन पनि नेपालको सेयर बजारमा ‘ब्लु चिप’ कम्पनीको सेयर नै ओभरसोल्ड भइसकेका छन्। लाभांश दिने कम्पनीको सेयर आइपीओ मूल्यमा नै किन्न पाइने अवस्था छ।
अहिलेको बजारमा पनि लगानीकर्ता सस्तोमा सेयर किन्न छोडेर नयाँ कम्पनीका आइपीओमा नै पैसा लगाइरहेका छन्। आइपीओमा सेयर नकिन्नु भनेको होइन तर अहिलेको बजारबाटै सेयर किन्दा भविष्यमा फाइदा बढी हुनेछ।
सेयरको केही जानकारी नै नभएकाले कसरी कुन सेयर किन्ने होला? मूल्य घटेर घाटा सहनु नपर्ने गरि कुन सेयर किन्ने होला? धेरैले गर्ने प्रश्न हो यो।
बजार बियरिस भए पनि लगानीकर्ताले यस्तै जिज्ञासा राख्छन्। बजार बुलिस हुँदा पनि यस्तै प्रश्न धेरै उठ्ने गर्छन्।
यो प्रश्न गर्नेले आफैँ उत्तर पनि दिन्छन्, ‘प्राथमिक निष्काशन (आइपीओ) भर्दैछु, केही कम्पनीको सेयर पर्छ, केहीको पर्दै पर्दैन।’
लगानी नै नगर्नु भन्दा त त्यही आइपीओ भरेको पनि राम्रो हो। आइपीओमा सेयर पर्ने ती नयाँ लगानीकर्ता आउने त बजारमै हुन्। यसका लागि धेरै समय लाग्छ।
जुनबेला आइपीओ बिक्री गर्नुपर्ने हुन्छ, त्यतिबेला ती लगानीकर्ता सेयर बजार प्रवेश गर्ने छन्। अनि उनीहरुले स्टक ब्रोकरमा एकाउन्ट खोल्ने छन्। यस्तो एकाउन्ट खोलेपछि विस्तारै ती लगानीकर्ताले सेयर किन्न पनि थाल्ने छन्।
यसरी नयाँ लगानीकर्ता बजार प्रवेश गर्न निकै समय लाग्नेछ। बरु यस्ता नयाँ लगानीकर्ता अहिले नै बजार प्रवेश गरेर सेयर किन्न थाले हुने हो।
अहिले वाणिज्य बैंकहरुको सेयर नै २ सयभन्दा कममा पाइन्छ। अझ राम्रा वाणिज्य बैंकको सेयर ५ सय रुपैयाँमा किन्न पाइन्छ। यी बैंकहरुले हरेक वर्ष लाभांश बाँड्दै आएका छन्।
नयाँ कम्पनीले कहिले कमाउनु र कहिले लाभांश बाँड्नु। अनिश्चित छ। बरु आइपीओ भर्नेहरुले अहिले नै बजारमा प्रवेश गर्ने हो। आइपीओमा पाइने भन्दा राम्रा कम्पनीको सेयर अहिले बजारमा सस्तैमा किन्न पाइन्छ भन्ने नबुझेर पो हो कि? नयाँ लगानीकर्ता बजारमा प्रवेश नगरेका।
बजारमा मूल्य बढे मात्रै कमाउँला भनेर बस्नुपर्ने अवस्था छैन। अहिले सस्तो मूल्यमा सेयर किन्न पाइने कम्पनीले लाभांश पनि हरेक वर्ष दिइरहेका छन्।
बजार बढेन भने लाभांश खाएर बस्ने। बजार बढेपछि हुने लाभ त छँदैछ।
यसरी कुनै एउटा कम्पनीको सेयर किन्दा जोखिम लाग्छ भने अर्को सबैभन्दा सजिलो विकल्प पनि छ, सामूहिक लगानी कोषका इकाइ (सेयर) किन्ने।
कुनै एउटा कम्पनीको सेयर किन्दा मूल्य घट्ला की भन्ने डर लाग्ने लगानीकर्ताका लागि पनि यस्ता कोषका इकाइ किन्नु कम जोखिम हुन्छ। सामूहिक लगानी कोषले निष्काशन गरेका सेयरमा उतार चढाव पनि कम हुन्छ।
जोखिम नै नहुने होइन तर कुनै एउटा कम्पनीको सेयरमा भन्दा सामूहिक लगानी कोषका सेयर किन्दा घाटामा पर्ने सम्भावना कम हुन्छ। धेरै कोषले बिक्री गरेका इकाइ सेयर बजारमा किनबेच भइरहेका छन्।
सामूहिक लगानी कोषले धेरै कम्पनीका सेयर किनेका हुन्छन्। त्यसैले कोषका इकाइ किन्दा अरु सेयरभन्दा कम जोखिमपूर्ण हुने हो।
