अशोक शेरचन Archives - BIZMANDU

जलवायु परिवर्तनले प्राकृतिक र सामाजिकसँगै आर्थिक चक्रहरू पनि भत्काउँदै, यस्तो छ गहिरिँदो संकटको यथार्थ
विदेशका कार्यक्रमहरूमा जलवायु परिवर्तनको मुद्दा निकै चर्को बहसको विषय बन्ने गर्दछ। जलवायु परिवर्तनका दीर्घकालीन र अल्पकालीन समस्याहरू खोज्ने क्रममा विश्वव्यापीरुपमा विभिन्नखालका अध्ययनहरू हुने गरेका छन्। यसैबीच एसियाली विकास बैंकको वार्षिक कार्यक्रममा भाग लिने क्रममा एउटा सत्रमा प्रस्तुत तथ्य र तथ्यांकले सोचमग्न हुन बाध्य बनायो।

यस वर्षकै मार्च महिनामा तापक्रम १.५५ डिग्री सेल्सियसले बढेको छ र यो औसतमा अनुमान गरिएको १.५० डिग्री सेल्सियस भन्दा बढी हो। सन् २०२४ लाई इतिहासकै तातो वर्षका रुपमा मानिएको छ। सन् २०२५ को गर्मीयामको सुरुवातमा हामी छौं र शायद यस गर्मीयामले अघिल्लो वर्षको रेकर्डलाई तोडने कुरामा शंका मान्नु नपर्ला, किनकी पृथ्वी सदा भन्दा तीव्ररुपले तात्दै गइरहेको छ।

यही वर्षको अप्रिल महिनामै भारतको राजस्थानमा ४६.४ डिग्री तापक्रम पुग्यो, जुन उक्त महिनामा आजसम्म रेकर्ड गरिएको सबैभन्दा बढी तापक्रम हो। चिन्ताको विषय भनेको अन्य महादेशको तुलनामा एसिया महादेशको तापक्रम छिटो-छिटो र दोब्बर डिग्रीले बढिरहेको छ। जल, थल, चरका जीवन, जीविका र वातावरणीय प्रणाली जोखिममा पुगेको छ।

एसियाली विकास बैंकका जलवायु तथा दिगो विकास विभागका महानिर्देशक ब्रुनो कारास्कोले प्रस्तुत गरेका तथ्य र तथ्यांकहरूमा आधारित भएर केही यथार्थहरुलाई पस्कने जमर्को गरेको छु।

बढ्दो तापक्रमले विश्वमा पारिरहेको र पर्ने प्रभावका बारेमा केन्द्रित उनको प्रस्तुति वास्तवमै मननयोग्य र अपत्यारिलो लाग्ने खालको छ। गर्मीको पारो अत्यधिक चढिरहेको र जाडोको पारो घटदै गइरहेको अनुभव हामीले केही वर्षको अन्तरालमै गर्न थालिसकेका छौं र यही खालको चढ्दै जाने गर्मीको पारो हामीले आउने वर्षहरुमा अझै बढी सहदै जानुपर्ने हुन्छ।

बढ्दो डढेलोजन्य घटनाहरू, बाढीपहिरो, सामद्रिक तापक्रम (सन् २०२३ मा उत्तर पश्चिम प्रशान्त महासागरको तापक्रम विश्वव्यापी औसतभन्दा ३ गुणाले बढेको पाइएको थियो), हिमपहाड र हिमनदीहरूको क्षतिका कारणले एसियाको तापक्रम विश्वव्यापी औसतभन्दा पनि बढी दरले बढिरहेको छ।

हजारौं लाखौं मानिसहरू तापक्रममा आएको चढावका कारणले बर्सेनि मृत्युवरण गर्न बाध्य हुन थालेका छन् र तिनीमध्ये करिब आधा संख्या एसियाली मुलुकका बासिन्दाहरूको हुने गरेको छ। मानिसका स्मरण शक्ति र एकाग्रतामा क्षयीकरण हुँदै गएको छ, मानसिक स्वास्थ्यका समस्याहरू बढेर गएका छन्, मुटु तथा श्वासप्रश्वास सम्बन्धी रोगहरूले पनि मानिसहरूलाई पीडित बनाउँदै गएको छ।

तापक्रमको पारो चढ्दै गर्दा अबका गर्मीयामहरूमा विद्युतको माग ५० प्रतिशतसम्मले बढ्ने छ। जसका लागि आवश्यक पूर्वाधारको जोहो भइसकेको छैन। विद्यमान पूर्वाधारको क्षमताले भार थेग्न सक्ने पनि देखिँदैन। विश्वले समय-समयमा विद्युतविहीन हुनुपर्ने हुनसक्छ।

वार्षिक करिब ६५० अर्ब घण्टा बराबरको श्रम घाटा बढ्दो तापक्रमका कारणले विश्वले बेहोर्नु पर्नेछ, जुन भनेको करिब १४ करोड मानिसले पूर्णकालीन काम पाए बराबर हुनजान्छ। जलवायु परिवर्तनले उथलपुथल पार्ने अर्को क्षेत्र भनेको खाद्य आपूर्ति शृंखला हो।

विश्वका ठूला राष्ट्रहरुको चिन्ता यसतर्फ पनि बढ्न थालेको छ। जलवायु परिवर्तनका कारण अनाज उत्पादनका चक्रीय प्रणालीमा अवरोधहरू देखिन थालेको छ। चरम रासायनिक मलको प्रयोगका कारणले माटोको गुणमा आएको ह्रासका कारणले उत्पादकत्वमा कमी आइसकेको छ।

बढ्दो विषादीजन्य खाद्यपदार्थहरूका कारणले पनि मानवजीवनमा अनेकन समस्याहरु देखापरिरहेको छ। १ डिग्री सेल्सियसले तापक्रम बढ्दा खेतीपातीबाट हुने आम्दानीमा २३.६ प्रतिशत र महिलाद्वारा अगुवा गरिएको घरपरिवारको कुल आम्दानीमा ३४ प्रतिशतले ह्रास आउने छ।

जल, थल र चर तीनवटै ठाउँ र यिनमा आश्रित सबै प्राणीहरू बढ्दो तापक्रमका कारणले प्रताडित छन् र यसको उत्तरार्ध के हुने हो त्यसैसँग त्रसित पनि छन्। प्रविधिको विकाससँगै प्राकृतिक नियमहरू मिचिदै जाँदा मानव जगतले दुःख पाउन त पर्थ्यो नै, जल र चर जगतका प्राणीहरूले पनि मानव जातिको विनासको मार सहनुपर्ने भयो। अहिले नै पेटभरि खान नपाउनेको संख्या विश्वमा अर्बौंमा छ।

सन् २०५० सम्ममा अहिलेको अनपातमा तापक्रम बढ्दै जाँदा विश्वव्यापी तापक्रम २ डिग्री सेल्सियसमाथि पुग्ने र यदि कुनै प्रभावकारी उपायहरू अवलम्बन गरिएन भने करिब २ अर्ब ३० करोड मानिसहरू उच्च तापजन्य घातक समस्याहरूबाट गुज्रिने आकलन छ।

एसिया र प्रशान्त क्षेत्रका कमजोर र गरिबहरू जो पहिलेदेखि नै विभिन्न समस्याहरूले ग्रसित छन् र तिनमा पनि महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग र अनौपचारिक क्षेत्रका कामदारहरू बीचमा बढ्दो तापक्रमको प्रकोप कठिन विन्दुमा बर्सिने छ। महिलाहरू पुरुषभन्दा बढी घरेलु कामकाजमा व्यस्त रहने गर्दछन्। औसतमा दैनिक ४ घण्टा महिलाहरूले आफ्नो नियमित काम अघिपछि पनि घरका आन्तरिक काममा खर्चिने गर्दछन्। विविध कारणले महिलाहरूले पुरुषको दाँजोमा तापक्रम नियन्त्रित कक्षहरूको सुविधा ६० प्रतिशतभन्दा कम मात्रामा पाउने गर्दछन्।

१ डिग्री सेल्सियसले तापक्रम बढ्दा महिलाहरूको गर्भ तुहिने र मृत शिशु जन्मने जोखिम क्रमशः २७ प्रतिशत र ४२ प्रतिशतले बढ्छ। त्यसैगरी, नवजात शिशुको मृत्युदर पनि बढी हुन जान्छ भने गर्भकालीन समयमा अनेकखालका समस्याहरू पनि देखापर्ने गर्दछ। १ डिग्री सेल्सियसले तापमान बढ्दा शारिरिक र यौनजन्य हिंसाहरू क्रमशः ८ प्रतिशत र ७.३ प्रतिशत बढ्ने अध्ययनले देखाएको छ।

जैविक र शारीरिक बनोटका कारण, समय र परिस्थिति अनुकूल निर्वाह गर्नुपर्ने भूमिका, स्रोतमा सीमित पहुँच र गरिबीका कारणहरूले पनि बढ्दो तापक्रमबाट महिलावर्ग बढी प्रताडित र प्रभावित हुने तथ्य उजागर गरिएको छ।

विश्वको ६० प्रतिशत जनसंख्या बसोबास गर्ने एसिया प्रशान्त क्षेत्रको हामी पनि एक सानो अंश हौं। जलवायु परिवर्तनको सबैभन्दा बढी र तीव्ररुपमा असर पर्ने क्षेत्र पनि हाम्रै हो। हाम्रै जीवनकालमा हाम्रा गाउँतिरका धेरै खोलानालाहरू सुकिसकेका छन्।

टमक्क हिँउले भरिएका देखिने हिमशृंखलाहरू नांगो देख्न थालेका छौं। हिमालतिर लामखुट्टे र सर्पहरू देखिन थालेका छन्। बेमौसममै फलफूलहरू फुल्न थालेका छन्।

बेमौसमी वर्षा, चरम गर्मी, घट्दो जाडोको हामी साक्षी बनिरहेका छौं। प्राकृतिक, सामाजिक र आर्थिक चक्रहरू पनि जलवायु परिवर्तनसँगै भत्किन थालेका छन्। हामी विस्तारै आफ्नै आयु घटाउनतर्फ अघि बढिरहेका छौं। तर, हामी आफूलाई जगतकै सर्वश्रेष्ठ प्राणी भन्नबाट पनि हच्किरहेका छैनौं।

The post जलवायु परिवर्तनले प्राकृतिक र सामाजिकसँगै आर्थिक चक्रहरू पनि भत्काउँदै, यस्तो छ गहिरिँदो संकटको यथार्थ appeared first on BIZMANDU.