बजारमा रहेका धेरै कम्पनीका सेयर होल्ड गरेका कारण कोषको सेयर किन्नु नयाँ र पुराना सबै लगानीकर्ताका लागि ठिक हो। अन्तर्राष्ट्रिय बजारमा पनि धेरै कम्पनीको सेयरमा लगानी गर्ने म्युचुअल फण्डकै सेयर किन्ने लगानीकर्ता धेरै हुन्छन्।
म्युचुअल फण्डले सेयर किनेका सबै कम्पनीको सेयर मूल्य घट्दैन। कुनै कम्पनीको मूल्य घट्यो भने पनि कुनैको बढ्छ र म्युचुअल फण्डले ठूलो नोक्सानी व्यहोर्न पर्दैन। लगानीकर्तालाई जोखिम पनि कम हुन्छ।
नेपालको सेयर बजारमा पनि अन्तर्राष्ट्रिय बजारमा जस्तै तपाईँले यी कोषका इकाइ किन्दा कुनै अध्ययन गर्न आवश्यक पर्दैन। किन्नुस् र होल्ड गर्नुस्। नाफाको टार्गेट पुरा नहुन्जेल नबेच्नुस्। सम्भव भए सधैंभरि राख्नुस्।
म्युचुअफ फण्डले कम्पनीको वित्तीय विवरण अध्ययन गरेका हुन्छन्। नाफा घाटाको लेखाजोखा गरेका हुन्छन। कम्पनीको आधारभूतविश्लेषण गरेका हुन्छन्। अनि प्राविधिक पक्षको समेत विश्लेषण गरेका हुन्छन्। बजारलाई पनि दैनिक रुपमा नियालिरहेका हुन्छन्।
बजार बढ्दो चरणमा गए सेयर थप्दै जान्छन्। घट्दो चरणमा लगानी बढाउँदैनन्। जब बजारले साईड वे लिन थाल्छ त्यसपछि लगानी थप्दै जान्छन्। यसैले म्युचुअल फण्डमा भएको लगानी कम जोखिमपूर्ण मानिएको हो।
बजार अनि कम्पनीको अध्ययन विश्लेषण गर्न नचाहने र नसक्ने दुवैले कोषका इकाइ खरिद गरी होल्ड गर्दा हुन्छ। यस्ता कोषले निकालेका सेयरको मूल्य पनि बजारमा बढ्दै जान्छ। लाभांश पनि वर्षभरिमा दिई नै हाल्छन्।
म्युचुअल फण्डले जहिले पनि कम जोखिमपूर्ण सेयर किन्छन्। लाभांश लिई नै राख्छन्। भएभरको पुँजी एकै पटक बजारमा लगानी गर्दैनन्। बैंकको ब्याज र अन्य लगानीबाट पनि आम्दानी गर्छन्। यसकारण म्युचुअल फण्डको इकाइ वा सेयरमा लगानी गर्नु सेयर बजार बुझ्दै नबुझ्नेका लागि पनि उपयुक्त मानिएको हो।
अहिले नेपालको सेयर बजारमा वाणिज्य बैंकहरुको सेयर मूल्य ओभरसोल्ड भइसकेको छ। बजार पनि १८ सयको विन्दुबाट उकालो लागेर २२ सय अंक पार गरिसकेको छ। यही बेला उच्च दरमा पुगेको ब्याजदर पनि अब बढ्ने भन्दा घट्ने चरणमै छ।
बजार कता जाला भनेर यसै भन्न त सकिन्न। तर बजार २२ सय अंकको विन्दु पार गर्नासाथ हाइयर हाईको चरणमा प्रवेश गरेको मान्नुपर्छ। लोअर लो को चरण पुरा गरी बजार साइड वे मा चलेको धेरै भइसक्यो। साइड वेको चरण पुरा भएपछि बजार अब हाइयर हाईको चरणमा नै जाने हो।
विश्वभरका सेयर बजारले पनि यस्तै चरण पुरा गर्ने हुन्। नेपालको सेयर बजार पनि यो नियमबाट अलग हुन सक्दैन। अहिले विश्वभरको सेयर बजारले नयाँ उचाइ लिँदै छन्। नेपालको बजार पनि विश्व बजारको प्रभावबाट पूर्ण अलग नरहन सक्छ।
यसैले जोखिम कम भएका सेयर किन्नु नै दीर्घकालीन लगानीकर्ताका लागि फाइदाजनक छ। छोटो अवधिमै नाफा निकाल्न खोज्ने कारोबारीले त जुन सेयर बढ्छ त्यही किन्ने हुन्।
(सापकोटा ‘सेयरपुर’पुस्तकका लेखक हुन्)
The post सेयर बजार ‘हाइयर हाई’ चरणमा, जोखिम कम लिन चाहनेका लागि म्युचुअल फण्ड appeared first on BIZMANDU.